Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : सम्झनाका डोबहरु

~ओमप्रसाद घायल~ सम्झनाका मझेरीहरुमा छुटेका तिम्रा गुलाबी यादहरु मैले उसैगरि सजाइरहेको छु फूलमाया यो आत्मिक म्यूजियममा । मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका तिम्रा इन्द्रेणी यादहरुले विथोलिरहेका छन् आजपनि मेरा हरेक सपनाहरुलाई । र बर्षौदेखि मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट हेरिरहेको छु तिम्रो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बन्दुक

~रामशरण चिमौरिया~ ‘दलाली साले ! खुरुक्क निकाल नत्र हान्दिन्छु गोली’ साईकलबाट ओराल्दै तिनीहरुले उसको कठालोमा र पाखुरामा अठ्याउदै भने । केहिबेरको लछारपछार पछि उ अरु मान्छेको सहायता पाउने आशले केही मान्छे भएतिर आयो । तर उसले गुहार माग्नु भन्दा अगाडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झूल बाहिरका लामखुट्टेहरू

~लक्ष्मण अर्याल~ केही स्वस्तिकहरू सत्ताबाहिर थिए | तिनले सत्ताभित्र रहेकाहरूका हर्कतहरूका बारेमा रौँचिरा विश्लेषण गरे | सत्तासीनहरूका सानाठुला कमजोरीहरूका बारेमा उछाले | सत्तासीनहरूले स्वस्तिकहरूलाई भने – ”झूल बाहिरका लामखुट्टेहरू !”

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ

~पिँडालु पण्डित~ सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठबसमा आऊ, अर्को मज्जाको लागि फेरि एउटा वार्ता गरौँ जनता हाँस्दै गर्छन् हामी हेर्दै गरौँ । कसलाई पो किन रुवाउनु ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : मैले बुझेको गजल

~दिल निशानी मगर~ फेसबुक साहित्य लाइ नजरअन्दाज गर्न त मिल्दैन l फेसबुक मा राम्रा-राम्रा कलम हरु कोरिएका पनि छन l पछिल्लो समय नेपाली साहित्य प्रेमी हरु मा गजल को नशा थपिएको छ l फेसबुक मा केहि चिज लेख्यो र गजल … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो मन अलि हलुङो भयो

~राजु सिटौला~ तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो । बोझ त अझै बोकेकै छु, एउटा लक्ष्यहीन यात्राको बोझ, सपनाविहीन आँखाहरुको बोझ, आशारहित धड्कनहरुको बोझ । तर तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको प्रेम यात्रा

~ओमप्रसाद घायल~ आज राती सपनामा फेरि पढेछु मैले उही ‘मधुमालतीको कथा’ त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो प्रेमको वायुपङ्खी घोडामा मपनि तिमीलाई लिएर उडिरहेको थिएँ माथि आकाशतिर….. ।

Posted in कविता | Tagged | Leave a comment

Poem : Vulnerable

~Sanjay Rai~ Without a direction Blank, Scared, Clueless Blind and totally left Alone in mercy of faith.

Posted in Poem | Tagged | Leave a comment

कविता : देश छोडने रात

~यात्रा गुरुङ~ कुनै होटेलमा बसेर या,कुनै कोठमा बसेर सोचिरहेको छु भोलि यतिबेला देश छोडिसक्छ होला त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ सिमाना

~एकल यात्री~ ओ महाशय ! तिमीले कसरी भन्यौ ? मेरा खाली पैतला हेरेर मेरा पैतलाको धुलो यो देशको होइन ! कसरी भन्यौ ? मेरो होइन भनेर पसिनाले भिजेको टोपी ठाउँ ठाउँमा टालेको भोटो सधैँ देश दुखिरहने यो छाती

Posted in कविता | Tagged | Leave a comment

कथा : उनीहरु पात्र होइनन्

~मिश्र वैजयन्ती~ घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे । ‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात

~शेखर ढुंगेल~ पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए । केहि क्षण इन्तु न् चिन्तु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वास

~महादेव अधिकारी~ मेरो साथी विश्वास छुट्टिसकेर फर्किएको थियो। एकछिन गफगाफ गरियो। परदेशमासँगै भएपछि केही गोप्यकुराहरू समेत हुन्छन्। उसले भन्यो जनकको नासो पुराउन गएको। कोठामा नन्दिनी मात्रै रहिछन् । बस्नुस् न भनिन् म खाटमा बसे सिरानी र सिरकको आड लगाएर। त्यतिकैमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सपनाहरूमा टेकेर

~मिश्र वैजयन्ती~ सम्पूर्ण इतिहासलाई तमसुकमा सहीछाप गरिदिएर एउटा मक्किएको छातीलाई लिएर पहेँलो उमेरमा उभिए उनी, उभिएका थिए जहाँ उनका पुर्खाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कथा : होचाहरूको बीचमा

~कृष्ण धरावासी~ जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ऐना , म र बन्द सदुपयोग !

~देव कुमारी राई~ ब्युटी पार्लरको कोठाभित्र सजाएको ठुलो ऐन अगाडी बसेर, खाजा खानु गएको ब्युटीसियनको पर्खाई मा थिए| म र एक जना ब्युटीसियनको सहयोगी मात्र रहेको त्यो कोठाको वातावरण शान्ता थियो| त्येसैले म, केही छिन मै ,सजिलैसंग ऐना मै लिप्त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जादुगरी डण्डा

~कृष्ण बजगाईं~ एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अव्यक्त आकांक्षा

~इन्दु शर्मा~ दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल । पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~ अनुवादः महेश पौड्याल ‘प्रारम्भ’ ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~ ‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनिदो रात

~अमोल आचार्य~ एक कोठे घर छ। दुईवटा खाट राखिएका छन् भित्ताका दुईपट्टी। एउटा खाटमा आमा सुत्छिन्। अर्को खाटमा छोरो सुत्थ्यो तर अब बुहारीपनि अटाउनु पर्ने भएको छ। बिरामी आमाले आफ्नो एकमात्र छोरोको बिहे गरिदिएकी छन् आज। छोराको बिहे गर्ने र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~राजन “कल्पित”~ रातो गुलाव जब सबको हात हातमा हुनेछ प्रेममा बलिदानको चर्चा हरेक बातमा हुनेछ प्रेमको जीत भएको दिन प्रेम दिवस मनाइदै छ भ्यालेन्टाइनको जन्म सबै जात जातमा हुनेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : ज्वोरो

~कृष्ण थापा ‘कृष्णपक्ष’~ ‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’ उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कस्तो बिबाह !

~गीता खत्री~ धेरै अघि खाटा बसिसकेको घाउ आज फेरि बल्भिmन पुगे जस्तो देखियो । आज एउटा साथीको छोरीको बिबाहभोज थियो, वुडहेभनको मौर्यमा । बिबाहको प्रितीभोज सकियो । ब्यवस्थित सांगीतिक कार्यक्रमसहितको मीठो खानाले होला भोज असाध्यै राम्रो भयो । सबै जना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वासघाती

~पदम भण्डारी~ रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरामी

~छविरमण सिलवाल~ सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मोबाईलले दिएको खुसी

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खोजिन धन तिम्रो मायामा

~आचार्य प्रभा~ खोजिन धन तिम्रो मायामा लुटाएँ मन तिम्रो मायामा / प्रेमको अर्थ थाहा भएन बुझाई भन तिम्रो मायामा /

Posted in गजल | Tagged | Leave a comment

गजल : दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ

~नवराज सुब्बा~ दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई माया गर्दा म त

~नवराज सुब्बा~ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुई नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्री

~जय गिरी~ कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए

Posted in कविता | Tagged | Leave a comment