Author Archives: Editor

गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~ हिंजो नजिक थिएं आज पारी पुगे पछि कसले बोक्छ थप बोझ भारी पुगे पछि हेर्दै थियौ नियाली मैले छोडेको बाटो खुशी भयौ कि त जिम्मेवारी पुगे पछि

Posted in गजल | Tagged | Leave a comment

कविता : बिक्रीमा राखिएका सपना

~शिरिष लामिछाने~ जसरी न्यूरोडको एक भैय्याले बटुवालाई चना-चटपट र एक गिलास सोडा बेच्छ त्यसरी नै अम्रिकाले प्रत्यक सेकेन्ड मानिसलाई हजारौँ सपनाहरु बेच्छ विद्यार्थीलाई राम्रो कामको व्यापारीलाई राम्रो दामको परिवारलाई ठुलो घरको टुहुरोलाई आडिलो भरको आफ्ना आँखाले देखिने

Posted in कविता | Tagged | Leave a comment

कथा : थ्री स्टपस्

~प्रतिक्षा रेग्मी~ ‘कस्तो रमाइलो हउ आज !’ जुगपछि भेटेको । मेरीटोनको तन्ना कति ऽऽऽ सँगै मिलाइयो । अहिले देख्नु नि मुश्किल हुने । अनि कस्तो चल्दैंछ हौं जिन्दगी केटीहरु ?’ बबिताले आशा र कमला दिदीलाई देख्नासाथ सोधिहाली । कमला दिदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुनतार टिपेर

~गोविन्द गोदार~ जुनतारा टिपेर दिन सक्दिन म आफु त यथार्थमा बाँच्ने मान्छे चन्द्रमामा हनिमुनका कुरा गर्दिन म म त केवल निश्चल माया गर्ने मान्छे एक पटक आफैं मुस्कुराएर त हेर कैयौ रहस्य सो प्रकट हुने छ

Posted in कविता | Tagged | Leave a comment

गीत : आई दियौ

~कृष्णकला वनेम ‘करिना’~ आई दियौ मायाँ लिई बैशाकको हुरी भई छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु किनार भई साथ देउ सागर वनि चुमी दिन्छु वजाई दियौ वासुरी मन छुने धुन भई

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : पूजा

~विमल भौकाजी~> टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शुभकामना

~अभागी मिनम घायल असफल~ जित तिम्रै हो हार मैले स्विकारेकै हुँ खुसी जती सबै तिम्रै हो दु:ख मैले अङ्गालेकै छु तिम्रो लागि खुसिको नयाँ बर्ष मेरो लागि एक्लो बेसाहरा यात्रा

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी कविता : ङला दाङ ङिराङ माटो

~पेम्बा शेर्पा ‘सहयात्री गोले’~ ख्यारे ङला ल्हाने इन्दे, ङला दाङ ङिराङ माटो सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो थालमी ङिमा ख्य्वार्ला थोङ्सुङ, मिक्ला मिक तासुङ ख्य्वारोङ छसे जेमु नोक सिन, दाल्जी टेङ्गी सासुङ ङिग्न्जे ल्हाक्पा माने इन्दे, … Continue reading →

Posted in शेर्पा कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~ “जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

देउडा गीत : बैशाख जेठ काँ जानोहो

~प्रकाश जे धामी~ बैशाख जेठ काँ जानोहो,बर्खा सुसाउन्या भेल । जिन्दगी भरी नबुझ्ने भयो,भगवान तेरो खेल ।। जन्मेको ठाउँ पराई बनाई,खाडी मुलुक बाँस । दु:खी जिबन बेहाल बनाई,परानी भयो नाँस ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : कार्नेसन, धुवाँ र तिम्रो झझल्को

~अनमोलमणि~ साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ। शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आमाको माया

~पवन आचार्य~ असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रो हत्केलाको परिधिमा

~बिन्दु प्याकुरेल ‘लुना’~ ब्रम्हान्डको परिधी मैले नाप्न कहाँ सक्छु र ! सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी । ° अथाह माया बर्षाउने तिम्रो हत्केला मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र ! ° पिर रापले पोल्दा हिर्दयमा शितलता दिने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नवबर्ष २०७३ सालको शुभकामना

जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;               पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;               देखेका … Continue reading →

Posted in Misc | Leave a comment

कविता : नीला पाइला टेक्ने राता मान्छेहरू

~ठाकुर बेलवासे~ म ढुङ्गाको छाती खोपेर सहिष्णुताको आवाज सुन्न आतुर मान्छेको मन्दिरस्थापना सोचिरहेको छु रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आप्mनो अधिपत्यको उचाइगर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारत

~प्रकाशचन्द्र न्यौपाने~ स्वार्थका तिखा तीरहरु गाडिएर घाइते छ भिष्मको राष्ट्रवाद अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा औंलाको बदला द्रोणचार्यको सिङ्गै हात छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको

Posted in कविता | Tagged | Leave a comment

कथा : यात्रा कलेजको…

~रोबिन मानन्धर~ हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न । आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभकामना

~सार्थक सिम्खडा~ सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम” साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई” कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार” बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!

Posted in कविता | Tagged | Leave a comment

Poem : Oh Desert !

~Pancha Vismrit~ Decorated with towns and cities Religion culture and legends And decorated with growth and prosperity The desert Where I am right on Being a stranger In pursuit of life In pursuit of dreams Sitting on the burning sands … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : छोरी तिमी

~पुरुशोत्तम बाबु~ मलाई मेरो दिलभित्र तारा उगाइदिने बनी हेर तारा माटो टिपी त्यो सिरमाथी लाई चन्द्रै सरी चादनी छप्प पाइ लेपेर सिउदो कलाको बनायौ कल्पन्तसम्मै पनि गुन पायौ कस्तो राम्रो चम्किने चन्द्र तारा मुहार नै बन्दछ ज्योति सारा पहाड माथि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धिजीवीहरूसँग

~युद्धप्रसाद मिश्र~ संगिन रोपी गर्भवतीको पेटभित्रको बालक मारी कसरी सक्छौ भुल्न, दिएको हात्तीद्वारा बस्ती उजाडी पीडाको चित्कार नसुन्ने बहिरा छौ कि हे विद्वतवर्ग तुच्छ स्वार्थतिर कलम झुकाई वास्तवदेखि भाग्छौ किन पर

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सानो चरीको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा चरी थियो रे। चरी एकदम बदमाश थियो रे घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी अर्को अर्को रुखमा जान्छ , थुपुक्क एउटा हाँगा बस्ने त होइन। त्यो चरीको मामु लाई त हैरान भयो रे। एकदिन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~सुशिल ताम्राकार~ लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ, स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ। रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा, समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हस्तबहादुर मगरको हत्यापछि

~हरिगोविन्द लुइँटेल~ फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा आज साँझ तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी, कसरी तीन सय रुपियाँमा किनेर ल्याएको एक बोतल पेट्रोल छर्केर कसले आगो लगायो कसलाई र मार्यो जलाएर प्रष्ट पारिदियौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थी रैछौ नानु

~गणेश पुर्बछाने मगर~ स्वार्थी माया साट्ने रैछौ आखिर किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर झूटो कसम खाने रैछौ आखिर किन आएऊ तिमी सत्य शाबित्री झै बनेर भनेकै थे मैले नानू तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : आई एम सरी

~नोवल निरौला~ “इन्टरनेटपनि कस्तो अचम्मको चिज रहेछ। तिमीहरु धेरैजना बाहिर नै छौ, तैपनि मलाई यहीँ कतै नेपालमा छौ जस्तो अनुभव हुन्छ यार” – रमेसले दुई महिना अगाडि गरेको अन्तिम च्याटको कुरा सम्झिदै छु म। मैले भनेको थिएँ – “यो फेसबुकले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीले भनेका सारा देब छोएर

~विश्वम्भर प्याकुरेल~ तिमीले भनेका सारा देब छोएर म किरिया खान कहाँ सक्छु र यदि मान्छौ भने म तिम्रै देब भनेर म त खाई दिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका…. तारालाई साक्षी राखेर, बाचा नै कहिले खाएथें पानीमा औंला चोपेर, सन्धि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~उत्तम कृष्ण मज्गैंया~ क्यालेण्डरमा सिंगारिएर कालको पलायनको निष्कर्ष आयो पुनः नयाँ वर्ष ! गन्नेछन् पुनः स्नातकले भोकै बसेका रातहरू विदेश ओह्रालो झर्नेछन् छानिएका जातहरू हुनेछ सुनौला वर्ष यो इतिहासको पानामा गुनासो स्वयम् दब्नेछ साँझ-बिहानको मानोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो आकास !

~जुनिता सुब्बा~ फुलको गुच्छाले हान्दा दुख्ने भएसी झरेकी थिएँ, आकासको छानाबाट समुद्र सिरानी बनाई निद पुर्याउन ! बार-बार तिमि समुन्द्रतटमा यादहरु बिछाईरहदा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिरिष लामिछाने~ नयाँ वर्ष, धेरै आशा कयन् प्रतिज्ञा। नयाँ वर्ष, पुरानै किताब तर नवीन पाना।

Posted in कविता | Tagged | Leave a comment

कविता : नव वर्ष

~मदास~ सृजनाको रहर फूलझैँ फुलाएर सबै जनमा ताजा उत्साह जगाएर आउने गरेको देखिइन्छ उहिल्यैदेखि यहाँ नववर्ष कोही उभो लागून् वा तल झरुन् नगरी केही परवाह बोकेर सम्भावना स्मरणमा अथाह फैलाउने गरेको पाइन्छ यसले उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष विकार र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment