Author Archives: Editor

कथा : एउटा शिवप्रकाश

~नारायण ढकाल~ एक एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिजो र आजका मेरा दिनहरू

~मदन राई ‘लामाखुले’~ एउटै थियौ तर पछि छुट्टियौ मैले ऊ सङ्ग सम्बन्ध विछेद् गरिदिए, ऊ तल समुद्रछेउतिर लाग्यो त्यहा समुद्र किनारामा डढेलो लगाउन थाल्यो । म चाहि यता आफ्नै वासस्थानतिर् हान्निए’; दौडिए रात-रात् भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोमा ब्राह्मणीको मनोवाद

~सुरेश हाचेकाली~ नवयौवनाको प्रिय पछ्यौरीजस्तो लाग्ने स्वाभिमान–उत्तोलक राष्ट्रिय झण्डा छानोमा निर्विघ्न फहराउँदै हजारौँ भुजंगप्रयात खोलाहरूभन्दा पर अर्थ मन्त्रालयसँग मुस्कुराइरहेको लावण्यवती महिला मन्त्रालयले सुन्दैन गँवार आइमाईको मझेरी–गनगन

Posted in कविता | Tagged | Leave a comment

कविता : रापिलो कविता

~नरेन्द्रकुमार नगरकोटी~ खोरमा बाख्रालाई ओछ्यान हालिएको छ किताब यसमा मेरी आमाको कुनै दोष छैन अक्षरमा रङ र किताबमा कागत मात्र चिन्ने मावलका हजुरबुबाको पनि दोष छैन किताबको ओछ्यानमै पिसाब फेर्ने बाख्राको पनि दोष छैन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वीरगन्ज गाथा

~शंकर तिवारी~ व्यक्तिका आत्मकथाले बजार विस्तार गरिरहेका वेला पत्रकार गिरीश गिरी शहरको आत्मकथा लिएर आएका छन्। वीरगन्ज शहर तेस्रो मधेश आन्दोलनका कारण अशान्त र त्योभन्दा धेरै चर्चामा रह्यो। वैदेशिक व्यापारको करीब ७० प्रतिशत आयात गरिने यो शहरको भन्सार नेपालको ‘लाइफ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

~लक्ष्मण नेवटिया~ मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली गल्लीमा चापाकल बिजुलीका पोलहरु गाडिनेछन् , नअघाएसम्म भोजन ज्युनार गराइनेछ थाहै नदिइ बन्द कोठामा कुनै न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राजमाया : होलोग्रामजस्ता कथा

~किरण दाहाल~ पछिल्लो समय नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् । त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको छ– राजमाया । दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् । सङ्ग्रहका एकपछि अर्को कथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : म जस्तै–जस्तै

~मणिराज सिंह~ थुप्रै जून र सपनाहरू जीवनदेखि डराएर मसानघाटको छेवैछेउ मृत्युसँग लुकामारी खेल्दै एक मुट्ठी खरानी र एक अङ्गालो माटोमा अटाउन नसक्दा जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रेमको कथा

~शशीकला थापा सुब्बा~ तिम्रो मेरो प्रेमको कथा युगौ2 बाँची रहोस् तराई पहाड नदी नाला हिमचुलीमा हाँसी रहोस् तराई फाँटमा हावा चल्दा हाम्रो प्रीत लहराउन पहाडी भेगमा चाँप फूल्दा पिरतीको बसना छरुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पासपोर्ट र जुवा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ खालमा अन्तिम दाउ, द्रौपदी राखेर आशा विछयाउँछ युधिष्ठिर ! जव पासा फिंजारिञ्छ पश्चतापमा झोक्रिन्छ नतिजा वोकेर युधिष्ठिर ! आज धेरै युधिष्ठिरहरु हरिया, राता पासपोर्टहरु वोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : सरकार काम लागेन

~सुरेन्द्र खौलराठी~ चाहिएको बेला सरकार काम लागेन ! त्यो आफन्त त्यो नातेदार काम लागेन ! जिन्दगी एकतिर गयो सपना अर्कोतिर, विज्ञानको सुत्र पुराणको सार काम लागेन !

Posted in गजल | Tagged | Leave a comment

कथा : बालापनको विरह

~डा. माधवप्रसाद कोइराला~ भाग – १ सन्तेको वालककाल अति नै रमाइलो संग बितेको अनुभव भइरहेको छ । जव युवा अवस्थाबाट प्रौढअवस्था तिर लाग्ने गर्छ क्रमसः जिवनको मूल्याङ्कन गर्न मन लाग्दो रहेछ । सन्तेको जिवनमा पनि अरु मानिसको जस्तै अनेक आरोह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चर्चा चलेको छ

~प्रकाश सुनुवार ‘निराकार’~ शहरमा होस् या गाउँमा खुब चर्चा चलेको छ तर विकासको चर्चा चलेको छैन नयाँ विद्यालय निर्माण गर्नु त कताकता भत्किएको विद्यालय मर्मत गर्ने चर्चा सम्म चलेको छैन अस्पतालको कुरा छोडौं हेल्थपोष्ट वनाउने चर्चा सम्म चलेको छैन

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्ध्या “एक अधुरो प्रेम कहानी”

~नारायण पोखरेल~ भन्छन् “जे बित्यो त्यो बितिसक्यो , हामिले त्यसलाई छोडेर अगाडि बढ्नुपर्छ ।” सायद यहि भएर नै होला देख्दै नदेखेका भगवान ले हाम्रो दुबै आँखा टाउको को पछाडि पट्टि नदिएर अगाडि अनुहार तिर बनाईदिए । ताकी हामिले चाहेर पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रतीक्षा

~कृष्ण वस्ती~ चराको गीतसँगै उठेका हिउँकुमारीहरु, एकै लहर खडा हुन्छन् पँधेरामा, घामको मुस्कान देखेर लजाउँछन् त्यसैले गालामा लाली चढाउँछन्, र यौवनको शोभा बढाउँछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जादिन म भानुभक्त स्कूल

~अनुष्कर पुष्कर गुरुङ~ छोराको गनगन बा-लाई . . . जाँदिन म भानुभक्त स्कूल बा ! किन पठाउनु भएको मलाई ? त्यो भानुभक्त स्कूल त्यहाँ अ आ र क ख

Posted in कविता | Tagged | Leave a comment

कविता : रजनी सँग

~लक्ष्मी प्रसाद देवकोटा~ क. के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ? फीका एक अँध्यारोभित्र, सुन्दर कोही सम्झी जल्छन्, ढल्छन् ? के यसैले विश्व–धनी ? सोध्छिन् उरमा शान्ति खसाली, अवनी ! ख. अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित बाल कथा : एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~ एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged | Leave a comment

Biography : Lil Bahadur Chhetri : A Master Realist

~Yuba Nath Lamsal~ Lil Bahadur Chhetri is a successful novelist in Nepali language, who has been popular for his lucid language, clarity in thoughts and coherent in ideas and presentation. As social, realist and idealist novelist, he does not impose … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

गजल : सपनीमा आउछ्यौ तिमी

~अनुपम थामी~ नदी जस्तै अविरल सपनीमा आउछ्यौ तिमी बिहानीको लाली जस्तै बिपनीमा छाउछ्यौ तिमी थकाईले लखतरान भई भूईंमा ढल्नै लाग्दा सान्त्वनाका अजम्बरी गीतहरु गाउछ्यौ तिमी

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : कविताकृति ‘लुङमारी मिथक’: एक घोत्ल्याइँ

~अमर नेम्बाङ लिम्बू~ कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा —आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् –कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

नियात्रा : गोर्खाली स्वाभिमान

~भेषराज रिजाल~ —तीनवटा धरोहर उचालेको थुम्कोमा छौँ हामी’,  अशोक कोइराला मतिर फर्किए । —गोरखादरबार, गोरखकाली मन्दिर र गोरखनाथको मन्दिर तथा गुफा’, मैले उत्सुक नजरले हेर्न नपाउँदै उनले थपे । पृथ्वीनारायण शाहको जन्म गोरखादरबारमा भएको रहेछ । गोरखादरबार निजकै रहेछ गुरू … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : हाम्रो माया चुँडियो कि

~अमृत सिङ थिङ~ देब्रे छाती पोल्छ अचेल , हाम्रो माया चुँडियो कि निष्ठुरीले बसाइँ सारी अन्तै तिर जोडियो कि मेला जादा साटिएकाे , माया अनि बाचा कसम मेला छुट्यो साथ पनि , पराई आई गोडियो कि

Posted in गजल | Tagged | Leave a comment

कथा : बिनाबाउको छोरो

~सञ्जीवनी शर्मा~ ‘सुत्केरी सुस्मालाई सन्देशले स्वीकार गरेन रे !’ ‘के भयो त्यस्तो गडबडी ?’ दिदीले सोध्नुभयो । ‘स्वीकार पनि गरोस् कसरी ? सरु दिदीका ससुराको बच्चा हो रे नि त ! उनले त्यो बच्चा आफ्नो भएको अस्पतालमै दावी गरेको सुरेन्द्रका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नमन

~दीपक कुमार ज्ञवाली~ अति सुन्दर भावना बोकेर । नमन गर्छु देशका गहना भनेर सहिदका पनि रुप अनेक । आफै लडि मर्ने पनि सहिद । थाप्यौ गोली फुकाई छाति ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताओ चिङ बगिराख/बगिराख

~बिमल गुरुङ~ नदी हो देखेको छु छेउछाउका बगरहरुले रोक्न सकेको देखेको छैन ताओ चिङ बगिराख … बगिराख । सूर्य हो सूर्यको झुल्काईलाई कसैले छेक्न सकेको छैन

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा मिथक

~रोहेज खतिवडा~ १. मिथकबाटै थालनी नेपाली उपन्यासको पहिलो पाइला नै मिथकीय भयो। वीर चरित्रबाट नेपाली उपन्यासले यात्रा थालनी गर्नु संयोगमात्रै होइन, हाम्रो संस्कृतिमा मिथक अभिन्न रुपमा गाँसिनुको प्रमाण हो। मिथकहरु हाम्रा बिम्ब हुन्, आदर्श हुन् र हाम्रो जीवनशैलीसँग गाँसिएका छन्। … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : अधुरो सपना

~अरुणबहादुर खत्री “नदी”~ आजभन्दा करिब तीन दशक अघिदेखि म साहित्यिक क्षेत्रमा लाग्न थालेर घरमा आफ्नो मनमा केही कुरा उब्जेन थालेपछि पलेटी मारेर कविता कोर्न थालेको देखेपछि के लेखेर बसेको मेरी आमाले भन्नु हुन्थ्यो । आमालाई आफूले के ढाट्ने भनेर “मैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : Differentiating With Respect To Time

~Arjun Dahal~ The nature defines, An unbiased function, But, explicit of time, That expands, Sometimes binomially,

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : केबुलकारको कथा

~कार्तिकेय घिमिरे~ नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है । मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

स्वदेश गान : शिर मेरो सगरमाथा, तराई जिन्दगानी

~रुमानी राई~ शिर मेरो सगरमाथा, तराई जिन्दगानी पाउभरी लेक वेशी, म त साह्रै भाग्यमानी । अाफ्नै पाखा पखेरा खोस्रेर, पेट भर्न सक्छु निलो निलो अाकास अोढेर, भोकै मर्न सक्छु बाँचेकै छु दु:खसुख, अाफ्नै न्यानो घामपानी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : नारायणपुरको पुल

~विमल निभा~ धन्यवाद नारायणपुरको पुल अब म जान्छु अगाडिको पुलले मलाई बोलाइरहेछ त्यसभन्दा अगाडिको पुलले पनि अगाडिको अगाडिको अगाडिको पुलले पनि बोलाइरहेछ मलाई सुन

Posted in कविता | Tagged | Leave a comment