Tag Archives: कथा

कथा : इतिहास

~अभय भट्टराई~ अनौठो हुलिया भएको एउटा मान्छे हरेक दिन त्यो पबमा आउन थालेको छ । उसलाई कसैको मतलब हुँदैन । दा¥ही छ, सेतै फुलेको । पावरवाला चश्माभित्र गहिरा आँखा । अनुहार गम्भीर । हातमा ल्यापटप छ, ल्यापटपमा केही काम गरिरहन्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि बेचिए दुःखीराम

~रामनाथ खनाल~ “यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी । मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?” उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।” साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एटीएम कार्ड

~समीर पाख्रिन~ मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसपटक जुठेदाई लखेटिए गाउँबाट

~डेभिड ढकाल “भुइँमान्छे”~ शनिबारको दिन, केही काम नभएपछि घर नजिकैको चिया पसल पुगे ! बुढापाकाका कुरा सुन्न अति नै मन लाग्छ , कहिले समसामयिक, कहिले राजनैतिक कुराहरु वृद्ध ब्यक्तिबाट सुन्नु अलि फरक नै हुन्छ । साथि सर्कलमा गरिएको कुराहरु भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलोे मसी

~धीरकुमार श्रेष्ठ~ घरिघरि मेरा आँखा उसमा पुग्छन् । अन्त कतै हेरुँभन्दा पनि फर्कीफर्की उसमा पुग्छन् । हेर्दै नहेरुँ भनेर यताउति डुलाए पनि उसैमा पुग्छन् । अब त ज्यान जाला हेर्दिनँ भनेर जबरजस्ती बाहिरी दृश्यमा पु¥याएँ भने पनि उसैमा पुग्छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साढे छ हजारको जुत्ता

~डा. विजय सुब्बा~ राति करिब ८ बजे भतिजा कृष्णलाई भेट्न म बोस्टन पुगेको थिएँ । उनले मलाई बोस्टनको साउथ स्टेसनबाट लिएर आफ्नो डेरा एल्स्टन पुर्याए । धेरै वर्षपछि भेट्दा मलाई कृष्णले त नमस्कार पो गरे ! यता गाउँमा म काका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छ आँशुको कथा

~कल्पना बान्तवा~ पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं। पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ। हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगरकोटको बस

~अविरल परिधि~ दुइ महिना सम्मको एक्दम् दवाबमुलक कामले थकित भए पछि अफिसकी साथि अमिला र म नगरकोट गएर अलिकता फ्रेश हुने बिचारले बिहानै बस् पार्क पुगिउं। अब बिबाह हुन बचेका साथि भनेनि, हितैसि भनेनि, सहकर्मि भनेनि यहि एउटि बाकि छे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजे  र डोको

~मनोहर काफ्ले~ सानो हुदा देखि नै बाजेले हजुरआमा बाट  बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु  सुनेका थिए। बाजेको  हजुर आमा  ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा  हालेर टाडा कतै फ्याक्न  लगेको देखेर नाति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रिये तिमीले यो पत्र नपाएपनि

~रजित ओझा~ माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने! तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहारभित्र उपहार

~वासुदेव गुरागाईं~ अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : अलखोरको मिराज

~शकुन्तला जोशी~ “हामी जस्ता गरीबको जिन्दगी भन्नु त्यो अक्करे भीर जस्तै त हो नि ! सधैं अप्ठ्यारो, जहिल्यै दुःख । तर, तिनै भीरमा हाम्रो पूर्खाको नाभी गाडिएको छ । त्यही भीरका गुराँसमा उनीहरूको रगत फुलिरहेको छ । दुःख भयो भन्दैमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमूर्त आकार जिन्दगीको

~गोविन्द श्रृङ्खला~ भावनाको आवेगमा पनि अनौठो कुटीलता हुंदो रहेछ । एउटा आत्मीय अन्तरहृदय भित्रको भावनाको पनि अर्थ लगाइदो रहेछ । कसैले नवोलेका र अभिव्यक्त नभएका शव्दहरुको अडकल काटिदो रहेछ । एउटा बिशेष परिस्थिीतीले सिर्जना गरेको समय भित्र कसैले नचाहेर पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : अभागी सोमिलक

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~निशा खनाल अर्याल~ समय परिवर्तनशिल छ । सायद त्यसैले होला ,बिहान उदाउने सुर्यले बालक कालको अनुभूति दिन्छ । सुर्योदयको न्यानो ताप जन्मदाको सानो बालकलाई काखमा लिदा,जस्तै सुन्दर गर्व र आनन्दको अनुभूति दिने गर्दछ । जीवनका तिता मिठा पलहरु संग बढ्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : सिर्सासको लडाँई

~रुमन न्यौपाने ‘अमन्त’~ १. सगुन ! ए….. सऽऽगुन ! “हेर तिम्रो लागी केही लेराएको छु” । “सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले । “तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काँचो जुवा

~नीमबहादुर थापा~ मीना टुप्लुक्क जेठा चुँदाराको आँगनमा आइपुगिन् । बाजे ढोग गरें भन्दै नमस्कार गरिन् । चुँदारा बाजेले भाग्यमानी भए बा, लामो आयु छ तिम्रो । कालोपाटी लिन किन आइनौ भनेर भर्खर सम्झ्या थें । तिम्रो छोरीलाई रातोगुराँसको हलुका राम्रो पाटी बनाइदिएको छु, यी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डाक्टर भान्जा

~समीर पाख्रिन~ डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मान्छे फोसामा

~भाउपन्थी~ घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कति प्रश्न ?

~प्रमिशा केसी~ फुटपाथ कम व्हिलपाथ भन्न सुहाउने बानेश्वर चोकको बाटो ! आफ्नै लागि भनेर बनाइएको बाटोमा पनि बाइक छल्दै हिँड्नुपर्ने बाध्यता । अझ रोडमै गएर बाटो छेकिदिएझैँ आँखा तर्ने बाइकवालाहरु । केहि पछाडी जहाँ छेवैमा नेपाल यातायात रोकिएर यात्रुलाई हैरान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~ ‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिश्वामित्र र माओबादी !

~अज्ञात~ इन्द्रको षडयन्त्रमा फस्न पुगेका बिश्वामित्र ऋषी मेनकाको स्वर्ग फिर्तीको कुरा सुन्ने बित्तिकै काखे छोरी शकुन्तलालाई भुइमा फ्याक्दै अनन्त जँगल यात्रा तिर लागे। माथिको घटना शिकारुले बिश्वामित्र ऋषीको बारेमा अध्ययन गर्दा जानेको वा मनन गरेको हो। आज हाम्रो मुलुकमा ठीक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाई जाने हो, १५ सय मात्रै…

~जितेन्द्र तुलाधर~ …ल आउनुस् … १२०० को माल ५०० मा … ल लानुस् सस्तोमा लुगा …ल लग्नुहोस् दुईटाको ४०० … यस्ता यस्तै आवाजहरूको कोलाहल भित्र म आफुलाई पन्छाउँदै थिए ( त्यो ब्यस्त सडक पेटीमा । प्रायः जसो ओहर दोहर गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गम्भीरे

~गजेन्द्र बुढाथोकी~ मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ । “मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ,” मानेले भनेको थियो । दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उखाने लामा

~प्रकाश आस्था~ ‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना र अनुरोध

~सागर कार्की~ आफैलाई आश्चर्य लाग्दै थियो, मेरो गाउँ आज भिन्न देखिएको थियो । हिजो सम्म धुलो उड्ने त्यो कच्चि बाटो आज पिच भएको देख्दा पत्यार नै लागेन । गाउँका सबै युवाहरु रोजगारको खोजीमा विदेशीए पछि सुनसान भएको मेरो गाउँ आज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्घर्ष

~हिरण्यकुमारी पाठक~ “हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?” “हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जानुका तीजमा माइत गइनन्

~समीर पाख्रिन~ हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज पर्वमा विकृति, विस·तिहरू भित्रिएका छन् भन्ने टीकाटिप्पणीहरू जताततै सुनिन थालेका छन् । तीज नजिकिंदै जाँदा समाजमा देखिने तडकभडकपूर्ण गतिविधिलगायत विभिन्न नेपाली टिभी च्यानलहरूमा प्रसारण हुने तीज सम्बन्धी गीत नृत्यहरू क्रमश: भड्किलो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घोचो

~सुन्दर मानन्धर~ खरानी रङ्को झोला थाप्लोमा भिरेकी, हरियो–कालो मिसिएको प्लास्टिकको झोला हातमा बोकेकी एक वृद्धा परबाट आइन् । मैले बसको झ्यालको सिसा खोलेर पृथ्वीचोक÷लखनचोक वरिपरिको मोटरगाडी, मान्छे र पसलहरु हेरिरहेको थिएँ ।खलासीले बसको चाकमा हातले ड्याम–ड्याम हिर्काउदै स्याङ्जा है स्याङ्जा भन्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागीको तीज

~सजना गुरुङ~ चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी र उनी..

~राजेश रुम्बा लामा ” अतृप्त “~ झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोको साँझ

~टेकब कोइराला~ विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्युँमा मसार्दै स्वास्नी बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङलो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझका लागि भात–तिहुनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment