Tag Archives: sangrahalaya

गजल : जब तिम्रो साथ हुन्छ

~पि.एस.लिम्बू ‘निश्चल’~ जब तिम्रो साथ हुन्छ, मलाई जिउने आश हुन्छ । तिमी कोमल, कति कोमल, छुदा पत्थर कपास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कथाहरुको संवाद

~गिरिराज बाँस्कोटा~ न जितेर निस्कन सक्छु न हारेर थेचारिन सक्छु मझदारमा न प्रेम ,न वियोगनै छ न खुसी , न दुखनैछ हो ,यस्तै एउटा कथामा अलमलिएको छु अभिनय त्यति सजिलो छैन छाडेर भाग्न पनि मिल्दैन कस्तो कथा लेखिदियो नियतीले न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेत्र जलले लेखिएका भित्री कुरा

~रुपेश राई~ कहाँबाट सुरू हुन्छ गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर? बाँदरबाट मान्छे हुनुको कुरा जस्तो। मलाई विश्वासै हुँदैन मेरै कुरा। घरमाथिको रमिते डाडामा गएर, भक्कु लोभारूँ जस्तो लाग्यो आफ्नै अनुहार। गतिछाडा स्वभावले।

Posted in कविता | Tagged | Leave a comment

कथा : शिरिषको फुल ,किनार र तिमी

~गिरिराज बाँस्कोटा~ शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~ अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वी-दिवसमा

~मनप्रसाद सुब्बा~ झिसमिसेमा पृथ्वीको निधारबाटै आकास आङ तन्काउँदै उठ्छ । पृथ्वी भएकैले आकास उठ्छ यसरी तल्तिर धरती र समुद्र नहुँदो हो आकासको मन केमा अडिन्थ्यो कुन्नि ! घाम जन्मिनलाग्दाको टाइगरहिल अनि त्यो ट्याक्सी ड्राइवर जो एक झप्को निद्रापछि अँध्यारोमै उठेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~ ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलाई जिउँदै जलाऊ ….।

~धनु लेकाली~ म दुलही भई भित्रदा कुमारीत्वको माया गरेन, कोखमा फूलाउँदा तिमीलाई लाज र सौन्दर्यको माया गरेन तिम्रो मुखमा मिठो पार्न जे पनि गर्न तम्से एक टुक्रा खाना पाउँदा तिम्रा मुख सम्म पु¥याए, सबथोक सम्झेर तिमीलाई जलाए मेरा जवानीहरु ढलाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यतामा

~उषा गिरी~ आजकाल किन दोबाटोमा अतृप्त प्यास र गुम्सेको भावनाले मानबता बिछ्याइ रहेकाछौ, पूर्णबिरामलाई बिर्सिएर अन्तरिक्षको सपना मात्र सुन्यतामारु बर्तमानको सिढीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान र गणतन्त्र

~ईन्दु बश्याल ‘प्रकृति’~ आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको यहाँ जात्रा । ती सारा आज लेखिनु पर्छ सत्य कथा व्यथा अनी मात्रै हुन्छ सार्थक संविधानसभा । लौ, आज त मिर्मीरे विहानी भैसकेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बिन्ति

~शंकर ‘शुन्य’~ लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !! गए पछि सास मेरो, अरु सितैई रोईदिनु ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !!

Posted in गजल | Tagged | Leave a comment

कविता : केवल तिम्रो सामिप्यता पाउन

~राजेश नतांस~ हराउने गर्छु आफ्नै संसारमा नजिकिन चाहन्छु तिमीसँग यो दुष्प्रयास सफल होला कि नहोला ? केवल तिम्रो सामिप्यता पाउन हरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु ‘अनिदो रात’ सँगै निस्सार पौठेजोरी खेलिरहेको छु सगर पाउने आशमा यी पाइलाका वेगहरु लम्की … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत्यु चाहन्छु

~इश्मा पोखरेल~ म मृत्यु चाहन्छु मृत्यु चाहन्छु म यो अशिक्षित र अज्ञानी पुरातन सोच र कुप्रथामा बाँधिएको मेरो सोच विरुद्धको समाज देखि वाक्क दिक्क भैसके म त्यसैले पनि म मृत्यु चाहन्छु मृत्यु चाहन्छु म ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नौडाँडा र ‘पागलबस्ती’

~सरुभक्त~ मलाई कालो मोसो दल्ने योजना रहेछ ०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वसन्त महिमा

~सुनिल अनुकूल~ वसन्त आयो कोइली महिमा कसलाई थाहा छैन । बैशाख आयो खुशियाली महिना कसलाई चाहा छैन ।। हिमाल चुली कोइलीको बोली अरुण झैँ सुसाउँछ । मयुर जोडी पखेटा छोडी वायु भैं खुसाउँछ ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनी भै टुटे

~रजनी राई~ सपनी भै टुटे आज ती तिम्रा-मेरा साथहरु अध्यारो भै ढले आज ती पूर्णीमाका रातहरु हात मागेउसाथ मागेरआखिरीमा बचन तोड्यौ कति कठोर हुदा रैछन निष्ठुरी बातहरु

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : म र मुङ्लान

~राम कुमार राई~ जिन्दगीलाई राम्रो सँग गुजारा गर्ने विकल्प धेरै खोजे तर यसको हल भएन ? के गरौ ? कसो गरौ भन्ने तानाबुनामै, जीवनको घडीहरु बित्दै थियो ? अब त म पनि एक्लो थिइन, किन की मेरो जिवनमा कसैले डेरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो शहरमा

~प्रतिमा के.सी.~ यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा गगनचुम्बी महलले एकै रातमा खाली खाली आकाश छुन्छ यो शहरमा

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी आफैं भन

~गोपाल झापाली~ तिम्रो छाती सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला, मेरो छातीमा दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् । तिम्रो त्यो कलिलो ओठमा भोगको परागशेचन भईरहेको बेला, ‘मेरो माटो’ बोल्ने ओठहरुमा सलहको ताँती लागि रहेको छ अब तिमी आँफै भन, म तिम्रो मादक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~ फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : नव बर्ष

~आचार्य प्रभा~ फेरि आयो नव बर्ष उत्साह नै लिएर दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर । जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : समाजको रितिरिवाज तोडेर आएँ

~प्रमिला बुढाथोकी~ समाजको रितिरिवाज तोडेर आएँ आमा बाबा साथीभाइ छोडेर आएँ । एउटै मान्छेमा सारा संसार देखेर होला पिरतीको फूलवारीलाइ गोडेर आएँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : थपघट हुँदो रै’छ भाउ

~रेशम बोहोरा ‘भाबुक’~ थपघट हुँदो रै’छ भाउ जिन्दगीमा दुख्न बिसो हुन्न रै’छ घाउ जिन्दगीमा उधारो’मै बित्ने रै’छ अभावको यात्रा सधै भरि पोस्नु पर्ने साउ जिन्दगीमा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : नयाँ जमानाकी अनुपमा

~किशोर नेपाल~ छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। ‘जन्ती नआउने भयो,’ छोरीले सुनी। उसका नौनाडी गले। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समर्पण आमाको

~आचार्य प्रभा~ उषा किङ्कर्तब्यबिमुढ बनेर अतित सम्झी रहेकी थिइ। जत्तीबेला उ आफ्नी आमालाई भन्ने गर्थी। “निशाकी आमाले त कतै जाँदैपिछे छोरीलाई नयाँ नयाँ लुगाहरु,श्रिङारका समानहरु ल्याइदिने गर्नु हुन्छ। मेरी आमाको त झोलामा हेर्यो भने थोत्रे डाइरी र कलम बाहेक केही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कति घाउ नबल्झिएकै जाती

~मिङ लिवाङ~ बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन। गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो……यसभन्दा अघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~ एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए । “यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : पाहुनाको कुरा

~नरेश नाति~ मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा । दुई दुई ओटा मोटर साइकल र एउटा मोटर कार पनि छ । न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई । यस्तो तीन तले मुन्डा घर मेरो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : ‘विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी

~डा. रवीन्द्र समीर~ सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा पैmलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ जस्तो रमणीय स्थल संसारमा विरलै होलान् । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

Poem : Barren

~Chirag Bangdel~ Among Cracks & Crevices, And Thorns, But tiny purple flower, Nothing, That’s the only existence, Clouds & Majestic blue skies, And rain drops, But the anticipation, Until then, The glaring sun light,

Posted in Poem | Tagged | Leave a comment

कविता : हाम्रो भाषा र आदिकवि भानुभक्त

~राकेश कार्की~ टिष्टा देखि काँगडा अँगाली सबैले बुझ्ने राष्ट्रभाषा नेपाली आसाम हुँदै भुटान गुञ्जियो भानु तिमीले गोडेको भाषा झ्याङियो नेपाली भाषा र साहित्यमा मिठो स्वाद धन्य आदिकवि भानु तिम्रो प्रसाद बनायौ नेपाली भाषालाई शिरको ताज सरल बोलचालको निम्ति समस्त माँझ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बादशाहहरु

~शेखर ढुंगेल~ अझै थाकेका छैनन् नङ्ग्रा र दात खियाएर सत्ता नाम को सिनु लुच्छ्ने हरु अझै लज्जाएका छैनन् नांगिएर कुटिल हासो हास्ने हरु ती भोका नङ्ग्रा र दात हरु देख्दैनन ,सुन्दैनन पीडा नेपाली आत्मा हरुको जालोले ढाकेर हो की आखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment