Tag Archives: sangrahalaya

कविता : बिर्सन नसकिने पलहरू

~माेहन राज खनाल~ विर्सन नसकेका पलहरू तिम्राे मेराे जिन्दगी सुख र दुःख साथमा विर्सन नसकेका पलहरू । फूलकाे वासना मग्मगाउँदा सुखकाे अनुभव आनन्द मधुमुस्कान काे उज्यालाे विर्सन नसकेका पल हरू

Posted in कविता | Tagged | Leave a comment

गजल : मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

~भूपेन्द्र महत~ मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा: भाई फूटेपछि

~शेखर ढुंगेल~ एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए । एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : हुरीले सतायो

~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

सामाजिक कथा : बिधवा

~कृष्ण के.सी.~ हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिश्वास गर्र्नू होला

~लक्ष्मण गगन~ भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ घर

~केशु बिरही~ नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति

~डा ज्योतिपुञ्ज सुरेश~ अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति। घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति। हिरामोती बहुमुल्य,फलामैको भाउ छैन, पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति।

Posted in गजल | Tagged | Leave a comment

कथा : आदर्श नायक

~सङ्गीत आयाम ~ ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : When a Lie Becomes Imminent

~Dutendra Chamling~ Translation: Mahesh Paudyal ‘Prarambha’ As children, we marveled at the flights of Demossile Cranes flying hither from across the Koshi crooning melodies of their heart. filed in a line like a wreathe Before long, they would dart away … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : न्वारान

~संप्रस पौडेल ‘दिवस’~ तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : ब्राजिलको पहिलो भ्रमण

~डीग बहादुर तामाङ्ग~ गत अक्टोबर महिनाको १४ तारिख राती १०ः३० बजे युनाइटेड एयरलाइन्सको ल्फाईट नं. ८६० मा चढेर अमेरिकाको राजधानी वासींगटन डिसी स्थित डलास अन्तरराष्ट्र्यि बीमान स्थलबाट उडें । भर्जीनीयको नर्थक्यारोलाइना, जर्जिया, ल्फोरिडा राज्यको किनार हुंदैं सो हवाई क्यूवा, त्यसपछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन

~विभोर बराल~ ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन सजिलोमै रम्ने मेरो बानी पनि छैन चुनौतीको डढेलोले अाँखा तरे पनि हिम्मतको हिमाल यो अहँ पग्लँदैन

Posted in गजल | Tagged | Leave a comment

कथा : सुजाता: एक पेग कोन्याक र नयाँ वर्ष

~प्रकाश सायमी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जङ्गे पिलर

~कृष्णशाह “यात्री”~ जोगिन्दर र उसका परिवार वर्षौंदेखि नेपालको मधेसको एक गाउँमा बसोबास गर्दै आएका थिए । त्यो गाउँ छिमेकी मुलुकको सीमानासँगै जोडिएकोले त्यहाँ प्रायः जसो सीमासम्बन्धी विवाद भइरहन्थ्यो । जस्तो सुकै विवाद र झमेला देखिए पनि जोगिन्दरले आफ्नो अडान र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहयोग

~हरिहर दाहाल~ टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्‍यो।मैले सम्झाउने कोशिस गर्दै भनें- “साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्‍हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एम्बुस

~सञ्जु बजगाईं~ टिरिर्रर्र… सेल फोनको घण्टी बज्यो । नो नम्बर ! नम्बर नदेखिने कल किन उठाउने ? विदेशबाट फर्किएको थाहा पाएर धम्की फुक्न पनि सक्छ । या त घरको एउटा तलै उनीहरूको कार्यालय बनाउन माग्न पनि हुन सक्छ या अरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलुसका छायाँहरु

~ताराप्रसाद खतिवडा~ उ आज सधैंभन्दा अलिक अबेरै उठ्यो । उठ्ता जिउ अचाक्लि दुखिरहेको रहेछ । झण्डै नाङ्ग्रै हुन आँटेको उसको शरिरमा झुन्डिएका पंहेला छालाहरुमा लछेप्रै सुम्लाहरु छापिएका रहेछन् । आफ्नॊ शरिर देखेर उ आफैं डरायो र हतार-हतार किलामा झुण्डाएको सर्ट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा साहित्य : सामुहिक रुपमा नाङ्गै नुहाउँदा

~कृष्ण प्रसाई~ समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

छोक : आज

~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभरीका सवालै सवाल

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।। मेरो अनियन्त्रित मन अनायसै सपना सजिएका नयन प्यास भरिएका चाहना तानिरहने उन्मुत्त उत्कण्ठा त्यसपछिको मिलनको क्षण ।।

Posted in कविता | Tagged | Leave a comment

बालकथा : ‘पिकनिकको त्यो दिन’

~विद्या सापकोटा ~ नयाँवर्षको दिन विद्यालयबाट वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सवै साथीहरु पिकनिकको लागि तयार भइरहेका थिए । सुमन भने निन्हाउरो अनुहार लगाएर टुलुटुलु हेरिरहेको थियो । ‘के भयो सुमन ! तिमी किन तयार नभएको ?’ गुरुआमाले सोध्नुभयो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो

~मबि सिंह~ श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥ लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥ हर एकको चिर्ने शैली अति किताबी देखियो र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले

~निरोज~ जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले सामुन्नेमा नजाउ आँखा तर्छ जूनले तिमी राम्री चञ्चल सुकुमारी छ्यौ पाउजु नबजाउ के नै हर्छ जूनले

Posted in गजल | Tagged | Leave a comment

कथा : ‘मिष्टर जोन’

~हरी भुसाल ‘स्याटलाइट’~ प्रहरी प्रधान कार्यालय – नक्सालमा बोलाइएको थियो उसलाइ । सरकारी काममा उसलाइ भरोसा त थिएन तैपनि ‘किन हो’ भनेर पुगि पनि हाल्यो उ । फेरि काठमाडौमा शान्ति सुरक्षा कायम राख्ने कसम खाएका गृहमन्त्रिको चर्चा जताततै छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम रात

~होमशंकर बास्तोला~ तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो । जुनूका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बाँदरहरु खेति गर्दैनन्

~डा. कविता राम श्रेष्ठ~ धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमा र ऐना

~विवश वस्ती~ आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो । ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : बल्ड्याङ खानुको मजा

~नरनाथ लुइँटेल~ ‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अप्रिल १५, २०२५

~एकलव्य~ आज पुरानो नेपाली पात्रो अनुसार नेपालीहरूले विक्रम सम्बत्को २०८२ साल मनाइरहेका हुन्थे । तर यो कुरा धेरै पुरानो भैसकेको छ । आज भन्दा १४ वर्ष अघि नै सरकारले विक्रम संबतको प्रयोगलाई निषेध गर्‍यो र ग्रेगरियन क्यालेण्डरको प्रयोगबाट सरकारी काम-कारवाही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अप्रिल फुल

~श्याम श्रेष्ठ~ मन कति खुशी हुँदो रहेछ, फोन गरिदिए हुन्थ्यो भनेको मान्छेले फोन गरिदिँदा | फोनको महत्व त त्यो बेला पो हुँदो रहेछ | सामान्य बेला भन्दा ४ गुना बढी | अझ बढि मन खुशी हुँदो रहेछ, कसैले मनको कुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : छैन आज यहा सरम

~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम

Posted in गजल | Tagged | Leave a comment