Tag Archives: sangrahalaya

गजल : प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु

~अभ्युदय खनाल~ प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु नसकँुला खोल्न म मनका सारा कुरा मनको कुरो मनले सुन्छ भने आउँछु यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु

Posted in गजल | Tagged | 3 Comments

गीत : हिजो राती गोली चल्दा

~इश्वर चाम्लीङ्ग~ हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा आमा तिमी कहाँ लुक्यौ, बाबा तिमी कहाँ लुक्यौ, आउन अब विहान भयो एक्लै छु है मत घरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : देश–परदेश

~डा. रवीन्द्र समीर~ मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : मेरो भोट तपाइलाई पक्का भो !

~निरञ्जन मान सिंह रेग्मी~ केही दिन अगाडि क्युवा र फलोरिडा हुंदै आएको समुद्री आँधीले डी.सी. वरिपरि पनि प्रभाव पार्ने जानकारी पाएपछि संकटको अवस्थामा नेपालमा भए खाना पकाउने ग्याँस र मट्टितेलको जोहो गर्नै पर्थ्यो । यहाँ चाहिँ साथीहरुको सल्लाह अनुसार पसलबाट … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : पुस्तक बिक्रेता

~होमशंकर बास्तोला~ एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’ –‘किन्नोस ! किन्नोस !! यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फराकिलो सोंच

~बिशाल गुरुङ~ एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस । गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~ आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : अपरिहार्य वार्ता

~डा. लेख निरौला~ तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस् कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस् गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।। भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका भुलौ सारा हाम्रा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सेतो सर्ट

~महेश्वर चापागाईं~ म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भर्जिन पात्र

~निर्मल ज्ञवाली~ धेरै दिन भएको थियो नलेखेकेको । लेखौं लेखौं त लाग्छ, तर के गर्नु ? केहि कुरै फुर्ने होइन । अनि केहि दिन लेख्न छोडेपछि यस्तो लाग्छ, मैले लेख्नै विर्सिएँ । यो लेख्ने भन्ने काम कुन चराले गर्थ्यो, त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~ ६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

गजल : के चिज छ तुलनामा

~महेश घ्रितकौशिक~ के चिज छ तुलनामा गीतजस्तो बसन्तको, प्रेमिलता कहाँ छ र ? प्रितजस्तो बसन्तको . बिहानीको झुल्को हेर सुनौलो त्यो क्षितिजको, तप्किएर फ़ुटेसरि शितजस्तो बसन्तको .

Posted in गजल | Tagged | Leave a comment

कविता : म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

~राजु सिटौला~ देख्यौ त तिमीले ? खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन् घोँचुला झै…. अनि खाउँला झै….. सुन्यौ त तिमीले? ती आँखाहरुको हेराइमा म गिरेको छु रे तर म गिरेको होइन बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~ न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : लन्डनतिर लन्ठिदा

~रामहरि पौड्याल~ नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कविता : बाबाको घुराइ

~डा. लेख निरौला~ बाबा नघुर्नू किन घुर्नुभा’को आवाज त्यस्तो किन गर्नुभा’को सुनेर मेरो मन काँप्छ बाबा डराउँदै बस्छु लुकेर, बाबा ! ।। ‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको बाघै छिरेझैँ किन गर्नुभा’को कस्तो डराएँ जब घुर्नुहुन्छ त्यो रात निद्रा सब चोर्नुहुन्छ … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : कलम र स्वास्नी

~बिकास घिमिरे~ “तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज। “यो चुरोट पनि कति खान सकेको। छ्या! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : अफ्रिकाको मेरो भ्रमण

~नगेन्द्र न्यौपाने~ विद्यालयमा अध्ययन गर्दादेखिनै मलाई अफ्रिका महादेशको चासो निकै थियो । बाक्लो जङ्गल, विशाल भूक्षेत्र अनि अधिकांश तेस्रो दर्जाका गरिब मुलुकहरू । त्यति मात्र होइन, साहारा मरुभूमि, बाङ्गोटिङ्गो कङ्गो नदी, अनगिन्ती जङ्गली जनावर अनि इथियोपियाको भोकमरी । समय क्रमले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : ‘महिला’ शब्दको उत्पत्ति

~शर्मिला खडका दाहाल~ एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य – व्यङ्ग्य : काकाकुल काठमाडौँको प्रेमपत्र मेलम्ची मैयाँलाई

~नरनाथ लुइँटेल~ मेरी हृदयकी रानी मेलम्ची मैयाँ, पि्रय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्वप्न

~दुश्यन्त भट्टराई~ प्रभातको झुल्को जब धर्ती पाऊँछ, दुनीयाँ यो सारा जग चल्मलाऊँछ । म मस्त गती स्वप्नको साथ हुन्छु , म अल्छी सबेर जो सुती रहन्छु ।। म पुग्छु कहिले मेरै वालपनमा, उहि गाँऊघर् खेतमा फाल हान्दै । फेरि पुग्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नजन्मिनुपर्ने मान्छे

~धीरकुमार श्रेष्ठ~ आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रदेशी जिवन

~मदन दुलाल~ घडीको टिक टिक आवज प्रभातकालीन मल्हार नित्य कर्म सकेर लाग्यो ठिठो “जा”गिर “जा”गिर शब्द नै दोअर्थी कि त आँफै गिर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~ सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : साझको बेला हाबा मन्द मन्द थियो

~भुपेन्द्र महत~ साझको बेला हाबा मन्द मन्द थियो उन्को केश खेल्दै हाबा बुलन्द थियो मादक हेराइ पोखियो सुस्त सुस्त आहा!त्यो क्षण कती आनन्द थियो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउमा राखेर दाम चढाए

~मबि सिंह~ पाउमा राखेर दाम चढाए । जुनाफमा फेरी नाम चढाए । अधिकार काटेको ध्वाँस दिए , भित्रभित्रै जुन घाम चढाए ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उफ्…….म छापामार हैन

~कुमार श्रेष्ठ~ हिजोको म छापामार आज कसैले मलाइ छापामार भनेर बोलाउदा म लर्बराउछु मलाइ संकोच लाग्छ यो शब्द सँग म डराँउछु यो अर्थ सँग म हिचकिचाउछु छापामार हुँ भन्न बरु म भन्छू उफ् ..म छापामार हैन….

Posted in कविता | Tagged | Leave a comment