Tag Archives: sangrahalaya

गजल : यहाँ कोही घात गरी

~भुपेन्द्र महत~ लडाएर हाँस्छन यहाँ कोही घात गरी गिजलेर फाल्छन कोही बासी भात सरी जीवनको ओसमा पनि घाम पोत्छु भन्थे फर्किएर अतित आज बगे रात भरी

Posted in गजल | Tagged | Leave a comment

मैथिली गजल : जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ

~धीरेन्द्र प्रेमर्षि~ जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ इन्द्रधनुषी एहि दुनियामे लाले लगए पिअरगर यौ ठोरे जँ सीयल रहतै तँ गुदुर–बुदुर की हेतै कपार! एहन मुर्दा शान्तिसँ तँ बबाले लगए पिअरगर यौ

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : गजल चैँ लेखौँ साथी

~धीरेन्द्र प्रेमर्षि~ संविधान नभए नि गजल चैँ लेखौँ साथी गुन्गुनाई त्यै गजल माथ्लो सिढी टेकौँ साथी स्वप्न मात्र देख्दा पनि आँखा तिर्मिराइदिने अविवेकी सूर्यलाई हत्केलैले छेकौँ साथी

Posted in गजल | Tagged | Leave a comment

गजल : मन मेरो तिम्ले तानेर गयौ

~गोबिन्द रसिक~ मन मेरो तिम्ले तानेर गयौ, नपाउने माया जानेर गयौ। आकाशका तारा हुन्छन टाढा, उडी उडी छुने ठानेर गयौ।

Posted in गजल | Tagged | Leave a comment

गजल : देशभभक्ती छ भने मुटुमा शिर चढाउन सक्नुपर्छ

~श्याम लामा~ देशभभक्ती छ भने मुटुमा शिर चढाउन सक्नुपर्छ ज्यु ज्यान प्राण माटोको खातिर चढाउन सक्नुपर्छ गर्छौ किन स्यालको रजाइ बाघको छालामा उठेर आफ्नो स्वार्थबाट पिर चढाउन सक्नुपर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : पछि लाग्दा भाग्ने, छाया जस्तो चाला

~मबि सिंह~ पछि लाग्दा भाग्ने, छाया जस्तो चाला ! भाग्दा पछि लाग्ने, छाया जस्तो चाला ! आफ्ना जन कंहा गए खै म लड्दा ? उठ्दा मात्र जाग्ने, छाया जस्तो चाला !

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलनभन्दा अचेल,बिछोड गजबको।

~डा ज्योतिपुञ्ज सुरेश~ मिलनभन्दा अचेल,बिछोड गजबको। जिन्दगानी घटाऊ,कि जोड गजबको। छुट्या पनि होइन,मिल्या पनि होइन, कहाँ जाने हजुर, यो मोड गजबको।

Posted in गजल | Tagged | 2 Comments

गजल : न त वार भो, न त पार भो।

~डा सुरेश ज्योतिपुञ्ज~ न त वार भो, न त पार भो। न त जीत भो, न त हार भो। कहाँ सुनायेँ,कथा जीवन, न त पुरा भो, न त सार भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : न त कबिता,न त गीत हो, गजल

~आचार्य प्रभा~ न त कबिता,न त गीत हो, गजल न त मायाहो,न त प्रीत हो, गजल। सम्झे झर्ना झैँ, हुन्छ शितल ,गजल सोँच्न सकेमा ,मीठो शीत हो, गजल।

Posted in गजल | Tagged | Leave a comment

कथा : गायत्री

~महादेव अधिकारी~ ‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज । मैले असमन्जसमा परेरै नमस्कार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा

~आचार्य प्रभा~ आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा । दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिँड्नु हुन्न त्यै पुरानो चालले अब

~डा. घनश्याम परिश्रमी~ हिँड्नु हुन्न त्यै पुरानो चालले अब फेर्नुपर्छ काँचुली नेपालले अब । अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको बेच्न नपाओस् कुनै दलालले अब ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ

~घायल श्री~ यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ दुनियाँ तद्पाउछु भन्थ्यौ आज आँफै तदपीदैछौ धुङे धाराको पानीमा बिश तिमी आँफै घोलेकी हौ

Posted in गजल | Tagged | Leave a comment

गीत : फेवा तालमा साईली

~किरण घिमिरे~ फेवा तालामा साईली डुङ्गा सलाल संझनामा तिम्रो तस्वीर झलल सेती नदी साईली बग्यो सलल संझनामा तिम्रो तस्वीर झलल

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : डायरीका पानाहरू जताभावी केर्‍या छैन ।

~बूँद राना~ डायरीका पानाहरू जताभावी केर्‍या छैन । सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।। फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु । रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मिल्दैन विचार आफ्नो त घरमा

~ज्ञानुवाकर पौडेल~ मिल्दैन विचार आफ्नो त घरमा पुरानै छ संस्कार आफ्नो त घरमा । बन्ने हो भने यो मरुभूमिको कवि पाक्दैन परिकार आफ्नो त घरमा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु

~नवराज सुब्बा~ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुई नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैले केहि तारा झार्ने कुरा खास थिएन

~मबि सिंह~ कसैले केहि तारा झार्ने कुरा खास थिएन ! आज मैले टोलाउने गरेको आकास थिएन ! खोजिए पक्का भेटिनेथ्यो मेरो आकृति ग्रहण मात्रै लागेको थियो, खग्रास थिएन !

Posted in गजल | Tagged | Leave a comment

गजल : आँगनमा लटरम्म फलेको आरुको डाली थियो

~स्वयम्बर सिंह लामा~ आँगनमा लटरम्म फलेको आरुको डाली थियो आँगन बिचको किलोमा बाँधेको गाई माली थियो ढुङ्गा र माटोले बनेको चिटिक्क परेको सानो घर रातो र सेतो माटोले पोतेको अनि खरको पाली थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : देहघाटकी माया

~विनोदविक्रम केसी~ प्रेमबाबुले मायालाई बजार बनाइदियो। मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो। ‘मेरी गुलाब, मेरी गुलाब’ भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो। राजधानीको शरीरहाटबारे म एउटा बुलन्द रिपोर्टिङ गर्न चाहन्थेँ। यहाँको सेक्स मार्केटको क देखि ज्ञ सम्म वृत्तान्त छापामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

फणिन्द्र गिरी ‘शान्त’ का तिहार बिषेश गेडीहरु

~फणिन्द्र गिरी ‘शान्त’~ ****तिहार बिषेश गेडी**** १ आयो उर्लि तिहार, धाक रवाफ् जमाइ पक्षपाती बनेर, जान्छ पीडा थमाइ l ए बुनू , आउन्न म तिमी नरुनू ll २ उड्छ मन हरर, संझि भैलो गाएको सप्त रङ्गी टिका र, सयपत्री लाएको … Continue reading

Posted in गेडी | Tagged | Leave a comment

गजल : जताततै सयपत्री फूल छर्न पाए मजा हुन्थ्यो

~चहल सयपत्री~ यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो । त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो । खोला पारि पुगेपछि छुटिनु त छदै छ नि , खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

कथा : आइते

~होमर श्रेष्ठ~ चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संबिधान

~बुदिक थापा~ संबिधान बनाउँछु भनि लागे संबिधान भवनमा मन्त्रि हुन पाउँ भनि लागे पुजापाठ र हवानमा देश को हाल नराम्ररी बिग्रेकोछ आज त्यही पनि लाग्या छैन यी नेतालाइ लाज

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~बिपुल सिजापती~ छोरी तिमी जन्मँदा ओंठ लेब्राउनेहरु र नाक खुम्चाउनेहरु धेरै थिए एक डोका फत्तुरहरु छताछुल्ल भएका थिए हावा भरि उडेका थिए ति सवैलाई लोप्पा ख्वाउँदै पीडाहरुका बिचमा प ि न तिम्री आमा

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~ समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल कथा : पाटेको घाँटीमा घन्टी

~भारद्वाज मित्र~ पाटे बिरालो चलाखमात्र होइन निकै घुर्त पनि थियो । ऊ घरघर चहारीचहारी दही–दूध चोरीचोरी खान्थ्यो । र चोर्ने मौका नपाएका बेलामा घरघरमा गएर म्याउँ……म्याउँ… गर्दै मागेर पनि खान्थ्यो । मौका ढुकेर मुसा मारेर पनि खान्थ्यो । यसरी ढुकेर, … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : तपाईंको देशमा

~युवराज नयाँघरे~ कुदिरहेको रेलमा तीनजना नेपाली छौं । रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा । होमराज आचार्य, डा.भट्टराई र म आमनेसामने छौं । हाम्रा आँखा जुधाइ कम भए पनि कुरा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : लाग्छ कोही अहिले पनि मलाई पुकारिरहेको छ

~गौरी मल्ल~ जीवन जिउने क्रममा हामीसँग धेरै घटनाहरु मानसपटलरुपी हार्डडिस्क भित्र पत्रपत्र जमेर बसेका हुन्छन । कहिलेकाहीं कुनै प्रशंगबस ती कहीं कतै लुकेर, थिचिएर, गुम्सेर बसेका घटनाहरु बाहिर निस्किन पनि थाल्छन। मलाई अहिले तेस्तै केहि भइरहेको छ । दुइ चार … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : राजाको छोरो

~राकेश कार्की~ राजाको छोरो राजकुमार नेताको छोरो भविष्यको कर्णधार जनताको छोरो न घर न वार । दार्जिलिड० देहरादून बेलायतमा नेताका छोरा पढ्ने सामथ्र्यहीन जनताका छोरा नेताकै निम्ति लड्ने ।।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दुइ रात अस्पतालमा बास

~गोविन्द गिरी प्रेरणा~ विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ । सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~ देश परिवेशः पुरातनपन्थी थकाइमा मस्त निदाइरहेको बेला एकथरी देशहरु कालापहाड तर्फ लागेका छन् मुटू कलेजो हराएर बूढा सुब्बाका जोखनाहरु मूच्छित छन् सर्वत्र विद्रोही र छापामारका कुरा भूकम्पीय क्षतिका भविष्यवाणीसहित आह ! पालतिर हामीले थुप्रै ट्रमा सेन्टर खोलेका छौं

Posted in कविता | Tagged | Leave a comment