Tag Archives: sangrahalaya

छन्द कविता : विश्वास

~डा. लेख निरौला~ पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।। सारा सोत्तर छन् यहाँ मनुजका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~ यो संसार एउटा बजार अनगिन्ती छन् बस्तु त्यति नै गन्तीका जार हो यो संसार जार हरुको सौहार्दतामा ‘वस्तु’ साटासाट गर्ने कतै सानो कतै ठूलो हाटबजारको भीड हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक ढलेपछि

~मन्जु निरौला~ ईतिहासको बुर्जामा अवस्थित निर्जीव पत्थरको सालिक ढालेर पुरुषार्थ देखाउने पौरखीहरु मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु ऐतिहासिक परिपाटी ढालेर किन असभ्यताको पूरक बन्न थालेका छौ हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल

Posted in कविता | Tagged | Leave a comment

गीत : टाढा टाढा नजाऊ तिमी

~होम न्यौपाने~ टाढा टाढा नजाऊ तिमी पर्खिएरै मन थाक्नेछ साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ । तिमीले चुमेका यी हातहरु सुमसुम्याई म ब्युँझिरहुँला कहीं यादहरु दुखे भने तस्बिरलाई म सुनाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अब्यक्त पीडा

~वैकुण्ठ ढकाल~ “मुकेश जापानी टोली आउने कुरो के भयो ?” अफिसको हाकिम गर्जंदै भित्र पसे । “सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । “ बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ताराहरु सबै सबै टल्कने

~गिरिराज बाँस्कोटा~ ताराहरु सबै सबै टल्कने पो कहा छन् र – आखहरु सबै सबै पल्कने पो कहा छन् र – प्यार सग नशा जाग्दा जिम्मेदारी साथै हुन्छ शिरहरु सधै सधै ढल्कनेे पो कहा छन् र –

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ सम्हाल्न आऊ

~होम न्यौपाने~ घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन । यो शिर ओताउन आऊ झरी परेको दिन ॥ अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण । दियो जलाई आऊ जुन ढलेको दिन ॥

Posted in गजल | Tagged | Leave a comment

गीत : निद भाग्यो तिम्रो यादले

~भरत पौडेल~ निद भाग्यो तिम्रो यादले, देहचिल्यो चिसो रातले छाती भरी ज्वालामुखी, आगो थप्छ उन्मादले यो जवानी धूपजस्तो, तिम्रो रुपले तेल थप्छ चाहनाको खहरेलाई, उरालेर भेल बग्छ सागरसरी तिम्रा नयन, कल्पनामा पिउने गर्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मुर्दासंग डराएर भाग्दिन , जिउदो मान्छे हुं म

~संतोष थपलिया~ मन बिरक्तिएर चीरा चीरा परेको छ माइला दाईको । उमेरै नपुगी चाउरिले गोरेटो बनाएको अनुहार, भास्सिएर स-सानो कुवा जस्तै देखिने आँखा अनि भाटो जस्तो आफ्नो शरीर हेर्दै धक् फुकाएर रुन सम्म रुँदैछन आज माइला दाइ । उनको घुक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~ हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ । तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नागदेवी

~शिव प्रकाश~ “हो, मान्छेको सबैभन्दा ठूलो साथी पनि मान्छे नै हुदोरहेछ र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै !” अहिले मान्छेमान्छेबीच त्यही भइरहेछ । उसले छोटो समयामा धेरै पात्रहरु बनाई ज्ञात-अज्ञात ! अज्ञात पात्रहरु उसकलाई मात्र थाह छ ज्ञातपात्रहरुमा रुद्रराज, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~ कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~ देख्दैछु उदासी तिमीलाई, तर निराश हुन दिन्न म बल्झिए झैँ लाग्छ घाउहरु, तर, पीडा हुन दिन्न म छचल्किएका तिम्रा नयनमा, यी हातहरु थापी दिनेछु नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु तिम्रै लागि म बाँचिदिनेछु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविकता १

~शर्मिला खड्का दाहाल~ ‘हाइ कोइली !’ ‘हाइ उल्लु !’ ‘हिजो किन नआएको डेटिङ्गमा ?’ ‘माओवादीको बन्दले आउन सकिनँ । ’ ‘म आएर कुर्दाकुर्दा गरे यार । ’ ‘गफ दिन्छौ ! पत्याउन्न म । ‘नपत्याए के गर्छौ ?’ ‘केही गर्दिन चुप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कायम आफ्नो पहिचान राख्नु

~ज्ञानुवाकर पौडेल~ कायम आफ्नो पहिचान राख्नु ! जारी तिम्रो अडान राख्नु ! सानालाई गर्नु धेरै माया ठूलाको संधै मान राख्नु !

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो को आइरहेछ ?

~आभास~ टाउकोमाथि टोपी र टोपीभित्र मथिँगल मथिँगलमा अनेकौं अमूर्त चित्र र निधारमा तिनै चित्रका सहीछाप विलकुल मेरो हुलियासँग मेलखाने म जस्तै मतिर त्यो को आइरहेछ ? नकमाथि चस्मा र चस्माभित्र निर्दोष आँखा

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो भोटो

~राजेश नताशं~ “बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !” “हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?” “ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ब्युँझेको ब्यथा

~युद्धप्रसाद मिश्र~ गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति आकांक्षा नव पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : धब्बा

~विद्या सापकोटा~ ‘मेरी आराधना नाच्ने छे’ सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो ‘यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : च्यातिएको छाँया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!

~डा ज्योतिपुञ्ज सुरेश~ राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता! तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता! गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी, ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता!

Posted in गजल | Tagged | Leave a comment

कथा : एक तमासको मन !

~सन्जु बजगाईं~ ‘नागेन्द्र हाराय त्रिलोचनाय ……. ‘ श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् । ‘ईफ आई वेर अ बोई ……’ छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ । ‘यू आर ब्युटीफुल ……. ईट्स ट्रयु ।’ छोरो जेम्स बल्न्टको पछि नै लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो

~श्याम लामा~ प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो प्रातलाई उत्साहमा डाकिरहे जस्तो लाग्यो मडारियो फर्किएर बादल फेरी यतै तिर असिना बर्षाउन ताकिरहे जस्तो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २

~बिबश बिप्र~ हिउँ र मान्छे ! शीतलता–एक अनुभव ! अनुभव–बस् स्मृति ! मस्तिष्क… एक भण्डार–बिचलित प्रचलनको ! सगरमाथा– एक पिरामिड्- सालीन आत्माहरुको !

Posted in कविता | Tagged , | Leave a comment

संस्मरण : जलेको ह्रदयमा फुलेको प्रेम

~हस्त गौतम मृदुल~ आदरणीय मित्र गिताजी यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अकर्मण्यता वा अस्तित्वहीनता

~शरद निरोला~ कति नै कोशिस गर्दा पनि यस हृदयभित्र रहेको निराशाको कहालीलाग्दो अंध्यारो चूकभन्दा पनि कालो भइदिएर मेरो अस्तित्व कालाम्य हुन पुगेको छ । मेरो चारैतिर मेरा अकर्मण्यताका

Posted in कविता | Tagged | Leave a comment

कथा : रङ्ग-आर्शिवाद रगतको

~विद्या सापकोटा~ धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खहरेलाई उराल्नमा

~भरत पौडेल~ खहरेलाई उराल्नमा, वलेंसीको दोष हुन्छ तातो छेउमा पग्लिएको, नौनीलाई के होश हुन्छ रंगिन फूलले नहर्ने भा, मनमुटु बैंशालुको जवानीको पारखीलाई, भ्रमरसँग के रोष हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बेरोजगार देश

~जयन्ती गौडेल~ मेरो बेरोजगार देश भोकै उभिएको छ नाङै उभिएको छ रोजगार नेताहरु ऋण खाईरहेका छन् छिमेकीहरु ब्याज असुलिरहेछन् सिमानामा केबल एक टुक्रा राष्ट्रिय झण्डाले

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था

~महेश चौधरी~ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : कथाहरु मेरो देशका

~हरी भुसाल ‘स्याटलाइट’~ ‘माओवादिहरु र सरकारको कुरा मिलेन’ ‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’ ‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’ ‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकथा

~बिनु “मुसा”~ चारैतिर बालुवा छ । बालुवाको रास, ठाँउ-ठाँउमा मेलो छाडेर उम्रिएका केही पौंधाहरु । कतै-कतै खजुरका बुँट्यानहरु, म गर्मी अड्कल्छु ४५ देखी ४८ डिग्रीसम्म हुनुपर्छ आजको गर्मी । शिशिरको अन्तिम घिडघिडोपछि सुर्यको फुर्ती बढ्दो छ । आगोको देश हुदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment