Tag Archives: sangrahalaya

कविता : सपना, श्यामे र सिंहदरबार

~उमेश चापागाईं~ हात्तिछाप चप्पल पड्काउँदै पानी परेको साँझ डिल्लीबजारको उकालो लाग्यो ऊ सिंहदरबार अगाडि पुगेर रोकियो आफ्नो सपनाजस्तै सुन्दर लाग्यो दरबार उसलाई जो देख्न सकिन्थ्यो, तर प्राप्य थिएन ।

Posted in कविता | Tagged | Leave a comment

गजल : याे दुनिया देखेर अनि याे संसार देखेर

~सराेज भण्डारी~ याे दुनिया देखेर अनि याे संसार देखेर । मलाई वाक्क लाग्छ मेराे देशकाे सरकार देखेर । कार्यालय छिर्न अचेल लाज लाग्न थालेकाे छ, सजिलै घुस माग्ने समझदार देखेर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : घोगेकाे सपना

~होम सुवेदी~ पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?” घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् ! घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

लघुकथा : नैतिकता !

~सुषमा मानन्धर~ आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Traslated Poem : The East Setting Sun

~Deep Raj Neyonghang~ Translated by : Ram Prasad Prasai From the narrow pass—Sanguri Bhanjyang Beneath horizon The Rising Sun Pops out warming up the chill body The Vanishing shelter of snails and shells Like unkept promises of Lizard’s story In … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मृत प्रश्न

~बिबश बिप्र~ घरको आरोह-अवरोहमा सुनिने बहुल आवाजहरु रातमा चिच्याउन छोडेको धेरै भो गोलमेच मेलाको प्रदर्शनीमा अँध्यारोका नाइकेहरु धामीगुरु जस्तो काम्दैहोलान ल अनुभूतिमा-

Posted in कविता | Tagged , | Leave a comment

लघुकथा : शर्त

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे । ……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : पिउनुको पौरख

~दिनेश ‘रवी’~ बांगिने बेला छ। बांगोहरुकै मेला छ। जती बांगो र नांगो होइन्छ उती सभ्य र इमान्दार भइन्छ। नत्र उदांगो हुनुपर्छ। स्वास्नि छोराछोरी हुँदा पनि रुनु पर्छ। घिउ झिक्ने बांगै औंलाले हो। जे जती झांगिएका छन् बांगो बिरुवाहरु नै हो। … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एक मिनट -मौन धारणमा

~भोजराज न्यौपाने~ विश्व शान्तिको लागि मौनधारण गर्दा-गर्दै मैले सोचें – कती लामो छ समय! एक मिनट विध्वंश गर्नेहरुका लागि काफी हुन्छ एक मिनट सिर्जना गर्नेहरुका लागि छोटो हुन्छ।

Posted in कविता | Tagged | Leave a comment

गजल : माया खोज्ने बहानामा भिर बाट नझर न

~कल्पना ‘भाबुक’~ माया खोज्ने बहानामा भिर बाट नझर न| एकान्त त्यो साथ रोजी धेरै याद नगर न| मन भरि बेदना छ देख्छौ तिमी रिसाएको| फकाउने बहानामा कर्के आँखा नतर न|

Posted in गजल | Tagged | Leave a comment

गजल : फेवा तालमा

~प्रकट पगेनी ‘शिव’~ उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख ! हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !! त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द ! भेटे रिमाइ जाल भित्र माल साँझ पख !!

Posted in गजल | Tagged | Leave a comment

कथा : तस्विर भइसकेको मान्छे

~विभोर बराल~ मलाई थाहा थियो घरका सबैलाई खुसी पार्ने उपाय त्यसैले पहिलो तलब हात परेकै दिन दगुरेँ फोटो स्टुडियो तिर । ‘आम्मै कति ठूलो !’, हजुरआमा चकित परेर चिच्याउनु भयो। हजुरआमाको चिच्याहट सुनेर पिताजी र आमा दौडिँदै बैठक कोठामा आउनु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हेल्लो भूटान

~मदन दुलाल~ बार्है मास जि.एन.एच को धाक दिएर कति ढाँट्न सकेको दुनियाँ? बिर्स्यौ कि के हो? चा वा सुम को ढोल पिटेर दिक्षिण रक्ताम्मे पारेको अत्यचार र दमन पनि छ है तिम्रो ईतिहासमा र शरणार्थीको पगरि पनि त गुथेको छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो स्टिकर

~राजेश कार्की~ एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर जिन्दगीभरको उनीहरुको कमाई भुईँचालोले स्वाहा पार्यो, छाती चरचर आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु हेरिरहे घर, अनि त्यो रातो स्टिकर

Posted in कविता | Tagged | Leave a comment

कथा : आर यु म्यारिड ?

~सुसन शर्मा~ अनायास अपरिचित नम्बरबाट ‘ब्ल्यांक म्यासेज’ आएको थियो । नम्बर यस्तो थियो कि, बिर्सन चाहेर पनि नसकिने । ब्ल्यांक म्यासेजको रिप्लाई भने, ‘हु आर यु रु एन्ड ह्वेयर आर यु फ्रम रु’ लेखेर पठाएँ । उत्तर आउला जस्तो लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य – व्यङ्ग्य : जय फेसबूक !

~चर्चित ढुंगेल~ हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : खुल्दो बसन्त तिम्रै

~अनन्त लम्साल~ बर्षा शिसीर साथै, खुल्दो बसन्त तिम्रै । संसार आज तिम्रो, चर्चा दिगन्त तिम्रै ॥ बिर्सेर मार्ग ज्ञानी, प्यासी एकै नजर् को , झूकेर पाउ पुज्छन्, योगी महन्त तिम्रै ।

Posted in गजल | Tagged | Leave a comment

कथा : पल्लो पसल

~कविता पौडेल~ मेरो किराना पसलको पारी पट्टी भाँडा पसल थियो । त्यहाँ बिक्री हुने भाँडाकुँडाहरू त्यसै घरमा भएको कारखानामा बनाइन्थे । गिल्टीका भाँडा बनाउँदाको टाङटुङ-टाङटुङले जतिखेर पनि कान खान्थ्यो । भाँडा पसलेको जेठो छोरा बी.ए. मा पढ्दै थियो, माइलो आई.ए.मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : उत्तरी इजराएलको रमाइलो घुमघाम

~दिप्स शाह~ १८ अप्रिल २०११ ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : तिम्रो डायरीबाट टाढा हुदै

~दिब्या बज्राचार्य~ तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी महाविपद् नाम दिइयो ज्यानमारा, सुखमारा प्रलयकारी भनि चिनीयो

Posted in कविता | Tagged | Leave a comment

सामाजिक कथा : बौलाही !

~कृष्ण के.सी.~ ” बौलाही !” तत्कालको अवस्थाले जुराई दिएको मेरो नाम l प्रिय अप्रिय जे भए पनि मलाई राखिएको नामसँग मेरो कुनै गुनासो छैन l बिहानको झिसमिसे देखि यो शहर ननिदाउदासम्म मलाई यही नामले पुकार्छ l बडो गजब छ यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरुभूमिमा श्वेत सुन्दरी

~सञ्जु बजगाईं~ “कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।” धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे । ऊ अंग्रेजी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ऊ फर्केको छ ….

~तेजविक्रम कार्की~ सपनाहरुको घोषणा पत्र लिएर तिमीले मझेरी टेके पछि आज मेरो आँगनीमा गणतन्त्र आएको छ र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ ! तिमीलाई थाहा छ कि छैन ? तिमीले कुल्चि आएको यो धुले सडकमा बर्षौ देखिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने

खगेन्द्र पन्दाक लिम्बु~ जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने कुरूप सौन्दर्यको अन्तररुप लेख्दैछु, भूलचूक लिनेदिने दुरुह-मार्गी यात्रा भीरबाट थालेर,समथल गन्तव्यमा अमूर्त बोधताले दु:खसुख लेख्दैछु भूलचूक लिनेदिने

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : अलमलको छाहारीमा हाम्रो सम्बन्ध

~गिरिराज बाँस्कोटा~ प्रेम भएको हो ÷होईन ? त्यो पनि थाहा छैन ।उनको र मेरो सम्बन्ध अलमलको बिचवाट बगिरहेछ ,बगिरहेछ । प्रत्येक साझ विहान भेट हुन्छ ,हरेक बिषयहरु,हरेक सन्दर्भहरु ,हरेक भोगाईहरु सहजै साटासाट हन्छन् ।सँगै वस्न ,छुन ,एउटै खान केहिले छेकेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : फिर्ता चाहियो

~राजेन्द्र थापा~ मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन । पेपरसहित कैले को कैले को नातेदारहरुलाई फकाउन पठाइरहेको छ महेशले पनि लगातार । चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले । तर पनि महेशले कोशिस छाडेको छैन । महेशसित अर्को विकल्पै पनि छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : फूलमालामा सजिने आकाश भैरव

~हरिकृष्ण डंगोल~ उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | 1 Comment

कथा : भ्रम

~शेखर ढुंगेल~ नमस्कार ! कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : झुठा कुरा गुनेरै, फूर्सद भएन !

~मबि सिंह~ झुठा कुरा गुनेरै, फूर्सद भएन ! संधै उल्टा बुझेरै, फूर्सद भएन ! माला बुन्ने रहर, रहरै भैरह्यो फूलहरु चुडेरै, फूर्सद भएन !

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रतिशोध

~टंक वनेम~ एक दिन एक जना स्वास्नीमान्छे घरको ढोका ढकढक्याएर अनुरोध गर्दै थिइन् । काम खोज्दै हिँडेकी कुनै काम गर्न पाइन्थ्यो कि ? स्वास्नीमान्छेको प्रश्न अन्त्य हुन पाएको थिएन । कुन्नि के सम्झेर हो घरको लक्ष्मी जङ्गी हालिन् । यस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना

~भगवती कंडेल ~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment