Tag Archives: sangrahalaya

कथा : रोमान्टिक आन्टी

~देबकी केसी~ ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’ ‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने  सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौसमी माइकालाल

~रामविक्रम थापा~ उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~ लाएजति माया आफ्नो हुँदैन चाहेजति सबै प्राप्त हुँदैन, जीवनलाई जताबाट नियाले पनि मृत्युभन्दा अर्को सत्य हुँदैन | बाँचुन्जेल, सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ तर उसलाई यो हेक्का रहेन कि- “बाँच्नका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नींद नहुने भए सपनीको

~किरण टी लिम्बू ~ नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा, माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : बसन्त बनी आयौ तिमी जिन्दगीमा

~दिप्स शाह~ बसन्त बनी आयौ तिमी जिन्दगीमा बहार बनी छायौ तिमी जिन्दगीमा डुबेकोथेँ आँशुभित्र हाँस्न सिकायौ हारेकोथेँ जीवनदेखी बाँच्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~ मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका खुशीका दस्तावेजहरु च्यापेर एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती जीवनहरु एक साल मरिहत्ते गर्छन् । दशैं,वर्ष दिनपछी एकफेर छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : छापा पत्रिकाको महत्व एकदमै बढी छ

~सिरुखर्के जेठा~ साहित्यकार सिरुखर्के जेठाको परिचय पाउन ? म मलेसियामा एउटा श्रमिकको रुपमा नै काम गरिरहेको छु । नेपालमा रहँदा पत्रकार र साहित्यमा रुची भएकोले म आफूलाई साहित्यप्रेमीको रुपमा चिनाउन चाहन्छु । साथै म साहित्य लेख्ने मान्छे हो भनेर चिनाउन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

बाल कथा : होचा मानिससँगको भेट

~बिजय चालिसे~ आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~ म त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~ शार्दूलविक्रीडित छन्द निर्मानै लि पिता प्रभात प्रहरै, रातै चिरी झुल्कियो। सामुन्द्री तट उस्ण वाफ तपले, धर्ती यसै मौलियो। सन्तानै सब हुन् पिता म भनि लौ , गाँठो कसी कम्मर। अय्या आथु सहेर सौम्य शिलले , कर्मै बुझी … Continue reading

Posted in छन्द कविता | Tagged | 3 Comments

गजल : बदलियौ तिमी त

~ओनिक अज्ञात~ माया बसेको बेलामा फूल जस्तै कोमल थियौ, बदलियौ अहिले, बज्र भन्दा पनि कठोर भयौ ।। त्यो ओठको मुस्कान मह जस्तै गुलियो थियो, जलायौ चिनो, बिष भन्दा पनि तिक्त भयौ ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : बुकुरे वस्ती

~पुण्य प्रसाद खरेल~ गोबरमा उम्रिएका गुजुक्क च्याउ झैं गुजुप्प बसेको, फुसैफुसका बुकुराहरूको अनुहार आज न्याउलिएको छ । कुनै बुकुराभित्र सानासाना नाङ्गा, धुस्रेन्न र फुस्रेन्न केटाकेटीहरू भुइँमा लडीबुडी गर्दै आमालाई करकर गर्दैछन् । कुनै बुकुरोमा सुत्केरी आइमाईहरू दैलाको ठेलामा बसेर आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : डायरी

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी कविता मेरो जीवन, मेरो डायरीको पाना निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी पाखा पखेरू, दूर बनमय बोट बूट्यान। हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ कविता डायरी चिरायु रहन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : फेसन र फाट्नु

~कृष्ण वस्ती~ शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~ मिर्मिरे चिप्लिएकै थिएन अँध्यारो च्यातिएकै थिएन यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा । आँखा अगाडि मान्छेका जुलुस कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : दिखारिपा

~तिलक चाम्लिङ~ चामादुङ देई पाइना नाखै खारु खुसा्र मिलाम्थेको दिखारिपाचीमो लाम इसाचापा ! खाना देनो ताहोत्यु सेम्तु पाइनाको सीरीया चापा आसो काँ खैमो स्यामइ चेतुइनो मिपेरेङासेको वासालई उम्खासेलो चामा इनाए खुवानाखो चान्योको छाम छाम्मा लेस्यो देनो ताहोत्यु थलो इसाचापा ! … Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

गजल : रमाइदिए

~भगवती कंडेल~ अनौठो छ बानि मेरो हारमै रमाइदिए अचानो भै खुकुरीको मारमै रमाइदिए!! तरिरहे अनबरत संघर्शका खोलाहरु जंघार हरु आए जंघारमै रमाइदिए!!

Posted in गजल | Tagged | Leave a comment

चिन्तन : आत्मशुद्धिका लागि केही चिन्तन

~शेखर ढुङ्गेल~ आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् बुढा-बुढीले जे पकाएर दिए पनि सन्तोक मानेर, खान्थे हिजो पनि सन्तोक मानेर खाएकै हुन् मिठो लाग्यो? उनीहरूले कहिल्यै सोधेनन् .. यस्तो लाग्यो,

Posted in कविता | Tagged | 1 Comment

संस्मरण : यार, मजाक गरेको

~नयनराज पाण्डे~ किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ? म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : कविताको त्यो आगो

~शशी लुमुम्बू~ हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवा हाइकु : जीबन लाप्चा

~सबिन महर्जन~ “जीबन लाप्चा” १ बांला की मला ख्वा: हिला हिला जुल ऋतु जीबन २ बर्षा क्वचाल बुँईचा त ति:न्हुल वा:लया: हल: ३ उचाई मखं उचाई नी दयकीला आकाश स्वया:

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

दिलिप राईका चार केस्राहरु

~दिलिप राई सगर~ 1.आमा तिमी भए जादिनँ धाम आमा हो ईस्वरको नाम यो सँसार नै देखाउने गरेर आफ्नो शुभकाम तिमी होउ स्वर्गिक धाम

Posted in केस्रा | Tagged | Leave a comment

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~ यसबेला केही निस्तेज शिरहरु झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर विनीत भावले जुम्लेहात जोडिरहेछन् म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्

~रमेश विमान~ खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन् अचानोमा बसिरहे ठुला ठुला प्रहार हुन्छन् बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो म उभिए के भयो र ! अघी जाने हजार हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : तिम्रो याद आउने बाटो…….

~मनु लोहोरुङ राई~ तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब कोरिएका बिगतहरु मेटी दिउँ कि अब । भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा उकासेर लिलामीमा बेची दिउँ कि अब

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटै पहल

~महेश घृतकौशीक~ एउटा पहल तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटा कोसीस तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटै सोचले संसार बदल्न सक्छ यदि भने, केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु । कायरता तपाइँको ठेक्का भो, साहस मेरो । उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्झौता

~विद्या सापकोटा~ “आखिर ! जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ, खुइया……” निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन, ‘उसको उसले उसलाई नकार्दासम्म पनि’ । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पल दिएर जानु

~सिसम पाण्डे~ अब सम्झन लायक पल दिएर जानु तिमी नआउञ्जेल चिनो सल दिएर जानु फर्केर आउनु प्रिय भविष्य सफल पारेर त्यतिञ्जेल बाँच्न सक्ने बल दिएर जानु

Posted in गजल | Tagged | Leave a comment

गजल : ईश्वर खोज्दै हिंडे

~ओनिक अज्ञात~ बिरक्तिएर गली-कुच्चीमा, ईश्वर खोज्दै हिंडे, खोज्दै गले तै पनि थाकिन, ईश्वर खोज्दै हिंडे, मठमन्दिर भित्रका अचल मुर्तिहरुलाई सोधेर हेरे, बाटो भरि देखिन कतै फर्किदा, ईश्वर खोज्दै हिंडे,

Posted in गजल | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~ म सर्वत्र निःशुल्क, जीवनदायी मलाई देख्दैनौ तिम्रै वरिपरि तिमी कुल्चिन्थ्यौ होला म कुल्चिइने चिज हैन ।

Posted in कविता | Tagged | Leave a comment