Tag Archives: sangrahalaya

कविता : अनन्त तिर्खा

~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : तिमी पच्यौ कतै

~रारा नेपाल~ तिमी पच्यौ कतै, म पचें कतै जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ जनवाद ल्याउने ल73यथ्यो हाम्रो तर त्यो भन्दा लाग्यो संसद हो राम्रो जनयुद्ध सम्झी रोइराछु मैले आँखा रोएनी भित्र मन खुशी छ अहिले तिमी फस्यौ कतै, म … Continue reading

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : हिमाललाई पत्र

~सिर्जना वि.क.~ प्यारो हिमाल कस्तेा छ तिमीलाई? मत ज्यूँदै मरेतुल्य भएर बाँचेरहेकी छु ! तिमीले थाहा पाएकै हौला मेरो छाती दुखिरहेछ, मेरा बारहरू ढलिरहेका छन् मैले गरिखाने बारी खोसिएको छ, मेरो झुक्दै नझुक्ने शिर लाजले रातोपिरो भएको छ वीर पूर्खाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जवान चीलको परीक्षा

~कन्हैया नासनानी~ चारा खोजेर खुवाउँदा–खुवाउँदा हैरान भइसकेको माउ चीलले आफ्नो बचरोलाई भन्यो, ‘बाबु, तिमी हुर्किसकेका छौ । जवान पनि भइसकेका छौ । अब आफ्नो आहाराका लागि आपैंm कोसिस गर्नुपर्नेछ । याद राख, हामी सिकारी चरा हौं । सिकारबिना हाम्रो पेट … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : भ्रम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल साइरन बजेको छैन

~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु

~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : खै त खुर्दलोटन अनि महुलीका कुरा ?

~श्याम तमोट~ पहाडका कुरा अनि मधेशका कुरा बिर्सीसके लिपु लेक बिर्से लिम्पियाधुरा । राज गर्ने दाउ कोही रोजी रहेछन् ओत लाग्ने ठाउँ कोही खोजी रहेछन् ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हुँ म यौटा र्सवहारा

~युद्धप्रसाद मिश्र~ क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सिन्जाको माटो शिरैमा !

~युवराज नयाँघरे~ जानैपर्छ र ?’ गोठिजिउला पुगेपछि साथीहरूले बोली फेरुँलाझैं गर्न थाले । एक रात, एक बिहानको बाटो लगाएर पुगेका थियौं गोठिजिउला । त्यहाँ पुगेपछि थाहा भयो– सुर्खेत जाने गाडी एउटा मात्र रहेछ । त्यै पनि अबको एक घन्टामा हुँइकिइहाल्ने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Poem : You are incomparable……

~Rajan Poudel~ You are incomparable; you are one of a kind You are sweeter than the sweetest wind Time passes by but your beauty shall not fade No matter what, you will always precede the rest Your beauty goes beyond … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : फेरी हुँदैछ

~विजय योजीत~ थियो यै अनौठो र फेरी हुँदैछ यहाँ रात बित्दा अँधेरी हुँदैछ । तँ भित्रै तलाऊ छ भन्छन परेली त्यहीं जल्छ छाती खडेरी हुँदैछ ।

Posted in गजल | Tagged | Leave a comment

निवन्ध : सङ्गीतमा सुन्दरता र नेपाली गायन

~बुलु मुकारूङ~ विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : कोकोम्हेँदो, भूइँचालो र राहत

~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको कथा

~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : निलो आकाशमा कालो बादल !

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

आधुनिक गीत : निदरीमा झस्किरन्छु

~कृष्ण प्र. पाण्डे~ निदरीमा झस्किरन्छु के हुन हो राजै ? निष्ठुरीको जालमा परेँ मेटिएन यादै मन भित्र बस्नेलाई निकाले त आजै हुन्थेन कि यस्तो हाल मन भए सादै माया मात्र पनि हैन जिन्दगानी हाम्रो दु:ख केही झेल्नै पर्छ ज्यूनलाई राम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~ पद र प्रतिष्ठाको लोभले मान्छेलाई कपटी बनाइरहेछ एउटाले अर्कोलाई गिराउने अनेक जुक्ति सिकाइरहेछ । सिद्धान्त त यस्ताको गुमिसक्यो केवल छ बहानामा मात्र आफू असल भनाउने

Posted in कविता | Tagged | Leave a comment

गीत : आगोको झल्को

~दानबहादुर थापा~ आगोको झल्को हो युद्धको निशानी त्यही आगो सल्केर ए दुष्ट तिमीलाई पार्ने छ खरानी सत्यको मार्ग देखाई हिंड्ने ज्वारभाटासँग लडाई खेल्ने बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~ गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान । अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।। भनेर साध्य भएन ब्यथा आशु त पानि भो । सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~ बट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा

~वीरेन्द्र कटुवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौली

~कृष्णराज सर्वहारी~ — धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर। — मोज रे। हामी पढ्न आएका कि मोज गर्न? — पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ? — पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुँड सारेको चरी

~मेघ बस्नेत~ प्रकोपले उदासिन उसको मन सायद गुँड पनि भत्कियो होला अनि पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन। गुँड सार्ने तयारीमा जुटेकी छे चरी जति उजाड उसको वन देख्छे उति रून थाल्छे बेसरी। बिचरा चरो छोड्न मान्दैन घर

Posted in कविता | Tagged | Leave a comment

कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~ जसले हितचिन्तक सज्जनहरुको पर्वाह नगरी दुष्ट र भुच्चुकहरुलाई उकास्यो तोडफोड र उपद्र गराई बने बनाएको सबै बिनास्यो त्यस्ताबाट स्वदेशको हित होला भनी के आशा गर्ने ? कसरी यिनको भर पर्ने ? स्वाधीन बनेर उन्नतितिर लम्कन चाहनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~गौतम उदय~ भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~ सायद रति रहिछन् क्यारे उनी रातो रंग प्यारो मानी रात मन पराउन पुगिछन् समष्टि कि होलिन् भन्ठानेको त दलीय घेरामा बेरिन गइछन् उनी त राति पो भइछन् नारी अधिकारको उदाहरणमा अद्र्धनग्न बनाउने प्रचलनबीच

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

~शंकर लामिछाने~ भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : रातो रगत

~देवी उपरकोटी~ मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन उसको पनि रातो रगत मेरो जस्तै हेर कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~ समयलाई थाम्न सकिएन; अतः समयलाई लगाम लगाउन सक्ने सारथीहरूको खोजी भइरहेछ । एउटा समय थियो जहाँ समय नै थिएन, अर्थात् असमय थियो, समयका पारखीहरूले रगत-पसिनासँग खेलेर समय आयात गरे – आज तिनै पारखीहरूमाथि पोखिएर पशुत्व र पापको दहमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment