Tag Archives: nepali sahitya

कविता : सुन्नै नसक्ने आवाज भएँ

~लक्ष्मी बिष्ट~ म, कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद भएँ मेरो लागि छ आकाश छुट्टै साथमा धर्ती अनि वेग पनि छुट्टै म कसै-कसैको लागि सबै भन्दा छुट्टै म कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन कस्लाई

~सुदर्शन थिङ्ग~ के मागे र तिमीसँग मैले के पायौ त मसँग तिमीले गुमाउनु नै के थियो र यहाँ हरदम आँसु पिलायौ त तिमीले गर्दै छेऊ रे बदनामी मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष शत्रु होइन सहयात्री हुन्

~चन्द्र मेघि गुरुङ्ग~ म पुरुष हुँ तर तिमीले सोचेजस्तै बलात्कारी, व्याभिचारी होइन तिमीलाई हिंसा गर्ने पुरुषमा म पर्दिन तिमीले देखे जस्तै त्यो म होइन जो रातदिन जुवाखालमा भेटिन्छ साइँलीको भट्टीमा पल्टिन्छ व्यर्थैमा तिमीलाई भकुर्छ हुन त म त्यो पुरुष पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अपराध आफैतिर फर्कन्छ

~शर्मिला खड्का दाहाल~ ‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मेरो माया छ भने……

~राजेन्द्र ज्ञवाली~ म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीले आँशु सिवाय केही दिएनौ

~रमेश पल्लव~ विचल्ली बनाएर जिउने आशाहरु निमोठेर ति निर्दोष अनुहारहरु तिमीले बहादुरी देखाएको अनुभव गर्यौ होला अनि तिमीले आफूलाई शक्तिको आडमा

Posted in कविता | Tagged | Leave a comment

गजल : माया आरो भो

~भुपेन्द्र महत~ आधारमा धार थ्यो कि माया आरो भो रेटी रैछ मुटु मेरो बांच्न गारो भो छुन्छु भनी भनी यो मन भत्कायौ बिझि वाचा आज त्यो आँखाको छारो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : के फरक ?

~नारायण अधिकारी~ ए स्वयम्भू ! सत्य सत्य बोल न्यायको बारभित्रबाट हिजो र आजमा केही फरक पायौ ? उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन उही भोज-भोतेर सत्ता-भत्ता तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पनि त हुन सक्छ

~महानन्द ढकाल~ म घाम तिमी जुन यो पनि त हुन सक्छ म गीत तिमी धुन यो पनि त हुन सक्छ मन्थन भै विचारको मन मिले तन मिले म नसा तिमी खुन यो पनि त हुन सक्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दूबो

~उदय निरौला~ भीमकाय ढुङ्गाहरूले वर्षौंदेखि थिच्दाथिच्दै पनि अलिकति घाम चियाएर काप–कापबाट ‘दूबो’ आकाश उभिएछ सुस्त–सुस्त हावा फेरेर प्वाल–प्वालबाट ‘दूबो’ झाँगिएछ । ढुङ्गाहरूको पहाडे वजनजति किन नहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्तिपुरी नगरी

~भानुभक्त आचार्य~ चपला अबलाहरु एक् सुरमा, गुनकेसरिको फुल ली शिरमा। हिडन्या सखि लीकन ओरिपरी अमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु काहाँ धनि ञाँ, खुसि छन् बहुतै मनमा दुनिञाँ। जनकी यसरी सुखकी सगरी,

Posted in कविता | Tagged | Leave a comment

कथा : न्याय मरेको दिन

~पूर्ण ओली~ “के भयो ?”  मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् । “लामखुट्टे लागे ।” मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठालु रैछ्यौ

~बैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : गीतका शिखर प्रतिभा कृष्णहरि बराल

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्यमा कृष्णहरि बरालको व्यक्तित्व स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्व गरी प्रकट भएको देख्न पाइन्छ भने स्रष्टा व्यक्तित्वका रूपमा यिनी कविता, गजल र गीत सिर्जनामा व्यस्त भएका देखिन्छन् । द्रष्टा व्यक्तित्वका रूपमा यिनी प्रखर आलोचक र समालोचक … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : भ्रष्टाचार

~साधना शर्मा~ बाध्यताले भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ महंगीको जमाना छ, परिवार पाल्नै पर्यो फेशन अनुसार सबैलाई नयाँ लुगा हाल्नै पर्यो त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बदला

~ताहा मुहम्मद अली~ अनुवाद : चन्द्र गुरुङ कहिलेकाहीँ …म कामना गर्छु भेट्न पाए हुन्थ्यो युद्धमा त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो र हाम्रो घरलाई ध्वस्त पार्दै निष्कासित गरिदिएको थियो मलाई एउटा सानो देशमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : सेमिकोलोन भ्यालीका चराहरु

~भुपाल सापकोटा~ यहाँका कुखुरा अल्छी छन साढे-आठमा बास्छ्न भक्तपुरे जुजुधौ साढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफे राजतन्त्र गएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : नमन

~दीपक कुमार ज्ञवाली~ बनायौ डसना जोडेर साना चकटीहरु । बस भन्दै बिशाल डसना ओछ्याई दीयौ तिमी नजन्मेकोभए बन्दैनथ्यो नेपाल यो । देशनिर्माणकर्ता बिर्सने कस्तो नेपाल भयोे । नमन गर्छु तिमीलाई खोलेर हृदय मेरो । पहिला ठूलो जन्मभूमि हो त्यसपछि अरुहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : इतिहास

~आविष्कार कला~ देश बनाउन जुटे हण्डर खाए पनि बारबार आजको नेपाल हो पृथ्वीनारायणकै आधार सक्दैनौ भने

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : शब्दकोष

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणको लागि तपाईँ संसदलाई संसद् भन्नोस् अथवा सुपर मार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका

Posted in कविता | Tagged | Leave a comment

कविता : नागरिक

~मातृका पोखरेल~ ऊ हाम्रै शहरमा बस्छ यतै वरिपरि बस्छ तर देश जलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्त

~आविष्कार कला~ छाडियो गाउँ र घर क्रान्तिको उर्जाको आधार तराई लाग्दैछ पराई कोहि छैन आफ्नो न वस्ने घरवार जुर्मुराई हिड्नुपर्छ तराईपुर्व र पश्चिम

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनी

~राजव~ म पिंढीमा बसेर क ख ग पढ्दै अक्षरहरुको बनोट सिक्दै हुन्थें बा गाउँलेका फााट, फाँटटका खेतहरुमा कोदाली खन्दै हिँड्थें किताबहरुले भरिएको झोला बोकेर म स्कुल हिाड्थें बा कााधमा कोदाली भिरेर

Posted in कविता | Tagged | Leave a comment

कथा : जाँतो

~खोलाघरे साहिँलो~ आइतमानले सिमेन्टीको बोरामा थपक्क नाम्लो लगायो । फेदाङ्वाको सिमेन्टी अघि मात्रै साहुकोबाट ल्याएर बिसाएको थियो । भारी बोकेर उठ्न लाग्दा उसलाई अघि ल्याउँदाखेरीको भन्दा गह्रौँ लाग्यो । बल लगाएर तान्यो । उसकी श्रीमतीले भर्खरै मात्रै उसलाई एक डबका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुनको कोपरा

~होमर श्रेष्ठ~ छट्टु नेता हतारिँदै गाडीबाट निस्केर आकर्षक वंगलाभित्र पसे र बहुप्रतिक्षित परीलाई अङ्कमाल गर्दै भने- “डार्लिङ, भेरी सरी !

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : ऐले नलग्नु यो दिल

~राममान तृषित~ ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु अलिदिन कुरेर तिमीमा जवानी त आउन देऊ पैले सम्भाल्न जान्नु ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु तिमीसँग माया लाउन एउटै कुराको डर छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पाण्डुलिपि हराएको दिन

~रमेश क्षितिज~ निद्राको पक्षी गुँड सरेर टाढा पुगेको होला जङ्गलको कुनै रूखमा यता तातो तावाजस्तो ओछ्यानमा रोटी सेकेझैँ शरीरलाई कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी । कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना एउटा इतिहासको कालखण्ड देखिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शब्दकै डोरी बाट्ने रै’छ

~चोमु शेर्पा “खुशी”~ शब्दको मान्द्रो शब्दकै डोको शब्दकै डोरी बाट्ने रै’छ लेख्नेहरुले त शब्द भित्रनि सुन्दर शब्द छाट्ने रै’छ मन भित्रको बेदनालाई रचनाको स्वरुप दिई अक्षर अक्षर सित आफ्ना सन्तुष्टिहरु साट्ने रै’छ

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : आशाको केन्द्र

~अनिल सम्राट~ म के सोच्दैछु, त्यो मलाई पनि थाहा छैन, जे सोच्दैछु, सायद राम्रै सोच्दैछु होला… म त राम्रो मान्छे हो भनेर मलाई सधैं लागिरह्यो तर अाज खै के भो मलाई…? मलाई त्यो राम्रो मान्छेको छवि कता-कता गायब भएको जस्तो … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गीत : किन किन यस्तो लाग्छ

~शङ्कर ‘प्रेरणा’~ किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको चिनजान आजै गरौं भेटघाट एकै छिनको जिन्दगी दुई दिनको भेटघाट एकै छिनको कर्कलाको पानी सरी मानिसको चोला कहिले पनि भरिंदैन चाहनाको झोला

Posted in नेपाली गीत | Tagged | Leave a comment