Tag Archives: nepali sahitya

गीत : मन्दिरमा छ कि मूर्तिमा माया

~किरण खरेल~ मन्दिरमा छ कि मूर्तिमा माया पत्थरमा छ कि धूलोमा माया कोही त देखाऊ कोही त बताऊ खै कहाँ छ, कहाँ? कहाँ छ माया?

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : घाँस काट्ने खुर्केर

~अज्ञात~ लय : घाँस काट्ने खुर्केर घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिउँ यो जोवन ।। डाँडाबाट हात्ती आयो लामो लामो कान निहु खोज्ने केटाको दाँतैमा हान कसलाई दिउँ यो जोवन ।।

Posted in नेपाली प्यारोडी गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : मेरो प्यारो मान्छे तिमी

~बसन्त चौधरी ~ (मेरो प्यारो मान्छे तिमी एक्लै नजाउ न जाने भए मलाई पनि साथै लैजाउ न)X२ (जब तिमी नजिकिन्छौ मेरो वैश फुल्छ मुस्कुराउँदै हेरी दिंदा मनको दैलो खुल्छ)X२

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नाटक : लट्ठी

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ —दृष्य १— एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

गीत : म दूर भएर के भो

~अम्बर गुरुङ~ म दूर भएर के भो, अभिषाप छाएर के भो यति रोए जिन्दगीमा, कि फेरि रोएर के भो जति भावना छन सबै, रित्ता छन यति रित्ता ती जागरणका सामुन्ने, उत्साह छन रित्ता-रित्ता

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाँसुरीको धुन

~जीवनाथ धमला~ नयाँ बान्की सजिएर लिपिहरू/ध्वनिहरू उभिएका छन् गल्छेँडा, चउरहरूमा पिरो धूवाँको नागबेली लर्को प्रश्नबोधकझैँ टाँगिएको छ छानादेखि छानासम्म ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अकोधारी

~शिव प्रकाश~ ‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बन

~लक्ष्मीप्रसाद देवकोटा~ आँसु खसाली रोइरहेथेँ जीवन-वनको बीच, खोजी खोजी कतै तपाई मेरा मनको चीज । टुटे फुटेको आशामाथि नयन दुःखीका नीर ! कहाँ कहाँको, कता कताको, मेरो मनको पीर !

Posted in कविता | Tagged | Leave a comment

कविता : गरिब बोल्दैछ

~सुरेन्द्र जोशी~ मेला र भिडमा भौतारिएको दुखको आरनमा आफ्ना सौखिन सपनाहरुलाई दाह गरि कंक्रिट र अर्ध इट्टालाइ माटो मिश्रण गर्दै मेची र महाकालीका किनारमा रापिएको सुर्यसङ्ग सौदाबाजी गर्दैन उसले, उ सधै नया युगको बिज रोप्दैछ उसलाई थाहा छैन त्यो बिज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आ है लरिबरी

~थरेन्द्र बराल~ साॅघु पाटि बजारैमा सेल रोटिको खाजानि साईला हिजो मात्रै झल्को लाग्यो भेट भयो आजनि साईला । आ है लरीबरी ल है मायालु ओरिपरि ल है, शिरमा लाउने ढाका टोपी देब्रे तिर खस्योनि साईला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिरालाहरु

~तिर्थराज अधिकारी~ क)तातो दूधले थुतुनो पोलेर रन्थनिएका चोर बिरालाहरु मही पनि फुकेर मात्र खान्छन् । ख)झोक्रिएका बिरालाहरुलाई मुसा नखाने व्रत बसेको ठान्नु

Posted in कविता | Tagged | Leave a comment

गजल : साेल्टिनी

~लक्ष्मण वियोगी~ रोदीघरमा मादलुको, ताल मिठो ‘सोल्टिनी’ त्यही तालमा नाचेको त्यो, चाल मिठो ‘सोल्टिनी’ छमछम नाच्छ्यौ, पाउमा पाउजु बजाएर

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथ्वीनारायण

~राधेश्याम लेकाली~ उसले मधेश, पहाड र हिमाललाई एउटै किल्ला बनायो जुन माटोमा गर्वका साथ उभिएर आज तिमी सत्ता राजनीति गरिरहेछौ, हो, सिमानाबाट भित्रिने बैरीहरूलाई उसले लखेटेकै हो जुन सिमानाबाट

Posted in कविता | Tagged | Leave a comment

कथा : चैत्र २७

~विपुल सिजापति~ ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।” “किन के भो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेता

~बिनोद खड्का~ नेता बोली दिन्छ केवल बोली दिन्छ सीमारहीत अर्थ हीन मात्र बोली दिन्छ फेरी पनि ताली बजाउँनुकॊ विकल्प छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उनले देखाइदिए

~सरल सहयात्री पौडेल~ भन्थ्यौ रे पहिले पहिलेपनि देखाइदिन्छु म नपत्याएको हो भन्दैमा देखिने कुरा होइन वास्ता नगरेको हो सुन्दैमा सत्य हुने होइन

Posted in कविता | Tagged | Leave a comment

गीत : नौलाख तारा उदाए

~अगमसिँह गिरी~ नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ नजली यहाँ झिलिली मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : भ्रम

~यकिना अगाध~ एक गाउँको टोलमा कुकुरहरुको माझ उ नाइके थियो । अरु कुकुरहरुले उसलाई हियाएर हेर्न पनि सक्दैनथ्यो । उसको अभिमान यति उच्च थियो कि उसले आफूलाई यो टोलको मात्र नभएर संसारकै वीर ठान्दथ्यो । एकदिन पल्लोटोलको कुकुरहरुको नाइके ढलमलिँदै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका छ मुक्तकहरु

~कौशिला रिसाल~ डुलेको याद आयो काफलको डाली डाली बिझे काडा कति, खुट्टा हुँदा खाली खाली ती यादका डुङ्गाहरू तर्दै छु आज म सगालेर राख्छु अझै दिलबाट नफाली ।। हिमालकी छोरी हु म, पहाड हो घर मेरो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~गोविन्द गिरी प्रेरणा~ बालककालदेखि नै आफ्नो अनुहार हेर्ने गरेको ऐनामा आफ्नै सासको बाफले ढाकिदिएपछि मैले आफ्नो अनुहार क्रमशः धमिलो बन्दै गएको देखेँ आफ्नो अनुहार आफ्नै कारणले

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोज वोगटी

~मनोज बोगटी~ पाखुराबाट झरेको छ बलको बुढोे पात र टाउकोमा पलाएको छ विचारको हॉंगा। आँखाबाट उडेको छ अन्धो चील र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ। हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर? आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हाम्फाल्ने खाल्डो

~रमेश भट्टराई ‘सहृदयी’~ गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण खाल्डोमा चातुर्य देख्थे क्यार तलैया माटोमा ठडिएका अनन्य सपना मानौँ घना जङ्गलको निष्पट्टता चाहँदैन बस्न तर बाध्यता गाउँको पाखो बारी बँझ्याएर खाल्डोमा ओइरिएका तमाम विम्बमा सुनौला सपना अनेकौँ तर्कना

Posted in कविता | Tagged | Leave a comment

कथा : रामलीला

~एमपी केयरलेस~ ‘चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु’, एउटा साथीले बडो नमज्जाले भन्यो। ‘अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!’ अर्कोले थप्यो। ‘किन?’, मैले सोधेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : के लेखियो जिन्दगी यो

~आशांक उपाध्याय~ नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो बलेसी बग्न खोज्दा समेटियो जिन्दगी यो हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ? परेली खस्न खोज्दा अँचेटियो जिन्दगी यो

Posted in गजल | Tagged | Leave a comment

गजल : वाचा गरिन्

~लाक्पा शेर्पा समर्पित~ यौवनको उन्मादिलो मात दिने वाचा गरिन् बासनाले भरिएको एक रात दिने वाचा गरिन् मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी प्यासहरू मेटिदिन्छु आँत दिने वाचा गरिन्

Posted in गजल | Tagged | Leave a comment

कथा : स्पर्श

~अर्जुन थापा~ ‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसतिर

~विश्वेश्वरप्रसाद कोइराला~ सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~ प्रस्तोताः होमर श्रेष्ठ वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो। हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः

Posted in लघुकथा | Tagged , | Leave a comment

गजल : गाई गधा देखिएका छन्

~उमेश आचार्य~ गधालाई गाई देख्छन्, गाई गधा देखिएका छन् मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन् भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : माना नभएर पो त

~करुण थापा~ मेरो दुःख नाप्ने कुनै माना नभएर पो त खाँदैछु म हजार चोट खाना नभएर पो त भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा पेट भर्ने कुनै पनि गाना नभएर पो त

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको

~रमेश भट्टराई ‘सहृदयी’~ घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छापिन्छन् राहदानी पनि

~अनुपम ‘नवोदित’~ यति धेरै छापिन्छन् राहदानी पनि दिनका दिन उड्छन् जिन्दगानी पनि एक फिस्को हाँसो बटुल्न दौडिँदा दौडिँदै घरीघरी आँसु पठाउँछिन् चाँदनी पनि

Posted in गजल | Tagged | Leave a comment