Tag Archives: nepali sahitya

कौशिला रिसालका सात मुक्तकहरु

~कौशिला रिसाल~ सम्झदा मलाई खास लाग्छ तिम्रो माया मेरो मुटुको हरेक श्वास लाग्छ तिम्रो माया । कैद गरेको छु तिमीलाई मेरो मनको मझेरीमा टाढा हुदा नि, बिश्वास लाग्छ तिम्रो माया ।। पटक पटक तिमी किन हुन्छौ रुष्ट ? किन आयो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : भाग्य

~व्योम जी अवतार~ पहिलो गास मै पर्यो ढुङ्गा अनि दाँतसंगै झर्यो जुङ्गा यो भाग्य पनि कस्तो रहेछ गास र आसले गर्यो बुङ्गा

Posted in केस्रा | Tagged | Leave a comment

कविता : एक खोलिको दुई किनार

~शंकर सोनम ‘वीरसाना’~ जब म हास्थें तब तिमी पनि हाँस्दथ्यौ । जब म रुन्थें तब तिमी पनि रुन्थ्यौ हामी बिच यस्तो गहिरो प्रेम थियो कि तिम्रो खुसी मेरो हुन्थ्यो मेरो खुसी तिम्रो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मरेको विश्वास किन जन्मिन्छ

~डा. संगीता स्वेच्छा~ मरेको विश्वास किन जन्मिन्छ अचेल ढलान जस्तो मुटु किन पग्लिन्छ अचेल । सपनाहरू बुन्दा बुन्दै भत्किएको थियो नयाँ सपना आँखामा किन राखिन्छ अचेल ।

Posted in गजल | Tagged | Leave a comment

कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~ धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.

~शेरबहादुर कार्की~ भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाभित्र भावस्नान

~सदानन्द अभागी~ “उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।” यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी

~डा. कुश्मिला आचार्य~ विषयप्रवेश नेपाली साहित्यको इतिहासमा उपन्यासकारका रूपमा परिचित लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८० मा भएको हो । उपन्यासकार व्यक्तित्वजस्तै चित्रकार व्यक्तित्व पनि उनको अर्काे सिद्धहस्त व्यक्तित्व हो । कुची समाउँदा–समाउँदा थाकेको बेला कलम समाएर आफ्नो अमूल्य समयलाई साहित्य … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कविता : घामसँग के को डर ?

~मोहन दुवाल~ अविचल आफू निर्वस्त्र नाङ्गिएर सधैं-सधैं आफूलाई देखाइरहने निश्चल निश्चल भएर आफैं पोखिएर अरूलाई जीवनरङ्ग छार्किरहने ढाँटछल नजानेका निस्वार्थ मनसँग माया साट्न खोजिरहने लोभ के हो, थाहापत्तो नभएका उनी बाँड्न रुचाउँछन् उज्याला आभाहरू त्यसैले त सबैका लागि उनि प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चिहानघारी

~सविना सिन्धु~ आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार । कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : के छ खबर ?

~जयकला राई~ के छ खबर ? जवाफ त उहि नै हो ठिकै छ । तर आफै भित्र बेठिक भएको कसले देख्या छ र ! कसरी झुटा बोल्न पुग्छु म र उत्तर फर्काई दिन्छु ठिकै छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना

~विजयकुमार महर्जन~ सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नेपाली भाई नेपाली बैनी

~लक्ष्मी प्रसाद देवकोटा~ नेपाली भाई नेपाली बैनी सबैको गुहार छ अँधेरी आज यि हाम्री आमा देशको मुहार छ के छ र हाम्रो ठिक बन्दोबस्त सब कुरा गडबड छ, बलियालाई पैसानै लुट्ने सँधैको हडबड छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : साथीको सम्झना

~लक्ष्मी बिष्ट~ मनको चरि, पखेटा खोलि गाउछे रोएर एक दुई अक्षर लेखु की साथी हृदय छोएर बादल छुने सपना जस्ता कापिमा कोरेर कति दिन, कति रात काटे, दिनहु रोएर मनको चरि पखेटा खोली गाउँछे रोएर चरिले बोल्यो उजाँड बनमा पालुवा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो चलन होला !!

~रोमी गिरी~ जन्मिनु अगाडी नै हुन्छ ताना बाना भन्छन चाहिन्छ नै छोरा ! यसरी सुरु हुन्छ यो भविष्यलाई नै चुनौती दिने कस्तो चलन होला !! गर्भ रहन्छ जब महिलाको शरीर हेरी सबै छोरा नै होला भन्छन् !

Posted in कविता | Tagged | Leave a comment

बाल एकाङ्की : ए प्लस

~एकादेशको गगनराज~ (सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

लघुकथा : जनता

~अन्वेश राई थुलुङ्ग~ यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ । यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तारा मात्र हैन तिमीलाई

~किरण खरेल~ (तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला)x2 तिमीलाई मेरो झिलिमिली आकास नै ओढाउँला त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्चाको जन्म

~प्रवीण राई जुमेली~ अनेकौं अप्रिय सत्यहरु बोकेर हिंडिरहन्छ मान्छे मृत्युसम्मलाई उसको सरीर उसकै इच्छाहरुको भारी थेग्न नसकेर लडेपछि

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैसँग जोडिएछ

~बिभोर बराल~ थाहैनपाई कथा मेरो कसैसँग जोडिएछ सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ बेहोसीमा के-के भए भनि यसो नजर लाउँदा बाधा मात्रै हैन साथी कसम पनि तोडिएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : दोषि

~बिपिन शर्मा~ मेरो प्रेम र तिम्रो घृणा यी दुई विन्दु बिच प्रशस्तै शब्दहरु छन् चित्रहरु छन् भावनाहरु छन् अनि, कथा र ब्यथाहरु छन्। मैले लेख्‍न खोजें धेरै पल्ट

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्टिफिकेट

~रीता खत्री~ मैले मेरो जिन्दगीको चौबिस वसन्त काटे पछि यो राज्यले एउटा सर्टिफकेट दियो डिग्री होडरको ! मैले त्यसलाई लेमिनेशन गरे र सुरक्षित राखे सोकेशभित्र ! घाम, पानी, हावा,हुरी र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन कसैलाई छुन समेत नदिई राखेको त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : सच्चा सहिद

~डा. विश्वनाथ ‘प्रेम’~ ऊ सपूतको रगत हो, ऊ सहिद लास हैन आमा भनेर जानु सानो सहास हैन उसलाई मृत भन्ने तिम्रो प्रमाण के छ? धर्ती स्वयम् भएर ऊ त देश बाँची रे`छ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : याद फेरि आयो

~केवलबहादुर बुढाथोकी~ दुख्दा मुटु परदेशमा ठाउँको याद फेरि आयो चाहेर नि नबिसर्ने गाउँको याद फेरि आयो ।। पाखा अनि पखेराका स–साना ती आलीहरूमा बालापनमा लड्बडाउँदै गा’को गीत याद आयो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई मेरो पहिचान चाहिन्छ

~महानन्द ढकाल~ सेताम्य भएको छ मेरो शिर बर्षौ भैसक्यो म जन्मिएको मेरो शीर देखेर, कैयौं मुस्कुराउँछन् र टोलाउँछन् घण्टौंसम्म कति नतमस्तक हुन्छन् मलाई हेरेर अनि झुकाउँछन् आफ्नो शीर पनि । यही शिरलाई छोएर

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था कहाँ ढल्छ र सालिक ढालेर

~निस्नु थिङ~ आस्थाले बम जन्माउँछ बमले आस्था होइन मजदुरले क्रान्ति जन्माउँछ क्रान्तिले मजदुर होइन जार, हिटलर, मुसोलिनी जस्ता को थिए र ? जसले निर्मम दमन कति गरे

Posted in कविता | Tagged | Leave a comment

कथा : पिक्कर

~राजव~ क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सत्तामा बसेर

~केवश गाहा “पाल्पाली”~ अस्तित्व मेट्ने कुचाल चले सत्तामा बसेर बैरीकै पाउ लौ फेरि दले सत्तामा बसेर ।१। देशका निम्ति आहुति दिन्छु हमेशा भन्नेले हेर त आज जनता छले सत्तामा बसेर ।२।

Posted in गजल | Tagged | Leave a comment

कविता : मर्ने नेपाली मार्ने नेपाली

~मेघराज भट्टराई~ मर्ने नेपाली मार्ने नेपाली मेघराज भट्टराई हिसाब गर्छु आत्मा जलाउछु हात लाग्यो सून्य म पाउछु कसका लागि रगत म बगाउछु ? मर्ने नेपाली मार्ने नेपाली छन् अझै ताज रगतका पुराना टाटा गाउ“घरका भित्ता अझै छन् गाढा इज्जत गुमायौ“ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : देशको चिन्ता

~निस्नु थिङ~ देशको चिन्ता भएर साथी हामी यसरी हिँडेको भीरबाट मुलुक खस्ला भनेर थाप्न काँध भिडेको विरामी भइन् मातृभूमि उपचार खोज्न हिँडेको २ पाँनथर बजार घुमेर सन्देशको ज्योति फैलाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment