Tag Archives: nepali sahitya

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~ निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस

Posted in कविता | Tagged | Leave a comment

गजल : हात समाएर के हुन्छ ?

~सन्तोष दहाल~ हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ? अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ? प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ?

Posted in गजल | Tagged | Leave a comment

राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की राष्ट्रपति एमाले भन्छ हामी गल्हत्याउछौँ काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ एमाओवादी र साना दल भन्छन् कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल यी नेताहरुको छाँट राम्रो देखिंदैन ! यसपाली पनि संविधान लेखिंदैन ! पटक पटक संविधान गर्भमै तुईन्छ, हर्कत इतिहासमा कहिल्यै मेटिंदैन ! नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छक्का सत्ता र अट्ठाको फरक

~चट्याङ मास्टर~ महँगी किन बढेको हो ? हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो । देश विकास किन नभएको हो ? हातमा सत्ता छ भने अट्ठाले काम गर्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : वि.पी.को लेखन र यौनमनोविश्लेषण

~दीपक सुवेदी~ नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : स्वास्नी

~सबिन प्रभात~ म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहासको पानाबाट

~केशव अर्याल~ मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्यारो सहेलिले पनि

~कृष्ण कुसुम~ छोडि जाँदा आफ्नै प्यारो सहेलिले पनि आँशु भेल बगाउँदैछ परेलिले पनि फूललाई जतिसुकै कोमल मन तिमी मलाई घोच्यो बेली अनी चमेलीले पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ नेपालमा

~सविता शर्मा~ नेपालमा मानव–अधिकार सधैँ–सधैँ कुण्ठित रह्यो दानव–अधिकारवादीहरूबाट चुरे पहाडको यति दोहन हुँदैछ कि कालान्तरमा सगरमाथाको देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

गजल : दलाल जति भगाइ दिन्छु

~राम गैरे ‘पाल्पाली’~ आँधीहुरी चलाएर दलाल जति भगाइ दिन्छु खोज्दै जाली तमसुक, त्रिशुलीमा बगाइ दिन्छु सुन्दर, शान्त देश मेरो संसारमा चम्केको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अलाप

~मीन राना~ यहाँ ठगिएकाहरूको सूची हेर्ने हो भने पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन् बेचेर राष्ट्रको स्वाभिमान उर्बर मगजहरूलाई एक्कामा टाँगिएको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : चिसो हुँदाखेरी

~हीरारत्न श्रीशा~ पहाड काप्छ तराईमा चिसो हुँदाखेरी हिमाल बग्छ पहाड तराई दुःखी रूँदाखेरी हामी सबै नेपाली हौँ भाषा,बसाई फरक

Posted in गजल | Tagged | Leave a comment

कथा : टाइम ट्रावल

~सविना सिन्धु~ प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : धोका दियौ तिमीले

~धिताल चिरिच्याँट्ट~ धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो सहमति तोडिनाले बदनामको दाग लाग्यो सेना मिलाउँ सरकार छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गीत : कस्तो रोग लाग्यो

~थरेन्द्र बराल~ साउने झरी उर्लीदा जोरै ढुकुर कुर्लीदा यो मन बतासिदै जान्छ धेरै माथि हो कस्तो रोग लाग्यो होला भन्देउ साथि हो । आकाशका सबै तारा राति चम्किने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दुर्गमको गरिबी

~रामहरी तिम्सिना~ पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हि‌डाई, हिड्ने बानी नै हराईसकेछ​। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन​। शहरीया भई खाको। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका पल

~बिमला कुमारी कठायत~ सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : संविधान

~यकिना अगाध~ यो देशको संविधान ? साइनबोर्ड मन्दिरको

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~ परिचय कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाँझोपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाय झैं आफ्ना नमुजुरायका लतीकाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नकावधारी मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ तिमीले मलाई सोचे जति….. भगवान्को सुमीरण गर्‍या भए तिम्रो मोक्षको ढोका खुल्थ्यो सायद म तिम्रो शुभ चिन्तक तिमी मनभित्र कुँडिन्छौ पोखिएका क्रोधी नजर नकाव र मान्छेमा अलमल्ल भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्यूँदो लास रहेछ छोरी मान्छे

~लक्ष्मी बिष्ट~ कस्तो बुझ्नै नसकिने, छोरीले घर स्वर्ग बनाउँछे रे आमाको कोखबाटै, मरेतुल्य जन्मेकी छोरी मान्छे । सुन्दा अनौठो लाग्छ, शान्ति, खुसी, गिता र लक्ष्मी रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदाको आगो आफैंभित्र हुन्छ….

~ज्ञानेन्द्र खतिवडा~ शेली र देवकोटाले मुर्दा प्रमिथसलाई आगो चोर्न पठाए… के शेली र देवकोटा पनि मुर्दा नै थिए ! आफुलाई चाहिने आगो आफैं बाल्न सक्दैनथे,,,? म त गर्भमा छँदा नै आगोसितै हुर्किएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुजारीको आत्मव्यथा

~मातृका पोखरेल~ म प्रत्येक बिहान शहीदलाई पूजा गर्न शहीदगेट जान्छु तर शहीदभन्दा माथि ढसमस्स बसेको मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक शहीदभन्दा पहिले आफ्नो घाँटीमा माला थाप्छ म शहीदगेटको एउटा पीडित पुजारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हे पैसा तँ कति शक्तिशाली ?

~प्रल्हाद बुढाथोकी~ मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस् नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस् इमान र बलिदानको तँ बजार लगाउन सक्छस् मौका परे देशकै सीमा हटाउन सक्छस् हे पैसा तँ कति शक्तिशाली ? न्यायको चिहान त कति खनिस खनिस

Posted in कविता | Tagged | Leave a comment

कविता : कलुवा डोमको समाजवाद

~घनश्याम शर्मा पौड्याल~ क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~इन्द्र गिरी~ यो अनुहार कस्तो कस्तो भर्खरै ब्युटिपार्लरबाट फेसियल गरेर निस्किएकी काली केटीको उज्यालो अनुहारजस्तो यो अनुहार कस्तो कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक अनुभुती

~घनश्याम प्याकुरेल~ एकदम फरक अनुभुती एकदम फरक मान्छे बाट महसुस गर्दै छु अचेल सोचिराको पनि छु फरक कोणबाट फरक के हामी बिच म आफूलाई अरु भन्दा फरक ठान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गरिदेउ

~रिजन ताम्राकार~ माफ गरिदेउ मलाई ए मेरा मित्र झाक्न सकिन मैले तिम्रो मन भित्र बुझ्न सकिन तिम्रो सुन्दर हृदय चित्र छोडेँ सदा मैले तिमीलाई अलपत्र असल मान्छे बन्ने नै हो मेरो रहर कोसिस गरिरहेको छु म हर प्रहर

Posted in कविता | Tagged | Leave a comment

कविता : म मधेस बोल्दैछु

~ऋतिक यादव~ विभेदको खुल्ला तरङ्गमा पराधीन म सहारा वेगर विमार छु राजनीतिको तकरारमा सीमित म सधैं आन्दोलन गर्न तयार छु म मधेस बोल्दैछु।।

Posted in कविता | Tagged | Leave a comment