Tag Archives: nepali sahitya

गजल : कसैको बास प्रबास नहोस्

~श्याम लामा~ कसैको बास प्रबास नहोस् कहिल्यै जिबन हतास नहोस् साग र सिस्नु ढिडो आठो बेश अर्काको देशमा लाश नहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : गहमा साउन छल्की सके छ

~स्वयम्बर सिंह लामा~ गहमा साउन छल्की सके छ हेर न मोती टल्की सके छ पौरख गर्नेले नै कमाई खान्थ्यो ढुकुटीमा आभारा पल्की सके छ

Posted in गजल | Tagged | Leave a comment

गीत : जले जले तिम्रो यादमा म जले

~महेश बर्तमान रानामगर~ जले जले तिम्रो यादमा म जले गले गले तिम्रो पिडाले म गले म बाच्दिन शायद मेरो संसार जलेको देख्छु हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु त्यो एक दिन थियो, सार्है मिठो र प्यारो थियो धेरै धेरै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म माग्ने

~महेश बर्तमान रानामगर~ म माग्ने भए मागिन मैले तिम्रो दरबार एक सुकी देऊ धर्म होला नगर तिरस्कार बर्षौदेखि भोको छु म सकिन पेट भर्न असक्त भइ प्राण धान्न भारी बोक्न सकिन मरेर लान्नन् धनका थुप्रा कि लान्छौ दरवार

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई..

~महेश बर्तमान रानामगर~ तिमीलाई नै सम्बोधन गरी पत्र कोरु झैं लाग्यो कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो थोरै मनमा डर बोकी आशा छरुँ झैं लाग्यो मनका चाहाना पत्रभरी सबै खोलुँ झैं लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाजीको दौडान…..

~इन्दु फोम्बो~ म, भित्रको खेदा? लाई पढ्न खोज्दा एक्कसी यात्राहरुमा आफु उभिन्छु। र, त मेरो जवानीलाई च्यापेर छिन्नभिन्न भएको ठुलो हलचलमा तारेपु झैं कुलिङ्देनलाई उडि दिन्छु। जब द्धन्द युद्धमा स्वासको त्रि्रता संगै दौडिन्छु अलिकसिक ‘म’ को खोजीमा।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आशाको शक्ति

~डा. लेख निरौला~ (मन्दाक्रान्ता) आशा नै हो मनुज सुखको चेतना सत्य बीज आशा नै हो सुख सयलको भावनाजन्य बीज आशा नै हो सकल मनको कर्म माधुर्य भक्ति आशाले नै हृदय तलमा राख्छ आरोग्य शक्ति ।। हुन्छन् पीडा जति पनि यहाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : पति, पत्नी र फलानो

~मनोज दाहाल~ कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हातमा समाई उनलाई

~प्रकट पगेनी ‘शिव’~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : बेदना

~सुष्मा थापा ‘अनुप्राश’~ तिम्रो मन्द मुस्कानमा प्यारै प्यार को हार देखे | त्यही प्यार भित्र आज धारिलो ति तिर पाए || गुलबी ति अधरमा फुलै फुल को रस भेटे्र्र त्येहि रस भित्र आज बिसयुक्त पान पाये ||

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थी संसार

~गणेश कार्की~ उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

मेदिनी पाइअस का पाँच ताङ्का

~मेदिनी पाइअस~ (१) जति जे भन पुतली न हो तिमी गुलाव माक्तै चहारीरहन्छौ र छाडीरहन्छौ त्यसै । (२) ओ ….सोल्टिनी ज्यू तिमी नै भन त लौ तिम्रो त्यो ज्यान रिकुटेलाई हो या खास सोल्टी ज्यूलाई ? (३) तिमी छौ र … Continue reading

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : बहस गर्दैछु

~कृष्ण प्र. पाण्डे~ तिमीले ठान्दो हौ बहस गर्दैछु म बाटो मिलनको सहज गर्दैछु छ भन कसलाई छुटिने आतूरि म राम्रो , नराम्रो अलग गर्दैछु

Posted in गजल | Tagged | Leave a comment

गजल : चाहाना भयो

~कृष्ण प्र. पाण्डे~ गरुँ तिम्रो बयान चाहाना भयो फेरि पनि गजल बहाना भयो लोभ लाग्दो बदन छ सामू मेरो ओंठ,आँखा, कमर निशाना भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी बिना

~कृष्ण प्र. पाण्डे~ हाय बन्दैछ जिन्दगी अफाप तिमी बिना तिम्रो साथसाथै धेरै अभाव तिमी बिना माया हुन्छ रे ! मुटुमा साटौँला एक दिन माया बन्दैन त्यो मेरो अगाध तिमी बिना

Posted in गजल | Tagged | Leave a comment

गजल : राजसी मेरो

~कृष्ण प्र. पाण्डे~ सपना त थियो राजसी मेरो मुखमा छुटेन साब जि मेरो पत्थर बालुवा हातहातै बिक्छ को किन्छ अनमोल जिन्दगी मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : परिका कुरा

~कृष्ण प्र. पाण्डे~ अब राम्रा लाग्दैनन् परिका कुरा उनी बिना रुझेका झरिका कुरा एक्लो हुँदा यहाँ म छ जीवन कठिन् उस्तै होलान् बिजोडी चरिका कुरा

Posted in गजल | Tagged | Leave a comment

कविता : भूइँचालो

~कृष्ण प्रर्साई~ हल्लिनु भूइँचालोको धर्म हो- ऊ सधैं जड भएर पनि हल्लिन्छ । हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई, ऊ जीवित नभएरै पनि हल्लिन्छ । हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई, ऊ सासै नभएर पनि हल्लिन्छ । भूइँचालो त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भावनामा डुब्दै जादा निक्कै हराएछु

~गिरिराज बाँस्कोटा~ भावनामा डुब्दै जादा निक्कै हराएछु किन किन आफैदेखि आफै डराएछु खासखुसमा गर्नु पर्ने वात अचम्मको सबैले सुने क्यारे बेसरी कराएछु

Posted in गजल | Tagged | Leave a comment

कविता : शान्ती! शान्ती!! शान्ती!!!

~शेखर ढुङ्गेल~ के हो शान्ती? कहा छ शान्ती? यो त एउटा सुन्यता हो मुर्दा शरिर भित्र मात्र अटाउने यो शान्ती ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अतृप्तताको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : होसियार

~उषा गिरी~ विवेक प्रयोग गरी निश्चित समय र नियमभित्र बस नत्र तिमी तरल हुनेछौ। पुनर्व्याख्या नगर धेरै निन्दा र प्रशंसा पनि नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्बुवान

~ऐत राज तुम्रोक~ सुन्दैछु सेसेलुङ फक्ताङलुङ सगै हासिरहने मेरो लिम्बुवान यालाङ केलाङ र हाक्पारेको तालमा हासिरहने मेरो लिम्बुवान सुन्दैछु सुन्दैछु प्रबासबाट धेरै भयो हासेको छैन। बिहानी झुल्के घाममा सुमधुर स्वरमा सेलोक गर्दै नाज्दै गाउने न्याउली चरिले,सुन्दैछु गाउनै छाडयो रे। धन्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पंचायतको छोरो

~गोविन्दप्रसाद आचार्य~ मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : सुख दु:ख सगै रमाउ

~बिमल गिरी~ कैयौ बिते हिउदहरु तिमी आउने आसमा कैले खोज्छु मिरमिरेमा कैले बतासमा बाझिगए भस्मेहरु बाली नलाई पाखामा तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा सुख दु:ख सगै रमाउ आफ्नै स्वदेशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ईतिहास

~अनुप जोशी ~ पहिले पहिले जमिनमा वनस्पतिहरु मात्रै बस्थे जीव–जनावरहरु सबै पानीमा बस्थे । एकदिन भयो आकाशवाणी, समून्द्रमा चारैतिर फैलियो अफवा– “हिमालमा डढेंलो लाग्यो ।” आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले जीवनमा सूर्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विस्फोट

~ध्रुब मधिकर्मी~ बालक रोइरहेको थियो, भोकले । “खानेकुरो केही छैन ?” उसले सोध्यो, “छैन…” पत्नीको सपाट स्वर भित्रसम्म धस्सियो । उसले एउटा सुस्केरा हाल्यो, “उफ्” । वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त इश्वरको उकुसमुकुसता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : नारी

~योगेन्द्र उपाध्याय “पुष्प”~ नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पाड महात्म्य

~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : विधिले घात गर्यो र रोए

~रजनी राई~ विधिले घात गर्यो र रोए नियतीले खुशी हर्यो र रोए बतासको त्यो एकै झोंकामा सिउँदोको फुल झर्यो र रोए

Posted in गजल | Tagged | Leave a comment

कविता : अँध्यारोभित्र

~शिव प्रकाश~ अँध्यारोभित्रको अँध्यारो शहरमा बिकेकाछन् मान्छेजस्ता देखिने मान्छेहरू मान्छेका आस्थाहरू अस्मिताहरू नैतिकताहरू निष्ठाहरू विश्वास

Posted in कविता | Tagged | Leave a comment

गित : फूल झैं फुलने रहर थियो

~राज थापा~ फूल झैं फुलने रहर थियो सुवास छर्दै जिउने रहर थियो ! अनयासै यहाँ धरती फाट्यो चट्याँङ बिना आकाश खस्यो ! आगो बिना नै धर्ति बाट धुवाँ उडयो कोही बाहीर,केही भित्र छदै बस्ती ढल्यो !

Posted in नेपाली गीत | Tagged | Leave a comment