Tag Archives: nepali sahitya

कविता : सरकार चोर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ मान्छे मान्छेसँग र मान्छे बाटोसँग लाज मान्छ र झ्यालमा पर्दा लगाउँछ । मान्छे मान्छेसँग र मान्छे बाटोसँग डराउँछ र ढोकामा चुक्कल लगाउँछ । हरेक मध्यमवर्गीय कोठाहरु पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन् केही घरहरु धनी हुन्छन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

~माधव घिमिरे~ भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो अनायासै देशै थाम्न– जुट्यो हातेमालो कराउँदै रूखदेखि सारा पन्छी उडे उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~ सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिंदगी

~लक्ष्मी पुन मगर~ रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीं जिन्दगीमा

~शेखर ढुङ्गेल~ कहिले काहीं जिन्दगीमा किन यस्तो हुन्छ खोजी हिड्यो एउटा कुरा अर्कै हात पर्छ हो …हो…हो… अर्कै हात पर्छ । सजाए थें एउटै फूल

Posted in नेपाली गीत | Tagged | Leave a comment

मेदिनी पाईअस का सात ताङ्का

~मेदिनी पाईअस~ – १. खाने मुख भो जीवन बृतिहरु डर ञास र मिलन बिछोडमा क्यालेण्डर चुडाल्दै। – २. सपना भरि तिम्रो लागी भनेर बुनेको मुहार कति मायालु छ है मुटुमा राखुँ जस्तो।

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी

~आचार्य प्रभा~ सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी पर्खँदा पनि टाढा भाग्छ यो जिन्दगी / कसरी आज सम्म बाँच्दै म आएछु निराशा मात्र साँच्दै जाग्छ यो जिन्दगी /

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

~तुलसी प्रवास~ धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन । जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : आमा

~खिम प्रसाद सापकोटा~ पाठक महोदय तपाई मलामी पक्कै गएको हुनु पर्छ। मलामी जादा लासमा( आमा,बुवा ,बाजे ,बज्यै )आफू भन्दा अलि बढी उमेरका लास जलाउदा अनेक थरी चर्चा परि चर्चा आदि सुन्न देख्न पाइन्छ। (म आफ्नो सन्तान जलाउनेको मलामी गएको छैन।) … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : राहत

~भबानी अधिकारी नेपाल~ दाल चामलको पोको दिएर नि खै वेदना फटाउन सकेन शास धान्नका लागि गाँसको अभाव त्यो घटाउन सकेन दातृ निकायको सहयोग आयो सरकारको ढिला सुस्ति

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अनौठो बीज

~स्वप्निल नीरव~ एक बाझो भुमि थिए मेरा छातीका झारपात उखेल्यौ मलजल राख्यौ र रोप्यौ अनौठो ए बीज सो ममा अंकुरण भयो । केहि दिन केहि हप्तापछि

Posted in कविता | Tagged | Leave a comment

कथा : “डि.भि. भर्नु भयो ?”

~घनश्याम शर्मा~ ” हैन तिमी कति डि.भि., डि.भि. गछ्र्यौ भन्या ! भरिहाल्छु नि तिमीलाई कति हतार लागेको अमेरिका जान अनि त्यो चिट्ठा हो चिट्ठामा तिमीलाई त्यत्रो बिश्वास छ भने शहरमा हजारौं खाले चिट्ठा खुल्छन् जाऊ रत्नपार्कमा र दैनिक जसो चिट्ठा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : सच्चा प्रेम, निस्वार्थ सेवा र दान नै परमानन्दको मुहान हो

~धनञ्जय शिवाकोटी~ प्रकृति र चराचुरुंगीको हाउभाउ देख्दा लाग्छ ब्रह्माण्ड को सृष्टि निस्वार्थ सेवा र कामना रहित दानको लागि भएको भान हुन्छ । हुन पनि सुर्यले दिने प्रकाश र ताप, चन्द्रमाको शितलता, हावाको श्वास-प्रश्वास सबै निस्वार्थ नै देखिन्छ । बिहानपख चराको … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : दृष्य

~गिरिराज बाँस्कोटा~ थुन्दा थुन्दै पढ्केला जस्तो जुनतारामै आशु अड्केला जस्तो कहिले वादलु भित्र कहिले आँखाकै समिपमा यस्तै यस्तै घाम छाँया भईरहेछ एउटा दृष्य कहिले छाति भित्र मुस्कुराए जस्तो कहिले आँखै अघि हराए जस्तो कहिले आँखाको नानीमा त कहिले परेलीमा हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तल हुँदा बडो मित्रता थियो

~बिनोद अनुज~ तल हुँदा बडो मित्रता थियो शिखरमा पुगि साथि बद्लियो ।। अब नराख मन् अन्धकारमा गगनमा नयाँ चन्द्र निस्कियो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु भित्र धड्कनमा

~किरण टी लिम्बु~ मुटु भित्र धड्कनमा तिमीलाई नै पाई रहेँ, साँचो माया नपाए नि तिमीलाई नै चाही रहेँ ॥ सम्झनाको तरेलीमा यादहरु बगी आउँदा, तिम्रै नाम परेलीमा गीत लेखी गाइ रहेँ, ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : सिनु सिनु सिनु !

~शेखर ढुङ्गेल~ डुङ्ग त्यो सिनु सत्ता बेवारिसे आमाको लाश हो त्यो ! म अपशव्द प्रयोग गरेर नेताभन्दा स्तरहीन बन्न चाहन्नँ कुनै जनाबरको नाम दिएर उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ हे नेपाली नेताहरु गिद्ध हौं तिमीहरु तिमीहरुलाई सिनु भए पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थको भाका

~मन्जु निरौला~ मनमा उत्साह, उमङ्ग बोकेर आफुले पाउने अधिकार लिएर सम्पुर्ण कुरामा निहित स्वार्थ लिई बोल कबोलको वाचा गर्दै भन्ने गर्छु प्रवासी भईकन पनि स्वदेशलाई म पुजा अर्चना गर्छु विदेशी भूमीमा वर्षांसम्म पलायन भएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विकासको स्वाद

~किशोर पहाडी~ मेरो घरअगाडि प ..र विशाल घर बन्न थाल्यो । मैले देखेँ — विशा…ल घर । — बालुवा — इँटा

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नआए हुन्छ नयाँ वर्ष

~श्रीभक्त पौडेल~ लेख्दिन भो म कविता नयाँ बर्षको धेरै मसी र अक्षरहरु खन्याइसकें सेता पन्नाहरुमा, ती मेरा कविताहरुको अबमुल्यन भयो पुराना बर्षहरु झैं, यो साल पनि, तिमी आयौ, गयौ चुपचाप चुपचाप न पदचाप सुनें न कुनै सर्सरहाट नै पोहोर परार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय जुली

~राजिन पनेरू~ प्रिय जुली अतिथि देवो भवः स्वागत छ तिमीलाई बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा छरेर शीतलता हिमाली झरनाहरुमा तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको काँडेभ्याकुरका जोडीहरु चखेवाका भाले–पोथीको लीला हेर्न आऊ मेरो देशमा सुन्दर, शान्त र विशाल परिवेशमा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्लु लेबल

~गुणराज लुईंटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आँखाहरुमा जीवन

~बिबश बिप्र~ हेर्दै, परागकणहरु बाँचेको !! भर्दै, टोकरी स्वेत–जीवनको !! …समानता उहि भ्रुणहरु उस्तै बिकासक्रम अनुमानीत कर्मकलम पनि एकै … अनुहारका !!

Posted in कविता | Tagged , | Leave a comment

कथा : चिट्ठी आमा लाई

~शेखर ढुंगेल~ नेपाल आमा, सास्टाङ्ग दण्डवत! फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिन्नता

~मनिषा भट्टराई~ “मोन्टेनेग्रोे” युगोस्लाभियाको एउटा राज्य । खण्डित भइसकेको र हुने क्रमको देशको एउटा सानो ठाँउ । सर्बियन र अल्बेनियनको बस्ती रहेको यो सानो ठाँउ युरोपकै सुन्दर सामुदि«क किनार “सी बिच” को सुचीमा पर्छ । हो, मैले तिमीलाई पहिलो पटक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म ‘मस्तिष्क’ चेतना-शुन्य हुँदैछु !!

~बिबश बिप्र~ अधिक सोचको बिफल परिणाम नचाउदैछन आँखाभित्र हत्केलाहरुले ! निस्सासिएर ओच्छ्यानमै चेतना-शुन्य हुँदैछु !! हुन्नन अरुहरु र, जो कोहीहरु सन्तुलन गुम्ने डरले

Posted in कविता | Tagged , | Leave a comment

कथा : गौरी

~शिव प्रकाश~ प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिप्सा

~सुष्मा थापा ‘अनुप्राश’~ परिभुत नगर प्रिय तिम्रो पासण हृदय भित्र एक पटक त राखी हेर, परिपवल हृदय भित्र कता कता चर्की दिन्छ परिपेवल तड्पे झै, तरंगित आत्माहरुमा सल्बलाइदिन्छ तिम्रो मनको परिमार्ग भित्र पुग्न सकिन तिम्रो मनको परिबोध बुझ्न सकिन।।।।।।।।।।।

Posted in कविता | Tagged | Leave a comment

कथा : नक्साको पुरुष

~सञ्जय बिष्ट~ ‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई। ‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई। हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुत्ता

~डा. सुमन राज ताम्राकार~ जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्‍या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : माया र मैना

~बिन्दू प्याकुरेल ‘लुना’~ एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment