Tag Archives: nepali sahitya

कविता : ऐंजेरुहरु….

~रहन राई~ ऐंजेरुले आहत चित्तोद्यानहरु इन्द्रिय मार्गसम्म कुरुप फैलिंदा सत्व-भूमि वैषम्य हुँदैछ दिनदिन, नव चिन्तनहरु अस्वस्थ पुरातन चिन्तनको सङ्क्रमित अवचेतनामा वशीकृत भै लोलुप, प्रशक्तीसंगै रंगिन दुनियाँको मोहान्ध बन्दैछन्, मानौ अब, सम्यक खोज कसैबाट हुँदैन बरु, चेत-बिद्वेषको हरेक धार र लहरहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उपहार

~रमेश कंडेल~ सामुन्द्रीक छालहरुमा घोर लघुताभाषले खुम्चिएको म स्मृतिको पानामा टोटलिन्छु र चिमोटिन्छु, दुख्छु, पोलिन्छु प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन दुरुहपथमा चल्नु भन्दा कठिन यथार्थबोधको अचेटाईले

Posted in कविता | Tagged | Leave a comment

छोक : चिल, चल्ला र चारो

~राम प्रसाद प्रसाईं~ खरिदेहरु स्टिलको ब्राण्डेड घडी भिर्छन् घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि बिरिङ खोलाको कटान नरोकिएर के भो र? युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युद्ध र म

~गिरिराज बाँस्कोटा~ म एउटा युद्धमा छु रहरले होमीएको होईन कथाले यहाँ सम्म ल्याईदियो हार्ने मन छैन् जित्नेपनी खासैै चाहाना छैन् सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन चुम्ने भनिएका फूलहरु छाम्दै जादा तिक्ष्ण काडा भएका छन् त्यहि भएर आशुले लिपिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : अनाम युद्ध

~रमेश पौडेल~ कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ लतिका हो गीत संगीतको लहरामा लहरिदैं जाँदा उससँग प्रीत हुन्छ प्राय: अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा-

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै

~सुमित “प्यासी”~ आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै । लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै। लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा

~शान्त दास मानन्धर~ बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : रुपाको जिन्दगी

~जानकी ‘जानु’~ मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिछोड

~हस्त गौतम मृदुल~ चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ। बिर्सेर हाम्रो आत्मिय बन्धन, निष्ठुरी भैदियौ। कहिलै पनि लेखेनौ चिठी, सम्dmेर मलाइ। न मारी देउ वैशको फुल, त्रृष्णामा जलाइ।। बगाउ कति प्रीतिमा जली आँशुको गण्डकी।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नाशवान चोला

~बिक्रम श्रेष्ठ “सागर”~ *** नाशवान चोला*** नाशवान यो मानव चोला, देहको के भरोशा। अजीब सृष्टि छ तिम्रो रचना, रहेछ एक मुठी श्वासको आशा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो : कविको आँखामा

~नाकिमा~ भुइँचालो आयो र पैसा गन्दागन्दै पाँचौं तलाबाट हाम्फाल्यो ठेकेदार भुइँचालो आयो र बीचैमा मन्त्र छाडेर चौरतिर दौडिए पण्डित बाजे भुइँचालो आयो र शपथ लिँदालिँदै भाग्नु भो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~शेखर ढुङ्गेल~ मेरो देश मेरो आत्मा जहाँ म जाउ सधैं हुन्छ साथमा शीतलताको विशाल हिमाल मेरै देशमा कोमलताको उर्वर तराई मेरै देशमा सभ्यताको पहिलो किरण उदायो मेरै देशमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~ बिस्केट जात्राको विशेष चहल पहल बाटो ठेलम ठेल भीडमा साना नानीहरू आमा बुबालाई हावा भरिएको बेलुन किनिदिन मरिहत्ते गरिरहेका छ । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : भूकम्प गाथा

~चूडा निर्भीक~ हा ! भूकम्प गयो यहाँ दिनमहाँ, उड्यो धुलो वेसरी , हल्लायो जमिनै , पहाड समतल् , मानौँ भुसुन्ना सरी । मान्छे जो घरमै थिए मरिगए , ढल्दा ति आफ्नै धन , दौडे बाहिर वा ढलेन घर ती , … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ

~आचार्य प्रभा ~ कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ अझ रिस,पोखाएर ,चर्किएर, गइदियौ । मीठो बोली,निकालेर,सँधै कुरा,गर्ने मान्छे बिष घोली,मैलो पानी,छर्किएर, गइदियौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चुकाऔ अभिभारा

~बिक्रम श्रेष्ठ “सागर”~ ***चुकाऔ अभिभारा*** प्रभुकै रजले सिंचिएको , सकल सृष्टि यो जग सारा। मनन गरौ यो ब्रम्ह ज्ञान, सन्तति एक हौ चुकाऔ अभिभारा।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : अव्यक्त प्रेमको क्षितिजवाट

~गिरिराज बाँस्कोटा~ रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्ध रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्धको लक्ष्य ,मन भरि तन भरि सजाएर । विहानिको तन्द्रामा बेसरी नायिका उभ्याएर ।कल्पनाको रगमञ्च प्रेमिलताको धरातल चुम्ने रहर बेसरी मगमगाउछ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : रुनु न हाँस्नु भयो जीवन

~शेखर ढुङ्गेल~ रुनु न हाँस्नु भयो जीवन मझदारमा अल्झेर न अघि न पछि जान सकेँ नियतीमा फसेर रुनु न हाँस्नु चियायो बिहानीले सधैं मलाई नयाँ भाग्य ल्याएन गिज्याइ रह्यो जून मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भुल भुलैया

~बिक्रम श्रेष्ठ “सागर”~ ****भुल भुलैया **** रंग बिरंगी भुल भुलैया , खेल हो बश यो मनको। भ्रमको पर्दा हटाई प्रभु, सत्यमा म बाच्न सकूँ। दुखमा कोहि नहुदा देख्दछु, प्रभु नै एक सहारा। नौका माझी बिनाको देख्छु, प्रभु नै एक किनारा। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हेर्ने भए त्यहाँ छ मायाको सार हेर

~डा. टीकाराम भण्डारी~ हेर्ने भए त्यहाँ छ मायाको सार हेर सन्तानसँग आमाको सरोकार हेर आकास छुन हलुका हुन पर्दैन हावामा उडेको जहाजको भार हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : मूर्तता, नाचीज र बिप्र – एक समकालीन खोज |

~बक्ररेखा~ मूर्तता – १ एउटा माटोले भरिएको गमलामा विर्यदान गर्नुस र हरेक दिन बिहान एक लोहोटा पानी सेचन गर्नुस | भोलिपल्ट त्यो एकाएक फूलको रुपमा मुस्काउनेछ |

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको ढङ्ग

~बसन्तकुमार बस्नेत~ सहिदले भन्यो मर्नुको पनि एउटा ढंग हुन्छ थिएन मेरो जिवनको शब्दकोशमा उसको मृत्युको शब्दार्थ र थिएन, एसको अमरताको गन्तब्य खोई ऊ भन्दै थियो मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : केही गरौ

~कर्ण नाल्बो~ लालसागर वरिपरी बसेनी घर फर्कने मन छ । पराई देशमा नबस्नु हृदयले भन्छ ।। कति बसौ पिडालाई बैशाकी बनाई यो ठाउमा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : रिक्तता र तिक्तताको गजल

~राकेश कार्की~ रिक्तता र तिक्तताको गजल पस्किरहेछु म चुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु म आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा नदेखेको सपनासँग पनि झस्किरहेछु म

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवासी हुनुको पीडा

~मन्जु निरौला~ प्रवासी भई जो पराई देशमा बस्छ प्रवासको दुःख उसले मात्र बुझ्न सक्छ ईराकी युद्धभूमीमा होस् या कतारको जर्जर मरुभूमीमा ज्ाापानको हरियाली शहरमा होस् या अमेरिकी स्वतन्त्र भूमीमा नै किन नहोस् । नौलाखे तारा गीतमा नै किन नहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : निष्ठुरी मलाई नभन प्रिय

~बसन्त मोहन अधिकारी~ निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु । सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु । बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु । सिउँदोमा रातो सिन्दुर र्छन … Continue reading

Posted in गजल | Tagged | 1 Comment

कविता : सृष्टि

~बिक्रम श्रेष्ठ “सागर”~ ********** सृष्टि ******** सृष्टि तिम्रो अपरम्पार छ यहाँ। कोहि गरिब त कोहि धनी असाध्यै।। कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।। गर्यौ किन पक्षपात ममा। दियौ जन्म टुहुरो बनाई पाटीमा।। भएछु म त जिउदो लाश सरी। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकाल

~नगेन्द्र ईङनाम ‘आठराइली’~ विशाल आकाश वजन विहीन पानीका कणहरु मिस्सिएका छन आकाश मुनिको बादल गह्रुंगो, क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो सयौं पानाले भरिएका किताब वजन विहीन किताबभित्रका प्रत्येक पाना पानाहरु, पानाभित्रका सबै अक्षर अक्षरहरू अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौन-कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्

~राजेश नतांश~ रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्य नामले

~बिक्रम श्रेष्ठ “सागर”~ *****सत्य नामले ****** सत्य नामले पुण्य कमाई, गर्नुछ यो भवसागर पार। ब्रम्ह र भ्रमको फरक छुट्याई , बुझ्नुछ यो जीवनको सार। वृति मनको सहज हटाई , गरिदेउ यो उपकार मलाई। भेद प्रभुको जानु म कसरी,

Posted in कविता | Tagged | Leave a comment