Tag Archives: nepali sahitya

कथा : आर यु म्यारिड ?

~सुसन शर्मा~ अनायास अपरिचित नम्बरबाट ‘ब्ल्यांक म्यासेज’ आएको थियो । नम्बर यस्तो थियो कि, बिर्सन चाहेर पनि नसकिने । ब्ल्यांक म्यासेजको रिप्लाई भने, ‘हु आर यु रु एन्ड ह्वेयर आर यु फ्रम रु’ लेखेर पठाएँ । उत्तर आउला जस्तो लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य – व्यङ्ग्य : जय फेसबूक !

~चर्चित ढुंगेल~ हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : खुल्दो बसन्त तिम्रै

~अनन्त लम्साल~ बर्षा शिसीर साथै, खुल्दो बसन्त तिम्रै । संसार आज तिम्रो, चर्चा दिगन्त तिम्रै ॥ बिर्सेर मार्ग ज्ञानी, प्यासी एकै नजर् को , झूकेर पाउ पुज्छन्, योगी महन्त तिम्रै ।

Posted in गजल | Tagged | Leave a comment

कथा : पल्लो पसल

~कविता पौडेल~ मेरो किराना पसलको पारी पट्टी भाँडा पसल थियो । त्यहाँ बिक्री हुने भाँडाकुँडाहरू त्यसै घरमा भएको कारखानामा बनाइन्थे । गिल्टीका भाँडा बनाउँदाको टाङटुङ-टाङटुङले जतिखेर पनि कान खान्थ्यो । भाँडा पसलेको जेठो छोरा बी.ए. मा पढ्दै थियो, माइलो आई.ए.मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : उत्तरी इजराएलको रमाइलो घुमघाम

~दिप्स शाह~ १८ अप्रिल २०११ ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : तिम्रो डायरीबाट टाढा हुदै

~दिब्या बज्राचार्य~ तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी महाविपद् नाम दिइयो ज्यानमारा, सुखमारा प्रलयकारी भनि चिनीयो

Posted in कविता | Tagged | Leave a comment

सामाजिक कथा : बौलाही !

~कृष्ण के.सी.~ ” बौलाही !” तत्कालको अवस्थाले जुराई दिएको मेरो नाम l प्रिय अप्रिय जे भए पनि मलाई राखिएको नामसँग मेरो कुनै गुनासो छैन l बिहानको झिसमिसे देखि यो शहर ननिदाउदासम्म मलाई यही नामले पुकार्छ l बडो गजब छ यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरुभूमिमा श्वेत सुन्दरी

~सञ्जु बजगाईं~ “कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।” धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे । ऊ अंग्रेजी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ऊ फर्केको छ ….

~तेजविक्रम कार्की~ सपनाहरुको घोषणा पत्र लिएर तिमीले मझेरी टेके पछि आज मेरो आँगनीमा गणतन्त्र आएको छ र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ ! तिमीलाई थाहा छ कि छैन ? तिमीले कुल्चि आएको यो धुले सडकमा बर्षौ देखिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने

खगेन्द्र पन्दाक लिम्बु~ जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने कुरूप सौन्दर्यको अन्तररुप लेख्दैछु, भूलचूक लिनेदिने दुरुह-मार्गी यात्रा भीरबाट थालेर,समथल गन्तव्यमा अमूर्त बोधताले दु:खसुख लेख्दैछु भूलचूक लिनेदिने

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : अलमलको छाहारीमा हाम्रो सम्बन्ध

~गिरिराज बाँस्कोटा~ प्रेम भएको हो ÷होईन ? त्यो पनि थाहा छैन ।उनको र मेरो सम्बन्ध अलमलको बिचवाट बगिरहेछ ,बगिरहेछ । प्रत्येक साझ विहान भेट हुन्छ ,हरेक बिषयहरु,हरेक सन्दर्भहरु ,हरेक भोगाईहरु सहजै साटासाट हन्छन् ।सँगै वस्न ,छुन ,एउटै खान केहिले छेकेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : फिर्ता चाहियो

~राजेन्द्र थापा~ मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन । पेपरसहित कैले को कैले को नातेदारहरुलाई फकाउन पठाइरहेको छ महेशले पनि लगातार । चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले । तर पनि महेशले कोशिस छाडेको छैन । महेशसित अर्को विकल्पै पनि छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : फूलमालामा सजिने आकाश भैरव

~हरिकृष्ण डंगोल~ उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | 1 Comment

कथा : भ्रम

~शेखर ढुंगेल~ नमस्कार ! कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : झुठा कुरा गुनेरै, फूर्सद भएन !

~मबि सिंह~ झुठा कुरा गुनेरै, फूर्सद भएन ! संधै उल्टा बुझेरै, फूर्सद भएन ! माला बुन्ने रहर, रहरै भैरह्यो फूलहरु चुडेरै, फूर्सद भएन !

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रतिशोध

~टंक वनेम~ एक दिन एक जना स्वास्नीमान्छे घरको ढोका ढकढक्याएर अनुरोध गर्दै थिइन् । काम खोज्दै हिँडेकी कुनै काम गर्न पाइन्थ्यो कि ? स्वास्नीमान्छेको प्रश्न अन्त्य हुन पाएको थिएन । कुन्नि के सम्झेर हो घरको लक्ष्मी जङ्गी हालिन् । यस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना

~भगवती कंडेल ~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment

लेख : कथामा पात्रहरू कसरी कहाँबाट उभ्याउने

~शान्त दास मानन्धर~ पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लघुकथा : भयाक्रान्त

~सुषमा मानन्धर~ छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म अमेजन उकालो बग्छु

~समदर्शी काइँला~ म टाकटुक च्यातिनु चाहन्छु नहुनु- को बोधताबाट म टाकटुक टुकि्रनु चाहन्छु भेलिनु-को बोधताबाट यो अलिकति आफैँप्रतिको विरोध म मूला जिन्दगी पनि बाँच्न सकिन यो अलिकति अरुप्रतिको प्रतिरोध अरुहरु पनि बाँचेनन् मूला जिन्दगी ! र, बाँचे मुला-हिजा जिन्दगी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सलिम र भदौ १८

~स्वप्निल नीरव~ कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम । इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मियता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले

~गोबिन्द रावत~ तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले खै तिमीलाई सपनीमा अचेल देख्न थाले।। हाँसेका ति खित्का टिपि संगित रच्ने रहर मेरो तिम्रै नामको ”मतला” ले, केही गजल लेख्न थाले ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले लेखेको कवितामा

~तेजविक्रम कार्की~ त्यो बतासको एउटा गीत चोरेर मैले लेखेको एउटा कविता अक्षरहरुको विच कालो भएर उभिएको छ मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर त्यतै कतै छेउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~केशर थुलुङ~ विपत्तीले यतिबेला फाटेर गह्रा चिरा परेको छ झरेर पैह्रो बाँध थुनिएको छ र आफै गर्लम्म ढलेको छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : पुरुष अधिकार

~दिनेश ‘रवी’~ अधिकारको जमाना छ। अधिकार नखोज्दा धिक्कारीनु पर्छ। कुरो उही बोल्नेको पिठो बिक्ने हो। नबोल्नेको त बासमती चामल पनि बिक्दैन। अब आएर पुरुष अधिकारको कुरो जोडतोडले उठेको छ। नऊठोस पनि किन र? जसरी उडुस अधिकारले थलामै बसेर गलामै चुस्ने … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु

~भुपेन्द्र महत~ धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा

~रमेश कंडेल~ अब उप्रान्त म ‘म’ नै बाँच्छु- म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’ खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो नबग्नु मर्नुको निधोले तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्‍यु त्यो स्थावर हलुको मृत्‍युलाई ईतिहासले थुक्नेछ छि: थु:, छि: … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : चैतन्य बोधको नाट्यशाला

~रमेश कंडेल~ मैले देखेका सपनाहरु उछिट्टियर सडक भरी पोखिदै गर्दा त्यहि संगाल्न कहीले यता उता भौतारिरहेको यो मन दासताबाट छलाङ्ग मार्न नसकेर क्षितिज पारी अस्ताउनै लागेछ/ तर पनि विश्वासको पूल तयार गर्दै दुर्बोधी उकालो चढ्न सामाल तुमल जोड जाम गर्दैछु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभु मलाई देउ

~बिक्रम श्रेष्ठ “सागर”~ ***प्रभु मलाई देउ*** ज्ञान सुखको प्रभु मलाई देउ, सबमा प्रेम म बाँड्न सकूँ। यो वरदान प्रभु मलाई देउ, नित्य ध्यान म गर्न सकूँ। डमरुवाला हे भोले बाबा, जगतका हौ तिमि नै बडा। देव का देव तिमि महादेव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित निती कथा : लुगा

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?” त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : कथाकारको कथा – ए, को होस तँ ?

~कृष्ण थापा ‘कृष्णपक्ष’~ भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो । ब्लग, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो देश एउटा चिहान घर हो

~तेजविक्रम कार्की~ यो देश एउटा चिहान घर हो र हामी मरेका लाशहरु यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा र सहरका घरहरुको भित्तामा चम्कन्छ तिनका मलिन अनुहार लिएर यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ

Posted in कविता | Tagged | Leave a comment