Tag Archives: nepali sahitya

बाल कथा : निमाले यति भेट्यो

~बिजय चालिसे~ शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : एउटी चेलीको आत्म व्यथा

~गजेन्द्र गजुर~ * एउटी चेलीको आत्म व्यथा * सोचेको थिए आराम र विलासी, यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी, घृणा र देह व्यापार, म माथी नै सबै अत्याचार, जर्बजस्ती गर्छ छन मै माथी, बाध्य छु काट्न दिन र राति, … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : पहेँलो रंग

~सरस्वती प्रतीक्षा~ ओ, सुलतान हसनल ! हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ पहेँलो रंगको । तिम्रो ग्यारेजमा राखिएका सात हजार कारहरुमध्ये कतिवटा कारहरु सुनले बनेका छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय छिमेकी

~दीपेन्द्र श्रेष्ठ~ के गरुँ छिमेकी ? म नियति बदल्न सक्छु छिमेकी बदल्न सक्दिनँ ! बरु रगत बगाउन सक्छु सिमाना खुम्च्याउन सक्दिनँ ! गर्व लाग्छ मलाई मेरा छिमेकी शक्तिशाली छन् परिवार उनको ठूलो छ सन्तान उनका सिपालु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधी र स्मृति

~गीता त्रिपाठी~ स्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमको मात

~छवि आचार्य~ मलाई मात लागेको थियो । प्रेमको मात । आफ्नो प्रेमको लागि आत्महत्या गर्ने मात । एकछिन घोरिएँ तालको गहिराइतिर फर्किएर । यो त्यही ताल हो जसको किनारमा बसेर उनी र म गफमा घण्टौ बिताउँथ्यौं । सोचेँ ‘उसले मलाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कम्प्युटरमा ईश्वर

~भूपिन ब्याकुल~ कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु !

Posted in कविता | Tagged | Leave a comment

गजल : किन मरें हुँला

~बलराम तिमिल्सिना~ हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला घरी घरी लाग्छ अहो म त किन मरें हुँला जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले विहानीको तारा बनी अहो किन झरें हुँला

Posted in गजल | Tagged | Leave a comment

कविता : घरबाट आमाको चिठी आएको छ

~प्रकाश सायमी~ मैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~ कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेल परेकी आमा

~ गिता थापा ‘दोषी’~ ‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्‍याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कल्पना ‘भाबुक’का ४ मुक्तकहरु

~कल्पना ‘भाबुक’~ (१) तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो | (२) आऊ प्रिय दुवै मिलि … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !

~बिजय चालिसे~ सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो

~नरेश रोकाहा~ जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो बिना टुंगो मलाई बाटो छोडेर गयो || म चाहन्थें आकाश छुन चन्द्रमा छुन आफ्नालेनै थोत्रो भर्यांग भाँचेर गयो ||

Posted in गजल | Tagged | Leave a comment

कविता : रजत जयन्ती

~गोपालप्रसाद रिमाल~ आज रजत जयन्ती । आँखा, तँ बन्द हो- तेरो नक्कलझक्कलको आज के काम ? कान तँ टालिई- तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ? दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग । तिमीहरूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : मेरो गाउँ ज्यामिरे

~रामेश श्रेष्ठ~ मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई, तर मान्छे गोरो म सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा,छैन हाँसो ओठमा

Posted in बाल गीत | Tagged | Leave a comment

स्वदेश गान : देशले रगत मागे

~गोपाल योन्जन~ देशले रगत मागे मलाई बली चढाऊ रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी बुढेसकालका लागि देश यज्ञभित्र होमी मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गजल : दिलभित्र तिम्रै लागि चोखो माया

~भगवती बस्नेत~ दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें कहिले होला भेट भनी औंलाहरु भाँचिरहें अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें

Posted in गजल | Tagged | Leave a comment

कविता : पहिले मानव अहिले अर्थोक

~भिम प्रसाद घिमिरे~ मलाइ पनि त्यस्तै लाग्यो झुट्टा बोल्दा रहेछन् डार्बिन बाँदर थियो रे मान्छे होमोस्यापिन्स, रामापिथेकस के के हो के के विकास हुँदै आएको रे उस ! ताक्दै प्रहारका मौका गरेजस्तो आदर कंक्रीटका जंगल कहाँ बनाउँछ बादर पत्याउदिन लौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो मनभित्र यो मन मेरो

~बुद्धि मोक्तान~ त्यो मनभित्र यो मन मेरो, पसेपछि जन्ती आयो फूल हुन कोपिला त्यो, बसेपछि जन्ती आयो अध्याय ती प्रतीक्षाका पलभरमै अन्त गर्दै पूर्वी आकाश ताराहरु, खसेपछि जन्ती आयो

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : म तिम्रो

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

छोक : टुक्रिएको बिश्वास

~नविन लोचन मगर~ एक कुट्को सुपारी छरपष्ट दिमागमा टुकु–टुकु हिड्यो झर्यो फाँत

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखै अघि ढलेको जून

~कृष्ण कट्टेल~ चरनमा थुप्रिएका बग्रेल्ती भेडाहरुजस्तै थुपारिएका छन् सयौँ अस्ताएका जूनहरु ।। रगत लत्पत्तिएको खप्पर हातखुट्टा छिनेका अर्धमुर्छित जून रगत उम्लिएको आलो घाउहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर।

~डा सुरेश ज्योतिपुञ्ज~ हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर। तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर। सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा, बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर। न त खस्यो मेरो आसुँ,न … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : उषा

~बादल सुरेश~ कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशिएको नाती

~भिष्म पाठक~ “I AM SEXY AND I KNOW IT” भर्खर भर्खरै अंग्रजीगीत हरुमा रमाउन सिक्दै थिएँ मँ । दिन र रात को दोसाँध मा थियो समय। SURREYHILLS STATION बाट घरतिर लम्कदैं थिएँ मँ एयरफोनमा गीत सुन्दै । बाटोभरी पहेलो पातहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजर अर्जुनको औंठी

~सुमल कुमार गुरुङ~ मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~ अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

अनूदित लघुकथा : गान्धीगिरी

~उर्मिल कुमार थपलियाल~ अनुवादः कुमुद अधिकारी मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : नयाँ क्षितिज

~केशव वरुवाल पथिक~ नचाहेको कसैलाई बिर्सन खोज्दा, झुल्किन्छ यौटा मुहार– जसको मुस्कानको बाढीमा, म बग्छु – बगी रहन्छु, खोलामा दियो बगेझैँ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~ अनुवादः कुमुद अधिकारी “आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्। “आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु । “तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्। “अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : अपराजित

~राजन सिलवाल~ प्रेम थियो, निष्ठा थिएन । दुवैलाई एक–अर्कामाथि शङ्का थियो । युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू, मलाई जतन गर्नू !’ युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउन सक्छन् । बरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment