Tag Archives: nepali sahitya

रामु चञ्चलका केही हाइकुहरु

~रामु चञ्चल~ १) दशैंको बेला आर्शिवादको वर्षा चाडै नै मर ।। २ )अध्याँरो रात अल्लारेको उन्माद वेश्याको कुटी ।।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिमीसंग टाढा भई बसेकी छु

~निर्मला अवस्थी~ धेरै पटक तिमीसंग टाढा भई बसेकी छु तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।। यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कान्छु गाँउमा, घासको भारी

~कुमार के.सी.~ कान्छु गाँउमा, घासको भारी कस्तो लाग्यो? पानी नलाग्ने खेत, त्यो टारी कस्तो लाग्यो? जुङगाले घोच्यो काले भन्थेयौ त मलाई सधै तिम्रा बुढाका,लामालामा दार्ही कस्तो लाग्यो?

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : निष्ठाको भगवान

~आयुष चौधरी ‘सम्मोहन’~ एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : ख़ाली मेरो हात थियो

~इन्दिरा क्षेत्री~ नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो। लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।। तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक। तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

ऋषि शर्मा ‘सुदामा’का २ मुक्तक

~ऋषि शर्मा ‘सुदामा’~ १ कसैलाई हिक्क हिक्क भएछ कसैलाई हाँस्न ठिक्क भएछ देखेर आफ्नो परिबेशको चित्र सुदामा साह्रै दिक्क भएछ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गज़ल : घाईते मनलाई के दिन्छ्यौ

~किरण टि लिम्बू ~ घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि , रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि || खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि , बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मरुभूमिको सडकमा एक रात

~रमेश कंडेल~ रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा

~रवीन्द्र मिश्र~ आमा तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा म आज सुर्य खोजिरहेछु ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज उर्जा खोजिरहेछु ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आयुष ‘सम्मोहन’का ३ सिजो

~आयुष चौधरी ‘सम्मोहन’~ १ माया लाग्छ मलाई आफ्नै नेपालको । संसारको उच्च गौरब हाम्रै सगरमाथा । पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।

Posted in सिजो | Tagged | Leave a comment

कविता : …र पनि माफ गर

~स्वप्निल नीरव~ प्रिय सक्छौ माफ गर सक्दैनौर पनि माफ गर! हुन सक्छौ तिमी कोमल मैन हौ सुवासित फूल हौ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : लजाउदा कति राम्री

~बिमल गिरी~ लजाउदा कतिराम्री नबिसाई हेरिरहु  मनभरी लुकाएर अङ्गालोमा बेरिरहु   रहर लाग्दा अङ्गहरु असिमित खुशी आराधना गर्छु सधैं एकान्तमा बसी

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जब हितैषी साथमा हुन्छ

~छवि ज्ञवाली~ सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : श्रवण कुमार

~भिम प्रसाद घिमिरे~ यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गरीबको कथा

~बिनय कसजू~ एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् । एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सिरक फेर्ने सपना

~दीपक घिमिरे~ जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : त्यो निलो आकाश भैदिए तिमी

~एस्पी कोइराला~ त्यो निलो आकाश भैदिए तिमी जुनेली रात बनेर आउँथे म अध्यारो ठाँउमा बसेकी भए चाँदनी बनिझ्यालबाट च्याउँथे म बगैचा यदि भैदिए तिमी , मालीको भेषमा आउँथे म घुम्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली भजन : भोलानाथ

~बिक्रम श्रेष्ठ “सागर”~ तिमी नै भोला तिमी नै नाथ । सबमा तिमी छौ तिमी नै सबमा ।। यो जग सारा तिम्रैवशमा । तिमी नै भोला तिमी नै नाथ ।। पावन पारस प्रभुको राग । गाऊन सकूँ म दिन र रात … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

बाल गीत : लेकका हामी केटाकेटी

~रामेश श्रेष्ठ~ लेकका हामी केटाकेटी कुईरो भित्र स्कुल छ चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : जुलिया अनि म

~इन्दिरा चोङ्बाङ~ आज बिहान ५ बजे मोर्निङ् वल्क गएर र्फकंदा भर्खर ६:३० बजेछ । आज शनिबार, तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ति बढिरहेको छ । म कोठामा सुतिरहेको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घामदेखी डराएन सत्य

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ चौतारीमा साईकल अड्याउँछ र एकैछिन सियाँलले जिउ भिजाउँछ । जुवाडेहरुको छेउ बसेर आखाँ तन्काई तन्काई सत्यले हेर्दैन; खेल्नु त परै जाओस् । ‘कुन रङ बोल्ने ?’ वास्तवमै सत्यले तासको रङ चिन्दैन, सत्य बेकम्मा भएर बस्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : झिकेर

~राजेन्द्र थापा~ संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस् कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पुर्‍याइयोस् नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै

Posted in मुक्तक | Tagged | Leave a comment

प्रकाश क्षणिकका केहि मुक्तकहरु

~प्रकाश क्षणिक~ हेर ममा घाउ नै घाउको खाटा छ साथी भित्र मनभरी ठूलै ज्वारभाटा छ साथी यो जिन्दगी पनि खै के जिन्दगी भन्नु ? बाचेको छु तर पलपल घाटा छ साथी ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मेरो प्रेम कथा

~इन्दिरा क्षेत्री~ तिम्रो मेरो प्रेम कथा,लेख्नु थियो प्रिय। पुराना ती ईतिहास,मेट्नु थियो प्रिय ।। मेरो दु:ख र सु:खमा,साथ दिन्छौ भने। तिम्रो मायाँको संघार,टेक्नु थियो प्रिय ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म आत्महत्या गर्दिनँ

~जयन्ता पोखरेल~ बोक्न मन छ ! छातीमा आकाश अड्याउनु कसरी ? खस्दै छ मुट्ठीबाट हतास बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली मुर्दा बनाउनु कसरी ? थोरै प्राप्तिको चहकिलो आभास । लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु नाबालक अनुहारको भाग्यमा टुहुरोपनाको आफ्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो त कविता ?

~पेशल आचार्य~ वकिल साहेब फिराद, प्रतिउत्तर वा मिलापत्रमध्ये के हो त कविता ? इन्स्पेक्टर साहेब अभियुक्त तहकिकात र अभियोगमध्ये के हो त कविता ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म कस्तो मान्छे

~सत्य नारायण रावत~ मान्छेहरु को भिड बाट एक्लिएको मान्छे ! दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !! हेमन्त को फुलहरुले सजिएको मान्छे !!! म त अर्कै दुनिया को मान्छे !!! आगो को ताप संग चिसाएको मान्छे ! बरफ को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खडेरी लागेको मन र असार

~गणेश खड्का “प्रतिक्षा”~ हरियो भन्नु सालको पात पहेंलो बेसार यता नि पानी उता नि पानी लागेछ असार । पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । प्रिय सखा डल्ली, असारको यो झम्के झरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तारा टिप्न भनि हिडे बाटो भुलिएछ

~गिरिराज बाँस्कोटा~ तारा टिप्न भनि हिडे बाटो भुलिएछ आफैले टेकिएको माटो भुलिएछ काडा छाडि अलि अलि रस पाए पछि आशुसग मिसिएको टाटो भुलिएछ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विश्लेषण

~रमा गौतम ‘आश्मा’~ आदरणिय दिदी बहिनीहरु! आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भन त मोदी दाइ

~प्रेम वली~ हेर त मोदी दाइ बिग्रिएका तिम्रा भाइ कोही सिल्ली जस्ता कोही बिल्ली जस्ता कोही चुसी फाल्ने चुरोटका खिल्ली जस्ता न लेख्छन्् न लेख्न दिन्छन््

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : अभिशप्त रात

~सातोमी तोन~ अनुवादः विजय चालिसे उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment