Tag Archives: nepali sahitya

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मन मा हुन्छ देश

~महेन्द्र पौडेल~ बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज माटो छाडी विदेशिने देश् को हुन्छ लाज मन भरी विदेश कै सपना जो बोकी दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी उल्टो खेलिंदैछ किन ? राजनीति चेस पैताला मा हुने हैन, मन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~ हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

Posted in कविता | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~ “दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्। “किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर । समानताका कुराहरु डिनर लञ्जसँगै खायौं गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आली चराएछ

~सर्गमञ्जरी~ दुःख फुल्ने फूलबारीको माली कराएछ निसाफ गर्न अदालतमा जाली डराएछ जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो घैयाबारी साउने थोत्रो फाली हराएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : यौन नै प्रेमको मुहान

~स्वामी आनन्द अरुण~ म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

बाल कथा : डोल्माको बाच्छो

~यम बाँस्तोला~ डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्‍याउँथिन् र आफू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : योग्यता

~डा रवीन्द्र समीर~ ‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो । ‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो । ‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

Posted in लघुकथा | Tagged | Leave a comment

देउडा गीत : सधै हाँसेकै छु

~चन्द्र कुवँर ‘चन्द्रमा’~ दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु । तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । । तिमी सधै खुशी रनु , देउता भाकेकै छु । जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~ एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~ त्यागिदिइन् घरपरिवार, जन्मभूमि छोडिदिइन् विवश भई सम्बन्धलाई, अरुसँगै जोडिदिइन्। झारी गइन् अश्रुधारा दुख मान्दै रोई अब उन्लाई मनाउने आयो अरु कोही। राखी गइन् मातापिता,

Posted in कविता | Tagged | 1 Comment

गजल : यही जिन्दगीको

~आवाज शर्मा~ • यही जिन्दगीको खजाना रहेछ नयन आँशुको कारखाना रहेछ • म उस्तै छु उस्तै छ आकाश मेरो फगत बदलिएको जमाना रहेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~ जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~ खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~ एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन् फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन् पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~ छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू बुबुमाम खाइवरी फेरि जाऊ बाबू । मिलीजुली खेल्ने गर साथीभाइसँग उनीहरूसँगै मिली गीत गाऊ बाबू।

Posted in बाल गजल | Tagged | Leave a comment

कथा : लास नम्बर ४६

~नवराज राउत~ ‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’ हल्का जुँघा आएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन आमा

~पवन बराल ‘आवारा अनुरागी’~ झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~ गुरु अर्ति वर्षौं अथक सिकें मैले बदमाशी एकै पटक सिकें मैले बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि त्यो हरायो कतै चटक सिकें मैले

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~ जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment