Tag Archives: nepali sahitya

कविता : निर्माणयुद्ध को गीत

~मुकुन्द शरण उपाध्याय~ उठिदे वीर नेपाली उर्लंदै गड्गडाउँदै दीनता हीनता सारा बढार्दै सग्बगाउँदै जिर्ण जर्जर निःसार विचार डग्मगाइदे नयाँ आँट नयाँ छाँट नयाँ जोश जगाइदे तेरै उमंग उत्साह खोजेको छ हिमाल ले तेरै निर्माण उद्योग पर्खेको छ मधेश ले तेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा खसेको समय

~राम प्रसाद प्रसाईं~ खस्दै गरेका ताराहरु आम सडक रोइरहेको समय विम्वमा युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा जन्मदै गरेका बिहानीहरुमाथि टारबारीका पालुवाहरुको फल्ने फुल्ने प्रतिलिपि अधिकार हडप्दै गेट्स समयका घनचक्रमा

Posted in कविता | Tagged | Leave a comment

कथा : साथीले नै श्रीमती सुम्पेपछि…

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस।एल।सी। पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यौटीको देउता

~रमेश खकुरेल~ भतिजा आज मैले के यस्तो सुन्नु प-यो कुरा सुनेदेखि यहाँ छाती घोच्न थाल्यो तिखो छुरा । घरबार नयाँ अर्को जोड्न थाल्यौ अरे तिमी यो देख्नुभन्दा पहिले किन फाट्तैन यो जिमी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वंशलोचन !

~समाश्री राउत~ झरीका प्रत्येक वूँदसंगै बर्षिएका अमृतले सिंचिएका घाँसहरु वसुधालाई एकपटक फेरी जवानी दिंदैछन् सोचें जंगलमा डढेलो लाग्दा पुरै जंगल सखाप भएन सखाप भएका थिए यिनै घाँसहरु घाँस जो कहिल्यै मर्दैन डढेलो पश्चात पनि उम्रन्छ, फैलन्छ ओइलाउँछ, सुक्छ र पोलिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी पराया हौ

~स्वामी सुभाष चन्द्र~ नेपाल आमालाई धरधरी रुवाउने तिमी पराया हौ। सत्ता प्राप्तिको लोभमा घुष खुवाउने तिमी पराया हौ। देशभित्र जनताले शान्ती खोजिरहेको यो समयमा, रगतको पोखरीमा शान्ती डुबाउने तिमी पराया हौ।

Posted in गजल | Tagged | 1 Comment

कथा : अनाथ प्रेम

~स्वेच्छा राउत~ “टपरी,अब के गर्छस्?” उस्ले फोन गरेर बोलायो पछि,म हतार हतार भेट्न गएको थेँ । मेरो पहिलो प्रश्नको उत्तर नदिएरै उ चुपचाप निहुरेर बसि रह्यो।उत्तरको आशा थिएन । हतार हतार अर्को प्रश्न गरेँ, ”किन गरिस् यस्तो?” यो पटक उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : बुधबारेमा फ्लप, मंगलबारेमा हिट

~उमा सुवेदी~ कुनै घटना बीस घन्टामा बिर्सिइन्छन्, कुनै बीस दिनमा । कुनै घटना यस्ता जब्बर भइदिन्छन् कि, बीस वर्षपछि पनि ती फर्की फर्की सम्झनामा आउँछन् र च्वास्स घोचेर मर्माहत बनाइदिन्छन् । मेरो हृदयको अन्तरकुन्तरमा पनि त्यस्तो घटना लुकी बसेको छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : ढुक्क भै जिउने

~आवाज शर्मा~ ढुक्क भै जिउने जब रहर आयो ढल्किँदो जिन्दगी नजर आयो आँशु झैं पिइदिएँ नदी सारा फेरि भक्कानु भै बगर आयो

Posted in गजल | Tagged | Leave a comment

कथा : जिउँदो साँढे

~नन्दलाल आचार्य~ भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गतिछाडा आइमाई

~प्रणिका कोयु~ “तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ” यो आशिर्वाद होइन आक्रोश हुन् मेरा जानीफकारका म झर्कन्छु, रिसाउँछु, कराउँछु खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो) ठाडो शिर पारेर हातलाई नै तन्काएर मुख भित्र गाँस लाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : आज बिदाको दिन ।

~अशोक पार्थिव तामाङ~ आज बिदाको दिन । रहरहरु बजारमा दौडिन्दै भिडभाड छिचोल्दैछ आफु अघि निस्किनुँलाई मान्छेले मान्छे धकेल्दैछ अलिकति खल्तीमा भएको पैसाहरू गोजीको बटन उफार्दैछ पोखिएर बिलाउँनुलाइ , त्यसैले म अन्तै मोडिन्छु ।। हो…………….

Posted in कविता | Tagged | Leave a comment

गजल : धड्कन देखी माया गर्ने

~इन्दिरा प्रयास~ धड्कन देखी माया गर्ने,जीवनका आधार तिमी अन्तर मनको भाव बुझ्ने,सपनाका साकार तिमी अन्धकार त्यो त्यसै हट्छ, तिम्रो साथ पाए पछि त्यसैले त भन्छु आज, सिंगो मेरो संसार तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : सूर्यस्नान

~विजय चालिसे~ तुवाँलोको कालो घुम्टोमा जीवित अवशेष– हाड, करङ र नीला रक्तहीन नसा तरेली, तरेलीमा अवरुद्ध विद्युत तरङ्ग जीविताभाष दिनका लागि, सकिनसकी बस्ती स्वयम्मा कठ्याङ्ग्रििएको छ ! घाम अझै लागेको छैन, कालो बादलको घुम्ती च्यातिएको छैन, बस्ती प्रतीक्षामा छ–

Posted in कविता | Tagged | Leave a comment

गजल : हल्ला छ शहरभरि

~बादल सुरेश~ अन्तै रात काट्यौ रे हल्ला छ शहरभरि जोवन पनि साट्यौ रे हल्ला छ शहरभरि कलेज ढिलो भएर साथीकोमा बसेँ भनि घरमा बालाई ढाँट्यौ रे हल्ला छ शहरभरि

Posted in गजल | Tagged | Leave a comment

कविता : पोथी बास्नु हुँदैन

~कुन्ता शर्मा~ सधैं सधैं घरका धुरीहरूमा आँगनहरूमा, बार्दलीहरूमा… घाँटी तन्काउँदै, सिउर हल्लाउँदै बस्ने काम भालेको हो आवाज उकास्ने काम भालेको हो । पोथीले मात्र कुर्कुराउनु पर्छ आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ चल्ला काढ्नु अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : गाह्रो त मलाई छ

~कुमार अम्बुज~ अनु : चन्द्र गुरूङ सडकतिर, कौसीहरूमा टिभीमा, रेलगाडीमा, अखबारमा चारैतिर छन् धर्मको झण्डा उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ म जो रिक्सा चलाउँछु म जो बिंडी बनाउँछु म जो उखु उमार्छु म जो ट्रैफिकमा फस्छु

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : जिन्दगीको नबुझेको अर्थशास्त्र

~विवश पोखरेल~ “ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †” “साइकलमा नै, यी हेर न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाल श्रम

~राम प्रसाद पोखरेल~ टुसुक्क बस्यो,मुसुक्क हाँस्यो, छरिएका प्लेटसँग, सम्बन्ध गाँस्यो। उठायो मस्को,मिसायो खरानी, बालापनको त्यो, बित्यो जिन्दगानी।। (१) खाली छ पयर, यत्रतत्र पानी, जुठेल्नै छ साथी, श्रमगरी खानी । द्रुत द्रुत चल्छ,भ्याई नध्याई गर्छ नयां रुप देख्दा, आफैं दङ्गपर्छ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

~चर्चित ढुंगेल~ १४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कस्ले बुझ्ने नेेपालीको ब्यथा

~टंकबहादुर झाँक्रीमगर~ बर्षा याममा हुरी चल्दा बाछिता छिर्ने खरले छाएको झुपडी फेर्न नव सन्ततिहरुो सुन्दर भबिस्य निर्माण गर्न मुटु भरी दु:खको भारी बोकेर सात समुन्द्र तर्ने नेपालीको पीडा कस्ले हेर्ने हो यहाँ ? ए…सरकार !

Posted in कविता | Tagged | Leave a comment

कथा : भारदह, गीता र दशैं

~कल्पना वान्तवा~ सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो। बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ। सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्त्यमा

~गण्डकीपुत्र~ सुसेली हाल्दै झंरु तिम्रो स्निग्ध्ताको पवित्र फांटमा गाउँ जङ्गलको आबाज टिपेर गीत फूलको रङ्ग पैचों मागेर चित्र उतारुं तिम्रो आँखाको र शब्दकोष बाट चोरेर सुन्दर शब्दहरु लेखौं तिमीलाई कवितामा । आकाशलाई अलि माथि उचालेर बनाउँ तिम्रो लागि अग्लो घर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो चस्मा

~श्याम रिमाल~ मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छापामारको छोरो

~कपिल अन्जान~ देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो कुन कारणले मेरो पुर्खा जङ्गल गएको त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो

Posted in गजल | Tagged | Leave a comment

कविता : सहनाइ

~द्वारिका नेपाल~ घामले हिमालमा सिंदूर छर्न नपाउँदै घामले आँगनमा पाइला टेक्न नपाउँदै चराहरुले उषाको प्रशंसामा गीत गाउन नपाउँदै हरेक बिहान जाग्छ एउटा सपना हरेक बिहान जुरूक्क उठ्छ एक जोर दौरासुरूवाल अर्थात् साइँलो दाइ चिनिएको नाम साइँलो दमाई अनि ऊसँगै उठ्छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जुलिया

~राजु पुडासैनी~ फेब्रुवरी ११ को साझँ ।अद्रकवाले चाय पिउन पुस्ताकालय बाहिर निस्किएं । छेउको स्टल नेर गएं। प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । भाइ एक चाय देना ! जिउ तन्काएं । हाइ गरें। पत्रिका पढेझैं गरें। यताउति मन डुलाएं। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्षितिज उघ्रिएको बेला

~घमण्डबहादुर कार्की~ भिन्नताका भुमरीभित्र गाँठैगाँठाहरु मेरो देशको मरणान्त सभालय असरल्ल छरिएका कुरुप बहस दिवास्वप्नाको मध्यनिद्राबाट उठेर क्षितिज उघ्रिएको बेला स्वर्णिम लोकतन्त्रको पारिलो घाममा खाडी र अरब तातो हावामा जलिरहेका वयस्क वसन्तका आँकुराहरु सुनौलो सूर्योदयमा समागम आफ्नै आँगनको ओथारोमा हुनेछन् पुनरागमन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि समवेदना

~यशोदा तिम्सिना~ धेरै वर्षअघि डेराको एउटा कोठामा सँगै बसेर पढेको यार केही पछि बेपत्ता भो । कोही भन्थे, मुग्लान भासियो कोही भन्थे, गाउँ फर्कियो तर, सत्य/तथ्य पत्ता लागेन । म चासो राख्थेँ बरोबर उसका बारेमा कहिलेकाहीँ डेरा भाडा तिर्न नसकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काव्य, मेरो मित्र

~विमल कोइराला~ मेरा सपनाको उर्वर भूमिमा फूल रोप्दै कहिले छक्काउँदै, कहिले जिल्याउँदै बडो गर्वसाथ टुकुटुकु हिँडिरहन्छ, मलाई छिनभरमै गलाउँछ, एकैछिनमा थकाउँछ मेरो कल्पनाको भावभूमिमा मायाको कडी जोड्दै काव्य – भर्खर टुसाएका दाँत देखाउँदै हाँसिरहन्छ,

Posted in कविता | Tagged | Leave a comment

गजल : पाए हुन्थ्यो

~आचार्य प्रभा~ उनीसंगै,जिन्दगीको/बाटो हिँड्न,पाए हुन्थ्यो त्यो मनले,मलाई नै/माया बरु,लाए हुन्थ्यो । रहर हो, जसैपनी/ मौलाएर, फुल्दोरैछ मलाई नै,पाउँभनी/कसम पो,खाए हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ला सुनें ! सानु

~रेवती राज खड्का~ मलाई छाडि अर्कै साथी खोज्दै छौ रे तिमी यै मंसिरमा उसकै डोली चड्दै छौ रे तिमी हात समाइ कसम खा’को बिर्सियौ कि शायद मलाई छाडि अन्तै नाता जोड्दै छौ रे तिमी

Posted in गजल | Tagged | Leave a comment