Tag Archives: nepali sahitya

कविता : छिमेकी

~नरेश जङ्ग राणा~ छिमेकी असलै थियो हिजो अन्धकार रात हुँदा प्रजातन्त्रको दियो बाली चेतनाभरि दिएकै थियो एकतन्त्रिय शासन अन्तका लागि हौसला बुलन्द बनाएकै हो जनतालाई मुक्तिको बाटो देखाउने राज नेतालाई संरक्षण दिएकै हो

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : अर्थहीन

~टंक गौतम~ एकवर्ष भएछ मैले लेख्न छोडेको । हरेक बाहानाको साहारामा मैले लेख्ने विषयलाई चटक्कै छोडिदिएँ । जीवनको वास्तविकता लेख्न सकिदैन त किन लेखिरहनु ? यसको अर्थ नै के छ र ? तसर्थ कुनैदिन पनि लेख्न यो मनले मानेन । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मेरो हजुरबुवा – एकदेव आले

~आरती भण्डारी~ मानुङकोट, म उक्लेकी छैन अर्चलबोट, म पुगेकी छैन तपाई जन्मेको घरको धुरीखाँबो अझै छ, छैन ? आजसम्म मलाई नै थाहा छैन यहाँहरु कसैलाई थाहा छ ? तपाई बाँच्नु भएको भए अहिले ९१ वर्ष पुग्नु हुँदोरहेछ मैले पनि भेट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्नपुर्ण

~टंक कार्की~ तल तिम्रै बलेंसीमा भेल बगेको छ काली गड्गडाकी छिन् सेती रोएकी छिन् उता पैह्रो ग’को छ यता पैह्रो ग’को छ जमिन काँपेको छ अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ गुँरासेमा स्याल कराउछ अनि हुइयाँ सुरु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बुद्ध बन्नु पर्छ

~ओनिक अज्ञात~ हत्या गर्ने हातहरू, बुद्ध बन्नु पर्छ, मातिएका लातहरू, बुद्ध बन्नु पर्छ, आपसी प्रेमले मात्र शान्ति ल्याउछ, क्रोधाग्निमा जल्नेहरू, बुद्ध बन्नु पर्छ,

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाला युसुफजाइलाई अनुरोध

~मनु लोहोरुङ्~ ओ मलाला ! तिम्रो स्वाट भ्याल्ली भन्दा नि युगौं देखि स्वातन्त्र मेरो गाउँमा तिमी जन्मिऊ न एक पटक, तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा अझै बढी महत्वको हुने थियो त्यो, ओ मलाला !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म स्कुल गैसकें

~स्नेह सायमी~ सबैले काम नलाग्ने भनेर फालेको फोहोरको जंगलमा म खोजिरहेछुं खाली शिसी खिया लागेको फलाम प्लास्टिकका टुक्रा अर्थात मेरो बर्तमान म खोजि रहेछु भोक मेट्न जुठो भोजका परिकार स्कुल जान !

Posted in कविता | Tagged | Leave a comment

गजल : कति राम्री नानी

~राम प्रसाद पाखरेल~ कति राम्री नानी तिमी, मुसु मुसु हाँसीदेऊ कर्म घरमा प्रवेश गरी, अर्को नाता जोडीदेऊ। जन्मिएको घर अनि, रमाएको आँगन त्यो गहभरी आँसु पारी, सधैँ टाढा नभईदेऊ।

Posted in गजल | Tagged | Leave a comment

अनूदित छोक : दंगा-1

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ छुरी घोपेर कराए … हर हर महादेव छुरी घोपेर कराए … अल्लाह-हू-अकबर कोलाहल बन्द भएपछि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : हर कहानी अधुरो छ

~जनक घिमिरे~ बाध्यता छ हाँस्नै पर्ने हाँसे जस्तै गरेको छु भुल्नै पर्छ हर कहानी भुले जस्तै गरेको छु तिम्रो नाम त यो मुटुमा रगतले लेखेको छ कापीमा त मन बुझाउन लेखे जस्तै गरेको छु

Posted in गजल | Tagged | Leave a comment

गीत : नचाहेर पनि

~सुरेन्द्र महर्जन ‘अमर’~ नचाहेर पनि पिउनु परेको छ जीउनलाई सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई । उमंगको सपनाहरू देखें सिसा झैं फुट्यो बिउँझी हेर्दा मनको रहर खै कसले लुट्यो, साथ कोही भेटिँदैन सोधुँ कि सपनीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चराहरुको देश

~कृष्ण कट्टेल~ मैले सुनेको छैन चराहरुलाइ हृदयघात भएको मैले देखेको छैन चराहरुको हस्पिटल देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो चराहरुको घर । चराहरु भन्दैनन् तेरो मेरो गर्दैनन् लुछाचुडी

Posted in कविता | Tagged | Leave a comment

कथा : ५० लाखको सुकुम्बासी

~गोकर्ण भट्ट~ धिपधिपे बत्तीको उज्यालोमा दुई जोर आँखा मौन वार्तामा बसेका छन् । पैसंट्ठी हिँउदका सिरेटो झेलेका आँखाहरु धुमिल देखिन्छन्, क्षयरोगले गाँजेजस्ता । आँखामा पानी रसाएको छ । कतै भित्र पातालमा हराउन खोजेका आँखा, कुनै पनि बेला निभ्न सक्ने । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र-3

~दीलिप रार्इ सगर~ प्रीय फूल नूर ! म बली चढ्न जादैछु तिमिलाई… प्रेम गरेको अपराधमा । हो मलाई मुहल्लाहरुले कालो नोकअफ ओडाईदिनेछ सहरको बीच चौकमा अनि पढिनेछ कुरान र बाच्नेछन जोड जोड्ले प्राथनाहरु बजाइनेछ्न बाजा नगराहरु डनन डनन अन्तिम यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : शहर – एक पत्र

~रूपेश श्रेष्ठ~ प्रीय, शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : नेपाल आमा

~एलिजा पोखरेल~ नेपाल आमा रोईरहेकी छिन् आज, आफ्नो सन्तानको बिचल्ली देखेर, उनका सन्तान त्रशित छन आज, छिन् छिन् को झट्का महसुस गरेर ! कति बालक टुहुरा भए, कति आमाको काख रित्तियो, कतिको सिउँदोको सिन्दुर मेटियो, कतिको घरबार सबै लुटियो,

Posted in कविता | Tagged | Leave a comment

गज़ल : दियो लात धेरै

~कोमल भट्ट~ छिमेकी छ लुच्चो दियो लात धेरै सधैँ गर्न थाल्यो खुराफात धेरै ll छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो मिलेको छ धोका तथा घात धेरै ll

Posted in गजल | Tagged | Leave a comment

लोक कथा : कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म

~साक्ष्यात सुशिल~ लामो समय सम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भए पनि मनमा सन्तुष्टी नहुदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरे पनि शान्ति मिल्दो रहेनछ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘फ्लानरको डायरी’मा पिनासवाला निबन्ध

~सरोज जीसी~ अभि सुवेदीको सामान्य कुरालाई सैद्धान्तिकीकरण गर्ने सीप अब्बल छ । माइकल दी सर्तुले हिँडाइलाई यसै गरी सैद्धान्तिक रूप दिएका थिए । खास गरी ‘वकिङ् इन द सिटी’ निबन्धमा । काठमाडौँलाई धेरैपटक हिँडेरै सर्जरी गरेका सुवेदीको फ्लानरको डायरीले एउटा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : आमाका सपनाहरू

~युयुत्सु शर्मा~ ‘अब एउटा घर बनाउनुपर्‍यो छोरा जागिर खोज घरमा काम गर्ने बुहारी चाहियो दुलहीहरू खोज एउटी तिमीलाई एउटी भाइलाई ।’ चिनियाँ भाँडामा बिरालालाई बासी रोटीका टुक्रामाथि तातो चिया खन्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्जिनियर

~मधु माधुर्य~ माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ बिछोडको दु:खद घडीमा वारी र पारीको ह्र्दय जोड्न उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा लाम लागेर हमेशा दौडिरहन्छन् मान्छे र गाडीहरु छाती भरी उ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिडम्बना

~पवन कुमार श्रेष्ठ~ विछोड यसलाइ कसरी भनौ तिमी सामु नै छौ मैरो मिलन यसलाइ कसरी भनौ मन टाढानै रह्यो हाम्रो.. मिलन को म्वाइं म कसरी पाउं आफ्नो चाहना खोल्ननै सकिन तिम्रो सामु पुग्दा नपुग्दै मनको भाषा बोल्नै सकिन

Posted in कविता | Tagged | Leave a comment

कथा : कलाकार प्रेमिका

~अभिमन्यु निरवी~ कुकुरहरू भुकिरहेको बाहिरको आवाजलाई उछिन्दै मोबाइल बज्यो। नचिनेको नम्बर स्त्रि्कनमा देखियो। “हेलो”, छिप्पिएको रातमा आफ्नै आवाज ठूलो लाग्यो। “सन्चै छौ?” “भन्नु पर्‍यो”, स्वर चिनेर मैले बेवास्ता गर्न खोजें। “म प्रीति… बिहान पत्रिकामा अन्तर्वार्ता पढेकी थिएँ।” “थ्यांक्यू।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एउटा अँध्यारो पाटोको पनि

~मन क्षेत्री~ एउटा अँध्यारो पाटोको पनि जुलुस निस्किँदै छ माटोको पनि हाम्रा पैतालाहरुमा ठेला उठिसकेका छन् सायद उठ्नेछन् अब बाटोको पनि आखिर आउने भनेको त्यही याद न रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन

~सङ्गीतश्रोता~ तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने प्रहार गर्न तिमीलाई कोही तयार पनि छैन भने जुध्न भनेर तिमीसँग

Posted in कविता | Tagged | Leave a comment

गीत : पलपल पिउन थालेको छु

~विवश थापा~ तिम्रै पीरले होला सायद पलपल पिउन थालेको छु अन्धकारमा टोलाएर एक्लै जिउन थालेको छु चोखो मनले प्रीत दिँदा तिम्लाई जोख्ने तुल भयो अञ्जानमै माया गर्नु आखिरीमा भूल भयो जे भए नि आखिरीमा मनलाई सिउन थालेको छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हजार झोक्का

~महेश बर्तमान रानामगर~ हजार झोक्का हुरीवतासका चैतको वेलामा एकै झोक्का निठुरी मनको क्षितिज आँखामा सपुना सारा धुलैमा मिले आँशु मै बगेर खहरे भई मुटुमैं बग्यो म भएँ वगर हुरीभित्र हिडी नै रहें उडी आउने आशामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : शान्तिगीत

~आन्ना आख्मातोभा~ अनु. कृष्णप्रकाश श्रेष्ठ. व्योमलहरमा खाँदै खावा, समुद्र, पर्वत, समथर हेर्दै । उडिजा, उडिजा शान्तिपरेवा, सुरिलो मेरो गीत सुसेल्दै ।। खोज्छ सुन्न जो त्यसकन तँ बता,

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मोती र वागमती

~नदीश~ काकाकुलहरु छट्पटाउँदा वागमतीको ढल पनि सफा हुँदो रैछ इतिहासहरु खोज्दै-खोज्दै वर्तमानका स्वप्नहरु विगतको वास्तविकता बन्दोरैछ जड पानीमा डुबुल्की मारेर मोती निकाल्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्जुरनामा

~अर्जुन खालिङ~ शासक महोदय ! तिम्ले ‘गौनसे’बाट मलाई अर्जुन बनायौ ‘ज्युब्यु’बाट मेरो गाउलाई जुभिङ बनायौ ! ‘खालिङ’ बोल्दा स्कुलमा लट्ठी बजार्यौ र घोकायौ भाइरस बाह्रखरी खुवायौ संस्कृतका विकृत वन्दनाहरु पिलायौ नैतिक शिक्षाको विष चिनायौ तिम्रा चमत्कारी भगवानहरु र हरेक फारममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : खुशी बाँडे खुशी बढ्छ

~श्रमिक बराल~ पिर साटे पिर घट्छ दुःख साटे दुःख अँध्यारोमा गुम्सिएर एक्लै बसी रोयौं भने दुःख अझै चुलिनेछ, पीडा झनै बल्झिनेछ चोट साटे चोट घट्छ दुःख साटे दुःख

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दुर्घटित मनको कथा

~बिक्रम तिमिल्सिना~ तिमी साथ नहुँदा, नियास्रोको कर्द मुटुबीच बर्सिंदा, यता मेरो आँखामा पहिरो गयो, मन दुर्घटित भयो … दुखेको हो, तर अविश्वास दुखेको होइन, विश्वासभित्र पनि अलिकति दुख्ने ठाउँ हुँदो रहेछ… त्यहि दुखेको हो,

Posted in कविता | Tagged | Leave a comment