Tag Archives: nepali sahitya

कथा : विकल्पहीन

~पारिजात~ यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई

~एकराज प्रधान~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नाइट

~निराजन शिरीष~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोही आत्मा

~महेन्द्र महक~ ……..त्यसपछि उनीहरूले मेरी आमाको लाश घिसार्दै यहाँ ल्याए । जहाँ पहिलादेखि नै तीन फिटको खाडल तयार थियो । गर्भाशयभित्र मैले अर्धचेत अवस्थामा अनुभूति गरिरहेँ–घिस्रिरहेको । अनि म पर्खिरहेँ गर्भाशयमा– कहिलै नजन्मिनका निम्ति ……..। तर, आज इतिहासको अदालतमा यी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमाको देह लुछ्नेहरु

~रेशम बि.सी.~ ए आमाको देह लुछनेहरु उनैको रगतमा हुल्लि खेल्ने ब्वासाहरु लुछ शरिरका अंग प्रत्येड्ड लुछ प्रत्येक रेशा लुछ आमालाई थिलो थिलो पार संघीयताको नसामा चुर्लुम्म डुबेर ती राता,सेता अनि काला बुटहरुले छातीमाथि परेड खेल आमाको चित्कारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म पापी पुजारी

~मेघ बस्नेत~ म उनको पुजा गर्छु उनकै सन्तानको बलि चढाउँछु। ससाना फुलका कोपिला चुड्दा भन, साच्चै के मैले भगवान् पाउँछु।। म उनकै पुजा गर्छु बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु। शिवलिङ्गमा पाथी दूध चढाउँदा भन, साच्चै के मेलै भगवान् पाउँछु।।

Posted in कविता | Tagged | Leave a comment

गीत : शुभकामना शुभकामना शुभकामना

~कृष्ण प्र. पाण्डे~ शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना आऊन् सारा दिनहरु हर्षै हर्षको शुभकामना छ यही नव वर्षको

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : सीमा छिचोलेको आलिंगन

~सरला गौतम~ शारदीय साँझको रमाइलो थियो । हावाको खुस्बु अलग थियो । मेरा दुई खुट्टाको आडमा दुई केटी सुस्ताइरहे । एकतिर नेपालको हिन्दु परिवारकी केटी । अर्कोतिर श्रीलंकाकी केटी जो बौद्ध धर्ममा आस्था राख्छे । म पाकिस्तानकी मुस्लिम केटी । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एउटा हटियाको सम्झना

~जयराज भट्टराई~ मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : उदास मेरो जीवन कथा

~भैरबनाथ रिमाल “कदम”~ उदास मेरो जीवन कथा कसैलाई भनिन यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन बेदना मेरो झन सुन्य केबल पहरा सुसाई साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी जीवन यो सम्झी गयो परन्तु को देख्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मधुरात

~इन्दिरा प्रसाई~ “अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विर्यदान

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~ म एक अपुरो कथा आफ्नो अन्त्यको खोज मा तर के हुन्छ चाहँदै मा यहाँ जब कि कलम नै रुकी सकेको छ. म एक लक्ष्य बिहिन यात्री आफ्नो अन्त्य को खोज मा

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~ घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~ बोझिलो रात चाँदनिको भट्टिबाट लर्खराउदै निस्कन्छ सडक किनारामा उन्मुक्त भएर र फाटक खोल्छ गलाको उन्मादी स्वरहरुमा कासन ठोक्न । एइ सुतेका मान्छेहरु सुत ! सुत ! चिर निद्रामा सुत !

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~ चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दाईको सम्बिधान

~दिपा एवाई राई~ हउ ! ठुल्ल दाई तिम्ले तरेको रतुवा खोला यस पाली त खडेरी परेर सप्पै सुके छ भन्छन् गाम घरमा काका-कुल परेछ रे हिजै मात्र झुमाकी चिठ्ठी पाए हैन हउ ! गाम जाने कुरै छैन ठुल्दाईको सम्बिधान कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : धूलाम्मे शहर, धूलाम्मे मानिसहरू

~किशोर नेपाल~ कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~ धेरै वर्ष भयो एक दिन तुम्लिङको उकालो बाटोमा घत्र्याकघुत्रुक गर्दै हिँडिरहेका थिए तीनचार वटा खच्चरहरू । जति जति हिँड्दैजान्थे ती खच्चरहरू उति उति ठोकिंदैजान्थे मेरा कानमा तिनीहरूका घन्टीका आवाजहरू ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटुभरी निलडाम छ दुख्छ …..!

~आजाद अजनवी~ मुटुभरी निलडाम छ दुख्छ यहाँ मान्छे अचेल/ मलमपट्टी गर्छु भन्दै थुक्छ यहाँ मान्छे अचेल/ खस्न लागे भीरमा हुन्छ रमितेको ताँती ताँती लुट्न खुसी भने टाढा पुग्छ यहाँ मान्छे अचेल/

Posted in गजल | Tagged | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~ मेरो छाया रविकिरणको खोकिलामै बिलायो मेरो माया अलमल भई कोपिलामै हरायो । मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।। मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सेवा पछ्याउँदै हिँड्छे

~सरस्वती शर्मा ‘जिज्ञासु’~ जीवनभर देशको सेवा पछ्याउँदै हिँड्छे यै राष्ट्रको उन्नतिलाई सजाउँदै हिँड्छे बा–आमाको प्रेरणा सङ्घर्षको बाटो बन्यो उनको अर्ति–उपदेशलाई खन्याउँदै हिँड्छे

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : गुँदपाक बुलेटिन

~चिरञ्जीवी पौडेल~ बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिनिर्माण

~संजय अधिकारी~ समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काईलीको बलात्कृत आँसु

~रामनाथ खनाल~ उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ । त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~ सानो सानो भन्दा भन्दै कति ठुलो भएछ हेर त बाबा बाबा भन्थ्यो आउँदा अब त चिन्न छोडेछ ! होनी मैले नै सिकाएको हो उसलाई बाबा भन्नलाई तिमीले त बुवा भन्नु भन्थ्यौ आफु चाही बरु बाबा नै भन्थ्यौ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो आधी रात

~सिरुखर्के जेठा~ “मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अध्यारो छायाँ

~किरण गजुरेल~ “हेल्लो” “म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।” “कस्लाई खोज्नुभयो ?” “श्यामजी हुनुहुन्छ त ¤” “उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला । केही छ भनिदिनुपर्ने ?” “भन्न त धेरै भन्नु छ, सायद उहाँलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कसरी बिर्सुं आमा

~निशा खनाल~ प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ढुङ्गाको मूर्ति

~जीवन्त रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै  पाउदै पाईन देउता मान्दै बार बार पुकारा  मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन मनै भित्र पीडा लुकाई कहीं कतै  … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कता ?

~कृष्ण प्र. पाण्डे~ चर्च ,मन्दिर कता प-यो ? गुम्बा प-यो कता ? चारैतिर छ अन्धकार दैव म-यो कता ? ! न त बोट छ न गमला ,छन् नदेख्ने सबै नाम निसान केही छैन फूल स-यो कता ?!

Posted in गजल | Tagged | Leave a comment