Tag Archives: nepali sahitya

चिन्तन : मिथकको महायात्रा

~सेवा भट्टराई~ मिथकमा आधारित आख्यानहरु महाभारत र रामायणमा केन्द्रित हुन्छु । एउटा व्यासको भनिएको महाभारत छ, एउटा बाल्मिकीको भनिएको रामायण । यीनैलाई आधार बनाएर अरु किताबलाई तुलना गर्दैछु । मिथकीय लेखनको कुरा गर्नुअघि मिथक के हो ? बुझ्न जरुरी छ … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

लघुकथा : युवा पुस्ता

~शरद देवकोटा~ यो युग युवा पुस्ताको । यो समय युवा पुस्ताको । देश चलाउने युवा पुस्ताले । संविधान बनाउने युवा पुस्ताले । सरकारमा युवा । सांसदमा सभासदहरु युवा । डाक्टर, इञ्जिनियर, शिक्षक सबै पदमा युवा । यो परिवेशमा युवा पुस्ताबिना विकास असम्भव । निर्माण अपुरो । सिर्जना अधुरो । आउनुहोस् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तिम्रो एक्लो निर्णयले

~भावेश भुमरी~ तिम्रो एक्लो निर्णयले हुनु घाइते भा’छु तिम्रै प्यारको जाहेरीमा हाजिर हुन आ’छु जेल हाल या त नेल अब तिम्रो खुसी म बाँचुला तिम्रै छेउमा पिरो आँसु पुछी तिमीबाट एक्लिएँ म मलाई एक्लै पा’छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : वास्तु मिलेको घर

~माधवप्रसाद दाहाल~ मंसिरको महिना लगनको महिना पनि भएकोले दोस्रो सातातिर छोरी नाता पर्नेको बिहेमा सहभागी हुने मौका जु¥यो । विवाहको दिन बिहानसम्म निमन्त्रणा नपाएका अंकलहरुलाई मैले नै घरमै गएर छिटो खबर गरिदिने जिम्मेवारी समेत पाएपछि अंकलजीको घर पुग्नुपर्ने भयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धमा बेचिएको यौवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ दाई जाने हो ? जिवनले मेरो एकोहोरो पना लाई भंग गर्दै भन्यो साँझको खाना खाएर थ्रि नट थ्रि राइफल लाई बेडको कुना तिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्दको उद्गम स्थल रोल्पामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सेदोका : अकर्मण्य देश

~शान्तिनारायण श्रेष्ठ~ क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको

Posted in सेदोका | Tagged , | Leave a comment

लघुकथा : आकाश

~माधवलाल कर्माचार्य~ आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो । प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : होस गर

~मनु ब्राजाकी~ पानी खाँदा सर्किएला होस गर तीर्खा फेरि फर्किएला होस गर । बाँचेजस्तो मर्न कहाँ सजिलो छ, काल पनि झर्किएला होस गर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आफै भेट्न आऊँ कि कसो

~भिम बहादुर थापा~ वास्ता तिमीले गरिनौ खै, आफै भेट्न आऊँ कि कसो व्यस्तता यो थाँती राखी, एउटा पाईला धाऊँ कि कसो ** साता मात्र हुन्थ्यो कहाँ, महिनौं भईगो पर्खी आ’को शुन्यता यो चिरीवरी, एउटा माया लाऊँ कि कसो

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

~प्रा.गोपीकृष्ण शर्मा~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीति कविता : माया

~सोम खनाल~ खरानी भयेरै जाउन मनका तुच्छ तिर्सना स्वार्थ बिलायेर जओस हराउन पाप र घ्रिणा माया फैलियेर हुर्क्योस झाङियोस छाहारी बनी बनोस् आदर्स चौतारी त्यै स्वच्छ छाहारी मुनी । श्रीजना श्रोत हो माया सास्वत जीवन सार हो प्रेरणा दीप हो … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~आस्था लस्पाली सुनुवार~ मैले सुनें – उठ ! सबै उठे – जाराकजुरुक ! कोहि आधा निन्द्रामै उठे कोहि निन्द्रा पुराएर उठे कोहि निदाउन नपाइ उठे । जबरजस्ती निदाउन लगाए हामीलाई ननिदाए – चिसो खोरमा कोच्ने धम्की दिए भोकभोकै बस्नुपर्ने धम्कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : शिखरलाई नाग्छु

~राजेन्द्र थापा~ शिखरलाई नाग्छु भनि म त टेक्छु उकालीमा उकालीले टेकिदिन्छ बरा मेरै छातीमा छाती होइन भुईँ हो यो टेक टेक सबले टेक आफन्तैले पनि टेक पराईले पनि टेक

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : हारिरहने उमेद्धार

~तिपाहाङ्ग फियाक~ केहि पानाहरु भेटिए। मैले कुनै समय कुनै मोडमा केहि लेखेको रहेछु। शुरुमा आफैले पढे। त्यसपछि एकदम घनिष्ट मीत्रलाई पढन दिए। अनि डियरनेपाललाई पठाए – तपाईले पनि पढिदिनु हुन्छ कि भनेर। ‘तिम्रो व्याग हेरुनँ।’ ‘के भनेको?’ व्याग पर सार्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धोका दियौ तिमीले

~बुद्धवीर लामा~ धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो बिछोडको गोलीले बदनामको दाग लाग्यो बसुँ आफ्नै घर छैन जाऊँ घुम्ने ठाउँ छैन मरुभूमि जिन्दगीमा तिम्रो न्यानो साथ छैन आँसु दियौ तिमीले मुटुभित्र चोट लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भरिया, ज्यामी, इत्यादि

~क्षेत्र प्रताप अधिकारी~ डोकोमा गाउँ बोकेर उकालो लागेको धनमान ठाँटी पाटीमा कतै एक बर्को शान्ति ओढेर निर्धक्क थकाइ निदाउँछु भन्छ भरियाले चाहेको त्यत्ति हो । डल्ला फर्काइफर्काई घाममा अधियाँ जोतिरहेको हर्षबहादुर सुस्केरा रोपेर टारीमा जीविका फलाउँछु भन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : फक्रिएन गुलाब

~सन्तोष खतिवडा~ गोडा फाट् सतर्क म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गीत : जिन्दगी खोला जस्तै बगिरहेछ

~यादव खरेल~ जिन्दगी खोला जस्तै बगिरहेछ अतृप्त प्यास लिई पुग्ने कुनै ठाउँ छैन बासको आश लिई यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ । जिन्दगी खोला जस्तै बगिरहेछ । जो रातभरि बिहानीको आशमा बग्यो बालुवाको गर्भभित्र प्यासमा बग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई हेर्ने

~सोहनी शाह~ तिमीलाई हेर्ने यी आँखामा धोको अँझै छ बाँकी तिम्रो मायामा अंगालिने रहरहरू झनै छ साथी सँगसँगै पाइला सार्ने चाहना गहिरो छ सँगै जीवनको पाइला मेट्ने धोको झनै धेरै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : जीवन , मोड र प्रवाहहरु

~कुमारी लामा~ बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पीडा नायक

~अनमोलमणि~ खुँडे जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साले त्रिभुवन

~त्रिभुवनचन्द्र वाग्ले~ साले त्रिभुवन खुच्चिङखाइस् चौथो अङ्ग भएको धाक खोक्थिस् देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस् हाल के छ ? बेहाल छ, हाल ! खुच्चिङखाइस् बेलैमा तलाई भनेकै हो– “भन्सार जाऊ संसार कमाऊ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : दुर्गा,काली, नारी स्वरूप

~हरी गौतम~ दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!! माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!!

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै मरिसक्यो सम्झ

~घनश्याम प्याकुरेल~ तिमी आउने आशा सबै मरिसक्यो सम्झ। मायाँ प्रेममा हूरि बतास परिसक्यो सम्झ ढकमक्क फुलेको मायाँको बगैंचा त्यो शिषिरमा झैँ फूलपात सबै झरिसक्यो सम्झ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सधैभरी दंग

~आचार्य प्रभा~ तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग तब झस्क्यौ अनायासै जब उडयो रंग – सबैले नै शिरोपर राखेकै थियो तिम्लाई आफ्नो पनी हुनुपरयो मान पाउने ढंग

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तो पिरती

~रामचन्द्र कार्की~ पिरतीको के कुरा भो ज्यानै गलाउने, माछो माछो भ्यागुतो सरी छलाउने । चल्न गाह्रो यो संसार पिरतीको खातिर, स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर । हाम्रो सानो संसार थियो पिरतीको आडमा, भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए युवाहरू

~जीवन क्षेत्री~ ए युवाहरू मध्य दिनसम्म घुर्दै कति सुत्छौ ? अब त उठ । आकाशमा बादल मडारिरहेछ भ्यागुताहरू कराइरहेछन् घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर नानीहरू आत्तिँदै कराउँदैछन् आँखा र मुखमा पट्टी बाँधिएका विवश आमाहरू अस्पट–अस्पट बर्बराइरहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~ क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मोल

~सिमियोन रोक्का~ धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो । बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मधुर सूर्यको प्रकाशको आगमनले जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने प्राकृतिक चिर्विर आवाजहरू सुनौलो किरण संगै बैश फक्रिएका बगैचाका सुन्दर फूलका बगैचाहरू कतै रमाउँदैन आजकल मेरो एक्लोपन दोपहरको चर्को किरणबाट तर्किदै शितल ताप्ने ति छाहारीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : असल बानी चाहिन्छ

~इलामेली टीकाराम दुलाल~ मानिसमा असल बानी चाहिन्छ जीउनलाई पनि त पानी चाहिन्छ । तपाई राख्नु सम्पुर्ण धनसम्पती मलाई केवल मेरी सानी चाहिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भाई टिका

~आचार्य प्रभा~ मनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर म कल्पनाको चोखो धागोमा आशिषको माला उनेर उपहार तिमीलाई पठाउनेछु मेरो भाई , धैर्य गर तिमी दिदीको आशिष सदा अटल रहनेछ भौगोलिक दुरी टाढा भएर के भो ?

Posted in कविता | Tagged | Leave a comment