Tag Archives: nepali sahitya

कथा : एक प्रेम कथा मेरो पनि

~सुशीलराज रेग्मी~ श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि ‘श्री’ सुरूवात को पनि सुरूवात । म उसको पहिलो प्रेम, यानि प्रेमको सुरूवात, उसको जीवनमा आएको खुसीको क्रम यानि खुसीको सुरूवात । हाम्रो सम्बन्धले उसमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~ साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

लघुकथा : कोमामा आमा

~कात्यायन~ – मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ | – फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ |

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरी पुजनीय आमा

~अरुणबहादुर खत्री “नदी”~ मलाई जन्माउने मेरी पुजनीय आमा आज त मुसुमुसु हाँसिन् लागेछ होला जीवनले मृत्युको छेकारो काट्यो । जीर्ण शरीर मेरी आमाको तागतिलो भएर आँखाको नानीमा झिल्मिलायो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा छोराको वार्तालाप

~कुमार काफ्ले~ हिजो, तिमी सानो छँदा छमछमी खेलेको देखेर तोतेबोली बोल्दै तातेताते गरेर जब तिमी मेरो काखमा आएर लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें। आज, तिमी ठूलो भएर सारा संसार घुमेका छौ जान्ने सुन्ने भएका छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अल्पायु

~ध्रुब सापकोटा~ उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फर्केर नआऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ फेरी फेरी र फेरी पनी फर्केर नआऊ ! नचाहेरै पनी निर्दोष मुखहरू बोलि रहनु पर्ने कानहरूले सुनि रहनु पर्ने आँखाहरू देखी रहनु पर्ने र जिवनहरू भोगी रहनु पर्ने भूकम्प ! भूकम्प !! भूकम्प !!! तिमीले दिने असह्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : माधुरी दीक्षितको डायरी

~प्रदीप नेपाल~ केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : मेरो ठाऊँलाई बिशेषण

~अनिल नेम्बाङ~ सुन न! लुकिछिपि भाँडाकुटि खेल्दै थिए लोक कथाका सुकिला राजकुमार राजकुमारी हाम्रै घरको घुर्यानमा हिजो रातिको सपनामा

Posted in कविता | Tagged | Leave a comment

गीत : समय बगिरह्यो

~पद्मावती सिंह~ हिमाल हाँसेर के भो मन रोएकै छ आकाश घमाइलो भएर के भो मन अँध्यारै छ ओढी पीरको छाता कतिञ्जेल हिँडू म रुझी व्यथाको वर्षाबाट कतिञ्जेल हाँसू म समय बगिरह्यो परेलीको ओठबाट

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लालकिल्लाका सिल्लीहरू

~शिवराज पन्थी~ दिल्ली दरबारको लालकिल्ला कति महत्वपूर्ण, कति ऐतिहासिक छ अंग्रेजहरूलाई परास्त गरेको, ऐतिहासिक स्तम्भ तर, आज त्यही लालकिल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती रक्ताम्य बन्न सक्छ

~शिवराज पन्थी~ युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै, समयले असंख्य छलाङ मार्दा, वर्तमान आइरहेछ उल्टिएर …. भाइरस किलरको जाल बिछाउदैं, माकुरा बल्झाउन नसक्ने युग बम बारुदको लेकबाट बेसी झर्दा पनि, कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग,

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~ प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : विद्रोहको विगुल फुकेर आउ

~जीवन शाही~ नयाँ दिनको सपना साकार पार्नुछ तुफानी वेग बनेर आउ उर्लदो भेल बनेर आउ सङ्ग्रामी ढोल ठोकेर आउ विद्रोहको विगुल फुकेर आउ निष्पट्ट यो निशा चिर्न काला निला बादल फोर्न

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “शब्दार्थ–सौन्दर्य”को सौन्दर्य

~गोविन्दप्रसाद आचार्य~ कवि रामप्रसाद ज्ञवालीको “शब्दार्थ–सौन्दर्य” २०६८ माघ महिनामा ऐरावती प्रकाशनले बजारमा ल्याएको छ । यसमा भूमिका भुवनहरि सिक्देलको रहेको छ । यस सङ्ग्रहमा लामाछोटा गरी २५ वटा कविता सङ्ग्रहित छन् । यी कविताको समालोचना गर्ने हो भने एउटा सानो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : गाईपालन‬

~मुरारीराज मिश्र~ उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~बिनोद गौचन~ म कसको कविता लेखूँ ? नाम्लोले थाप्लो खाएको धादिङको भरियाको कविता लेखूँ कि जमिन्दारबाट सताइएको धनगढीको कमैयाको कविता लेखूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले पठाएको रित्तो चिठी

~डा. दीपक खड्का~ तिमीले पठाएको रित्तो चिठी रित्तो थिएन हो, त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको रात जस्तो थिएन न त सूर्यलाई कदरखुट्टी बोकेर सकि नसकि हिंडीरहेको दिन जस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : धोकामा जलेको मन..

~भूपेन्द्र महत~ धोकामा जलेको मन कसै गरी थिर हुन्न जति दले नि साबुनले मनको पिर धुन्न माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

Posted in गजल | Tagged | Leave a comment

गीत : नयाँ नेपाल

~भोला बिक्रम राई~ ठूलो सानो धनी गरिव, सबै जहाँ समान हुन्छ बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ आफ्नो हक अधिकार खोज्दा, कोही त्यहाँ मर्ने छैन दाजु भाई लडेर कहिले, गाउं वस्ती जल्ने छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : सहरले खाएको मान्छे विशाल खत्री

~पदम गौतम~ वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : परिचय

~आर.एम्. डंगोल~ एउटा चट्टान अथवा हीराको टुक्रा चट्टान अथवा हीराको टुक्राभन्दा अझै परेको समय मेरो भोगाइ समयरहित एउटा पदार्थ । यसकै अथवा यीजस्तै पदार्थहरूको केस्राकेस्रा भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : यो हिउँद

~सुरेस खनाल~ चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!!

Posted in कविता | Tagged | Leave a comment

गीत : याे मन त तिमीसंगै छ

~रुमानी राई~ तन जहाँ भए पिन याे मन त तिमीसंगै छ यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ । एकान्तमा मुटु दुखे पिन तिम्रै निम्ति हाँस्ने छु तिम्राे कसम जुनीजुनी तिम्रै भएर बाँच्ने छु मेरो भन्नु जिन्दगानी घामपानी ितमीसंगै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : काम गर्ने केटी

~महेन्द्र महक~ धनीको धन/गरिबको सपना निर्मलाले लक्ष्मीको आमालाई वचन दिइन्, लक्ष्मीलाई पढाइदिने । बदलामा लक्ष्मीले निर्मलालाई घरभित्रको ‘सामान्य’ काममा सघाइदिनुपर्ने भयो । गरिबी लक्ष्मीकी आमाको सबैभन्दा ठूलो शत्रु थियो । र, पढ्नु लक्ष्मीको सबैभन्दा ठूलो सपना । आठ पास गरेपछि अगाडि पढ्न गाउँमा न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झमेलामा बुढो सहर

~रुमन न्यौपाने ‘अमन्त’~ मैले आफ्नै गन्ती गर्न भुलेछु आफ्नै शहरमा । त्यसैलेत अतिशय सुन्दरता देखी टाढिएको छु । एक्लै निस्कन्छु जुरेथुवा बाट कफी पिएर । समय परिर्बतन भएको मेरो काठे शहरमा । म ब्यस्त हुन,

Posted in कविता | Tagged | Leave a comment

गजल : आउन पाइेन

~आचार्य प्रभा~ यस्पालिको दशैमा आउन पाइेन निधारमा अक्षता लाउन पाइेन परदेशको जीवन यस्तै हुदोरैछ हरियाली बसन्त झै छाउन पाइेन

Posted in गजल | Tagged | Leave a comment

सूत्रकथा : विडम्बना

~कुमार काफ्ले~ -सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे। -दिन नबिराइ बिहान मन्दिर जान्थे। -पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

गजल : मुखमा रामराम छ

~रामचन्द्र कार्की~ जनताको मुखमा रामराम छ, यता सरकारमा धुमधाम छ । म्याद थपी तलब भत्ता पकाए तर, तरबारको धारमा संबिधान छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म झापा छिट्टै आउँछु

~रजित ओझा~ रातो बरफ आठआनाको पग्लेर कलरमाँ घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ । मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!! न त्यो टाटो न त्यसका यादहरु सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै छिछिमिरा समाउन कुद्थ्यौँ हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलको कुरा

~दिलिप योन्जन~ तिमी गर्छौ फुलको कुरा आफ्नो खिल निस्केको छैन! तिमी गर्छौ जुनको कुरा आफ्नो टेक्ने धुलो छैन! तिमी गर्छौ चौरासी बेन्जनको कुरा

Posted in कविता | Tagged | Leave a comment

कथा : औंठीसँगै हराएको माया

~शीतल शर्मा~ “उइस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम” ! मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यहि शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरें र लेखें । सन्दर्भ त मेरै जन्मदिनको थियो¸ असोज सात गते … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment