Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : बिसे नगर्चीको खोजीबारे केही कुरा

~आर. आर. चौलागाईं~ केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : फेरिएको साइनो

~सुरेश राउत~ नभेटूँ भन्छुु, नदेखूँ भन्छुु तर पनि त्यहीँ पुुग्छुु सधैँ । के गर्नु समयको खेला हो । समयले मसँग खेल्यो । मेरो परिवारसँग खेल्यो । के हो त्यो, को हो त्यो मलाई थाहा छैन । थाहा पाउन पनि चाहँदिन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~ वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ । हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरा कलम र युरोपका देशहरु

~मनीषा अवस्थी~ म भोकै छु हिजो र अस्ती देखि नै जानी जानी आफैलाई सास्ती दिने अनौठो रहर जागेको छ । हो म चिन्तनमा छु त्यो दिन देखि जुन दिन मैले थाहा पाएँ मेरा कलमहरु कमजोर भएको मेरो देशमा छरपष्ट मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्कासन

~शरद पाैडेल~ अटेन्छेन (एटन्सन) ठन्डेईच (स्ट्यान्ड इजी) एक कदम अागे मारकस तरफ । दाे कदम अागे साेसलिष्ट तरफ । बट, नाे काेइसन्स । अाधा घुम् लेनिन तरफ । अाै पूरा घुम् ख्रुस्चेव तरफ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधार

~सिर्जन अविरल~ कमरेड ! आज तपाईँकै चुनाव चिह्न बोकेर अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा खालि गोडा डुलिरहेको छु गाउँगाउँ बाँडिरहेछु तपाईँकै सपना र, लेखिरहेको छु तपाईंको नारा बोल्दै हिँडेको छु, तपाईंको भाषा तपाईंको गाडीले उडाउँदै आएको धूलोले

Posted in कविता | Tagged | Leave a comment

कथा : स्कूले साथी

~वैकुण्ठ ढकाल~ फेसबुकको ईनबक्समा कल मि ९८४१…… । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि । एउटै कक्षा हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~ धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ । म आज बस् घर छोडिदिन्छु , र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु । जब मोटरसाईकल किन्न सक्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली गीत : रेशम कीरा

~हरिहर तिमिल्सिना~ रेशम कीराजस्तै भयो जिन्दगीको चाल जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल । मेरा लागि बराबरी दिनरातहरू बाटेको छु धागोहरू खाँदै घातहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिलासी मन

~यशोदा अधिकारी~ वास्तविकता नबुझने मान्छ लाटोकोसेरो जस्त पीडाले छट्पटाउँछ समयलाई नबुझने मान्छ विना औचित्य झयाउँकिरीजस्तै चिच्याउछ अँध्यारोलाई उज्यालोमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बाडेका भट्मासहरु र उमेशका सपना।।।

~राजिव घिमिरे~ उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । ‘यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिँड्नुअघि

~सुको साइबर~ घामले पोल्न सक्छ पानीले निथ्रुक्कै रुझाउन सक्छ बाटोमा धुलो उड्न सक्छ बाटो हिलो हुन सक्छ बाटो हो कसैले

Posted in कविता | Tagged | Leave a comment

गीत : माया मैले

~बच्चु कैलाश~ माया मैले बोलाउनु हुन्छ कि हुँदैन तिमीलाई मैले केहि भन्न हुन्छ कि हुँदैन चन्द्रमा हेरी सम्झिनु हुन्छ कि हुँदैन कल्पना गरी कल्पिनु हुन्छ कि हुँदैन । बादल पारि संसार छ रे मैले त भेटिनँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँधी चलिरहयो

~लेखनाथ काफ्ले ‘राजन’~ आँधी चलिरहयो म पनि त्यही आँधीसगै लम्किये आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये आँधीले खरको छानोहरु उडायो मक्किएका खम्बाहरु भत्कायो

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको मान्छे

~विनोदविक्रम के.सी.~ सडक किनारका खोरण्डा बिम्बहरूसँग ठोकिन्छ (ऊ आफैँ पनि त प्रताडित प्रतीक हो यौटा) त्यसो त कविताको मान्छे जेमा पनि, जोसँग पनि ठोकिन्छन् धेरैजसो चामल, पहाड र दाल पहरोसँग ठोकिन्छ र, झ्¥याम्म फुट्छ त्यसैले त अचेल अखबारहरू कविताको मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भक्तपुरको बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~ भक्तपुर बिस्केट जात्राले गर्दा बाटो भरि मानिसहरूको ठेलम ठेल जात्रामा बाटो छेकेर व्यापार गर्नेहरुको भिड, हेर्नेहरुको रमिताले विशेष चहल पहल भएको छ । साना नानीहरू आफ्ना बुबा आमालाई ग्याँस भरिएको उड्ने बेलुन किनिदिन मरिहत्ते गरिरहेका छन् । भैया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : गने सार्की

~रामचन्द्र खतिवडा~ बयालीस सालको सुरुतिर मैले गने सार्कीलाई न्युरोड पीपलबोटमा जुत्ता पोलिस गरेको देखेको हुँ । छयालीस सालको आन्लोलनमा ऊ मजदुरहरूको नेता भइसकेको थियो । अभाव र समस्यामा बाँचेको गने बिस्तारै सुविधा सम्पन्न जीवन बाँच्न थाल्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : च्याट बाटै प्रेगनेन्ट

~दीपक घिमिरे~ एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्पातको कालो कफी/कालो सोच

~रविन वैध तामाङ~ Crack House 1987 तिर धरानमा हेरेको अग्रेजी फिल्म। नशाको कारणले विग्रहमा परेको परिवारको कथा। हामीलाई मन पर्यो मात्र हैन, यति प्रभावित पनि बनायो की दमकमा हामीले खोज्न थाल्यौं…मान्छे नबस्ने -भत्केको घर अर्थात Crack House. पहिलेको हावामहल, अहिलेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाँच डलरकाे नाेट

~केडी रेम्नीसीङ~ कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : जती चुम्यो

~दिलिप योन्जन~ जती चुम्यो उती मिठो, पिपल पाते ओठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप

Posted in गीति कविता | Tagged | Leave a comment

संस्मरण : लप्टनको होटेलमा देवकोटा

~अरविन्द रिमाल~ १. नेपाली साहित्यिक जगत्‌का शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रतिम प्रतिभाको समुचित शब्दले यशोगान गर्ने पंक्तिकारको औकात छैन । अतः यस लेखमा महाकविको जीवनकालमा उसले देखेको, सुनेको केही रोचक प्रसंगको मात्र चर्चा गरिन्छ । २. १९९७ सालमा नेपाल … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : मात्तिएका अनुहारहरु

~रवि प्राञ्जल~ गल्ली-गल्ली भेटें कती, मात्तिएका अनुहारहरु विष पिएर बाँचे कती, च्यात्तिएका अनुहारहरु फक्रेका ति फूलहरु, ओइलिगए अँध्यारोमा वाध्यताले झुकिरहे, आत्तिएका अनुहारहरु

Posted in गजल | Tagged | Leave a comment

कथा : साथीको गर्लफ्रेन्ड

~केशव प्रसाद पाण्डे~ “केटि कस्तो लाग्यो केशु?” प्रश्न अनेपेक्षित थिएन ।सरिका शर्मा अर्थात जापानवाट मेरि प्रेमिकाको !जसरि सजिलोसँग रिजेक्ट गर्दिम्ला भनेर सरिकाको अनुमतिमै म मंसिर ४ गते केटि हेर्न गएको थिँए ।सविलाई देखेर अाएदेखि मनमा चैन छैन ।कता कता अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका बुद्धहरु

~बद्री पलिखे~ जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : गुलाब

~सत्यमोहन जोशी~ तीखा काँढा सब छ यसका, ‍चिर्न हर्दम् तयार । हावा चल्दा सिर सिर गरी, पातको हुन्छ मार ।। हाँगा नाच्छन् फर फर चली, कोपिला फेरि हाँस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परालको त्यान्द्रो

~केदारमान व्यथित~ गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको, परन्तु नटुवा हूँ म असीमित अकासको ! हुरीको नै इशारामा जीवनबाट नाचको प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !

Posted in कविता | Tagged | Leave a comment

गजल : यती सम्मन् भएको हाल्

~लक्ष्मीदत्त पन्त~ यती सम्मन् भएको हाल् कि ऊ जानोस् कि मै जानूँ, कि उस्तैक्कै भए जान्ला कि ऊ जानोस् कि मैं जानूँ ।। यसो हेर्दा त बेसै छौं, दुवै एक् ठाउँ डुल्दैछौं, मिलेका छौं कि फाटेका कि ऊ जानोस् कि … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हाँसेको साहित्य सागर

~लेखनाथ पौडेल~ १ कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन । कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन् सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : इतर, स्वास्नीमान्छे र म

~ओमप्रसाद घायल~ ‘दाइ, जाने हो ?’ रत्नपार्कको दक्षिणपट्टि उभिएर वरपरको रमाइलो हेरिरहेको बेला मेरो नजिकै आएर एउटी केटीले सोधी । त्यो प्रश्नको अर्थ बुझिनँ मैले । ऊ मेरो जवाफ पर्खँदै हल्का मुस्कानसहित छेउमै उभिएकी थिई । उसलाई एकसरो नियालेपछि दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : किन

~करिश्मा तामाङ~ जनताको आवाज सम्बिधानमा लेखिएन किन ? भुकम्प पिडित राहत सबैलाइ बाँडिएन किन ? देश द्रोही र बलत्कारिलाइ मृत्य्दण्ड दिइँदैन किन ? बृद्व– वृद्वालाइ सुरिक्षित आश्रममा राखिन्न किन ?

Posted in कविता | Tagged | Leave a comment

गजल : देश हो यो

~नविन सङ्घर्ष~ महिना – महिनामा सत्ता ढाल्नेहरुको देश हो यो प्रत्येक दिन सडक बाल्नेहरुको देश हो यो । बेचेर दक्ष जनशक्ति विदेशीहरुलाई फटाहा र गुण्डा पाल्नेहरुको देश हो यो ।

Posted in गजल | Tagged | Leave a comment