Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : सिल्ली लभर : सिल्ली समयको कथा

~किरण दहाल~ बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बिलाई जान्छ

~दिलिप योन्जन~ बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा ! सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : किम्बुको बोटमुनि

~कमल कुमार~ हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो दायित्व बन्धन

~निर्मोही व्यास~ पसेछु म विनापत्तो आयुको उत्तरार्धमा यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी जति हेरूँ, अझै हेरूँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आत्मालापको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु । मेरो पात्र भन्दै छ – कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँखाले खिसाएको हुनसक्छ

~रितु खनाल~ चर्केको निद्रालाई आँखाले खिसाएको हुनसक्छ दुख पीडा आँसु मसङ रिसाएको हुनसक्छ । ताता सपनाका घाउ खाटा सकेन देख्न आँखाले जानीजानी पीडा माथी पीडा मिसाएको हुनसक्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जङ्गे पिलर

~लता कार्की~ मेरो आमाको छातीमा रोपिएका सुन्दर फुलहरु कुल्चिदै एक हुल बन्दुकहरु क्रुरताले उदण्ड मच्चाउँदै आँगन मै आईपुग्यो र,विभत्स मृत्यू सरप्राईज दीएर गयो।। यति बेला म,ठिङ्ग उभिएकोछु मेरो आमाको छातीको सिमानामा लतपतिएर टाटो बसेको रगतले

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~ सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : निषिद्ध प्रदेश

~चन्द्रबहादुर थापा~ निषेध छ तिमीलाई आउन मेरो प्रदेशमा प्रीत लाउन आयौ भने द्वारमा छ भाला छ बाटोमा बम पाइलै नहाल। सम्बन्ध गाँस्न यहाँ पाइदैन

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी बाटो तिमी यात्रा

~दिनेश अधिकारी~ तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति तिमीलाई भेटेपछि मेरो जिन्दगीमा देउतासँग माग्ने पनि कुरै सिध्धियो सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पीर

~प्रतिभा पौडेल ‘एकता’~ झुपडीमा बस्ने कालु दाईदेखि लिएर उच्च महलमा बस्ने गोरे दाइलाई हेर्छु फेरी आँखा चिया पसल्नी कान्छी दिदीमा पर्छ अनि रेष्टुरेन्टवाली ठुल्दिदीलाई हेर्छु चारैतिर हेर्छु । कालु दाइलाई महल बनाउने पीर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कथित समाजसेवी

~मीरा प्रसाईं~ ‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ?  धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रकृती

~बादल देबि चाम्लिङ~ राम्रो मिठो, गुलियो जति सवै कुराहरु आफैलाइ राख्छ । र मलाइ, बचेखुचेको रहलपहल बटुलेर खानु भन्छ । वरिपरि नजर डुलाएर यो धर्तिमा जन्मिएको आनन्द लुटौँ है भन्यो । ठुलाठुला पहाडहरु उभ्याएर छेकिदिन्छ । ऑखा अगाडि फगत २,४ झरनाहरु देखाइदिन्छ । म मख्ख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धैर्य

~केशब थापा~ आफ्नै हातबाट चिल्पिरहेछ यो समय। घामको पहिलो किरणले हराएको शीतजस्तो इन्द्रेणी रहर बोकेर कहाँ उक्लन सक्नु त्यो मनको सगरमाथा ??

Posted in कविता | Tagged | Leave a comment

कथा : वृद्धाश्रम पुगेकी मेरी हजुरआमा

~ललिता तामाङ~ बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो । लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो बिर्सेंछु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेरोजगार…….

~तुलसी चिन्तक भट्टराई~ निराश अनि दुःखी मन लिएर सानो झिनो आशा लिएर बजारका गल्ली गल्लीहरुमा भौतारिदै हिडिरहेको छ एउटा बेरोजगार भोको पेट, उदासी चेहरा, पुरानो जुत्ता पुरानै छ लुगाहरु पनि घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै कामको खोजीमा हिड्दैछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पराजयको गीत

~पञ्च विस्मृत~ दनदन बलिरहेछ आगो दनदन, दनदन ।।। फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन् खरानी हुँदैछन् आफ्नै आँखाअगाडि आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग हे भगवानुको भावमा उभिएको छ मूक समय । एक जोडा लाचार हात जहाँ सन्ततिका तसबिरहरु छन् लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता :  गाउँको कथा

~तारा पराजुली~ अरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ।

Posted in कविता | Tagged | Leave a comment

गजल : विवसताको मान्छे ‘म’

~शालिकराम मुसाफिर~ बाध्यता र विवसताले सेरिएको मान्छे म हत्कडि र काडे तारले घेरिएको मान्छे म । गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गुन्गुनाउने धेरै देखें

~अनु भट्टराई~ हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सुन्दर फूलहरू

~कात्यायन~ – मेरी ठूली हस्यांग-फस्यांग गर्दै आई | स्कूलको ड्रेस नै नफुकाली मलाई ग्वाम्ल्यांगै अंगालो मारी र अगाडि उड्नलाई तम्तयार भएको लगेजहरूलाई खल्लो आँखाले हेरी र स्याँ-स्याँ गर्दै भनी, – “बाबा! बाबा! फूलहरूलाई जत्ति धेरै हेर्यो त्यत्तिनै धेरै सुन्दर हुन्छन्’रे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : हिमाल हाँसेको

~निकेशराज पोखरेल~ आहा कति राम्रो सेतो हिमाल हाँसेको ! हिमालको फेदमा डाँफे मुनाल नाचेको !! तराइ पहाड डाडा पाखा हरियो बनैमा ! चन्द्र सुर्य झण्डा मेरो बस्यो मनैमा !!

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : आऊ न सुटुक्क

~दीपक कुमार ज्ञवाली~ बयान हुन्छ सुन्दरता को सुन्दर, कस्तो तिम्रो हिस्सी परेको मुहार बत्तीस दन्त मिलाएका हारजस्ता बारुलाको जस्तो सुन्दर कम्मर । हिडाई लचक लचक हात्ति समान कति गरुँ तिम्रो सुन्दरताको बयान गुन्जन्छ पाउजुको छम्छम् आवाज ति बाहु सजीएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~भेषराज रिजाल~ यो बाटो कुल्चिएर थिचिएर दोबाटो चौबाटोमा बाँडिएर कहीँ भीरमा ठोक्किएर कहीँ खहरे खोल्साहरुमा लछारिएर वर्षौँदेखि पछारिइरहेछ यो बाटो हिँड्नेहरु कहाँदेखि कहाँसम्म पुगे यहीँ सदनदेखि सडकसम्मका

Posted in कविता | Tagged | Leave a comment

कथा : एलिजा मिस

~राशि पाण्डे~ उद्घोषकले माइक समात्दै सुरिलो स्वरमा चिच्याइन्, “आर यु रेडी ?” दर्शकहरूले ठूलो स्वरमा जवाफ फर्काए ! “यस ऽ ऽ ऽ” उनले फेरि अझ ठूलो स्वरमा चिच्याइन, “आर यु रेडी ?” “यस वी आ’ ऽ ऽ ऽ ?” हल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय

~रन्जु ‘मार्ग’~ अचानक, मेरो पोस्टबक्समा यस्तो पत्र आयो पत्रमा लेखिएको थियो प्यारी साथी, सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा! उमेरले हामी धेरै फरक छौं … तिमी भर्खरकी छौ, म बुढी भै सकें… मलाई थाहा छ – तिमी मलाई बुझ्छयौ,

Posted in कविता | Tagged | Leave a comment

कथा : समाचार भएको एउटा कथा

~सन्तोष चिमरिया~ झोला बोकेर उड्नु अघि उसले एउटा चिटिक्क परेको सानो घर बनाएर बाउआमालाई सार्यो । रिन त उसले गएको ३ महिनामै ब्याज सहित तिरिसकेकै थियो त्यसमाथी आमालाई अलिकति” पकेट मनि” पठाईदियो । आमा खर्च त गर्दिन थिईन तर पुरानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कठैबर….

~राम श्रेष्ठ~ चम्किलो त्यो सूर्यको किरण, फेरि अन्धकार रातमा हराउन पुग्छ, अनकन्टार त्यो कहालि लाग्दो दहमा, निर्मल यि भावनाहरु डुब्न पुग्छ, कठैबरा यि भावनाहरु चर्किन खोज्छ, यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : खेताला लोग्ने

~देबकी के सी~ धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले।बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए।‘घरपरिवारको बोझले थिचिएर धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मिठासमा राखिएको छ

~पूर्णिमा प्रतिबिम्ब~ “प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ ! भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ ! नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ किनेको दिन हेरेपछि बाकासमा राखिएको छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : जंगबहादुर कहिल्यै मर्दैन

~समाश्री~ यो देश जहाँ हरेकले हरेक दिन बांगो रुख हेरेर आफ्नो गर्दन छाम्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर यो देश जहाँ हरेकले हरेक दिन नाना माना र छाना बक्सिस माग्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय गुलाफ

~नवीन अनुपम रावत~ तिम्रो र मेरो भेट नभएको पनि बर्षौं बितेछ । आजकै दिन पोहोर सालको भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं हेर त म एक बर्ष पुरानो भएर फेरि तिमी समक्ष यी खाली हात लिएर हाजिर भएको छु । हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment