Tag Archives: nepali sahitya

कविता : गोविन्द केसी तिमी याद आउनेछौ

~अनुप जोशी~ गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं तर एकदिन यस्तो त दिन आउनेछ जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन् जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ‘वेश्या’सँग आधा घण्टा

~मनीषा अवस्थी~ ‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा नहुँदो रहेछ ।’ अठार वर्षकी युवतीको यो जवाफले म अवाक् भएँ । रत्नपार्कको पश्चिमपट्टिको कुनामा भेटिएकी ती युवतीले एक दिन सुनाएकी थिइन् यो कथन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँशु

~राजेन्द्र शलभ~ जब अचानक तिमी मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं मैले केही सोच्नै सकिनँ । मैले केही गर्नै सकिनँ कुनै पुरानो घाऊ बल्झियो कि अतीतको कुनै पल याद आयो कि मेरै कुनै कुराले दुख्यो कि बुझ्नै सकिनँ मैले ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ब्रुनाईका सात दिन

~अविनाश श्रेष्ठ~ हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : चित्रहरु बनाई रहंदा

~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले

Posted in कविता | Tagged | 1 Comment

कविता : युद्धको पक्षमा

~पुरुषोत्तम सुवेदी~ आँखामा जुन उन्माद छ सपनाको उज्यालो फ्रेममा त्यो निद्राबाट रूपान्तरित होइन जीवनबाट निःसृत जीवन नै हो जसका लागि लड्यौँ हामीहरू उज्यालो युद्धको निरन्तरता । कहिले घामपानी देखियो इन्द्रेनीसाथ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदेसिएका सन्तान हेर्दै

~मञ्जु काँचुली~ वृक्षले आफ्नो घाँटी तन्काएर आफ्ना सन्तान हाँगा र पातहरूलाई माथिमाथि हेरिरहेछ धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै बिदेसिँदै गएका आफ्नासन्तानलाई परपरसम्म हेरिरहेछ सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युवतीको प्राप्ति

~गोविन्द वर्तमान~ सँगसँगै फेला परेका छन् नयाँ पुस्तक र नयाँ प्रेमी म दुवैसँग अनुरक्त छु। पुस्तकहरूको संसारमा करोडौँ पुस्तकहरूमध्ये एक मैले फेला पारेको पुस्तक मेरो जीवनमा कति सहायक हुनेछ मूर्खताको वरिपरि रहेको मलाई अहँ, पटक्कै अनुमान छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परम्परा

~डा. बेञ्जु शर्मा~ कैयौँ वर्षअघिदेखि मेरो कोठामा झुन्ड्याइएको थोत्रो तस्बिर कीरा–मुसाले खाइसकेको झम्पाट तस्बिर बानी परेको आँखाले मात्र ठम्याउन सक्ने एउटा थोत्रो आकार ठिङ्ग उभिइरहेको तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम सोध्दा थाहा छैन भन्छे

~अशेष मल्ल~ घाँसकोपहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकी छे उकालो नाम सोध्दा ‘थाहा छैन’ भन्छे परिचय हराएकी आफैदेखि टाढा बिनामूल्य जीवन बाँचेकी को होली ऊ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बाइपङ्खी घोडा

~इन्दिरा प्रसाई~ ती टापका आवाजहरू सुदूर कतै हो कि होइन जस्तो फर्कन पनि सकेनन् अन्ततः हराए कि ? त्यस दिन पनि हजुरआमाले हालेको कथा सार्थक साँच्चिकै सार्थक भएझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~ रुख त्यस रुख रोगको प्रारम्भिक छडीले स्पर्श गरेको थियो जसलाई, त्यस बखतदेखि जुन बेला लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको टाउको भारी भएर हातमा-खुट्टामा-औंलाहरुमा र पाखुराहरुमा गोलीका दानाहरु हुत्याएर के हुन्छ !

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : तिमीले कैदी बनायौ

~नवराज पोखरेल ‘पाखेली’~ केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~ कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : सङ्गीतकार

~जीवन आचार्य~ धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु पर्दा उघ्रँदैन, पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोखनी जाने सहिदहरू

~कृष्णभुषण बल~ बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला फूल र पहेँला पातहरू

~कणाद महर्षि~ आकाश मन पर्छ, मलाई सागर मन पर्छ मन पर्छ मलाई किनभने मन–मन उड्न, मन–मन डुब्न पाइन्छ मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रेडीयो

~बाबुराम पन्थी ‘गुल्मेली’~ कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मान्छेलाई देखूँ

~दिनेश अधिकारी~ उकालीमा चढे पनि मान्छेलाई देखूँ झर्दा पनि ओरालीमा मान्छेलाई भेटूँ हँसाए नि, रुवाए नि, लगाए नि घाउ मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ थोपाथोपा आँसुसँगै खसेको छ मान्छे देउताभन्दा नजिक भै बसेको छ मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कथा : वृद्धआश्रम

~सरला अर्याल~ काममा व्यस्त थिए । फोनमा घण्टी बज्यो , हेर्ने फुर्सद थिएन ।लगातार घण्टी बजे पछी हेरे मेरै साथी सन्दीपको रहेछ । यसै गरेको होला उसले , अली फुर्सदमा कलब्याक गर्छु , ऊ संग सधै लामो कुरा हुन्छ भन्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : चन्द्रमा तिमी बनिरहू

~बच्चु कैलाश~ चन्द्रमा तिमी बनिरहू जिन्दगीभर म जून बनूँला हृदयमा मेरो तिमी रहे ढुकढकी भई म धड्किरहूँला ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : जुनु म्याडम

~होतराज पौडेल~ सबैले पर्रर्रर्र… ताली बजाए । जुनु म्याडमको प्रस्ताव सर्वसम्मतले पारित भयो । सिडियो सापले आफ्नो अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन भएको घोषणा गरे । आजको कार्यक्रमको उद्देश्य थियो, बाल तथा महिला हिंसाविरुद्धको अभियानलाई जिल्लास्तरमा सशक्त बनाउने । यो कार्यक्रमको प्रायोजन जुनु म्याडमको गैरसरकारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अग्लो घरको प्रतिष्ठा

~आचार्य प्रभा~ भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै । पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक्लो यात्री

~सरु पेखरेल~ बर्षौपछी आज यो बाटो हिडेको उ |बाटोका दृश्यहरु फेरिएका छन्|हुन त उसको मन पनि फेरिएको छ |उसलाई यताबाट जाँदा नौलो लागथ्यो, अहिले फर्किदा नौलो भैरहेको छ| बाटोका छेउछाउका घरहरु,रुखहरु पुलपुलेसाहरू कुनै थोत्रिएका छन्,कुनै नया बनेका छन्|जमिनको आयतन खुम्चिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छोड्न मन लागोस

~निर्मला अवस्थी~ आफै ठूलो हुने बानी छोड्न मन लागोस घात गर्ने अहम् पनि तोड्न मन लागोस।। तेरो मेरो भनी सधै भाग भण्डा गर्ने साघुरो यो मनलाई मोड्न मन लागोस ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : देश र क्रसफायरिङ्ग

~टंक सम्वाहाम्फे~ उहिले उहिले पेन्सन पकाएर फर्किएको लाहुरेले आफ्नो स्मृति कथा सुनाउदा क्रसफायरिङ्गका कुरा गर्थे हामी केटाकेटी रोमाञ्चक भएर सुन्थ्यौ र सोध्थ्यौ क्रसफायरिङ्ग भनेको के हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~ सद्भाव र सदाचारको खेलमा क्यासिस क्ले भएर खेल्यौ अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ तर कट्टर रंगभेदीहरुको नजरमा क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन शोषणको श्रृंखला यथावतै रहयो तिम्रो जीतले

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~ कोही घर र पहराहरुसँगै ढले कोही सडक र गराहरुजस्तै चिरिए कोही डरसँग साहस साटी उत्रे सुस्केरालाई सुसेलीमा बदल्न तिमीले चाही के गर्यौ? ए छाँया भन त तिमीले के गर्यौ? ए छाँया तिमीले सोच्यौ आँशु बगाइदिने हो अझै झुत्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~ वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले । म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले । प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एली सुब्बा

~दिनेश कोइराला~ यो कथा एली सुब्बाको कथा होइन । यो नाकचुच्चेको कथामा एली सुब्बा यसरी आएर ठोक्किई, मानौं यो उसकै कथा हो । मुख्य पात्र भएर पनि नाकचुच्चे कथामा कता कता हराउँछ । पछाडि पर्छ । हुन त ऊ जिन्दगीभर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment