Tag Archives: nepali sahitya

कविता : उजाडिएको बस्तीको गुलाफको फूल

~शैलेश थपलिया~ मनभरी आशा बोकी आङ्मा उम्रिएका तिखा काडाको ब्येथालाई आफैभित्र लुकाएर चारैतिर, ति सुनसान बाताबरणमा आफ्ना मन्त्रमुग्ध बासनाले नया किरण को आगमन गरिरहेछ ! उजाडिएको बस्तीको गुलाफको फुल !!

Posted in कविता | Tagged | Leave a comment

गजल : आँसु झार्दै थियौ

~अनुपम थामी~ अक्षेतामा दही राखी, टीका सार्दै थियौ नजाउन प्रीय भनी, आँसु झार्दै थियौ बिरानो यो ठाउँतिर, उडान भर्न लाग्दा

Posted in गजल | Tagged | Leave a comment

कविता : भगवानको विरोध

~सागर भण्डारी~ मलाई जिउन सिकाउने ए मेरी प्यारी आमा मुटु दरो पारिराख है ठूलो भुकम्प जान सक्छ पृथ्वी बोक्न सक्ने तिम्रो शरिर वायुमा डगमगिन सक्छ अविश्वासका छालहरु उठ्न सक्छन् विद्यवसंका कल्पनाहरु

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : कोमल हृदयको

~दिपक घर्ति मगर~ तिम्रो माया छैन भन्यौ ढाँटेर गयौ.. अर्कैसँग मन अनि मुटु साटेर गयौ. के दोष थियो र

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फूलेको फूल

~अमृत सिङ थिङ~ जहाँ म प्रेमलाई फूलेको देख्छु लाखौं जवानहरू भुलेको देख्छु ।। कोमल ति फूललाई डस्नेहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : ज्ञानी सानु स्कुल जाऊ

~सोम डेमनडौरा~ ज्ञानी सानु हाम्रो सानु छोरा तिमी स्कुल जान थालेछौ खै किन हो, तिमीलाई स्कुल पठाउँदा मन कटक्क खान्छ बाटोमा तिमी निराश भै नबोल्दा गेटमा पुग्दा जब तिमी भक्कानिएर रुन्छौ

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी

~दिपा धिताल~ जिन्दगीले मलाई यसरी पिडा दिएको छ कि नानी सानो तिनो पिडाले मलाई असर नै गर्दैन । सहने बानी लागेको छ । अब त जिन्दगी पनि यस्तो लाग्छ कि यो जिन्दगी हैन पिडै पिडाको महासगर हो । यहि सागरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मधु तिमी

~ललिता ‘दोषी’~ वासन्ती फूलजस्तै सधैँ मगमगाउनु मधु तिमी लाखौँको हृदयमा यसरी नै अटाउनु मधु तिमी दिनदिनै शिखर चढ्दै चढ्दै जानु मधु तिमी बेली, चमेली, वास्मतीझैँ सुगन्ध छर्दै जानु मधु तिमी

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एउटा बाहुला नभएको बुसर्ट

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप-यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ एकातिर बाहुला नभएको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्यार ! आऊ पुगौँ सच्चिदानन्दमा

~निर्मोही व्यास~ बाँसुरी म, प्रिया ! हौ तिमी रागिनी सिन्चिदेऊ ममा प्रीति–सञ्जीवनी सृष्टि–सौन्दर्यकी सार यौटै तिमी अंश तिम्रो लिई रम्य छिन् मेदिनी ० आज प्याला भरी घोल सातै सुर प्राप्ति आजै त हो, भोलिको के भर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म सिरक भित्रको बन्दी

~बिमल गुरुङ~ नीलो आकाशमा चपक्क टाँसिएको सेतो चन्द्रमा निसास्सिने बिभत्स वातावरणले रुझेका, आफ्नो प्रतिबेदन पेश गर्दै आफूलाई अतितका पाइलाहरु खोज्दै धरतीका तलाउहरु आँखाभरि भरि राखेर माटोको कन्तुरबाट पैसा चोरेर झिकेको आरोपमा मुछिएर सिमलीको लठ्ठीले भिषण चुटाई खाएको अबोध बालक झैं

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : कहाँ छस् ?

~नन्दलाल आचार्य~ १. अधोगतिको मूल जरो : दासत्व मनोवृत्ति मित्र अग्नि ! आज म तँलाई मेरो सेरोफेरो घुमाउँदै छु । मलाई शब्दमा उत्रेको पाएपछि तेरो मन पनि शान्त होला भन्ठान्दै छु । तेरा मनमा उठेका हरेक प्रश्नहरूले जवाफ भेटे भने … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : एक तरङ्ग

~लक्ष्मी प्रसाद देवकोटा~ क. एक छिनको तरङ्ग भनूँ कि ? चाख लिनेले मार सुनूँ कि ? किनकि , कानेखुशीको एक कुरो हो ! लहड चरो हो ! एक तरङ्ग ! सनकी ! ख. ठोस जमीनमा उभ्भिरहेथेँ । चट् अल्प्यो ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : दोरम्भाको यादहरु

~सरल सहयात्री पौडेल~ श्रावणमा भेल आओस या बाढी, असिना परोस वा झरि, आकाशमा कालै–कालो वादल लागेर हप्तौंसम्म सूर्यको अनुहार नदेखिएपनि कसैलाइ अनौठो लाग्दैन । प्रत्येक मिनेटमा काला वादलहरु एकआपसमा ठोक्किएर सुनिने चट्ट्याङको आवाजले पनि केहि प्रभाव पार्दैन । यहि शिलशिलामा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि आठराईलीको ‘कोसेली परदेशबाट’मा स्थानीयताको प्रयोग

~अमर नेम्बाङ लिम्बू~ भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम ‘आठराईली’ले ‘कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि ‘अठराईली’का समसामयिक काव्य चेतना बोकेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : मोफसलको झीँगा

~लक्ष्मण नेवटिया~ काठमाडौङ्का चौरहरूमा फोहर थुपारिएको फोटो राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारको मुखपृष्ठमा छापिएको थियो। मोफसलमा बस्ने एउटा भाले झीँगाले आफ्नी प्रेयसी पोथी झीँगालाई त्यो चित्र देखाउँदै उसको कानमा सुटुक्क ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गुनगुनाइदिएछ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : देखेको हेरेर रहेछु

~दुर्गा विनय~ देख्दा–देख्दै कत्ति कथाहरू घटिसक्दा रहेछन् । भोग्दा–भोग्दै कत्ति उपन्यासहरू पनि तयार भइसक्दा रहेछन् । देखेका, भोगेकालाई लेख्दा पनि त कथाहरू तयार हुँदारहेछन् । लेख्दा–लेख्दै आवाज सुनें । बाहिरबाटै आएको हो । आवाज सुनेको हेर्न गएँ बाहिरतिरै । आज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वर्तमान परिप्रेक्षमा -१

~भुवन निस्तेज~ वर्तमान परिप्रेक्षमा ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू ! वर्तमान परिप्रेक्षमा हामी डराएर जूनकिरीसङ्ग खाटमुनी लुकेका छौं र पढ्दैछौं हाम्रो वीरताको इतिहास !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : एकुका कवितामा सीमान्त देहातका धुकधुकी

~सुरेश हाचेकाली~ लचकदार हुन नचाहने सूत्रहरूलाई च्यातेपछि मात्रै कवितामा इन्नोभेसनको यात्रा सुरु हुन्छ । त्यो इन्नोभेसनको पहिचान चक्रब्यूह सञ्चेतना(Labyrirth Conscern) ले भनेजस्तै विश्लेषण नमूनागत विविधिकरण अन्तर्गत गर्न सकिन्छ । यतिबेला यो लेखमा हाम्रो पचास र साठीका सिङ्गा दशकहरु हुँदै सत्तरीको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कृष्णसिंह पेलाका केही हाइकुहरू

~कृष्णसिंह पेला~ १ नयाँ भित्तामा पुरानै क्यालेन्डर तीतो अतीत २ स्वनामधन्य मारक विषजन्य त्यो अम्लबर्षा

Posted in हाइकु | Tagged | Leave a comment

कविता : छोरीहरू

~रघु पन्त~ छोरीहरू छन् र त घर रमाइलो छ । भुनभुन–गुनगुन माहुरीझैं भुन्भुनाउँछन् चिरबिर–चिरबिर चराहरूझैं गाउँछन् बतासले सुस्तरी छोएको रूखका पातझैं छुनुमुनु–छुनुमुनु नाच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिलाषा

~राधा कार्की~ तिम्रो अजश्र सम्मानको ओतले मेरो हृदयाकाशको खुसी लतपत नभए पनि म भित्रका दुर्घटित सपनाहरू क्रमशः उकालो चढ्नेछन्

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान

~विष्णु प्रभात~ अवधारणा र पृष्ठभूमि : १. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

सूत्रकथा : म मुसुक्क हाँसें

~हिरण्य भोजपुरे~ श्रीमतीजी र म मन्दिर जाँदैछौँ । बालकुमारी । सुनाकोठीबाट । हामी हिँडिरह्यौँ । श्रीमतीजी गनगन गरिरहिन् । के रे

Posted in सूत्रकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : द्रोण दाइको सञ्जीवनी बुटी

~गणेश रसिक~ ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह । लेखक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ । प्रस्तुत पुस्तकमा जम्मा अठार रचना समेटिएका रहेछन् । विषयगत प्रस्तुतिका हिसाबले तीन खण्डमा विभाजन गर्न सकिन्छन् रचनाहरू — व्यक्तिको जीवनीपरक, आफ्नै आत्मपरक, र विविध । आरम्भमा दिवङ्गत

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जता जाँदा पनि ‘वा’ नै ‘वा’

~हरि मञ्जुश्री~ भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु । धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटा कवि मरेर गयो

~कमल कुमार~ कवितामै भए पनि एउटा सुन्दर फूल फूल्दथ्यो सपना उदाउँथ्यो हरेक विहान अन्धकार झर्दथ्यो शीत भएर हिमाल रातै रंगिन्थ्यो बालक हाँस्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : धरानका चोकहरू

~मदन राई ‘लामाखुले’~ अत्यन्त समृद्धचोकहरू कतै नलर्खरावस् कतै नबरालियोस्, उभियोस् अटल छाती साँगुरी भन्ज्याङ्ग भएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खोजी

~कात्यायन~ – धेरै वर्षको कोमाबाट फर्किए पछि, ऊ पूर्व-प्रेमिकाहरूको खोजी गर्न हिंड्यो | – उसले ब्याङ्ककको हवाई ट्रान्जिटदेखि क्यालिफोर्नियाको यअरपोर्टमा देखेकोथियो | लसभेगासको जुवा-घरहरूमा देखेकोथियो | अमेरिकाको विभिन्न सहरहरूको कन्भिनेंटल-स्टोर्सदेखि ठूला-ठूला ब्यापारिक-मलहरूमा पनि देखेकोथियो | पार्कदेखि सामुद्रिक किनाराहरूमा पनि देखेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तितो यथार्थ

~छविरमण सिलवाल~ मुहारमा हिलो पोतेर हिलो-हिलो पानी-पानीसँग सम्झौता गर्न शालीन दस्तावेजहरू गरिबी लुकाएर हाँस्छन् पीडा लुकाएर बाँच्छन्

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : अनुवाद काठमाडौंका लागि मात्रै भएको छ – माइकल हट

नेपाली तथा हिमालयन अध्यन विषयमा केन्द्रित डा. माइकल हट युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हुन् । हिजो र आजको नेपाली साहित्य, समाज तथा बदलिंदो समयमाथि अध्ययन–अनुसन्धान उनका रुचिका विषय हुन् । ३० वर्षयता नेपाली भाषा–साहित्यका निरन्तरका … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

गजल : झुटो हल्ला

~शशीकला थापा सुब्बा~ मनभित्र कता कता एउटा दियो बलिरहन्छ. त्यै दियोको रापले होला छाती सधैँ जलिरहन्छ.. किनारमा दुइहातले सपना बुन्नु व्यर्थै रहेछ. छाल आउदा विश्वासको महलहरू ढलिरह्न्छ..

Posted in गजल | Tagged | Leave a comment