Tag Archives: nepali sahitya

कविता : एउटा परदेशीलाई सम्झेर

~तारा पराजुली~ प्रभातले सप्को खोल्न नभ्याउंदै दुइचार धर्का मिरमिरे भुइंमा खस्न नपाउदै गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन लाखिएर पल्लो भूखण्ड  पुग्छन् अपांग शरणार्थी सपनाहरु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : दोषी

~महेन्द्र महक~ ऊ पत्रकार थियो, यो कुरा सबैलाई थाहा भएको हो । म उसको साथी, यो पनि करीब करीब धेरैलाई थाहा छ । उसले पत्रिका चलाउनुभन्दा पहिलादेखि नै उसको र मेरो साथ रहेको हो । पत्रिका चलाउन थालेपछि भने उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : हृदयाघात हुन्छ?

~रामकुमार एलन~ किन धनीमानीलाई मात्र हृदयाघात हुन्छ? गरिबलाई भने सधैँ दुःख खाताखात हुन्छ कुरुवा भो बिरामी, सड्छ रोगी अस्पतालमै फर्के पनि घर अर्को रोगको सुरुवात हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : तेल उघाएर पानी खोजिरहेका बालुवाहरु

~प्रकाश सुनुवार ‘निराकार’~ शाक्तिका भोका लालचीहरु युद्धमा सल्केको कालो बादलमा रमाउंछन् युद्ध जितेर जनताको सार्वभौमसत्ता लुट्ने नियती बोकेर प्रजातान्त्रीक प्रणालीलाई धाराशाही वनाएर वहुसंख्यक जनताको अस्तित्वलाई मास्ने इरादाले सारा देश जलाउन युद्धको घोषणा गर्छन् । तातो हावाले बालुवाहरु पोलिइरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र आँधी

~रामेश्वर राउत ‘मातृदास’~ समयका सिर्जनाहरू हुन् यी अग्ला शृङ्खलाहरू धरती/आकाश, समुद्र मान्छेहरू, फूल फुलिरहेका छन् ढकमक्क गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू के छैन यहाँ ?

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न मन छ

~दिपक अभिमन्यू~ अङ्गालेर खुशीहरु हाँस्न मन छ मलाई त्यहि खुशी मालामा गाँस्न मन छ मलाई जिन्दगीको यात्रामा दियौ साथ दुखमसुखम तिम्रो माया छातीमा टाँस्न मन छ

Posted in गजल | Tagged | Leave a comment

कथा : म मर्दिन कमरेड !

~आन्विका गिरी~ सरोजकी आमा रोएकी थिइनन्। आँखाका डिलहरुबाटै थाहा लाग्थ्यो, उनको एकथोपा आँशु पनि बहेको थिएन। म खबर पाएको एक घण्टामा नै गएको थिए। उनी रुँदै होलिन् भनेर सान्त्वनामा के भन्ने भनेर आधा घण्टाको बाटोभरी म सोच्दै थिए। घर पुग्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्य सुबेला

~कणाद महर्षि~ अहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले

Posted in कविता | Tagged | Leave a comment

कविता : देश खोजिरहेका हामी

~इन्दिरा प्रसाई~ तिमीलाई गुमाएका मर्मान्त मुटुहरू र तिम्रो अँगालोमा पुग्ने व्यग्रतामा छटपटिएका छातीहरू शरणार्थी शिविरमा भेटेर, देखेर र सुमसुम्याएर ए देश । म तिमी नहुँदाको अनुभूतिको सूक्ष्म आभासले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘सरकार ! मैने देश का नमक खाया है’

~प्रदीप लोहागुण~ गब्बर सिंहजस्तै जब्बर छ देश गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था । अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार आधारातमा रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई आतंकवादी घोषणा गर्छ देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जात-जातमा टुक्रिएको प्राणी

~अनुष्कर पुष्कर गुरुङ~ साइला दाजु कता कुद्न लाग्यो हौ सोधेछ मृगले बनेललाई बनेलले भनेछ तिमीलाई थहाँ छैन र आज जनसभा छ नि हामीले जात -जातको झण्डा पाउने छौ ए……….. सुन्नुस न घरबार याद गर्दै गर्नुस है म पर जनसभामा गोएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रहरै रहरको ब्वाईफ्रेन्ड

~सविता सापकोटा~ एसएलसी पछिको कलेज लाईफ , रमाईलो नै थियो । बिहानीको कलेज र दिनभरको फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले बेगनास ताल रुपा अनि फेवा । कलेजबाट भागेका ति दिन अनि कहिलेकाही नक्कली हस्ताक्षेर गरेर गेटमा बस्ने मामालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कहाँ पुग्छ कुन्नि मेरो जिन्दगानी

~दिनेश अधिकारी~ कहाँ पुग्छ कुन्नि मेरो जिन्दगानी म आगो निचोरी पिऊँ भन्छु पानी हुरीले सिकायो अडिन मलाई झरीले बतायो नरुझ्ने उपाय बगरबाट मैले सिकेँ पिउन प्यास

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शब्द

~ध्रुब सापकोटा~ छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म पिउने भएको छु

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो, नपिउने भन्दाभन्दै पिउने भएको छु म । तिम्रो डोली अन्मिएपछि सुनसान छ गाउँ; त्यसपछि चढ्न थालेको छ अर्कै नशा मलाई

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तमसो मा ज्योतिर्गमय

~नारायण श्रेष्ठ~ मान्छेको जीवन र नदीमा कुनै समानता छ भने त्यो हो- बहावको उतार-चढाव। कहीं उर्लंदै, कतै सम्हालिँदै तल-तल झर्दै नदी सौम्य समुद्रमा पुग्छ। त्यसरी नै जीवनको यो काया कहिले उकालीमा, कहिले गोरेटोमा, कहिले समथर मैदानमा। थाहा छैन, कुन मोडमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ग्रहण

~रजित ओझा~ भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिन्का

~निभा शाह~ नजोडे–त्यही सिन्का कुल्चिएर धुलोमाटो हुन्छ जोडे– त्यही सिल्का गुँड हुन्छ सृष्टि र सिर्जना हुन्छ । नजोडे– त्यही सिन्का

Posted in कविता | Tagged | Leave a comment

कविता : छत

~प्रमोद अधिकारी~ बर्खे झरीमा गरिवीको छतबाट तप्प चुहिएको मध्यरातको पानिले मलाई कहिल्यै छोएन । अर्धनिन्द्रामा कुम्लो बोकेर ठाउँ सर्नु परेन । देखिरहेको सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : जोडौं संबन्ध हामी

~निर्मला अवस्थी~ आजकल मेरो देश एक्लिएको छ आत्तिएको छ निस्सासिएको छ जताततै लुटपाट, अपहरण,हत्याले कमजोर बन्दै गएको छ एक अर्कासंगको संबन्ध छुटेको छ भाइचाराको नाता टुटेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त ऋतु

~सोमनाथ सिग्देल~ उदय भो अब सन्त वसन्तको, प्रकटभो छवि, चित्र-विचित्रको कम भयो बल शीतल शीतको, रुचिर भो अनि सर्ग निसर्गको ।।१।। सब हिमाल हिमालयका खुले, नव सरोज सरोजलमा फुले । अब पलाश पलाशमहाँ चढे, तब अशोक अशोक भई बढे ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया थरीथरीका

~बैधनाथ ठाकुर~ मायाको संसारमा थरीथरीका माया हुादा रहेछन् कसैको माया आल्मुनियमको भााडोजस्तो भेटे तातिन्छ छुटे चिसिन्छ कसैको माया फूलहरुमा घुमिरहने भमराजस्तो आज एउटासाग, भोलि अर्कैसाग

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : राजकुमारी सुकन्या र महर्षि च्यवन

~उमाशङ्कर द्विवेदी~ महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा वीरासन लगाएर बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : फलैंचामुनिको केतुकीको नाम्लो

~शान्ति प्रियवन्दना~ १. थन्कियो धेरै दिन नाम्लो फलैंचामुनि नाम्लो थन्किनु यसरी र बस्नु चुपचाप दबिएर तिम्रा अध्याँरा जीवनका पाटा र आर्तनादहरु हुन् हर्कबहादुर दाइ । २. कथन कागको नै जोर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

गीत : आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ

~योगेन पौडेल~ आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ छातिभित्र गुम्सीएका पीर साट्नलाई उमँगमा रमाएका खुसी बाँड्नलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : बेसीशहरमा बरालिँदा

~किशोर दहाल~ मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेसवादी तथा जनजाति केन्द्रित दलहरूले गरेको दुइदिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । त्यसको सदुपयोग गर्न कतै घुम्न जाने कुरा भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो । अन्तत: गाउँशहर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आफैसित

~प्रेमराजेश्वरी थापा~ मन, प्रेम प्यारको दुनियाँ छोडी अश्रु, निवेदन आज बिर्सी तँ ! युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर एक एक नरमा तैले कोमलताको झंकार दिएर, प्रेम स्नेहको सट्टा- “पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष, मिथ्या पार्यो नरले ; ‘भय‘ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोडेको प्रमाणपत्र

~लक्ष्मिकला राई ‘जुनकिरी’~ आँखा भरी दुई कोसे सपना अनि रहरको थुप्रो – आधुनिक कान्तिपुर को सुख भोग गर्ने जहाँ, मलिलो माटोमा फलेको घर गाडीले जन्माएको असंख्य धुवा, धुलोको सुगन्ध, सपनाले फुलेको फुलहरूको बगैंचा आकाशमा दौडेका बादलको कमि संगै पानीको अभाव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : विवाह वस्तु होइन

~विश्वराज अधिकारी~ मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अमेरिकी रोपार्नी

~जीवराज बुढाथोकी~ यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!! उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !! जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन, मात्र मौन, बिलकुल मौन

~मीनबहादुर विष्ट~ एउटा राष्ट्र थियो, ग्लोबमा मानचित्रमा एउटा सहर पनि थियो एउटा देवल थियो, चोकमा एउटा गिर्जाघर पनि थियो एउटा मस्जिद पनि थियो गीता थियो, बाइबल थियो, कुरान पनि थियो। विज्ञान थियो, संस्कृति थियो

Posted in कविता | Tagged | Leave a comment