Tag Archives: nepali sahitya

कविता : जंगलको कुनै कानून हुँदैन

~राजेन्द्र शलभ~ उनीहरू शहर पसेका छन् र,शहरलाई पनि जंगल ठानिरहेछन् जंगलको कुनै कानून हुँदैन आफ्नो अनुहारमाथि अर्को अनुहार टाँसेर उनीहरू शहर पसेका छन् हितैषीको भ्रम पारेर उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विहे

~दिनेश अधिकारी~ (प्रसङ्ग १) बिहे गरेको भोलिपल्ट हामी एउटा पैदलयात्रामा थियौं कहाँ के भयो? एकाएक आकाश धुम्मियो एकाएक मेघ गर्जियो र, झमझम पानी पर्न सुरु भयो ओत लाग्न छेउछाउमा कुनै उपाय थिएन र, हामीसँग एउटै मात्र सानो छाता थियो ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आज मादल बजेको किन

~धर्मराज थापा~ आज मादल बजेको किन (आज मादल बजेको किन गाउँ घर दुनिया बिउँझाउन)२ सानु सानु रानी चरी लेकैबाट झर्‍यो पल्ला गाउँको नौलो भाका पल्ला गाउँमा सर्‍यो पर्देशीले खोला तर्‍यो हुँदै दोभानीमा बैंश चढ्यो लालुपाते फूलको जवानीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लिम्वूवानको खातिर

~टंक सम्वाहाम्फे~ सेवारो आदाङवे हतारमा पो हुनुहुन्छ कि ? वेफुर्सदी नै भए पनि आउनुहोस् किनभने अहिले देशलाई पुन निर्माण गर्ने वेला भएको छ लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ हिउदको ठिही र वर्षाको झरीबादल सहेर

Posted in कविता | Tagged | Leave a comment

कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~ ठुलाठुला नक्साहरु माझ एउटा आकार चेप्पिएको छ जस्को हातपाउ, ज्यान अनि मस्तिस्क खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ खियिंदै गएको छ । उनको हातहरु वाँधिएका छन् सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन् आप्mनो पाउमा आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा हो!

~प्रणिका कोयु~ स्पर्श, “छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी मेरो त्यत्तिकै मायालु छोरा हौ जत्ति तिम्रो मामा र ड्याडीकोहौ निषाद, म गएको दिनौं पछि ब्युँझिएको रातमा “खोइ छेमा” भनेर सोध्ने तिमी निषाद, तिमी मेरो प्यारो छोरा हौ

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : मैले हार्न खोजे

~जीवराज बुढाथोकी~ नसोचेकै भयो, मैले हार्न खोजे । भयो हारेर के, बाधा टार्न खोजे । नजाने पन्थको, सोध्नै हुन्न बाटो, त्यसैले आज चाहानै मार्न खोजे ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उफ् !

~नबराज घिमिरे~ तिमीहरूलाई दास हुन मन लाग्यो, कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो? तेसैले त मुर्ती काेर्यौ, देवता सम्झेर । केका लागि कोर्यौ? बिश्वासका लागी । आस्थाका लागी । सत्मार्गका लागि। तर

Posted in कविता | Tagged | Leave a comment

कथा : ल्यापटपको बाबा

~सरगम भट्टराई~ आज शरद अरब भाँसिएको ठ्याक्कै चार पुगेर पाँच वर्ष लागेछ। यसबीच जिन्दगीका आरोह-अवरोह सबै लेखेर लेखिन्नन् उसका। समयको चक्र घुमिरहँदा कति रात रोएर बिते ऊ आफैंलाई थाहा छैन। आज शरदको बिदाको दिन। तितामिठा यादहरु फनफनी घुमिरहेका छन्। घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मौन आवाजहरु…

~कुमारी लामा~ सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बानेश्वरमा सडक नाटक

~भूपिन~ साहित्यमा झैं अभिनयप्रति पनि मेरो विशेष प्रेम र लगाव थियो, तर गाउँमा अभिनयको लागि कुनै मञ्चहरू उपलब्ध थिएनन्। एउटा पनि साहित्यिक संस्था स्थापना नभएको गाउँमा नाटकमा समर्पित संस्था नहुनु कुनै अनौठो कुरा थिएन। नाटक मञ्चन र अभिनय मेरा लागि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सङ्गम घर्तीका दुई मुक्तकहरु

~सङ्गम घर्ती~ १ चार चार वटिको पोइ कुना काप्चा बसि रोइ कानुनको धज्जि उडाउने तिमी तिम्रो एस.एल. सि को प्रमाणपत्र खोइ ??

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : नकराऊ दुई–चार दिन

~उज्ज्वल जी.सी.~ भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन । बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~ मैले पहिलो पटक यौटा चित्र कोरेँ र त्यो पनि तिम्रो । तिम्रा आँखाहरू तिम्रै आँखाको रङले सजाएँ तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ, चहक उबाएँ र तिम्रो केशराशि सजाएँ । तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ

Posted in कविता | Tagged | Leave a comment

मुसलसल गजल : तँ आइज न छोरा !

~शेखर ‘अस्तित्व’~ डलर, यूरो, दीनार चाहिन्न बाबु, तँ आइज न छोरा ! म एक्लै छु, संसार चाहिन्न बाबु, तँ आइज न छोरा ! बुवा बित्नु’भो तेरो, विधुवा भई मृत्यु-शय्यामा छु म ! भयो व्यर्थ श्रृङ्गार चाहिन्न बाबु, तँ आइज न … Continue reading

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : किरात चाड अर्थात् चासोक तङ्नाम

~अमर तुम्याहाङ~ विषय प्रवेश शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । पल्लो किरात लिम्बुवानका साथै पूरै महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरू औलतिर लागेका र तितेमाछादेखि अन्य जलपायी प्राणीहरू यसअघि नै आफ्नो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

~सुरेश हाचेकाली~ लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : के तिमी मेरी श्रीमती बन्छौ र ?

~दिल थापा~ गाँउतिर बाबा आमालाई भेट्न भनेर सवारी भो कि मेरा गोडाले घरको दैलो टेक्न नपाउदै मेरी आमैको प्रवचन सुरु भैहाल्छ मेरो बिहेको बारेमा । कुन्नी कती अध्याय सकाउनु भो सोध्न पनि भ्याको छैन । बिहेको कुराले मलाई वाक्क बनाईसक्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : सहानुभूतिको लोकमार्गमा

~भेषराज रिजाल~ हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले । देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

रुमानी राईका केही हाइकुहरु

~रुमानी राई~ १) फुल्दछ बुकि ढकमक जिन्दगी ढुङ्गा चिरेर । २) लामो छ बाटो उकाली र ओर्हाली यात्रा जारी छ । ३) बिझेको काँडा घरिघरी बल्झन्छ तिम्रो सम्झना ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : विरहको धून

~अनुपम थामी~ तिम्रो देशमा मेरो देशको, विरहको धून रैछ तिम्रो महल बन्ने हाम्रो, पसिना र खून रैछ बाटोभरि माटोभरी अाँखाहरु, बिछ्याई हेरें

Posted in गजल | Tagged | Leave a comment

जि.यश. गेलालका दुई हाइकुहरु

~जि.यश. गेलाल~ १ सम्झिएँ फेरि अतीतका ती दिन कुँडियो मन २

Posted in हाइकु | Tagged | Leave a comment

कविता : राष्ट्र , राष्ट्रवासी र राहत

~अर्जुन दाहाल~ हिजो, हो, आज उसको नाम परिवर्तन भएको छ , प्रकृतिको वरदान , समयको दाइजो , राष्ट्र र सरकारले दिएको उपनाम , लाखौं जस्तै , उसले पनि आज नयाँ नाम पाएको छ , “भुकम्प पीडित” आज, उ नदिहरुले घेरिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दै शब्द

~डा. उत्तम खनाल~ मैले नदेखेको दिन लाग्थ्यो, तिमी हाँसेकी छौं अरुको झै खुसी साँचेकी छौं र त मुस्कुराउँदै बाँचेकी छौं त्यो जीवनमा, ओठको हाँसो र रुपको नासो साँचेर पवित्रताको निर्मल रंगमा

Posted in कविता | Tagged | Leave a comment

गजल : रुज्न मन लाग्यो

~अमृत सिङ थिङ~ आज प्रेम बर्षातमा रुज्न मन लाग्यो त्यो मनको मन्दिरमा पुज्न मन लाग्यो ।। बटुवा हुँ गोरेटोको बास खोज्दै आएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : घाटा हुन्न तिमीलाई!

~दुर्गा कार्की~ केहि दिनदेखि दिनहुँ तिमी सपनामा आउछौ र एक हुल आफुजस्तै मान्छेहरुका अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!” केही दिनदेखि कहिँ कतै केही लेखुँ भन्छु शब्दै भेट्दिनँ खर्चिने! सत्ते!

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘उपहार आँशुको’ डायस्पोरिक समीक्षा

~मित्र पौडेल~ पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि कथाका विविध प्रयोग हुँदै आएका छन् । सिन्धु उपत्यकाको सभ्यतामा विकास भएको प्राचीनतम ग्रन्थ ऋग्वेद सूक्त यजुर्वेद, सामवेद र अथर्ववेदका मन्त्र हुँदै, कठोपनिषद बृहदारव्यकोपनिषद, विभिन्न आख्यक, सतपथ, ब्राह्मण जस्ता आर्य द्रविड सभ्यताका विकासमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एक असारको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. दिनकरको बीउ झन्डै उम्यो मिरिमिरि–माटो फारी, दृश्य बदली निशिभर गाइरहिथिन् प्रकृति, तिनले रोपिन् अवश्य ! ख. हेर ! टुसाई आउँछ कलिलो, लाल पत्ती ली दुई बादल ! मानो लुँडेका बीज पलाउँदा हात ठटाउँदा खुशी बालकदल,

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~मनोज बोगटी~ जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ। यो दॉंत हो यसले युग चपाएको छ। समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ। … यो नलीहड्डी अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा। यो बज्दैगर्दा जुलूस आउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध कविता : आदिवासी लाहुरे

~काङमाङ नरेश राई~ युद्ध मोर्चामा उभिएका अदृश्य बाटाहरू— जित्नु÷हार्नु मार्नु÷मारिनु साहस÷निपुणता युद्ध–कौशल जवानीको रहर मृत्युको लास पिठयुँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो झुपडी

~चित्र कुमार सुबेदी~ मेरा पुर्खाले पसिनामा माटो मुछेर नाम्लोमा खोलाबाट चप्पल ढुङा बोकेर चरमा भसाएको खुकुरीले ताछेर अग्राखको काठ लाएर निदाल बनाएको झ्याल ढोका बनाएको मेरो झुपडी

Posted in कविता | Tagged | Leave a comment

गीत : ब्यर्थ हेराइ हुन्छ होला

~रामधन बेदना~ बिहानी नै मधुरो भो दिन उसै रुन्छ होला । पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला । अप्ठ्यारोमा भेट भयो बोल्न उस्तै अप्ठ्यारो भो । मनभित्रको पन्तुरो खोल्न उस्तै अप्ठ्यारो भो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment