Tag Archives: nepali sahitya

कविता: अघोषित-जीवन युद्द

~सरस्वती श्रेष्ठ ‘सरु’~ छोरी! तिमी मेरै मुटुको एक अंश हौ तिमीलाई हिउँको चिस्यानमा उभिन पहाडको ढुंग्यानीमा उभिन तराइको मैदानी रापमा उभिन आफ्नै जरा हालिदिएकी छु आफ्नो जरालाई बलियोसँग स्थापित गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अञ्जुलीभरिका फूलहरु

~तारा पराजुली~ ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धोको

~अरुणबहादुर खत्री “नदी”~ तिम्रो सिउँदोभरि सिन्दुर हालेर सजाइदिने मेरो ठूलो धोको छ, यो उदास ह्रदयबाट अलिकति भएपनि माया पाउने मेरो ठूलो रहर छ,

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रित्तिन सकू म

~निर्मोही व्यास~ ‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते अद्यैव मे विशतु मानसराजहंसः प्राण प्रयाणसमये कफवातपित्तै– र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते’ संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः ‘हे कृष्ण, तिम्रो पाउकमलरूपी … Continue reading

Posted in निबन्ध, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

कार्यपत्र : तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना

~अमृत योन्जन–तामाङ~ १. परिचय तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो (फूल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा सम्पादित यो पत्रिका ११ पृष्ठको थियो … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : परिवर्तनका तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~ परिवर्तन भन्दैमा सबै अग्रगमनको पाइला नहुन सक्छ हर नयाँ कर्मले तिम्रो भाग्यको ढोका नखोल्न सक्छ । गर्भाधान त दियौ तिमीले निकै उत्साहले तर, भोलि जन्मने तिम्रो शिशु गान्धी नभएर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीहरूलाई अहिले

~विष्णु विभु घिमिरे~ सल्काउन त तिमीले सजिलै सल्कायौ अव त्यो आगो भयानक डँढेलो बनेर बन पाखा ढाक्दै तिमीसम्म आइपुग्यो निभाउन कति गाह्रो भो ? यतिबेला आफैँले सल्काएको आगोले जव तिमीलाई चिनेन

Posted in कविता | Tagged | Leave a comment

कविता : यमुनाको चिता

~केदारमान व्यथित~ हेर, जलेको भारतको आजादीको मूर्त कहानी ! दन्‌दन् दिनको तिमिरविनाशक कथा जलेझैं सान्ध्य-चितामा अवनी, अम्बर टुहुरा पारी निष्ठुरताको काल-चितामा हेर, जलेको भारतको आजादीकी मूर्त कहानी ! भारतसँग गुनको सिरपाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यिक होली

~तुलसीबहादुर छेत्री~ खैलौं सबले हर्ष मनाई यो साहित्यिक होली । ‘भानुभक्त’ ले आरम्भ गरे राम नाम रस घोली ।। ‘रघुनाथ’ जी सुन्दर काण्ड ली अघि नै थिए तयारी, ‘वसन्त’ कविका छली कृष्णजी हात लिई पिचकारी, नेपाली जग उषा कालको स्वर्णिम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्खाई

~सुरेस खनाल~ उसले चुरोटको अर्को लामो सर्को तान्यो। बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सोपान

~कात्यायन~ – नानी ! पहिलो कदम तिमी आफैं चाल ! – दोश्रो कदममा लर्खरायौ भने सहाराकोलागि अंगुली दिउँला | – तेश्रो कदममा तिम्रो पिंडुलो काम्यो भने पाखुरी समाएर डोराउँला |

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खिच्चा कुकुरहरु

~प्रकाश सुनुवार ‘निराकार’~ टोलटोलका खिच्चा कुकुरहरु ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा मार्बल ओच्छाएको महलभित्र भेला जम्मा हुन्छन् । मालिकलाई रिझाउन बहस चलाउंछन् बादविबाद गर्छन् मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : पानी झरेर अचेल

~अजित क्षेत्री~ मेरा नयन बर्षे भेल, पानी झरेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल । थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै

Posted in गजल | Tagged | Leave a comment

कविता : नवयुग !

~दीपेन्द्र के.सी. ‘अपजसी’~ ए फतुरो ! तँ फगत घोषणा गर्छस् खोेक्रो नवयुगको ! हेर त एकचोटी तैले घोषणा सुनाउन जम्मा पारेको भीडलाई कुुपोषित नाँगा देहहरु ! एकचोटी तिनका फाटेका पैताला फर्काएर हेर त

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिदको आत्मा दुखेको छ की ?

~दीपक कुमार ज्ञवाली~ यता कतै भेटिन्छ कि सहिदका डोवहरु त्यहि डोवमा टेकी टेकी गन्तब्यमा पुगीन्छ की सहिद र सहिदकाजस्ता राष्ट्रभाव भेटिन्छ की हेर्दै होलान् क्षीतीजबाट चर्तिकला हामीहरुका

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : साहित्यिक पत्रिकालाई विज्ञापनमाथि बन्देज लागेको छ – रोचक घिमिरे

~हरिगोविन्द लुइँटेल~ साहित्यिक पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ? – साहित्यिक पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

पौराणिक कथा : बाहुन, ठग तथा बोका

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा मित्र शर्मा नाम गरेका एकजना अग्निहोत्री बाहुन बस्दथिए । माघको महिनामा अत्यन्त शीतल बतास चलिरहेको थियो । वातावरण कुइरोले डम्म ढाकेको थियो । आकाशमा बादल लागेको तथा फुस्स फुस्स पानी परिरहेको थियो । मौसम जाडोको कारण … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गीत : गोरेटो अनि उस्तै छ गल्ली

~नरेशदेव पन्त~ गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बदल्यौ कि आकास उही छ धरती उही छ कतै तिम्रो मन बदल्यो कि, ओ प्रिय रुखमा खोपको प्रेमको चिनो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : असमानता तोड्नुपर्छ

~योगेन्द्र काउचा~ सडक छेउछाउ डुली हिड्ने भोक र प्यासले गलीरहने बालकलाई सोध्नुपर्छ बेसहारा मगन्तेलाई सोध्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तै रैछ जिन्दगानी

~निर्मला अवस्थी~ कैले घाम कैले छायाँ यस्तै रैछ जिन्दगानी कैले हुन्छु आगो जस्तै कैले हुन्छु पानी पानी।। सधैभरी जीवनमा आए हुन्थ्यो खुशी मात्रै सोच्छु मात्र तर त्यस्तो कहाँ मिल्थ्थो छानी छानी।।

Posted in गजल | Tagged | Leave a comment

गीत : गीतहरु तिम्रो

~केशर देवकोटा~ यादमा गाइदिन्छु मेरी मायालु गीतहरु तिम्रो । मेरो माया सधैँभरि तिमीलाई रोज्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अब्यक्त प्रेम

~अर्जुन दाहाल~ अनिँदो छ, उ , आज , हिजो जस्तै, सदा जस्तै , मात्र तिम्रो चिन्तनमा , फेरि पनि अस्तब्यस्त छ , सुर्यको मिर्मिरे किरण अगावै । उसले आज दुई पटक लुगा फेरेको छ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : धोका दिएर हेर

~अमृत सिङ थिङ~ सक्छौं भने छाडी जाउ धोका दिएर हेर पञ्च अमृत हैन बिषलाई पिएर हेर कति लाउछौ घुर्की अनि फुर्ती पनि उस्तै

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~ (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : जुलुस

~रजित ओझा~ उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक ! विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम । हिन्दू, बौद्ध, अनेक … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : पुकार्छ

~कृष्ण वस्ती~ असारको बादलले पुकार्छ । तिहारको मादलले पुकार्छ ।। पाकेर राताम्पुर बोटमाथि । वसन्तको काफलले पुकार्छ ।। उठी सखारै धरती नुहाई । लाली चढेको नभमा सुहाई ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : पागल नठान मलाई

~रुमानी राई~ भावनामा बिगरहेछु म बादल नठान मलाई तिम्रै नाम जपिरहेछु म पागल नठान मलाई । अँध्याराेलाई कुल्चिएर जुनेलीमा जून झुलेकाे छ मनकाे उजाड वगैंचामा सुन्दर फूल फुलेकाे छ त्यही जून हेर्दै टाेलाउँदै त्यै फूल चुम्दै रमाउँदै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म नेता

~सविता शर्मा~ म नेता यो राष्ट्रको सबैको आशा तर थोरैको भरोसा जनताको सीसीटीभीमा सधैँ कैद मेरो जीवन म छुट्टु छु र धूर्त पनि सीसीटीभी क्यामेरा र जनताका आँखाले पनि मलाई पढ्न सक्तैनन्

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका तीन सेदोकाहरु

~विष्णुबहादुर सिंह~ १. भूगोलपार्क हातहरु चलाई कम्मरमा छामेर एउटा कुनो ओठहरु कामेर नोटहरु साटिए । २. लाजको घुम्टो

Posted in सेदोका | Tagged , | Leave a comment

कविता : म बहुलाएको छु

~अजित क्षेत्री~ यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरुको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर त बहुलाएको छु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सिमी–सिमीलाई, टपक्क टिपेर लान्छु तिमीलाई

~हिरण्य भोजपुरे~ तिमी मेरी पात्रा हौ, मेरी क्लियोपाट्रा हौ । तिमीलाई आज मैले देखेँ श्रीगणेश मिठाई पसलअगाडि । आज तिमीलाई झन् ‘फ्रेस’ देखेँ । र लाग्यो, ‘फ्रेस’ हुनु नै तिमी हौ । तिमीले पुतलीसडकको त्यो समथरमा मलाई ‘मोड’ बनायौ र

Posted in लघुकथा | Tagged | Leave a comment