Tag Archives: nepali sahitya

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~ विचरा ! झोलीको सोगी खरावीको भोगी विचारको रोगी आखिरीमा काठमाडौं छिरेकै अलच्छिनले गिरेकै लोभिभाँडो भिरेकै

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो घर भाडिँदैछ

~राजेश नेपाली~ लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली खिचातानी गर्दै फूलबारी यो माडिँदै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~ नयाँ नेपाल जाने थोत्रो बस छुटेछ भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । पूरा खान ‘प्रभु’लाई भोग लगायो थोते बूढी आमालाई मकै भुटेछ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : सिरेटो चलेर आयो

~रामेश्वर पौडेल~ चिसोचिसो यो सिरेटो चलेर आयो किन हो मुटुको चाल बढेर आयो    सोधु म कस्लाई गई आज हेर बाच्ने आशाा यो फेरी मरेर आयो 

Posted in गजल | Tagged | Leave a comment

युद्ध संस्मरण : डक्टरलाई सहिद हुन हिँडेको हुँ भनेँ

~अनुपम थामी~ मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~ काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~ बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : यहीँनेर रोकिएझैँ लाग्छ

~गीता त्रिपाठी~ जिन्दगी यो यहीँनेर रोकिएझैँ लाग्छ पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ बतासमा तिमीलाई छोएर पो हो कि बिर्सिएको गीत सम्झी रोएर पो हो कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हुरी चल्यो

~केशब आचार्य ~ सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै अनायास आज किन दिलभित्र माया फल्यो

Posted in गजल | Tagged | Leave a comment

पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~ मेरो राजा ! भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : देवता

~रामकुमार श्रेष्ठ~ ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता सवै नै चाहन्छन् त गर्छ के एउटा जाने चुनाब पनि देवता हो रे वाद पनि देवता नेता जति जनता भए जनता जति नेता ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आज झन्डा फरफरायो

~भुपेन्द्र महत~ तिम्रो दिलमा उसले आज झन्डा फरफरायो बिना युध्द हार भो मेरो छाती चराचरायो रुप उही रंग उही ढंग फेरियो कि कतै धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

Posted in गजल | Tagged | Leave a comment

कथा : घर कब आओगे?

~कमल कुमार~ लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्याग

~ललिता ‘दोषी’~ जीवन के हो र साथी ! कर्कलाको पानी हो झुल्केपछि अस्ताउने छोटो जिन्दगानी यो नटुटौँ सपनाहरू कसैको नलुटौँ खुसीहरू

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपालकै माया लाग्छ

~जीवराज बुढाथोकी~ नेपाली म नेपालकै माया लाग्छ । राम्रो भेष उस्तै मिठो भाषा लाग्छ । पर्बत ताल, खोला नदी आफ्नै जाति, डाँडा फाँट थुम्का सबै खासा लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : परिवेश

~कात्यायन~ – ‘बाबा’ ! – ‘अँ भन ! – ‘ती मंचमा आसिनहरू को को हुन् ?’ – ‘कुनै पार्टीका नेता-अधक्षहरू वा मन्त्री-प्रधानमन्त्रीहरू वा सभामुख वा राष्ट्र-पति यस्तै-यस्तै हुन् बाबु |’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कीर्ति सिनेमा हल

~विश्वराज अधिकारी~ राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : सत्ताभोगी

~केशवराज पिँडाली~ सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने जति लालायित भयो, उति परपर भाग्ने

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चराहरु खुसी छैनन्

~जगत प्रसाद रेग्मी~ गुँड खोसिएका चराहरु खुसी छैनन् । फूल बिनाका भमराहरु खुसी छैनन् ।१। नरलोकका सुरासुन्दरीका कुरै छोडौ“ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : साथे

~दुर्गा कार्की~ टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे।रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो। “पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्रान्तिकारी योद्धा म

~डण्ड भण्डारी ‘शिशिर’~ हो म क्रान्तिकारी योद्धा हु जो अन्याय विरुद्ध लड्छु अनि समाज रुपान्तरण को लागि लड्छु लड्छु अनि बनाउछु आफ्नो ठाउँ आफ्नो समाज अनि आफ्नै देश हो म सधै देशको लागि लडिरहने छु अनि देश बनाउने छु

Posted in कविता | Tagged | Leave a comment

गीत : आफूलाई चिनाउन

~केशव खनाल~ अरुलाई चिन्ह के गाह्रो, आफैलाई बुझ्न झन साह्रो अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो आफूलाई चिनाउन सक्नेहरु हार्दैनन जिन्दगीमा सबैले देख्ने बाटो हिड्नेहरु थाक्दैनन जिन्दगीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको ‘भिखारी’ कवितामा मानवतावाद

~रुपिन्द्र प्रभावी ‘कटु’~ परिचय : नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~ छन्द : उपजाति यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : गौरादह गाउँमा

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मेची अञ्चल झापा जिल्ला गौरादह गाउँमा, यो मन सधैं पुगुँ भन्छ उडी आफ्नै ठाउँमा ।। खोलानाला हरियाली बगैंचा र ताल यी, अंगाल्या’छ प्रकृतिलाई अडिग राख्छौं भाउमा ।।

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रातको अँगालोमा…

~राजु दहाल~ रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : वशमा छैन

~मायामितु न्यौपाने~ हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई गुनले मार्नु, उपकारको वशमा छैन ।

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो साॅघु गाउॅ

~थरेन्द्र बराल~ रातो फूल गुराॅसको कति राम्रो नाऊ एस्कै माला लगाएर उन्नतिमा रमाएर हास्यो मेरो गाउ हो हो वारिपारी साईनो जोड्ने मेरो साॅघु गाउ । झुल्के घामको पहिलो किरण मेरै गाउॅ टेकछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रित्याउनु मुलुकको ढुकुटी निखारी

~काशीनाथ मिश्रित~ लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता के हो अहो अमृतकन त्यो ? मदिरा समान क्यै छैन अन्य तिमीले यति राख ज्ञान खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? खानू लुटेर दिनहुँ अरूको जहाँ छ । के भैरहेछ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment