Tag Archives: nepali sahitya

गजल : पुग्दैन भ्यागुताको

~लालकाजी श्रेष्ठ ”कमल”~ जस्तै गरे नि धार्नी पुग्दैन भ्यागुताको भाषण खोलाको भन्दा चर्को थियो कुवाको आफैले रोजेको हो पुतलीले आत्मदाह ! बदनाम नाम पार्ने दुश्मन थियो शिखाको

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी : नयाँ मुनामदन

~जितु खड्का गाउँले~ लय : झ्याउरे छन्द मुनाले गुनासो यसरी गर्थिन् होला– मुना– साँचेर राखेँ जिन्दगी मैले तिम्रै हो भनेर निस्ठुरी रैछौ छोडेर गयौ पराइ सम्झेर !! मदन– बिगार्यौ मती तिमीले अति के गर्नु बसेर सहेर साध्य नभएपछि बसिन सहेर … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : समाचार आउँदैन

~अमला अधिकारी~ बारी बाँझै भाको समाचार आउँदैन हाम्रो  गाउँतिर  पत्रकार  आउँदैन हली  हुनुको  मजा  अर्कै  छ मित्र मेरा बालाई खोज्दै अख्तियार आउँदैन

Posted in गजल | Tagged | Leave a comment

कथा : सन्ध्या

~अनुपम दहाल~ हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कागलाई बेल

~यकिना अगाध~ देशमा गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो । केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउ गाउ पस्यो । पहिला रावण आयो र सीता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मुटुका पाटाहरू

~अशोक थापा~ पिरैपिरले चिरिएका मुटुका पाटाहरू दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू इन्द्रधनुष फिका लाग्छन गुराँस विधवाझैँ तिमीविना शुन्य लाग्छ व्यस्त चोक बाटाहरू

Posted in गजल | Tagged | Leave a comment

कविता : रजाँइ त फेरी पनि ढाडे मुसैको !!

~इश्वर देवकोटा~ मंसिरमा जम्मा गर्र्या दुइ चार मुरी धान प्वाल पारेछ भाकरिनै हे भगवान हाम्लाई होइन पापी दशैँ अझै उसैको रजाँइ त फेरी पनि ढाडे मुसैको !! ओछ्यानको आडमा थियो मान्द्रे भकारी कति चोटी लखेटेको रातमा हकारी

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~उत्तम भौकाजी~ समाऊ- मेरा यी हातहरू समाऊ मलाई तिमी आफूजस्तै निष्कपट बनाऊ । सङ्घारमा- शकुनको दियो बलिरहेछ दियो सँगसँगै चलमल चलमल

Posted in कविता | Tagged | Leave a comment

चिनियाँ लोक कथा : बाँदरको कोसेली

~सङ्कलन : ओजस्वी भट्टराई~ चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीति कविता : आफ्नै आँसु पुछ्न सकिन

~श्रीपुरुष ढकाल~ तिम्रो आफ्नो बन्छु भन्थेँ पराइ पनि हुन सकिन सबको आँसु पुस्छु भन्थेँ आफ्नै आँसु पुछ्न सकिन तिम्रो साथ पाउँदा लाग्थ्यो सारा खुसी, मेरो नै हो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रात

~बिनोद खड्का~ अध्याँरोको प्रतिबिम्ब हो रात प्रकृतिको नियम हो रात अविरल यात्रा हो रात यथार्थ हो रात श्रृजनाका लागी

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : एकदिन हाम्रोपनि दशैं आउने छ

~सरल सहयात्री पौडेल~ आमूल परिवर्तनको अभियानमा तिव्र गतिले हुइकिरहेको वर्तमान नेपालमा हरेकवर्ष आइरहने हिन्दुहरुको ‘महान चाड दशैं’ फेरि पनि आइरहेको छ । म आफुपनि एक हिन्दुको छोरो हु“ । तर म, मेरो परिवार आश्रीत जीवनमा वाहेक आफुलाइ हिन्दु वा कुनैपनि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : बगेको छ मूल

~कृष्ण वस्ती~ धरतीमा कलकलाउँदो बगेको छ मूल। सिर्जनामा फुलेको छ,अजम्बरी फूल ।। चुम लिम्बूले छोएपछि मसी गीत बन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : अभिलषित यात्रा

~प्रह्लाद पोख्रेल~ सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ? खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : खहरेको जिन्दगानी

~शशीकला थापा सुब्बा~ खहरेको जिन्दगानी कहिले चट्टान कहिले भिर . बगिरहन्छ एकोहोरो आफ्नो लुकाएर पिर बुझ्यौ भने हर थोपाको आफ्नो-आफ्नै कहानी हुन्छ तिर्खाएर हेरयौ भने मात्र केवल पानी हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अतिथिको जङ्गलमा

~भक्तराज न्यौपाने~ हराउँदा अतीतको जङ्गलमा फुत्त निस्कियो सम्झनाको घाइते डमरू । हेर्दाहेर्दै घुर्रघुर्र गर्दै पु-यायो पूर्वजिन्दगीको ओडारमा

Posted in कविता | Tagged | Leave a comment

कथा : उदाउंदो सूर्य

~गोविन्द श्रृङ्खला~ “उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मूर्तिकार

~जीवन आचार्य~ थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर म ती हातहरूको प्रशंसा गर्दै त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु एउटा मूर्ति चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्न मलाइ डर लाग्छ

~श्यामदास वैष्णव~ जीर्ण-शीर्ण खंडहर झैं घर रोग र व्याधी गन्ध र फोहर भोका नांगा जनता जर्जर देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।। रुढी-बूढी अन्ध विचार

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मन

~विष्णु विभु घिमिरे~ सर्पको बिषालु दाँत जस्तै मान्छेको जहरिलो मन पनि सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ मान्छेको पापी मन पनि उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ साधारणतया र्सपले सधैँ डस्दैन साधारणतया मान्छेको पनि

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो “सम्मान” कहिले हुन्छ?

~लक्ष्मण नेवटिया~ जब श्रीमान् जहाँपनि हामफालेज्यूले पाउनु भयो प्रायोजित सम्मान माथी बाट बधाई दिनेको तांती लम्बेतान भित्र भित्रै यसले किन पायो कसरी पायो चल्दै थियो घमासान। पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला उस उसलाई फुर्क्यायो होला, मिलायो होला फोहरी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मोनालिसाको चित्र

~मञ्जु काँचुली~ आधा आँखा हाँसेको छु त आधा आँखा रोएको छु आधा मन अघाएको छु त आधा मन भोकाएको छु यी झुत्रे आशाहरूलाई आँखाको आधा सुकेको पानीले टल्काएर यो मनलाई

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले छायाँसँग खसेँ

~दिनेश अधिकारी~ कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ जिन्दगीले घेरिरह्यो कतै जान पाइएन मात्तिएर छेउकुना छुन पनि पाइएन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : एक दिन बसाइ भयो

~भुवन निस्तेज~ उनको घरमा के एक दिन बसाइ भयो आज सम्म फगत जग हँसाइ भयो भूल आफ्नै नजरले गर्यो के गरुँ द्यौता जसलाई भन्थे कसाइ भयो

Posted in गजल | Tagged | Leave a comment

कविता : रिसाइकल मनहरु

~प्रकाश सुनुवार ‘निराकार’~ भत्किंदै चुलिएका मनहरु लगातार प्रहार भइदिंदा एस्तो लाग्छ रोपिएको कोमल प्रेम फेरि पनि ढले भने सजाय विछोड सम्झी भोगी सहिदिउँला बरु । भत्किनुको पिडा बोकेर सुनामी भन्दा विभत्स छाल छछल्कीएर

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : के नै भनूँ साथी ?

~शेखर ‘अस्तित्व’~ बहरको नाश गर्दैमा गजल के नै भनूँ साथी ? सबैले ‘वाह’ भन्दैमा गजल के नै भनूँ साथी ? गजल हो भन्नको लागि गजलका तत्व चाहिन्छन् ! कुनै ‘ठूला’ ले रच्दैमा गजल के नै भनूँ साथी ?

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु उनन्साठी

~मञ्जुल~ सबभन्दा दुर्गन्धित हुन्छ अक्षरहरुको लास संसारको कुनै पनि अत्तरले मेटाउन सक्तैन त्यसको दुर्गन्ध फतफत कुहेर झर्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न केही अरू

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा सारा वैभव, मान यो समयले पारोस् खरानी बरु मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू ! मेरो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म आसावादी थिएँ !

~रबिन पुरि~ हावाले हानेको दियोबाट म प्रकाशको आसा गर्दै थिएँ ! औसीका रातहरुमा जुन र तारा हेर्दै थिएँ !! चर्किएका माटाको भाडाहरुमा पानीका थोप्पाहरु नाप्दै थिएँ ! खियाले खाएका फलामलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनु सुनु लाग्छ अचेल

~गोविन्द रावत~ कोईली जस्तै वोली तिम्रो ,सुनु सुनु लाग्छ अचेल अमर अटूट प्रेम गाथा, बुनु बुनु लाग्छ अचेल।। दिनमा भोक रातमा निद्रा, हराईसक्यो हेर मनु एकै होस शब्द तिम्रो, सुनु सुनु लाग्छ अचेल।।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन-चङ्गा

~लेखनाथ पौडेल~ कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार। भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।। दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा। फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।।

Posted in कविता | Tagged | Leave a comment

कथा : मुलाको अचार

~लेखनाथ काफ्ले~ मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment