Tag Archives: nepali sahitya

कविता : फेवा ताल

~भिमदर्शन रोका~ पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ—

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्न गाह्रो

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात भकुन्डो उचाली शशी भन्न गाह्रो उनासी नपुग्दै असी भन्न गाह्रो बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~ २०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बहरबद्ध गजल : अब जीन्दगी रहरै भयो

~जीवराज बुढाथोकी~ रमिते सधैं कसरी बनौं, अब जीन्दगी रहरै भयो । दिनरात बर्ष सबै गनी, अब जे छ त्यो कहरै भयो । अब वीरगञ्ज खुल्यो भनी, किन मख्ख पर्नु रमाउँदै, अनुमान त्यो सहजै गरौं, जसरी हिंजो जहरै भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरी प्रिया

~सदानन्द अभागी~ मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी हाँसो रोदन संसारमा प्रकृतिको नियम हो दार्शनिकले अध्ययन गरेका छन् थरीथरी

Posted in गजल | Tagged | Leave a comment

कविता : बुद्ध

~बिमल गुरुङ~ शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार ! मलाई लाग्दैन गेरुबस्त्रले मान्छेलाई बाँधेको फलाम काट्न ह्याक्सको काम गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : जिन्दगी : एक हाइवे

~फणीन्द्र संगम~ यात्राबाट थाकेको मान्छेले आराम चाहन्छ, तर मनस्थिति थकित भयो भने ऊ यात्रा गर्न रुचाउँछ। फ्रेस गराउँछ यात्राले। सँगालिएका नयाँ भोगाइ र अनुभूतिले उसलाई ऊर्जा दिन्छ, आउने दिनका लागि। राजधानीको उकुसमुकुस गुम्स्याइलो भिड, ट्याँट्याँटुँटुँको कोलाहल, सधैंको उही व्यस्त सेड्युल। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाम्रो देशमा

~कल्पना पौडेल जिज्ञाशु~ भ्रष्टाचारीले सम्मान पाउँछन् हाम्रो देशमा उनकै मात्र गुणगान गाउँछन् हाम्रो देशमा जनतालाई जातजातिका विरुद्धमा उतारेर भाईभाईको बीचमा लडाउँछन् हाम्रो देशमा

Posted in गजल | Tagged | Leave a comment

कविता : क्रान्तिलाई समर्पण

~गोविन्दप्रसाद आचार्य~ कोटी कोटी सलाम छ आऊ, प्रेमले चुम्बन देऊ न्यानो अभिवादन छ यी बस्तीलाई उज्यालो देऊ स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ क्रान्ति जीवनको आशा

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~गिरीप्रसाद बुढा~ जनताका खुशी लुट्नलाई मन काला हुनेहरूले झोलामा बम लुकाएर डुल्दै गर्दा सङ्घीयताको जपना गर्नेहरूले विखण्डनको तरबार उठाएर नेपाली छाती चिर्दै गर्दा मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नै तालमा छन यहाँ

~नवीन बस्याल~ देशका नेता सबै आफ्नै तालमा छन यहाँ लुटेर खाने सबै कार्य कालमा छन यहाँ राष्ट्रमा केही रोजगार छैन गरिबलाई भ्रष्टाचारी यी सबै स्वार्थी चालमा छन यहाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : डुब्न नदिऔं देश

~हेमबहादुर गन्धर्व~ देश आज प्रत्येक घण्टा घण्टामा प्रत्येक मिनेट मिनेटमा र, प्रत्येक सेकेन्ड सेकेन्डमा डुबिरहेको छ भनिन्छ देश डुब्न समुन्द्र्र फर्केर आउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ओम् श्री गणेशाय नमः

~राकेश कार्की~ सीमाना हराएको मेरो देश तीनतिर खुल्ला छैन बन्धन त्यसैले सन्तुलन हराएको छ तानी रहेछ तीनतिर हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि उतै तानिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत म टुक्रिएं, निचोरिएं…

~ऋचा तिवारी शिवाकोटी~ ‘मैले वर्षात् महिनामा तिम्रा यौवनमा निथ्रुक्क भई लाएको चोखो माया आज किन चैतको खडेरी र बतासले उडायो ? हामी बीच एउटै हृदय भनी अनेक बाचा, कसम गरी यो हृदयको सिहांसनमा सजाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भन्दा टाढा दौडें

~बिभोर बराल~ दौडें, दौडें धेरै दौडें सबैभन्दा छिटो दौडें अरुलाई उछिन्ने होडमा आँफैलाई छाडी दौडें आफै भन्दा टाढा दौडें न घाउ लागेको पत्तो भयो

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७४

~सिस्नुपानी~ भन भन भाइ हो – देउसिरे भन भन बैनी हो – देउसिरे कुनै बेला हाम्रो – देशैमा भ्रष्टाचारको – केसैमा अख्तियार भन्ने – राज्य थ्यो लोकमान भन्ने – राजा थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : रानी तरुल

~ध्रुवसत्य परियार~ राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : खुसी र सुख आफैभित्र छ, कसरी खोज्ने ?

~अज्ञात~ एउटा घतलाग्दो कथा छ । एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

नैतिक कथा : कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु।

Posted in नैतिक कथा | Tagged | Leave a comment

बाल कविता : रिस

~मोहन कोइराला ‘ललित’~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : कालो वादल छायो

~ध्रुव थापा~ हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, साथी संगी इष्ट मित्र सवै टाडा भए आफैले लाएको घाउ झनै गाडा भए, जाति धर्म वर्णभेदले सबै टाडा भए ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पाइन र रोएँ

~राजेश राई~ साथ खोजें पाइन र रोएँ हात खोजें पाइन र रोएँ युगलाई परिवर्तन गर्न जमात खोजें पाइन र रोएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ घाउ नै लेख्नू

~पुर्णविराम~ बाढी र खडेरीको कुरा लेख्नू त्यहाँबाट सावधानीपूर्वक मलाई स्वतन्त्र भएपछि प्राप्त हुने मेरो साँझ खेर नजाने गरेर । लेख्नू धमिलो देखिए धमिलो लेख्नू

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कविता

~केदार श्रेष्ठ~ नीला, निर्मल आकाशको काखमा उज्यालो आँखा लिएर शीतल हावालाई अगालो हाल्दै आकाशैसङ्ग पाखुरी मिलाउँदै निर्धक्क कावा खाइरहेका पंक्षी देख्दा आँखाले

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बुख्याँचाहरू

~भीम खतिवडा~ अत्याधुनिक युगमा जन्म लिएकामा चिन्ताले पोल्दैछ मन। चिम्पान्जीको क्रममा नै जुनी मिले आज अनुसन्धेय भैसकिन्थ्यो। बाह्रौँ शताब्दीको मगल अब एक्काइसौँ शताब्दीमा के उड्न सकोस्। गँगटो जन्मतः च्याप्न जान्दछ शत्रुलाई। सूर्य म नजन्मिएकै भए नि हुन्थ्यो। मान्छेहरू जन्मने र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : मिसाएर लेखें गजल

~निर्मला अवस्थी~ तिम्रो मेरो माया संगै मिसाएर लेखें गजल ह्रदयका पीडाहरु बिसाएर लेखें गजल।। धेरै भयो तिमीलाई नदेख्दा म आँत्तेकी छु तिमी साथ नहुनाले रिसाएर लेखें गजल।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पात डालीमाथि

~लक्ष्मण वियोगी~ मनकाे फूल उडिगयाे पात डालीमाथि भरकाे घर बनाएकाे रैछु जालीमाथि बतासले सुसेल्दा झन झनै दुख्छ मुटु

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : विगतका गल्ली गल्छेंडा हुँदै

~कृष्णचन्द्रसिंह प्रधान~ सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ । यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : सम्बन्धहीन सम्बन्ध

~रजिन पनेरु~ असमान सम्बन्धमा म तिमीलाई मुटु बन्धक राखेर प्रेम गर्न सक्दिन ओ ! मेरी सपनाकी राजकुमारी ! मलाई माफ गर म तिम्रो राजकुमार दिक्पाल होइन जो सहजै स्फटिकका खम्बा काटेर भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : खुमबहादुर चिरञ्जीवीको संझनामा

~अर्जुन पराजुली~ लय : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाले जहाँ भेट्थे च्याप्प समाई ढोग्थे ससुराले आज बाले ससुराले थु थु गरी … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

छन्द कविता : प्रलय-पथ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment