Tag Archives: nepali literature

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~ यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : हजुर गजबसँग घुर्नुहुन्छ

~धीरेन्द्र प्रेमर्षि~ जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : अनावश्यक गीतका छायाहरू

~इश्वरवल्लभ~ अनायास कहिलेकाहीं गीतका पंक्तिहरु लेख्न बस्छु, फेरि पनि – जसको कुनै आवश्यकता छैन यस्तै आवश्यकता नभएको अभिचार सधैं गर्न खोज्छु, शायद मलाई लाग्न थाल्छ कि त्यसैले पनि हराउँछन् म भित्र भित्रै पानीहरुझैं बगेर जान्छन् तिनका रूपहरू अँध्यारा र अस्पष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुष्कर लोहनीका सोह्र हाइकु

~पुष्कर लोहनी~ डढेँलो लाग्दा पोतेको कालो ढुङ्गा आफै तर्सिने । **************** जुधेको हावा फूल ओइलाएछ पानी खोजेको । **************** घोडा सम्झिँदा कुकुरले सुँघेछ

Posted in हाइकु | Tagged | Leave a comment

गजल : केही छैन

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले हेरेकै हु आँखा अन्तै फर्कायौ,केही छैन आखिर माया नगर्नेलाई मन परायौ,केही छैन ए ! मन र मुलुकलाइ माया गर्छु भन्नेहरु हो

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : विलियम वर्डस्वर्थको निवासमा रोमान्टिक मन

~कृष्ण बजगाईं~ ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : परालकाे आगाे

~गुरुप्रसाद मैनाली~ (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समुद्रलहरी

~वसन्त शर्मा लुइटेल~ सुन सुन पाँच हो ! म केही भन्छू । समुद्रका लहरि झैं मनमा गुन्छु ।। छोटा बडा सबल् भन् भन् भन्छू । कर्मविशेषको काज कहन्छु ।। क्षत्रि र वैश्य ब्राह्मण जाहाँ । उत्पत्ति सबको यही लोकमाहा ।। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास

~पारशमणी सम~ नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : जुनि-जुनि सम्म

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी जताततै मेरो नाम त्यस्तै तिम्रो पनी

Posted in कविता | Tagged | Leave a comment

कविता : पथिक-प्रेम

~सोमनाथ सिग्देल~ सफर गरी अति टाढा आयें आशा लिई गाढा । पाऊँ म आज खास प्रेमसँगै आश (स)पाश (स)मा वास ।।१।। नगरी नगरी-वास त्यागी कान्तारको त्रास । आयें नलिई धन्दा दौडाउँछ कामको फन्दा ।।२।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दशै नजिक

~रिजाल किरण “अन्जान”~ छन्द : उपजाति दाह्राहरुमा अब धार लाग्ला पक्कै अनेकौ कति मिष्ट पाक्ला चिच्याउँदै त्यो घर आगनीमा विहान साझै कति कान खाला ।। बन्ला अनेकौं परिकार चट्ट

Posted in छन्द कविता | Tagged | Leave a comment

बाल गीत : कोरोना कहर

~बिमला ढुंगाना~ कोरोना कहर गाउँ र शहर छायो है छायो है न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है लौन …..के रोग आयो है लागेमा एकलाई परिवार घरका भ्याउँछ जहानै श्वासमा सार्यो शरीरलाई गार्यो बृद्ध वा जवान नै

Posted in बाल गीत | Tagged | Leave a comment

किराँती दन्त्यकथा : हिमालय पर्वत कसरी बन्यो ?

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : सुन्दरी

~पुण्यनाथ लोहनी~ सूधा सरी केहि युरोपि भाषा । टाप्टूप बोली युवतीकी आशा।।

Posted in कविता | Tagged | Leave a comment

कथा : मट्ठु

~खेमराज पोखरेल~ म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ । म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : चारधाम

~नेकी धनेन्द्र~ नेपालगंज बसेर कुनै पत्रिका चलाउनु भनेको एउटा गरिव परिवारले साँझ विहान छाक टार्नु जतिकै मुस्किल हो । आफ्नो पेट पाल्नका लागि जति संघर्ष गर्नु पर्छ त्यो भन्दा पनि ज्यादा परिश्रम हुँदो रहेछ पत्रकारितामा । तै पनि चौथो आँखा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

बिमला ढुंगानाका पाँच सेन्र्यू

~बिमला ढुंगाना~ पराया देश डलर को भकारी बिकेको तन | बग्यो खहरे लतार्दै यी परेली पीडाको भेल | आँखामा गाउँ

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : अपेक्षा

~प्रयास लामा~ जिन्दगी त थियो नै गाह्रो। मलाई छोडी उ हिडी, मन बुझाउनै साह्रो। कोरोनाको हावा छ चारैतिर। कहिले काहिँ त सोच्छु, पिडा पनी यसरीनै सरी दिए, सायद उसले बुझथ्यो। हात छुदाँ माया पनी सर्ने भए पुग्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : मुटुमा रोपिएको तीर

~वफा फेल~ मुटुमा रोपिएको तीर निकाल्न सकिँदैन॥ मरिसकेको मान्छेलाई फेरि ब्युँताउन सकिँदैन॥ पोलेका घाउहरू दिनदिनै चर्याइरहन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ………….लिएर आएँ ।

~दीपक कुमार ज्ञवाली~ उदाए रवि झमल्ल भएर संसारै उज्यालो भयो हेर कहिँ छैन अँध्यारो कुनाकन्दरामा सुदुर पश्चिमदेखि पूर्व सबै समान कहाँ छ यस्तो सुख सुबिधा सम्पन्न रोग भोक अशिक्षा बिहीन समाज कोहि छैनन् दुःखी मेरो राज माहाँ

Posted in कविता | Tagged | Leave a comment

कथा : माहुरी, फूल र मान्छे

~आनन्द पौड्याल~ एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

रुबाई : कुकर्म छोपँदै

~लकाश पौडेल~ हजज/पंचचामर ) गरी कुकर्म छोपँदै बसेनि ढुक्कछौँ भनी खुलेर एकफेर यो यथार्थ हुन्छ कैँ पनि

Posted in रुबाई | Tagged | Leave a comment

पुस्तक समीक्षा : अपाला महाकाव्यमा दृष्टि

~सदानन्द अभागी~ परिचय– लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

साहित्यिक भलाकुसारी : पितृसत्तात्मक समाजले विधवालाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको छ

~भारती गौतम~प्रस्तुती : विश्वराज अधिकारी धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ । ‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

नाटक : महर्षि व्यास

~आकाश अधिकारी~ पात्रहरू: १) पराशर ऋषि २) माझी-(मत्स्यगन्धाको बाबु) ३) माझीकी श्रीमती ४) मत्स्यगन्धा ५) वेदव्यास ६) चेदी देशका राजा ७) चेदी देशकी रानी ८) सिपाहीहरू दृश्य:-(१) ( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कविता : म धेरै कुरा बुझ्दिन………….

~मिजास तेम्बे~ म आफूलाई हेर्न भ्याएसम्म हेर्छु, धेरै कुरा आफ्नै पनि छेलिदो पो रहेछ, कति कुरा आफ्नै पनि नबुझिदो रहेछ म र मेरा पुर्खा कताबाट आए ? बंशावलीको लहरोले भ्याउँछ ? म पुग्न चाहन्छु धेरै पछिल्तिर……..

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौं सताब्दीमा पनि मेरो गाउँ

~जे पि राई~ भरखर आज माघको तश्रो हप्ता जाँदैछ धेरै धेरै माघहरु यसरीनै आए गए मैले खुद भोगेको छु अनि देखेको पनि छु कि माघको चिसो ठिहीसंग विवशतावस पौठे जोरी खेलेको छु अनायास महाभारत लडाइ लडेको छु टालेको लुगा त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिया र चिन्तन

~निकेश लिम्बु~ उहिले बाजेको पाला देखि नै सुन्दै आएको ‘सुनको बोट’ भन्दै षडयन्त्र र शोषणको जाल बुन्दै आएको। यो कथा यो व्यथा, मर्मको व्याकुलता धेरै पुरानो छ डरले काल्लेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘दशैंहरु’ पछिको दशैं

~डा.मधु माधुर्य~ ….. कहिले थिएन र यहाँ दशैं ? र दशैं आयो भनेर रमाउने गर्छौं हामी “बोका”हरू ?? ….. * * * * * ….रातो टीका, हरियो जमरा र मायालु घाम

Posted in कविता | Tagged | Leave a comment

संस्कृति परिचय : मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

~धीरेन्द्र प्रेमर्षि~ परिचय : कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : किनारको बोधि छैन

~इश्वरवल्लभ~ किनारको अतिरिक्त नदीको दायाँ बायाँ केही छैन, नदी बग्छ त्यसैले किनार बग्दैन त्यो स्थिर स्थापत्य जस्तो नदी हेरिरहन्छ । अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन भएन, त्यो अग्लो विश्वास जस्तो नदी हेरिरहन्छ।

Posted in कविता | Tagged | Leave a comment