Tag Archives: nepali literature

गीति कविता : अन्तर्मन

~मधुश्री~ म खोजेर रोएँ मेरो शान्त मन म रोजेर रोएँ अशान्त जिवन नदेखेर रोएँ प्रतिबिम्ब आफ्नो म देखेर रोएँ ज्ञान कुँञ्ज सानो

Posted in गीति कविता | Tagged | Leave a comment

चिन्तन : कसरी जगाउने आफूभित्रको मानवलाई ?

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको, ज्ञानको अनादर हो । कसैले हामीलाई दुःख-कष्ट दियोभने हामीलाई अपि्रय हुन्छ र सुख मिलेमा पि्रय हुन्छ -तरपनि मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ । युद्ध मानव समुदायकालागि त्याज्य … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

कविता : तिमी हिमाल झै अटल हुनु

~पल हिरा~ तिमी हिमाल झै अटल हुनु म सेती झै भासिए पनि तिमी फूल झै फक्रिनु म नुन खाए झै ओइले पनि तिम्रो लागि सिङो जिबन हारी दिन्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~ भाग : १ “तिमी आखिर यस्तो किन छौ ?” “तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?” “यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिवसताले जन्माएका लाखौं बुद्धहरु

~बि कुलुङ रंगबुले राई~ ओ बुद्ध ! तिमीले त केवल त्यो सत्य युगमा एक भोक एक रोग र एक शोकहरुको टेलर के मात्र नै देखेको थियौं मन खिन्न पार्यौ त्यसरी

Posted in कविता | Tagged | Leave a comment

पुष्कर लोहनीका छ हाइकु

~पुष्कर लोहनी~ १, भरिन खोज्ने रित्तो भाँडो अगाडि पोखिने हो कि । २, गाढा सपना घाम छिरिहालेछ रापिलो माया ।

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमी मेरै नजर्माछ्यौ

~इन्द्रकुमार ‘विकल्प’~ मैले सम्झेँ तिमी मेरै नजर्माछ्यौ सधैँ मुस्कुराउने मेरै अधर्माछ्यौ बेकार रै’छ सम्झीसम्झी ज्यान सुकाउनु थाहा छैन अचेल कुन लहर्माछ्यौ

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : नाचुमेले चुमेको सफलता चुम्दा

~कृष्ण बजगाईं~ प्रसिद्ध जापानी उपन्यासकार नाचुमे सोसेकीको अवाञ्छित सन्तानका रूपमा आगमन भएको थियो। भर्खर जन्मेको बालकले पनि त्यो घरमा खुसी भने थप्न सकेन। परिवारका छैटौं सन्तान नाचुमेलाई बोझका रूपमा लिइयो। वर्ष दिनको नहुँदै बाबुआमाले उनै नाचुमे निःसन्तान दम्पतीलाई जिम्मा लगाए। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : भिडभित्रको मान्छे

~स्वर्निम गुरुङ~ सडकको छाती भरि जीवन धान्ने क्रममा धनार्जन गर्न रोजगारी गर्नैपर्ने वाध्यतावश कहिले गर्मीको तापमा पसिनाको बलिन्द्र धारा बगाउदै कहिले कठ्यांग्रिने जाडाले सन्न भएको शरिरलाई वस्त्रले तातो पार्ने असफल प्रयास गर्दै कहिले एकोहोरो बर्षामा रूझ्दै भिज्दै

Posted in कविता | Tagged | Leave a comment

कथा : मायाकाे डोरी

~भावाना लुँईटेल ~ आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुख् हँसाई

~शम्भुप्रसाद ढुङ्गेल~ जुटेको कलेजा छुटाई बलैले शरद्चन्द्र झैं मुख् हटाई करैले । अलिक् दिन् वियोग्को गरम् स्वास् बहाई बिदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।१।। फुलेको छ भर्खर् कलो छाइ वास भमर्लाइ सर् ख्वाउने गर्छ आश ।

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : सेतेसँग म

~गोपाल विरही~ (१) मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशको नक्सा

~कविता राई~ म कोरिरहेकी छु देशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा आफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छ पर्खाल उठाउँछु सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र उमेर

~भीष्म जोशी~ गाउँ-घरमा, टि.भी थिएन, टेलिफोन थिएन । इन्टरनेट झन् कसरी हुन्थ्यो? अफसोच! बत्ती पनि थिएन ।। तर, रानीकुला थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हगि बा !

~प्रकाश सापकोटा~ चढाएर पिठ्युँमा टेकेर चार हात-खुट्टा समात्न लगाउँदा आफ्नै कान तानिदिन्थेँ मैले दायाँ र बायाँ पालैपालो हट् घोडा हट् भन्दै लगाउँदै आँगनमा चौध चक्कर मलाई कहिल्यै नदेखाएको त्यो घुँडा पत्र पत्र छाला जाँदै पुरिँदै जोत्दा जोत्दा बुढो भइसकेको

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सच्चा सुत कहलाइ

~रिजाल किरण~ छन्द : दोहा अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम बकबास बेसि नगर है हे विदेशी गुलाम मीठा मीठा बातको अब हुने छैन काम हामी लोक झुक्याउने कदापी त्यो नठान । देश द्रोहको काम यो छोड्देउ गर्न लाई

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : असीम माया

~बिष्णु खरेल~ बशन्त यो सुवास छायो , कोपिला मुस्कुरायो। मायालु मन हृदय छोयो , संसारै रमायो। स्वप्निल संसार ,मायाको साथ भाग्यको खेल यो। मोहनी रुप , त्यो कर्के नजर अनौठो मेल यो।

Posted in कविता | Tagged | Leave a comment

गीत : मैले तिमिलाई धेरै …

~गोबिन्द ओझा~ मैले तिमिलाई धेरै समय सम्म खोजिरहे मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेम मातृभूमिप्रति

~डम्बर बिकेल~ छु म आमा, सात समुद्रपारि ठूलो सहरमा किनेको छु मैले सुन्दर एउटा महल त्यही सहरमा वरिपरि ठुलाठुला महलहरूबिच एक्लो छ मेरो महल त्यही एक्लो महलभित्रका मान्छेहरूबिच

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीको कथा

~सीमा थापा ‘सीमाना’~ पानी जो यत्र तत्र सर्वत्र छ जसको न स्वाद छ कुनै आफ्नो रङ्ग हुन्छ न कुनै सीमितता न कहीँ बासस्थानको स्थाइत्व न कुनै उमङ्गले छुन्छ शिलशिला हो जो बगिरहन अटुट हजार नागवेली घुम्तीहरु मोड्दछ बाटोभरि कयौं अपरिचित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~ साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ । एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मलाई खुसी पार्नु पर्दैन

अन्तै खुसी छौ भने मलाई खुसी पार्नु पर्दैन, Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : गुनासो

~कृष्ण धरावासी~ बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तमोर र काबेली

~राज मावाे~  ए कुंबा!     कुम्भकर्णको दायाँ बायाँ, केसरासी जस्तै भई बसी, आकास र धर्तीलाई साछी राखेर…. तमोर र काबेलीले अजम्बरी माया माथी एउटा बाचा हालेछन्। हामी तल-तल दोभानमा भेट्ने अनि तिमी ममा म तिमीमा समर्प्रीत हुने… तमोर दाईने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलिजुग लागेको सवाई

~वसन्त शर्मा लुइटेल~ सुन सुन पाच सुन सत्यजुग गयो कलिजुग लागेको सवाई कहन्छु बुझिनसक्नु कलिको रङ्ग चौथो प्रहरमा पार्‍यो भताभुङ्ग डगमग पृथिवी भयो कम्पमान भतगाउन लाग्यो देउताको थान भदगाउ तलेज्यु सतिकि माई भैचालो आयो भदगाउ जाई झिङटिको छाना भताभुंग पार्‍यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकछन्द : विगत र वर्तमान

~गोविन्द अर्याल~ विषय प्रवेश शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्तमान भारतीय नेपाली कविताका स्वरहरू

~डा. राजेन्द्र भण्डारी~ 1.लोकलयास्रितता भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

जीवनी : सन्तकवि ज्ञानदिलदास

– प्रस्तुती : विनोद दाहाल पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

समीक्षा : सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

~डा. राजकुमार छेत्री~ नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment