Tag Archives: nepali literature

कविता : हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा

~स्नेहलता राई~ हुने बिरूवाको चिल्लो पात भारतीय गोर्खाहरूका श्रीपेच डा. महेन्द्र पी लामा. म यस्तै सम्झन्छु जब सिंहमारी तेस्रोमा भानुग्रामको त्यो प्राथमिक पाठशालालाई देख्छु उऩको विद्याको प्रथम घडेरी म जस्तै शिक्षक-शिक्षिकाको काखमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं

Posted in कविता | Tagged | Leave a comment

नाटक : काला सेता रङ्गहरू

~राजु प्रधान “हिमांशु”~ प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी – एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

भीष्म जोशीका पाँच मुक्तकहरू

~भीष्म जोशी~ १. यै बेला पैसाको अभाव आयो, बाइक किन्नै पर्ने दबाब आयो । नाइँ ,त्यो फिल्म म हेर्दै हेर्दिन, ट्रेलर हेरेरै तनाव आयो ।। २. कहिलेकाहीँ केटीको टेन्सन ,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पर्खाल ढाल्न आउँछौ की ?

~इन्द्रकुमार ‘विकल्प’~ तिम्रो मेरो बीचको पर्खाल ढाल्न आउँछौ की ? छियाछिया मुटु मेरो टाल्न आउँछौ की ? अँधेरीमा जूनकीरी गिज्याउन थाले धिपधिप बत्ती तिमी बाल्न आउँछौ की ?

Posted in गजल | Tagged | Leave a comment

कविता : धेरै दिनपछि आँखा उघारेर हेर्दा !

~सुजन बुढाथोकी ‘कान्छा’~ उज्यालो प्रकृति आफै कालो भयो जब एक अलौकिक ईतिहास बोकेर यो सृस्टिमा सबैभन्दा ठूलो दृष्टि बिनासक ग्रह खस्यो,र बस्यो आकासको सट्टामा जिवनभर त्यही डेरा जमाएर । बिकिरणबाला रे

Posted in कविता | Tagged | Leave a comment

किराँती लोककथा : वालिङहाङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : वियोगिनी सन्ताप

~पुण्यनाथ लोहनी~ सासू देखिसहन्न नन्द बजिनी आँखा तरी मर्दछे जेठानी मुसुमुन्द्रि क्यै चुक भये लाई खुशी पार्दछे । चाकरहेरु नटेरने पति भने पर्देशमा राज् हुने चिर्छन छाति चरक्क कामशरले कुन् युक्तिले बाँचने ।।१।। देख्दा हाय ! वसन्तको समय यो छाती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा प्रश्न ?

~द्वारिका छेत्री~ यदि नहुदो हो संसारमा हवशको पुजारी वेश्या कदाचित हुने थिएन नारी जन्मैले कोही वेश्या हुदैन वेश्या हो अवसरवादी समसमाजको मानसिक विकृतिको चिन्हारी। सम्भव थिएन देहको व्यापार यदि नहुँदो हो शहरमा खरिदार

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~शम्भुप्रसाद ढुङ्गेल~ वचनका रचन्मा फसेको छु आज तिमीदेखि क्यै छैन मेरो इलाज । कडा इश्कका आँचले चित्त भूटयो तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।। मुहार्को जुहार् चम्किलो देखि आयें

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता

~डा. मधुसूदन गिरी~ समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

खण्ड-काव्य : युद्ध र योद्धा

~अगमसिँह गिरी~ युद्व र योद्वा [खण्ड काव्य] युद्ध, र स्वत्व अभिव्यक्ति   एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्‌, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी ‘याद‘ (सन्‌ १९५५) र ‘आँशु’ (सन्‌ १९६८)-पछि … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कथा : रमा

~भवानी भिक्षु~ कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : नि:शब्द

~ज्ञानेन्द्र रसाइली~ भाग-१ बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बर्थडे

~सुरेन उप्रेती~ नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~ पोहोर सालै किरिया हालेथ्यौ कान्छा, दसैंमा घर फिरि आउने चौबन्दी,चुरा र फुलबुट्टे फरिया, दसैंको कोशेली बोकी ल्याउने । डाँडा घरे जेठा तामाङ घर फिरि आका , गोडा दशेक दिन भई सक्यो क्यारे।

Posted in कविता | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका बाह्र मुक्तक

~डा. ऋषि बस्ताकोटी~ गाउँ बग्दा बाढीले सबै लालाबाला लग्यो भन्छन, खेतभरि असिनाले धानको बाला लग्यो भन्छन, आउन त आउँदै थिए उनीहरू हाम्रै उद्धार गर्न- विचरा, मालाले तिनको गलाको छाला लग्यो भन्छन् । ***************************** अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो, सीमा नदीबाट बेचिएको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~ आँखा रसाउँदैन उसको कसैको दुःखमा अब अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा उखुबारीमा रक्ताम्य लाश देख्दा नि आफ्नै छोरीको । ऊ त उफ्रयो झन् उन्मत्त खुसीले घिसारेको देख्खा एउटा सहयोद्धालाई काँडाघारीमा पुलिसले ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : समुन्द्र व्यापारीकी स्वास्नी: एक चिट्ठी

~लि बाई~ अनुवाद : पर्बत लावती जतिबेला मेरो कपाल निधारको सिधा पारेर काटिन्थ्यो म फूल चुँड्दै गेटको वरपर खेल्थेँ, तब तिमी बाँसको खुट्टे लाठीमाथि घोडा खेल्दै आयौ आरुबखडासँग खेल्दै तिमी म बसेको ठाउँ वरपर हिँड्यौ नमानी शंका वा घृणा, कलिला … Continue reading

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

कथा : अनुसूया

~माधव सयपत्री~ म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’ होटेलवाल्नी ऊ नै रहिछे । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोक कथा : बुद्व र कुखुरा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : शहरको मान्छे

~नेकी धनेन्द्र~ क्षितिज मात्र देखिने गरि वसाइ सरेपछि पहाडहरुको रमाइलो अनि मिठो स्वच्छ हावा पानीको वातावरणलाई कसरी अनुभुत गर्न सकिन्थ्यो र ? झन त शहर कस्तो पापी हुन्छ त्यसमाथि पनि खान लाउन नपाएर यहाँ पुगेका मान्छेको गति कस्तो हुदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~ कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र अब त देशको वारेमा पनि केही लेखांै न है मित्र के–के भईरहेको छ हाम्रो देशभित्र मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : खप्तड गंगा दशहरा मेला

~कमला जोशी~ जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

चक्रप्रसाद भट्टका दुई मुक्तकहरू

~चक्रप्रसाद भट्ट~ १ तन एउटै मन एउटै अफ्सोच जीवन भएन बाचा कसम प्रेमपनको अशल बन्धन भएन सँधै अभावै अभाव भईरहन्छ मलाई अव त

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्खाईमा

~निशा कटवाल~ तिमी बिनाको जीवन कहिले पर्खाईमा बिते, कहिले आँशुमा डुबेर बिते,, एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते, कयौं रात कयौं दिन ओजलमै बिते कहिले कहालिँदो रातमा ब्युझेर

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी पो भैसकेछु

~सागर बोहरा~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हराई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभात

~सोमनाथ सिग्देल~ हटयो मलिन आसुरी स्थिति विभावरीको विभा, प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। – विवेक सब वस्तुको हुनगयो नवालोकमा, खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥ उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा, सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा ‘

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~ (१) मानव–अधिकार कागतिजस्तो– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने

Posted in कविता | Tagged | Leave a comment