Tag Archives: kabita

कविता : ती कमरेड कहाँ छन् होला ?

~दिल थापा~ कालो पाइट र सेतो कमिज लगाएको सेतो कमिजको गोजीमा लालीकिल्ला जस्तो देखिने गरी कलम पनि राखेको खुट्टामा गोलिष्टरको जुत्ता लगाएको पछाडीपट्टि कालो झोला भिरेको मध्यम कद भएको चिम्सा आखा र थेप्चो नाक भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा कविता

~त्रिभुवनचन्द्र वाग्ले~ शब्दै शब्दैको समुद्रमा अक्षर अक्षरको सागरमा जब फ्याकिन्छु म आवाज\निर्आवाज गुन्गुनाउन थाल्छु माझी झैँ माझीहरू मेरा आवाजमा लय थपिदिन्छन् र आवाज कविता बन्छन् मेरा कविता माझीले गाइदिए पुग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोली हो

~लक्ष्मी प्रसाद देवकोटा~ क. गोली हो यो गोली हो, काननेर गाउँछ सुइँय ! रणको बोली हो आजको यो निम्ता भाइ ! बल्दो भोलि हो ! ख. चण्डीको यो गिडगिडी, रुद्रको यो तान ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेराे रङ

~शरद पाैडेल~ फूकाे रङ सुन्दर कि मेराे परिश्रम ? याे अाकाश विशाल कि श्रमले चाैडा बनेकाे मेराे छाति ? उचाई, सेताे हिमाल हाे कि स्वाभिमानले उठेकाे मेराे शीर ? गहिराइ, सागर हाे कि हाे मेराे हृदयकाे सतह ?

Posted in कविता | Tagged | Leave a comment

कविता : फलामे पर्खाल र एक ढिका

~राधा कार्की~ वर्षौं वर्षदेखि उभिएको फलामे पर्खाल विद्यमान थियो जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो मान्छेका सपना र मुटुहरू लुछ्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशका निर्माता

~विभूति भट्टराई~ संसारकै अग्लो सगरमाथाको देश ! शान्ति र ज्ञानका सर्वज्ञ बुद्धको देश ! सीता र भृकुटीले यश फैलाएको देश राजा जनकले स्याहारेको देश ! जयस्थितिको थितिले बाँधिएको देश ! पृथ्वी तरवार र दिव्य वाणीले एकीकृत देश ! महेन्द्रको एकताले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~प्रमोद अधिकारी~ तिमी पारी थियौ धेरै टाढा । कहाली लाग्दो भेल मैलो र घिनाउने षडयन्त्र र सन्त्रासको नदीरुपी समाज तरेर तिमीलाई भेट्ने विकल्प एउटै थियो – पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्तान्तर पछि

~सुवास खनाल~ उसको आँखामा मैले जीवनको उद्गम कथा पढेँ उसको खुसी फुल्ने मुहारमा म मुस्कुराएँ रोइदिएँ र खसिदिएँ उसका आँखाहरुदेखि तोतेबोलीमा लर्बरिएँ बनेर जिब्रो कमजोर हिँडाइका पदचापहरुमा लडेँ कैयौँपटक

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रासहरू

~शशी लुमुम्बु~ बतासहरू बहन्थे– मन्दमन्द तिम्रा आवाजहरूको आकाश लिएर । खोलाहरू हिँड्थे– कलकल तिम्रा सम्मोहिनी शब्दहरू बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनचर्या

~विमल निभा~ ऊ बिउँझन्छ र उज्यालोतिर ढाड फर्काएर भन्छः शुभप्रभात ! म तीव्र यन्त्रणामा जागराम छु दुई आँखाहरु जलिरहेका छन् मेरा र चुप छु यसरी उसको र मेरो

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~ चौबाटो बीच मा उनि चमक्क चम्किदा चह-चह चम्किएका तारा हरुलाई एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो, चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ चारैतिर चहक चम्काएको थियो, जतिबेला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शान्ति, शान्ति, शान्ति…

~अनिल श्रेष्ठ~ हे बुद्ध, खोजिरहेको छु मैले यहां …… शान्ति, शान्ति देऊ न हामीलाई यस धर्तीमा एकपल्ट फेरी …… शान्ति, शान्ति करुणा, दया, मुदिता संगसंगै हिमाल, पहाडदेखि तराईसम्म जगाईदेऊ न फेरी …… शान्ति, शान्ति हे कृष्ण, यस दुनियांको कुरुक्षेत्रवाट खोजीदेऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी के हो

~बिनोद खड्का~ जिन्दगी के हो जिन्दगी एक नशा केवल एक नशा हो पियक्कडहरुका लागी । जिन्दगी के हो जिन्दगी एक बहार

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बाध्यता

~शेखर ‘अस्तित्व’~ विदेशमा बाँच्नु पर्या छ ! खै कस्तो यो बाध्यता छ ! हर पल मेरो यो मन मुटुमा, मेरो प्यारो गाँउ-घरकै सम्झना छ !

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : माफ गर

~विमला तुम्खेवा~ आमाले भनेको सयौं भाकल गरेपछि तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि बिहे भएको सत्र वर्षपछि म जन्मिएकी रे। म, जन्मिंदा बाउले खुशीले तीनतले घर

Posted in कविता | Tagged | Leave a comment

कविता : चिबे

~भक्तराज न्यौपाने~ स्वतन्त्र नीलो आकाशको मन्द पवनमा निःसङ्कोच उडिरहन्छ चिबे को सक्छ रोक्न विचरणको यात्रा को सक्छ च्यात्न आकाशको सौन्दर्य ।

Posted in कविता | Tagged | Leave a comment

छोक : अभिलाषा

~बिमल गुरुङ~ सूर्यको किरण नपरेसम्म उज्यालो हुँदैन स्वदेशको लागि नमरी कोहि शहिद बन्दैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~छविरमण सिलवाल~ असन्तोषको ज्वारभाटामा रुमल्लिरहेको यो पापी मन भो पुग्यो, चाहिँदैन कहिल्यै भन्दैन शरीरको भित्री कुनामा लुकेर मान्छेहरूलाई जिउँदै डढाइरहन्छ डढेलो सल्काइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी प्यारीहरूका लागि हनुमानको खोजी

~प्रणिका कोयु~ योशा, श्रृंखु, मेधु तिमीहरूका फेसबुक बन्द गर कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई म कस-कसलाई बुझ्न जाअौं? अँ हो म भन्दैछु यो कुरा तिमीहरूकी आमाले जस्तै तिम्री नाना, तिम्रा छेमाले भन्दैछु यी सब

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वीको लक्ष्य

~रामेश्वर राउत ‘मातृदास’~ पातमुनि झर्दै गए हरियो हुन्छ पालुवाले हाँसी थमाइदिन्छु मुटु आज मागे यो देशले यही देशको ढुङ्गा–माटो, हावा–पानी यो जिन्दगी छटपटाई रुन्छ मन के दिई जाऊँ देशलाई ? चल्दो मुटु छातीबीच जन्मभूति यहीँ पाएँ कदम टाढा लम्किएथे आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाडी

~बिर्ख ‘क्रान्ति’~ मान सरोवरको ताल नाघ्दै, सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै, नाइल नदीको पूल तर्दै, २१ औं शताब्दीको, मेरै टोलतिर उडिरहेको छ मेरो गाडी ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~ छन्द : मन्दाक्रान्ता भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन् मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन् गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : हिजो र आजका मेरा दिनहरू

~मदन राई ‘लामाखुले’~ एउटै थियौ तर पछि छुट्टियौ मैले ऊ सङ्ग सम्बन्ध विछेद् गरिदिए, ऊ तल समुद्रछेउतिर लाग्यो त्यहा समुद्र किनारामा डढेलो लगाउन थाल्यो । म चाहि यता आफ्नै वासस्थानतिर् हान्निए’; दौडिए रात-रात् भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोमा ब्राह्मणीको मनोवाद

~सुरेश हाचेकाली~ नवयौवनाको प्रिय पछ्यौरीजस्तो लाग्ने स्वाभिमान–उत्तोलक राष्ट्रिय झण्डा छानोमा निर्विघ्न फहराउँदै हजारौँ भुजंगप्रयात खोलाहरूभन्दा पर अर्थ मन्त्रालयसँग मुस्कुराइरहेको लावण्यवती महिला मन्त्रालयले सुन्दैन गँवार आइमाईको मझेरी–गनगन

Posted in कविता | Tagged | Leave a comment

कविता : रापिलो कविता

~नरेन्द्रकुमार नगरकोटी~ खोरमा बाख्रालाई ओछ्यान हालिएको छ किताब यसमा मेरी आमाको कुनै दोष छैन अक्षरमा रङ र किताबमा कागत मात्र चिन्ने मावलका हजुरबुबाको पनि दोष छैन किताबको ओछ्यानमै पिसाब फेर्ने बाख्राको पनि दोष छैन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

~लक्ष्मण नेवटिया~ मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली गल्लीमा चापाकल बिजुलीका पोलहरु गाडिनेछन् , नअघाएसम्म भोजन ज्युनार गराइनेछ थाहै नदिइ बन्द कोठामा कुनै न … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म जस्तै–जस्तै

~मणिराज सिंह~ थुप्रै जून र सपनाहरू जीवनदेखि डराएर मसानघाटको छेवैछेउ मृत्युसँग लुकामारी खेल्दै एक मुट्ठी खरानी र एक अङ्गालो माटोमा अटाउन नसक्दा जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : पासपोर्ट र जुवा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ खालमा अन्तिम दाउ, द्रौपदी राखेर आशा विछयाउँछ युधिष्ठिर ! जव पासा फिंजारिञ्छ पश्चतापमा झोक्रिन्छ नतिजा वोकेर युधिष्ठिर ! आज धेरै युधिष्ठिरहरु हरिया, राता पासपोर्टहरु वोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्चा चलेको छ

~प्रकाश सुनुवार ‘निराकार’~ शहरमा होस् या गाउँमा खुब चर्चा चलेको छ तर विकासको चर्चा चलेको छैन नयाँ विद्यालय निर्माण गर्नु त कताकता भत्किएको विद्यालय मर्मत गर्ने चर्चा सम्म चलेको छैन अस्पतालको कुरा छोडौं हेल्थपोष्ट वनाउने चर्चा सम्म चलेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षा

~कृष्ण वस्ती~ चराको गीतसँगै उठेका हिउँकुमारीहरु, एकै लहर खडा हुन्छन् पँधेरामा, घामको मुस्कान देखेर लजाउँछन् त्यसैले गालामा लाली चढाउँछन्, र यौवनको शोभा बढाउँछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जादिन म भानुभक्त स्कूल

~अनुष्कर पुष्कर गुरुङ~ छोराको गनगन बा-लाई . . . जाँदिन म भानुभक्त स्कूल बा ! किन पठाउनु भएको मलाई ? त्यो भानुभक्त स्कूल त्यहाँ अ आ र क ख

Posted in कविता | Tagged | Leave a comment

कविता : रजनी सँग

~लक्ष्मी प्रसाद देवकोटा~ क. के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ? फीका एक अँध्यारोभित्र, सुन्दर कोही सम्झी जल्छन्, ढल्छन् ? के यसैले विश्व–धनी ? सोध्छिन् उरमा शान्ति खसाली, अवनी ! ख. अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment