Tag Archives: kabita

कविता : नमन

~दीपक कुमार ज्ञवाली~ अति सुन्दर भावना बोकेर । नमन गर्छु देशका गहना भनेर सहिदका पनि रुप अनेक । आफै लडि मर्ने पनि सहिद । थाप्यौ गोली फुकाई छाति ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताओ चिङ बगिराख/बगिराख

~बिमल गुरुङ~ नदी हो देखेको छु छेउछाउका बगरहरुले रोक्न सकेको देखेको छैन ताओ चिङ बगिराख … बगिराख । सूर्य हो सूर्यको झुल्काईलाई कसैले छेक्न सकेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : नारायणपुरको पुल

~विमल निभा~ धन्यवाद नारायणपुरको पुल अब म जान्छु अगाडिको पुलले मलाई बोलाइरहेछ त्यसभन्दा अगाडिको पुलले पनि अगाडिको अगाडिको अगाडिको पुलले पनि बोलाइरहेछ मलाई सुन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : विभेद

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी कतै डाँडाकाँडा असहज भिराला र पहरा कतै आँधी-बाढी क्षति-विलयका त्रास, नखरा कुनै शोभादायी कुसुम र कतै तिक्त रजनी अनेकौँ दर्जाका विविधमय छन् मानिस पनि ।। मुठी कस्तैकस्तै स्वजनतिर हान्छन् कतिपय छुरा धस्तैधस्तै थकित पद तान्छन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : ललिपप चटाई

~दीपक कुमार ज्ञवाली~ १ पृथक बिचार, सोंच अनुहार पृथक । तिनका शुत्राधार कथीत बिस्तारवाद । सबैलाई बाहुमा समेटी काखैमाराखी । भत्काय दुर्ग एकिकृत नेपाली समाज ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी निहारिकासँग

~चक्रब्यूह क्षेत्री सुवेदी~ छोरी † देश कहिलेकाँही शिशाको घरजस्तो हुँदोरहेछ जसले ढुंगा हाने पनि चर्किने देशको शिरमाथि एउटा लाटोकोसेरोजस्तो लाटो अँध्यारो जहिले पनि घोप्टिरहने । निहारिका † देश बनाउन पहिले मन बनाउनुपर्छ राष्ट् बाँच्न

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको साइपाटा

~राधेश्याम लेकाली~ होशियार ! दमन र प्रतिबन्धहरु स्वतन्त्रताको साइपाटा निस्कँदै छ अब एउटा जुलुसले हिड्न पाउनुपर्छ एउटा जुलुसले नारा लगाउन पाउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस

~सरण राई~ आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बगिरहेको छ मानिस अथाह मानिसको मेलामा हराईरहेको छ रेशमको किराझैँ मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ | आदर्श र यथार्थको दुई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोमा एउटी स्त्री

~ज्योति जंगल~ अघिअघि कोरेकी हुँदी हो त्यसले कपाल या गाजलले आँखै छोपेर मुस्काउँथी होली ऐनासँग तमाम सुन्दरीका जस्तै नछोपिएका स्तनहरु छन् वर्षौं ननुहाएको उसको गन्धले यो कविता सजाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ आगो

~हरिहर तिमिल्सिना~ झोसेर आगो आफ्नै पुच्छरमा जलाइरहेको छु आफ्नै लङ्का मलाई मान्छे बनाउने पुर्खाहरू माफ गर– म पनि आज बाँदर भएको छु ! यो राज्यको टाउको खाल्डोबाट कहिल्यै माथि उठेन

Posted in कविता | Tagged | Leave a comment

कविता : हामि कस्ता पागलको पालि परेका छौँ !

~शैलेन्द्र कुमार थापा~ बाँचे देख्न पाइन्छ, आज यो साकार हुदै छ आफु बसेको परिवेस देख्दा मन धर-धरि रुदै छ हिजो परिवर्तनको पाठ पढ्दा वा पढाउदा मुलुक र जनतालाई सर्बोपरि राखिन्थ्यो सामन्तवाद र त्यस्का नाइकेहरुको सत्यानास हुनु पर्ने कुरा भाकिन्थ्यो सामाजीक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी नै समर्पण

~मोहनशरण देवाचार्य~ निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र अस्पताल

~शुषमा मानन्धर~ क्याबिन बाहिरको कोलाहलपूर्ण कोरीडोर थाकेपछि अलिकति झप्की लाग्न पाएको हुन्न काखीमुनि थर्मामीटर घुसाउँदै ऊ झस्काउँछे “आमा, ज्वरो नाप्नु प¥यो ।” मध्यरातमा बल्लबल्ल लाग्न थालेको पातलो निँद्रा पनि अस्पतालकोएडजस्टेबल बेडबाट छताछुल्ल पोखिन्छ, पर परसम्म । सोहोर्दै थोपाथोपा

Posted in कविता | Tagged | Leave a comment

कविता : म र तिमी

~भानु दुलाल~ म समयबाट डढेको ठूटो मान्छे म चट्टानबाट चोइटिएको दर्शनढुंगा म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल म चामलभित्रको अमिल्दो धानको बिया म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना । म भाचिएको पूलको मक्किएको फलेक म भुत्ते कोदालीको फुटेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~लक्ष्मी केसी~ हसेरै बिदा गर्छु भन्थे तिमीलाई तर मुस्कान कतै डेरा सर्यो || रोक्छु भन्थे यी मनभित्र मडारिएका बादललाई तर आशु बनी बर्सिदियो || हुन त थियो बिछोड मात्र दुइदिनको तर जन्मौजन्मको जस्तो भान भयो ||

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो बस‍

~कमल कुमार~ बस छुटिसकेको बसपार्कमा मलाई लिएर जाने बस फेरि फर्केर आए जस्तो नसोचेको आयौ तिमी एक बस खचाखच सम्झना बिउँताइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिकति फेरिनुस् मन्त्रीज्यू !

~सरल सहयात्री पौडेल~ म तिम्रो आमा हुँ, म तिम्रो बाबा हुँ गरिब र निशाहय भाइ, दाइ, दिदी वा बहिनी हुँ म तिम्रो वर्ग आफन्त हुँ । तिमीसँग मेरो ठुलो माग छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवेश निषिद्ध गोलार्धमा

~कृष्ण प्रधान~ जाँदै थियौँ, जाँदाजाँदै नदीले छेक्यो । कुनै पुल थिएन, बाढी आएको थियो पर्खियौँ कुर्दाकुर्दै पानी सुक्यो नदीको पार गर्यौँ । त्यहाँपनि बस्न मन थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धलाई रोक्न सकेका छैनौ

~उषा शेरचन~ चेतना शून्य समयका -प्रत्येक आयामहरु अहम्को खोल ओढेर -स्वविवेक हराएर छेपारो जस्तै रङ्ग बदलिरहेका छन् आ-आफ्नै डम्फू बजाइरहेका छन् आँखामा पट्टी बाँधेर अन्धोको

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~अशेष मल्ल~ बिहान सबेरै उठेर ऐना हेरेँ चर्किएको थियो थाहा भएन मेरो अनुहार चर्किएको थियो कि ऐना किन चर्किन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नदीको माझमा

~अमर गिरी ~ नदीको माझमा छु म डगमगाइरहेछ डुङ्गा उठिरहेछन् छालहरू ती ठोकिन्छन् ढुङ्गामा/किनारमा भयभीत छु म विस्मित छु म सोच्छु— किनारामा उभिएर हेर्नेलाई कति अभूतपूर्व लाग्दो हो यो दृश्य ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सर, एउटा ब्ल्याकबोर्ड तपाईकै पर्खाइमा छ

~नरबहादुर घिमिरे~ एउटा पुरानो पाठशालाको सानो कक्षा कोठामा युग युगदेखि बदलिँदै न बदलिएको हजारौं जीवनमा व्यप्त थोत्रो परम्पराहरू मेटाउन आज तपाईको पर्खाइमा छ एउटा ब्ल्याकबोर्ड। एक ब्ल्याकबोर्ड तपाईकै पर्खाइमा छ

Posted in कविता | Tagged | Leave a comment

छोक : …रहेछ विदेशमा

~दीपक कुमार ज्ञवाली~ आफ्नै खुट्टाले नहिड्ने रहेछन् पिलन्धधरे राजनीति जमात जनमतको कहिलै नगर्ने सम्मान तेल पानीको सम्वन्ध

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बोलाइ रहेछन् …..

~रन्जु ‘मार्ग’~ आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ दिने केही नभए पनि, मन हँसाउन आऊ ! पर्खि बसेका छौ हामी,सबै गुमाएर नि, हेरी बसेका छौ हामी, घाम अस्ताएर नि,

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : नदुखेको घाउ

~प्रदीप लोहागुण~ घाउ दुख्न थालेपछि सबथोक बिर्सन्छ मान्छे । दुखाइले पराकाष्ठ छोएपछि एकक्षणलाई ममतामयी आमा बिर्सन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गाहरूको देश

~तीर्थ श्रेष्ठ~ म देखिरहेछु निर्वस्त्र नाङ्गा छन् मेरा प्रियजनहरू यो कारुणिक दृश्य देखिनसक्नु छ र पनि देख्न बाध्य छु मेरा प्रियजनहरूका शरीर मात्र नाङ्गा छैनन् मेरा प्रियजनहरूका पेटहरू पनि नाङ्गा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कल ब्रेक

~किरण दहाल~ फिँजाएर ओछ्यानभरी हेरिरहेछ ऊ– विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु र, सम्झन्छ बाबाको अर्ती– धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ अनि आक्रोस पोख्छ– ‘पढिगुनी के काम हलोजोती खाए माम’ एउटा प्रचलीत नेपाली उखान

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचारको भारी

~विश्वराज अधिकारी~ हिँड्न सक्दैन एक्लै खोज्दै हिंड्छ आफूलाई डोर्याउने गोठालो सँधै मान्छे टाउकोको भारी बिसाए पनि बिचारको भारी बोकिरहन्छ मान्छे लाख कोशिश गरेर पनि

Posted in कविता | Tagged | Leave a comment

छोक : शिक्षा

~बिमल गुरुङ~ कक्षा कोठामा पिचिक्क थुक्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीत

~लक्ष्मी प्रसाद देवकोटा~ मान्छे किन भो टिन झैँ खोक्रो ? केवल काँचुली ? केवल बोक्रो ? वीणा जीवन उसले बुझेन, सुरसा सङ्गीत एक बजेन, हजार हवाले तारै टुक्रयो । मानवताको मुटु तुम्बा, गुँज्नैपर्दछ सुरले गम्म, मानिसप्रति भै मानिस आफु,

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको तस्विर

~दिनेश अधिकारी~ होइन भन्नै सक्तिनँ अबिरको फागु खेल्दै सडकमा उत्रिएर मैले पनि अरुले जस्तै विजयोत्सव मनाएको हँु जिन्दावाद गाएको हुँ एउटा सफा तस्विर थियो आँखाअघिल्तिर-त्यतिखेर रङ्ग भएर तस्विरमा मेरो रहर बिउँझएको थियो रेखाहरुमा मेरो गन्तब्य प्रस्टिएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासको सौन्दर्य

~मञ्जुल~ दुई जना ससाना केटीहरू हात समातेर हिँडिरहेका छन् मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ,

Posted in कविता | Tagged | Leave a comment