Tag Archives: kabita

कविता : मनुष्यको विघटनमाथि

~महेश प्रसाईं~ अकस्मात् एक दिन एउटा प्रेतात्मा मसानबाट फुत्त बाहिर निस्कियो र मानिसको भेषमा देखा पर्‍यो, सडकको बीच चौराहमा, उसलाई पार्लियामेन्टमा जानु थियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : जंगलको कुनै कानून हुँदैन

~राजेन्द्र शलभ~ उनीहरू शहर पसेका छन् र,शहरलाई पनि जंगल ठानिरहेछन् जंगलको कुनै कानून हुँदैन आफ्नो अनुहारमाथि अर्को अनुहार टाँसेर उनीहरू शहर पसेका छन् हितैषीको भ्रम पारेर उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विहे

~दिनेश अधिकारी~ (प्रसङ्ग १) बिहे गरेको भोलिपल्ट हामी एउटा पैदलयात्रामा थियौं कहाँ के भयो? एकाएक आकाश धुम्मियो एकाएक मेघ गर्जियो र, झमझम पानी पर्न सुरु भयो ओत लाग्न छेउछाउमा कुनै उपाय थिएन र, हामीसँग एउटै मात्र सानो छाता थियो ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्वूवानको खातिर

~टंक सम्वाहाम्फे~ सेवारो आदाङवे हतारमा पो हुनुहुन्छ कि ? वेफुर्सदी नै भए पनि आउनुहोस् किनभने अहिले देशलाई पुन निर्माण गर्ने वेला भएको छ लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ हिउदको ठिही र वर्षाको झरीबादल सहेर

Posted in कविता | Tagged | Leave a comment

कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~ ठुलाठुला नक्साहरु माझ एउटा आकार चेप्पिएको छ जस्को हातपाउ, ज्यान अनि मस्तिस्क खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ खियिंदै गएको छ । उनको हातहरु वाँधिएका छन् सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन् आप्mनो पाउमा आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा हो!

~प्रणिका कोयु~ स्पर्श, “छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी मेरो त्यत्तिकै मायालु छोरा हौ जत्ति तिम्रो मामा र ड्याडीकोहौ निषाद, म गएको दिनौं पछि ब्युँझिएको रातमा “खोइ छेमा” भनेर सोध्ने तिमी निषाद, तिमी मेरो प्यारो छोरा हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : उफ् !

~नबराज घिमिरे~ तिमीहरूलाई दास हुन मन लाग्यो, कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो? तेसैले त मुर्ती काेर्यौ, देवता सम्झेर । केका लागि कोर्यौ? बिश्वासका लागी । आस्थाका लागी । सत्मार्गका लागि। तर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~ मैले पहिलो पटक यौटा चित्र कोरेँ र त्यो पनि तिम्रो । तिम्रा आँखाहरू तिम्रै आँखाको रङले सजाएँ तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ, चहक उबाएँ र तिम्रो केशराशि सजाएँ । तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र , राष्ट्रवासी र राहत

~अर्जुन दाहाल~ हिजो, हो, आज उसको नाम परिवर्तन भएको छ , प्रकृतिको वरदान , समयको दाइजो , राष्ट्र र सरकारले दिएको उपनाम , लाखौं जस्तै , उसले पनि आज नयाँ नाम पाएको छ , “भुकम्प पीडित” आज, उ नदिहरुले घेरिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दै शब्द

~डा. उत्तम खनाल~ मैले नदेखेको दिन लाग्थ्यो, तिमी हाँसेकी छौं अरुको झै खुसी साँचेकी छौं र त मुस्कुराउँदै बाँचेकी छौं त्यो जीवनमा, ओठको हाँसो र रुपको नासो साँचेर पवित्रताको निर्मल रंगमा

Posted in कविता | Tagged | Leave a comment

कविता : घाटा हुन्न तिमीलाई!

~दुर्गा कार्की~ केहि दिनदेखि दिनहुँ तिमी सपनामा आउछौ र एक हुल आफुजस्तै मान्छेहरुका अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!” केही दिनदेखि कहिँ कतै केही लेखुँ भन्छु शब्दै भेट्दिनँ खर्चिने! सत्ते!

Posted in कविता | Tagged | Leave a comment

कविता : एक असारको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. दिनकरको बीउ झन्डै उम्यो मिरिमिरि–माटो फारी, दृश्य बदली निशिभर गाइरहिथिन् प्रकृति, तिनले रोपिन् अवश्य ! ख. हेर ! टुसाई आउँछ कलिलो, लाल पत्ती ली दुई बादल ! मानो लुँडेका बीज पलाउँदा हात ठटाउँदा खुशी बालकदल,

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~मनोज बोगटी~ जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ। यो दॉंत हो यसले युग चपाएको छ। समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ। … यो नलीहड्डी अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा। यो बज्दैगर्दा जुलूस आउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध कविता : आदिवासी लाहुरे

~काङमाङ नरेश राई~ युद्ध मोर्चामा उभिएका अदृश्य बाटाहरू— जित्नु÷हार्नु मार्नु÷मारिनु साहस÷निपुणता युद्ध–कौशल जवानीको रहर मृत्युको लास पिठयुँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो झुपडी

~चित्र कुमार सुबेदी~ मेरा पुर्खाले पसिनामा माटो मुछेर नाम्लोमा खोलाबाट चप्पल ढुङा बोकेर चरमा भसाएको खुकुरीले ताछेर अग्राखको काठ लाएर निदाल बनाएको झ्याल ढोका बनाएको मेरो झुपडी

Posted in कविता | Tagged | Leave a comment

कविता: अघोषित-जीवन युद्द

~सरस्वती श्रेष्ठ ‘सरु’~ छोरी! तिमी मेरै मुटुको एक अंश हौ तिमीलाई हिउँको चिस्यानमा उभिन पहाडको ढुंग्यानीमा उभिन तराइको मैदानी रापमा उभिन आफ्नै जरा हालिदिएकी छु आफ्नो जरालाई बलियोसँग स्थापित गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अञ्जुलीभरिका फूलहरु

~तारा पराजुली~ ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धोको

~अरुणबहादुर खत्री “नदी”~ तिम्रो सिउँदोभरि सिन्दुर हालेर सजाइदिने मेरो ठूलो धोको छ, यो उदास ह्रदयबाट अलिकति भएपनि माया पाउने मेरो ठूलो रहर छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तनका तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~ परिवर्तन भन्दैमा सबै अग्रगमनको पाइला नहुन सक्छ हर नयाँ कर्मले तिम्रो भाग्यको ढोका नखोल्न सक्छ । गर्भाधान त दियौ तिमीले निकै उत्साहले तर, भोलि जन्मने तिम्रो शिशु गान्धी नभएर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीहरूलाई अहिले

~विष्णु विभु घिमिरे~ सल्काउन त तिमीले सजिलै सल्कायौ अव त्यो आगो भयानक डँढेलो बनेर बन पाखा ढाक्दै तिमीसम्म आइपुग्यो निभाउन कति गाह्रो भो ? यतिबेला आफैँले सल्काएको आगोले जव तिमीलाई चिनेन

Posted in कविता | Tagged | Leave a comment

कविता : यमुनाको चिता

~केदारमान व्यथित~ हेर, जलेको भारतको आजादीको मूर्त कहानी ! दन्‌दन् दिनको तिमिरविनाशक कथा जलेझैं सान्ध्य-चितामा अवनी, अम्बर टुहुरा पारी निष्ठुरताको काल-चितामा हेर, जलेको भारतको आजादीकी मूर्त कहानी ! भारतसँग गुनको सिरपाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यिक होली

~तुलसीबहादुर छेत्री~ खैलौं सबले हर्ष मनाई यो साहित्यिक होली । ‘भानुभक्त’ ले आरम्भ गरे राम नाम रस घोली ।। ‘रघुनाथ’ जी सुन्दर काण्ड ली अघि नै थिए तयारी, ‘वसन्त’ कविका छली कृष्णजी हात लिई पिचकारी, नेपाली जग उषा कालको स्वर्णिम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खिच्चा कुकुरहरु

~प्रकाश सुनुवार ‘निराकार’~ टोलटोलका खिच्चा कुकुरहरु ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा मार्बल ओच्छाएको महलभित्र भेला जम्मा हुन्छन् । मालिकलाई रिझाउन बहस चलाउंछन् बादविबाद गर्छन् मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नवयुग !

~दीपेन्द्र के.सी. ‘अपजसी’~ ए फतुरो ! तँ फगत घोषणा गर्छस् खोेक्रो नवयुगको ! हेर त एकचोटी तैले घोषणा सुनाउन जम्मा पारेको भीडलाई कुुपोषित नाँगा देहहरु ! एकचोटी तिनका फाटेका पैताला फर्काएर हेर त

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिदको आत्मा दुखेको छ की ?

~दीपक कुमार ज्ञवाली~ यता कतै भेटिन्छ कि सहिदका डोवहरु त्यहि डोवमा टेकी टेकी गन्तब्यमा पुगीन्छ की सहिद र सहिदकाजस्ता राष्ट्रभाव भेटिन्छ की हेर्दै होलान् क्षीतीजबाट चर्तिकला हामीहरुका

Posted in कविता | Tagged | Leave a comment

कविता : असमानता तोड्नुपर्छ

~योगेन्द्र काउचा~ सडक छेउछाउ डुली हिड्ने भोक र प्यासले गलीरहने बालकलाई सोध्नुपर्छ बेसहारा मगन्तेलाई सोध्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अब्यक्त प्रेम

~अर्जुन दाहाल~ अनिँदो छ, उ , आज , हिजो जस्तै, सदा जस्तै , मात्र तिम्रो चिन्तनमा , फेरि पनि अस्तब्यस्त छ , सुर्यको मिर्मिरे किरण अगावै । उसले आज दुई पटक लुगा फेरेको छ ,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक ! विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम । हिन्दू, बौद्ध, अनेक … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म नेता

~सविता शर्मा~ म नेता यो राष्ट्रको सबैको आशा तर थोरैको भरोसा जनताको सीसीटीभीमा सधैँ कैद मेरो जीवन म छुट्टु छु र धूर्त पनि सीसीटीभी क्यामेरा र जनताका आँखाले पनि मलाई पढ्न सक्तैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म बहुलाएको छु

~अजित क्षेत्री~ यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरुको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर त बहुलाएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत

~माधवप्रसाद देवकोटा~ यात्रीः पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको । छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।। जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति । भत्‌भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।

Posted in कविता | Tagged | Leave a comment