Tag Archives: Hasyabyangya

हास्य गीत : सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु

~निश्चल श्रेष्ठ~ सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु छोरी चै लाटी रैछ चलाख रैछ सासू (रेलिमाई)X3 कपाल भित्र चायाँ हुन्छ मान्छे पछी छायाँ ब्युटी केटी देखे पछी लाग्छ उस्कै माया (रेलिमाई)X3

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ज्योति मगरको तिघ्रा

~विनोदविक्रम केसी~ तिमी फस्यौ ज्योति मगर! फस्यौ नानी! यो करनीघाती बजारको चिल्लो–चम्किलो चक्रव्यूहमा अभिमन्युले अन्तिम सास लिनुअघि तिम्रो तिघ्रामाथि म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा मलाई असाध्यै मन पर्छ अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : साँचो कुरा

~भैरव अर्याल~ साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। भात खाँदामा कालो मास घिउ हालेको दाल कालो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यङ्ग्यलाप

~राम लोहनी~ अर्घाखाँचीमा यसरी स्कुलका नानीहरुलाई भारतीय स्तुति गान गाउन लगाइयो तर उपप्रधानमन्त्री भने मुख दर्शक भएर बसेको खबर सार्वजनिक भएको छ । सोहि घटनामा आधारित यो पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यंग्यलाप  पत्रकार — हैन तपाईँ उपस्थित कार्यक्रममा भारतको यशोगान गाउनुभयो रे … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ओथारो

~तितेपाती~ नवीन यूग जन्माउन गरेका धेरै यत्न विफल रहे । त्यसैले हार नमानि आकाशका जुन तारा साक्षि राखेर झलमल्ल घामको उज्यालोमा आफ्नै मनसड्ड भरपुर सहवास गरेर उसले अक्षरहरूको गर्भाधान गरेछ यसपल्ट त । अनि कष्टपुर्वक कोरलेको शब्दरूपि अन्डाको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीत : सुन ए हजुर

~पूर्ण ओली~ सुन ए हजुर मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर ! अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई त्यसपछि त छिनछिनमै भेट भई ‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन ‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन सुन ए हजुर मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~ कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आलुपाँडे–पुराण

~डा बमबहादुर थापा ‘जिताली’~ आचार आलु, विचार आलु, सदाचार आलु विवेक आलु, गतिमति आलु, सहमति आलु । जता पनि शान्ति आलु, सुरक्षा नि आलु नीति आलु, नियम आलु, दण्ड पनि आलु । पानी आलु, विजुली र पेट्रोल पनि आलु ग्याँस … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : महान् काका

~कैलाशकुमार सिवाकोटी~ हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

प्रहसन : सपथग्रहण

~मनोज गजुरेल~ पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख, सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव सपथ खाने (पितृभाषामा)- फोरमानन्द झा ‘म’ ‘मैं’ ‘म’ ‘मैं’ ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘ ‘मैं’

Posted in प्रहसन | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तिहार रक-पप

~समीर मुखिया~ आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ शून्य गाउँ छैनन बथान संगिनीका सब । भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥ पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प

~भैरव अर्याल~ प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ । हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : तपार्इंको यो नयाँ वर्ष

~भैरव अर्याल~ मन्त्री राशिः– २०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि परेकोले ज्यादा दौडधूप तथा अथक परिश्रम गरेता पनि आफ्नो सम्मानित ओहदाबाट ओरालो लाग्नुपर्नेछ । तर धन्दा नमान्नुहोस्, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~ भुइँमा राख्दा बिगि्रन्छ भनेर दलिनमा राखिन्छ पाकेको फर्सी हेर्दा राम्रो-चाम्रो हुन्छ, छाम्दा गिलित्तै राखेको फर्सी । कुहेछ, रछ्यानमा फ्याँकियो सहस्र उम्रन्छ, बढ्छ र फल्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो भुँडी

~नर बहादुर खत्री क्षेत्रि ~ एक पाईलो नहिँडी बाईक चढ्यो। तेसैको कृपाले आज भुँडी बढ्यो।। मन छनी घटाउन अछ्न्दिलो भुँडी। तरनहुने रहेछ सधैं बाइकमा गुडी।। सत्य जागिर नहुँदा सानैथियो भुँडी। जब खाइयो जागिरअनील्याइयो बुढी।। अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पहिचान!

~महेश थापा~ गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए। पराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बजारतन्त्रका तीन अनुहार

~पुरुषोत्तम सुवेदी~ एक ब्याङ्क काउन्टरको न्यून वैतनिक कर्मचारी सारा नोट थन्क्याइसकेपछि झल्याँस्स सम्झन्छ रित्तो गोजी र, बिरामी छोराको अनुहार,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दोष कस्को ?

~नबराज खड्का~ दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टीले भरियो । त्यसैले पेट्रोल भर्न लाईन बस्छौं । बाईक चढ्नलाई आखिर हामी बिर गोर्खालीको सन्तान … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~ पहिले–पहिलेका बहादुर अच्छे लोग थे बोक भन्यो कुइकुइ बुइ बोक्थे ठोक भन्यो घड्याप्प सलाम ठोक्थे जोख भन्यो हाँसीहाँसी जोख्थे ‘शोक’ भन्यो रोइरोइ सोक्थे. पहिलेका बहादुर अच्छे लोग थे।। खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे थुक भन्यो तीन पाथी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार

~टेकेन्द्र अधिकारी~ …. शु दशैं तिहार बहार पाडो किन्दा भैंसी उपहार आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र : नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

~गजेन्द्र बुढाथोकी~ श्री श्री श्री गभर्नर महाराज नेपाल राष्ट्र ब्यांक बालुवाटार दरबार । विषयः वंशावली पेश गरेको बारे । उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश … Continue reading

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : आलु पार्टी, २०६६

~पिँडालु पण्डित~ कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : नेताको व्यथा

~रामकुमार पाँडे~ राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र : आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

~भैरव अर्याल~ लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३ गल्लीको डेरा, काठमाडौं प्रिय पाँडेज्यू, ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्याल’ को पुस्तक छापिसक्नु भएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइ“ आपूmलाई तपाईंले ‘ख्याल–ख्याल’ … Continue reading

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment