Tag Archives: कथा

कथा : सारङ्गी

~निशा के.सी.~ असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् । फाट्टफुट्ट मान्छे नियाल्दै दिउँसोको खाना खाएँ । पसल खोल्ने हतारोमा थिएँ । मेरो पसलको अगाडि रहेको कस्मेटिक पसलमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो पासपोर्ट

~डा. राजेन्द्र विमल~ गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित ‘आइटम’ बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिपाईको सपना

~रामकृष्ण सुनुवार ‘आँकाला’~ उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसे पछि सिपाहीहरुको जत्थाले हुलका हुल नव जवानहरु उस्तै उस्तै उमेरकाहरुलाई बिभिन्न होडबाजीमा भिडाएको । उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्यालेन्टाइन गुलाब

~रामभरोस कापडि ‘भ्रमर’ ~ मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि? साँच्चै, कसका निमित्त! यी सामग्रीहरू कुनै रहरले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता

~आन्विका गिरी~ उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छुच्याइँले सर्वनाश

~राजेन्द्र कुमार आचार्य~ सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वीरेको सपना र रेडियोको समाचार

~मन्दिरा ‘मधुश्री’~ असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको । लगातार यन्त्रवत् चलिरहेका छन्, उसका अनुभवी हातहरू । वसन्तीले ढुङ्गाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~टङ्क भट्टराई~ ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराई आमा

~सरु पोखरेल~ बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् । ”बहिनी, फूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा जंगलभित्रभित्रै

~भाउपन्थी~ खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमृताकी छोरी

~मधुवन पौडेल~ “आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धकी पात्राको डायरी

~सुरेश प्राञ्जली सापकोटा~ (सिद्धार्थ आर्ट ग्यालरीको प्रेक्षालयबाट ‘लडाइँमा जनता’को फोटो प्रदर्शनी हेरेर निस्केपछि मेरो मानसमा युद्धकालीन ती समयहरू पुनरावृत्त भएर आउँछन् एकपटक । पछिल्लोपटक युद्ध साहित्यहरू पढिरहेको थिएँ म । भियतनामी युद्धबारे पढेँ । टोल्स्टोयको ‘वार एन्ड पिस’ हिजो मात्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रत्यौली

~शिव सस्मित~ गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी । ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी । यही चौविस गते हो रे कहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आख्यान

~कुमार नगरकोटी~ भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो । ११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निडरता

~रामकुमार श्रेष्ठ~ करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिभाषित प्रेम

~डा. बेञ्जु शर्मा~ रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियोÙ प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग तिरको यात्रा

~लक्ष्मण शर्मा~ असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल क्षितिजमा बग्ने कर्णाली नदिका लहरमा अनुपम छनछनाकार सुन्न पाइन्थे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इन्क्लेभ

~ध्रुव नेपाल~ भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलीको गन्थन

~गीता थापा~ सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन् बुडा, मत सिधा मान्छे, सिधै कुरा गर्छु। गाउँमा खाएको गुन्द्रुक र मकैंको भाँत याद आइरहन्छ। त्यो पल्लाघरे कान्छी बजैको मोहीको त झन कति हो कति याद आउँछ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म डाक्टर भइनँ

~नृपेन्द्र पुरुष ‘यादि’~ मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले । मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ? छन् त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजनीति

~राजेन्द्र पराजुली~ पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूगोलहीन: एउटा अमूर्त प्रेम

~रमेश गौतम~ ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले ल्याउने-लाने काम गरिहाल्छ नि।” “अनि पैसा सर?” “तिम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्ताको सिनु

~वासुदेव गुरागाईं~ विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : लिलाम बढाबढ

~वासुदेव गुरागाईं~ सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे । मनमा कुनै किसिमको … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पुल

~सञ्जय बिष्ट~ यो गाउँको समाप्तिदेखि पूर्वतिर प्राय: एक माइल फैलिएको बाक्लो जङ्गलको समाप्तिमा एउटा खोला छ। नबगेर घरि घरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने यो खोला पाहाड़का धेरै खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुलमुले चोक

~दिनेश बस्नेत~ ”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ ‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : अग्नियुद्ध

~इस्माली ~ ‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार्ज सिद्धियो

~रमेशजङ्ग थापा~ आज सारै मुडअफ छ उसको । भान्छाको कुरा सम्झदा उसको अनुहार लाजले रातो भयो । उसले दायाँबायाँ पल्याकपुलुक हेर्‍यो । साथै मनमनै थकथकायो! “खान बस्दा स्वास्नीले भात जीउमा फालिदिनु कम बेइज्जती हो ? अलिकति नछलेको भए दालभातको स्नान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णा

~जयन्ती ‘स्पन्दन’~ लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् । ‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छेको के विश्वास ?

~श्रीरामसिं बस्नेत~ मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment