Tag Archives: कथा

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य कथा : त्यो किताब

~शैलेश भट्टराई~ करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुतेश्वर

~बखतबहादुर थापा~ माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो । ‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’ ‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रौनक मरेको दिन

~सुबिसुधा आचार्य~ “दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म । सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रवासीकी पत्नी

~विनोद ढकाल~ लौ आज पनि राइसकुकरमा भात छड्किने बेला झ्याप्पै लाइन गयो ! फेरि ग्याँसमै बसाउनुपर्‍यो । साढे ७ भइसक्यो बाबु उठेकै छैन । मुख धोइदिनेदेखि दाँत पनि आफैंले माझिदिनुपर्छ । भात ख्वाएर साढे ८ बजे स्कुल बस भेट्न रोडमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात

~दिनमान गुर्मछान ‘दिगु’~ रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोह्रखुट्टे

~भरत जङ्गम~ विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको । सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित जसलाई एक छहारी, जसलाई एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कसिलो ह्यान्डसेक

~ठाकुर  केसी~ अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निषेधित लेखक

~रामप्रसाद पन्त~ कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा । घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्याग

~कृष्ण के श्रेष्ठ ~ “बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनिदिनु न ल, अनि खसी पनि काट्नु पर्छ नि यो पाली त ।” दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिंड्दै गरेको बेला भन्छे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरणच्याँसे मौन भयो

~गीता थापा (दोषी)~ पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भारी

~भागीरथी श्रेष्ठ~ आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई । बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो/उज्यालो

~गोपालचन्द्र भट्टराई~ छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जिजीविषा

~माधव काभ्रेली~ म उपन्यासको पछिल्लो फन्कामै व्यस्त थिएँ । जेसिकाको सम्पत्तिसँग भनौं या विदेशिने मोहले भनौं हिमालको विचार डग्मगाएको थियो । उर्सुलाजस्ती नायिकालाई छोडेर ऊ बान्की नमिलेकी, विदेशी, सेती, नेपाली पनि राम्रो बोल्न नजान्ने एउटी केटीसँग बिहे गर्न तयार भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र र भूमिका

~बालाकृष्ण अधिकारी~ कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनभिज्ञ

~कोप बहादुर थापा~ ऊ सँग गत हप्ता कुरा भएको थियो । दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घुर्की

~गोपाल अश्क~ त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवाजहरु

~राममणि ढुङ्गेल~ “सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमपत्र

~विभोर बराल~ मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा। “दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।” ऊ सानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कम्युनिष्ट

~आन्विका गिरी~ म कम्युनिष्ट बनूँ, उसको चाहना यत्ति थियो! मैले कस्तो लुगा लाए सुहाउँछ, कस्तो कपाल काट्नुपर्छ, दाह्री राख्न हुन्छ/हुन्न, कुन स्याम्पू लगाउनुपर्छ― यस्ता कुरा कहिल्यै भनिन। उसले मलाई सारै आग्रह गरेर एउटै कुरा भनी, “तपाईं कम्युनिष्ट बन्नुस् न है!” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डानियल

~जया राई~ लुलु उसको ब्वाइफ्रेण्डलाई पच्छ्याउँदै महिना दिनको लागि बिदा मनाउन मेक्सिको उडी। लुलु फेसाङकी बालसखा हो । ऊ लुलुको बारेमा बढी नै चिन्ता गर्छे । उतै हत्या गरिदेला कि भन्ने कत्रो पीर छ । किन त्यस्तो डरलाग्दो, भरोसा नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोषित सम्बन्ध

~प्रतिमा बाँस्कोटा~ सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें। उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी। कता-कता चिनेको अनुहारझैँ लाग्यो। “तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : डँढेलो

~डा. सुरेन्द्र लाभ~ मैथिलीबाट अनुवादः लक्ष्मीप्रसाद रिजाल टल्पलाइरहेका आँसुलाई उसले धेरैबेरदेखि आँखाको पलकका बीचमा रोकेको थियो। तर आँसु भित्र पस्न सकेन र दुवै गालामा र्झ्न थाल्यो। एकपटक बाँध फुटेपछि निकै बेरसम्म भल बगिरह्यो। बन्द कोठाको छ्यानमा एक्लै बसेर उसले टुलुटुलु … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : फूलमतिया

~कल्पना बान्तवा~ “बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई। म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं। फूलमतियासँगको यो अन्जान यात्रा भन्दा केहीछिनअघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल

~देवराज निरौला~ एक नयाँ नम्बरबाट लगातार जसो मिसकल आउन थालेकोले मैले कल व्याक गरें । केटीको मधुर आवाज आयो । आफु भर्खर टिन एज पार गरेको केटा भएकोले होला त्यो मधुर आवाज सुन्ने बित्तिकै लट्ठै परिहालें । आफ्नो मोवाइलबाट व्यालेन्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊभित्रको मान्छे

~पुरुषोत्तम बस्नेत~ केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषरहित दोष

~आत्माराम शर्मा~ सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?” के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ । तिम्रो अनुकूल छ भने आजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : प्रेमको तह

~बब कन्सिडाइन~ अनुवादक : किशोर पहाडी कथाकार परिचयः बब कन्सिडाइनको जन्म सन् १९०६ मा भएको थियो । उनको बसाई न्यूयोर्कको मानहट्टनमै भयो । ६९ वर्षको उमेरमा सन १९७५ मा निधन भएको बबले आफ्नो जीवनकालमा २५ वटा पुस्तकहरू लेखेका छन् । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : निरुत्तर प्रश्न

~मानुषी~ “यसपालि पनि मेरो प्रमोसन भएन । किन तिमी पुरुषहरू महिलाको कामको मूल्यांकन गर्दैनौ ? किन देख्दैनौ महिलाको कामलाई अनि उनीहरूको क्ष्ामतालाई ? के मैले काम गरेकी थिइनँ ? तिमी आफैँ भन न ! तिमीले कैयौँपल्ट चियाका लागि गरेको अनुरोधलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~कृष्ण कुसुम~ अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा ! खै ! कहिलेबाट लुकाएछु आफ्नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी । त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवता म होइन !

~मीरा प्रधान रेम~ जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment