Tag Archives: कथा

म एक्लो छैन

~अधिकारी स्मित ~ सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्जुस

~विमल मित्र~ एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~ देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाटो म्याद

~युवराज नयाँघरे~ घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छे

~ गोपालचन्द्र भट्टराई~ “यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।” “अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तृष्णा

~गंगा सुवेदी~ ‘दाइ, डी.भी. पर्‍यो रे ?’ ‘हो ।’ अनन्तले सहजै जानकारी दिए । ‘अब कहिले जानुहुन्छ ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो खुसी मोमिला

~इन्दिरा प्रसाई~ गर्भाधानपूर्वको कथा हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि – त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कान्छी

~बद्रीनाथ भट्टराई ~ टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~माया ठकुरी~ विकास छिटोछिटो अघि बढिरहेको थियो । ऊ असनचोक निस्कियो । त्यसपछि ऊ पश्चिमतिरको बाटो हुँदै उग्रतारा माई स्वर्ण मन्दिरको अघि पुग्यो र टक्क अडियो अनि उसले मन्दिरतिर फर्केर टाउको निहुन्यराएर हात जोड्यो । त्यसपछि ऊ फेरि अघि बढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : खीर

~इन्द्रबहादुर राई~ त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! जानुहोस

~माया ठकुरी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~सुबिसुधा आचार्य~ शान्त – सुललीत अनि सौम्य बगिरहेकी वाग्मती नदी, जसको किनारामा मृत शरीर जलाएर खाक पारिन्छ÷अस्तित्व समाप्त पारिन्छ । अघिल्लो दिनको वर्षाद्को पिटाइले धमिलो भएकी वाग्मतीको पानीलाई पेटीमा बसेर खुट्टाले खेलाउदै थिई ऊ । पुरानो भएर मक्किने अवस्थामा पुगेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहि निर्णय

~माया ठकुरी~ शालिग्रामले पचहत्तर वर्षको उमरमा सोह्र वर्षीया सुमित्रालाई आफ्नो दोस्रो पत्नीको रुपमा भित्र्याए । “घरभित्र यतिका मानिसहरु तपाईको सेवा गर्नको लागि हुँदा हुँदै पनि यस्तो बृद्ध अवस्थामा आफ्नी नातिनीकी उमेरकी केटिलाई पत्नी बनाएर भित्राउनु भनेको एकदमै लज्जाजनक कार्य हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~ नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लटरम्म फलेका रहरहरू

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ” ऊ सुडकेस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किन कि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टोकियोमा सानु बुद्ध

~परशु प्रधान~ टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ५

~परशु प्रधान~ “बुबा आमालाई तुलसीको मठमा निकालेका छौँ, उहाँको अन्तिम अवस्था छ ।” म पीडापूर्ण स्वरमा बालाई भन्छु । बुबा पलङमाथि बसेर कुनै मोटो अङ्ग्रेजी पुस्तक पढ्न लाग्नुभएको छ । मेरो आवाज सुनेर एकपटक टाउको उठाएर मतिर हेर्नुहुन्छ अनि फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर-१८

~परशु प्रधान~ अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर-१७

~परशु प्रधान~ उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला । यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~परशु प्रधान~ पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ – हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ – एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो । उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ७

~परशु प्रधान~ विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरु – २३

~परशु प्रधान~ केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरू-१६

~परशु प्रधान~ आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~ अनुवादकः परशु प्रधान ”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे । ”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

विवाह

~उमेश धिताल~ गोरखा बजारसम्मको टिकट लिएर गाडीमा उक्लेको थिएँ । बर्खाको समय, गाउँमा काम भ्याईनभ्याई थियो, यता म भर्खरै परीक्षा सकेर फुर्सदमा थिएँ । ‘दाइ, टिकट हो ?’ पत्रिकाबाट आँखा नहटाएरै टिकट देखाइदिएँ । ‘झ्यालतिर बस्नु पाए हुने नि ।’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएको सपना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको वास्तविक फेस

~राजेश नतांश~ कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मित्रता

~निरा शर्मा~ फेसबुक आजकल नशा भएको छ । कुनै पत्रिकमा एउटा कार्टून पनि देखेथे यहि फेस बुकको भित्तोमा – मर्नु अघिको अन्तिम इच्छा के छ भन्दा फेसबुक स्टाटस अपडेट गर्ने रे । आखिर संसारलाईनै गाजेको यो फेसबुकको जालोबाट म मात्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

~बी पी बजगाईं~ कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~ हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment