Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

यौन-कथा : अग्निस्नान

~प्रेम विनोद नन्दन~ घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक मजदुरको बयान

~पुन्यराज पुडासैनी~ मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित नागरिक हु । मेरो गाउमा जग्गा जमीन छ तर बाली लाग्दैन । परिवारका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुकी

~शिशिर परियार~ उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~ ‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म निदाएको छैन

~मातृका पोखरेल~ मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो । “यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिन्न परिवेशको एउटै चोट

~प्रकाश के.सी.~ दृश्य नं. १ : ० ”रक्सीको मात हुनुपर्छ, त्यसपछि ऊ हाँसेन ।” तर, रक्सीको मात नै यति पर्याप्त हुन्छ कि हाँस्नका लागि कुनै कारण चाहिँदैन । ”हाँसो बेलगाम फुस्किने कमजोर स्थितिमा ऊ ढल्मलाएर पनि हाँस्दै गर्दैको अवस्थाबाट एक्कासी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायनाः मेरो पार्टनर

~पवन आलोक~ म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती । आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~बिनोद गुरागाँई~ एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हस्ते घर आउन मानेन

~माधव बुढ़ाथोकी~ दँशैमा आनुपर्ने हस्ते, आएन । बंगलोर गएको तीन बर्ष भयो । यसपाली त आउँछु भन्थ्यो आएन । आमाले यो पाली छोरो आउँछ भनेर आशा गरेकी थिइन् , बाबुलाई पनि छोरोले आएर दँशै उज्यालो बनाउनेछ भन्ने लागेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्याक्सी नम्बर २२८०

~हरिहर खनाल~ झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीरबाट खसेको त्यो गुराँस !

~रामनाथ खनाल~ अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीपीको ढिपी

~मिलन बगाले~ दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुइङ्गम

~दीपेन्द्रकुमार जोशी ‘निक’~ ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~ थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~ ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~ आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन। शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चित्कार त्यो चितवनसँग

~नवीन अभिलाषी~ सिमलटाँडीमा ओर्लिएँ । दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो । पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो । नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई । पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊसको कथा

~सुमन पछाई~ कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~ बाजा एकतालमा एकैनाशले बजिरहेछ । उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ? दोश्रो कुरा फेरि उसलाई के छ भने उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~ आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा तिमी कहिले आउँछ्यौ ?

~श्लेष्मा क्षेत्री~ राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडल

~माधव सयपत्री~ म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुमिना

~रविन्द्र रिजाल~ भन्दै थिएँ केटाहरूलाई आज बिहीबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होइन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको। अस्ति भर्खर ख्रिष्टमसको पार्टीमा भैलो खेलेपछिको पार्टीको ह्याङ्ले छोडिसकेको छैन, फेरि पाँच नबज्दै कलेजको गेटमा आइपुगे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफेमा चिसो चिया र कथा

~कल्पना आचार्य~ यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन। अब मेरा दैनिकी छोरीका आवश्यकतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तली

~दिनमान गुर्मछान~ बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~ सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्। सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान्

~डा. टीकाराम पोखरेल~ ‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment