Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : त्यो चमकिलो पर्दा

~राजेन्द्र ज्ञवाली~ सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बालसखाको अन्तिम बिदाइ

~राजु नेपाल~ शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर दैनिक क्रियाकलापमा व्यस्त हुँदै थिए। मोटर गाडीको घर्घराहटले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अझै पनि छ त्रास

~नवराज पोखरेल ‘पाखेली’~ त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाको कथाकार हुँ कि पात्र

~दिपा धिताल~ हेलो ! कवि ज्यु । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है । एक्कासि एउटा अपरिचित व्यक्ति फोनमा बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भने कवि ? कथा ?कसलाई भन्नू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबु मेरो चिन्ता नगरेस्

~मधुवन पौडेल~ भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : मेरो यो कथा सुनाइदिनू

~विश्वराज अधिकारी~ साथी हेमन्त, म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु । हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : चलाख डिम्ब

~मनिषा गौचन~ “मम्मी, यी…म भोलि चक्लेट किन्छु ल?” चार वर्षको अंकित दौड्दै आयो। उसको हातमा पाँच रुपैयाँको नोट थियो। मैले त्यो नोट लिएँ। पाँच रुपैयाँको नोटको रङमा मैले मेरी आमाको रगत देखें। एकछिन छामिरहें। त्यसभित्र आमाको छटपटी महसूस गरें। अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्मी

~विपुल सिजापति~ शनिबार उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्नेबित्तिकै म आठौँ आश्चर्यमा परेँ। पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुबको मिलाप थियो। एक पटक आफैँलाई चिमोटौँ चिमोटौँ जस्तो लाग्यो। भ्रम, अर्थात् मस्तिष्कले निर्क्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रीयले तत्क्षण गरेको अनुभूतिले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : को अछूत !

~चूडामणि खनाल~ सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै काल्पनिक संसारमा डुबिरहेको रहेछु, झसङ्ग भएँ । जताबाट त्यो आवाज आयो, मेरो मुन्टो उतै फर्कियो । अनि मेरो वैज्ञानिक मनले संझियो कानले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~ अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~कृष्णराज सर्वहारी~ वीरबहादुर आज बडो मलिन मुद्रामा देखिन्छन् । के सोंचेको थियो उसले के भैरहेको छ अहिले । कस्तो कपुतलाई जन्म दिएछु भने बरु आमाकै गर्भमा तुहिएको भए हुने । यस्तो सन्तान त कसैको पनि नहोस् । ऊ एक्लै बर्बराइरहेको थियो र आँगनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो गाऊँ

~मातृका पोखरेल~ हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा! तपाईं भरखर आउनुभएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले सुनेको अन्तिम कथा

~रजित ओझा~ भाग १ हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन। “यहि हो पक्डेको मान्छे ?” मैले भित्र छिर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाचार

~निशा खनाल अर्याल~ कुहिरो टम्म लागेकोले आए गएका मानिसहरु कोहि पनि देखिदैन निकै अँध्यारो र सिम सिम पानीको बाछिटाले गर्दा पनि होला, कता कति गाडीका लाइट घरि घरि बले झैँ देखिन्छ,अनि निभ्छ । सधैको चार बजे बिहानै झिसमिसेमा उठेर रनिग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छातीको आगो

~उमालाल आचार्य~ ‘भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न’ भनी बाहिरबाट कोही बटुवाले पटक–पटक बोलाइरहेपछि लोटामा पानी लिएर घरबेटी आमा बाहिर निस्किन् । पिठ्यूँमा झोला बोकेको बटुवाले पानी सकेर रित्तो लोटा फिर्ता दिंदै बोल्यो– ‘पहिला त बाटाभरि दोकान प्रशस्तै थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काँडा

~नवीन विभास~ सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि म उसकी भएँ, र उ मेरो…

~ऋतु बराल~ ‘यसपाली त विवाह गर्नुपर्छ है रिदम , पोहोर साल त नाई भनिस्, यसपाली त नाइ भन्न पाउंदिनस् ।’ भन्दै घरतलकि दिदी कराउँदै थिइन् । ‘नाइ म त गर्दिन’ भन्दै म घरतिर हिंडे । त्यतिकैमा एक जना दाइ आईपुग्नुभयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलकण्ठ

~बखतबहादुर थापा~ भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नुपर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसयाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो । “भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~ ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे । साउने पखाला थामिए पनि गाउँमा फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी मुना

~मनोहर काफ्ले~ अम्बिकापुर बाट तीनसुकिया को लागि बिहान ६ बजे नै बस छुट्थ्यो ।चिसो बिहानी, बसको हर्न सुन्ना साथ् म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरी अर्को बस ३ घण्टा पछी अर्थात ९ बजे मात्र थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिक्षा मृत्युको

~श्रेष्ठ सत्य~ नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग

~पुष्पा भण्डारी~ नारि बिना घर उज्यालो हुदैन , नारि भए घरमा जालो हुदैन; नारि नभई घरमा शान्ति हुदैन, दद्रिदताको के कुरा केहिले नि छुदैन ।। नारीले घरको चौखटबाट बाहिर निस्किदा औला ठ्याड्याउछ समाज, त्यहि  रनभुलमा भुलेर घरबारको पिजडा भित्रबस्यो भने बेकम्माको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राष्ट्रसेवक

~इस्माली~ सेतो कमिज,गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक सर्को चुरोट

~सविता सापकोटा~ सन्तान जन्मनु पूर्व नै अभिभावकका आँखामा सन्तानको भविष्यबारे सपनाहरु दौडिन थाल्छन्। जन्मेपछि त उनीहरु सबैलाई सुनाउँछन् आफ्ना सपनाहरु। आमा भन्छिन्– मेरी छोरीलाई डाक्टर बनाउने हो। बाबु भन्छन्– मेरी प्यारी नानूलाई इन्जिनिएर बनाउने। हरेक बाबुआमाले देख्ने यस्ता सपनाहरु मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~प्रकाशमणि दहाल~ निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा, सानो टिटेबल र भित्तापट्टि सेमी खाट थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड

~शिव प्रकाश~ उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी। जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली! अमेरिकामा हराइ। कुकुरसमेत नहराउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको मुस्कान

~सुमल कुमार गुरुङ~ सरलाले आधाजति सेतै फुलेका केशहरु पन्छाउँदै चश्मा नाकमाथि सार्दै इन्दुको फ्रेममा सजिएको तस्वीरलाई कपडाले पुछ्दै आफ्नो अतीतमा हराउन थालिन् । १९७६, फेब्रुवरी महिनाको पारिलो घाम, ससाना बादलका टुक्राहरु आकाश माथि-माथि कपासको भुवाजस्तै अचल देखिन्छ, मानौं, कुनै चित्रकारले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा कहाँ पुग्यो साथी ?

~ सुन्दर जोशी~ “दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?” मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ | “ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ ” उताबाट जवाफ आयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : एउटा भिन्नै सहिद !

~सरल सहयात्री पौडेल~ ए वुढि ! पानी लिएर आइज त, खुवै तिर्खा लाग्यो । दाउराको भारि वलेनीमा फालेर पिंढिको डिलमा ढाड टेकाउदै रामलाल ले चर्को श्वरमा वुढिलाइ आग्रह गरे । रामलाल उमेरले त्यस्तै पचास वर्ष देखि पचन्नको वीचका मान्छे हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो छाता

~राजेन्द्र पराजुली~ पार्टी हेडक्वार्टरको छानामा ढलपलढलपल गरिरहेको थियो फुस्रो छाता।हेडक्वार्टरले शुरूमा त्यो छाता छतमा राख्न ल्याउँदा गाढा रातो थियो। रातो छाता कसरी फुस्रो भयो, एउटा गम्भीर शोधको विषय हुँदाहुँदै पनि कसैको ध्यान गएको थिएन। पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी केही नेताहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम लुकेको हुन्छ

~आकाश जङ्ग कट्टेल~ उनी कक्षा ५ मा पढ्दा म ९ मा पढ्थे बिराटनगरको BKVM स्कुलमा। हामी दुबैको घर बिराटनगर-१३ तीनटोलिया बगलामुखी मन्दिर छेउ। वल्लो पल्लो घर थियो। उनीहरु बसाइ सरेर आएका थिए हाम्रो सँगै जोडीएको देब्रेतिरको घरको पहिलो तल्लाको फ्ल्याट … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment